काठमाडौं– नेपाल समाजवादी पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको पुनर्गठित भेलाले राजाराम शाही अध्यक्ष रहने गरी ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा सन्तोष तिमल्सिना, रामजी सुवेदी, नवीन निरौला, राम सुनार पण्डित र शोभा चापागाईं रहेका छन् भने सचिवमा मनोज दाहाल, सह–सचिवमा नवीन रेग्मी र नरबहादुर गुरूङ छन्।
त्यस्तै, कोषाध्यक्षमा पुष्पराज भण्डारी, सह–कोषाध्यक्षमा करिश्मा दाहाल बस्ताकोटी, लोकेन्द्रबहादुर कार्की र गोविन्द चौधरी रहेका छन्।
कार्यसमिति सदस्यमा अर्पण श्रेष्ठ, रामसुन्दर मिश्र, सरोज कायर, प्रकाश पन्त प्रेम पौडेल, बाबुराम थापा, बाबुराम दवाडी, टेक बहादुर ढकाल, सूर्य गुरूङ, प्रकाश विश्वकर्मा, राजेश दर्नाल, हर्कबहादुर माझी, सुरज क्षेत्री, तुलसीराम विश्वकर्मा र शेख जमशेद रहेका छन्।
त्यसैगरी सल्लाहकार समितिमा पवन राई, नवराज लामिछाने, भरत परियार, राज भट्टराई, राजु पुडासैनी, सन्तोष पाठक, तारा सुनार, राजेन्द्र पराजुली, उत्तम भण्डारी, अब्दुल करीम मियाँलगायत छन्।
जनता समाजवादी पार्टीबाट अलग्गिएर डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेपछि विदेशस्थित भातृ संगठन खोल्ने क्रम बढेको छ। मध्यपूर्वको खाडी राष्ट्रमा भने भट्टराई नेतृत्वको पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज पहिलोपटक गठन भएको प्रवक्ता ध्रुव क्षेत्रीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।