• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

क्यासिनोको रोयल्टी मुद्दा : कामु प्रधानन्यायाधीश जोशीसहितको संवैधानिक इजलाशले फैसला नगर्दा करिब डेढ अर्ब असुल हुन बाँ

64x64
नेपाल लाइभ बुधबार, साउन ९, २०७५  ०८:४८
1140x725

काठमाडौं– २०६९ सालदेखि सरकारले क्यासिनो सञ्चालन गरेबापत पाउनुपर्ने करोडौं राजस्व सर्वोच्च अदालतले समयमै फैसला नगर्दा गुमाइरहेको छ।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएपछि सरकारले १५ वटा क्यासिनोसँग ६ वर्षदेखि रोयल्टी र पुरानो बक्यौता उठाउन नपाएको हो। कायममुकायम प्रधानन्यायाधीशसहित ५ जनाको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सुरु भए पनि फैसला नहुँदा राज्यले करोडौं रकम गुमाउनु परेको हो।

कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीसहितको संवैधानिक इजलाशले समयमा फैसला नर्गदा सरकार राजश्व उठाउने विषयमा अलमलमा परेको छ। संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश जोशी तथा न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद  चालिसे सदस्य छन्।

२०७५ असार ४ मा दुवै पक्षको बहस समाप्त भई फैसलाको लागि निर्णय सुनाउने भनिएको थियो। लगत्तै असार ८ गते संवैधानिक इजलाशले दुबै पक्षलाई  बहस नोट पेश गर्न आदेश गर्‍यो। ४ वर्षदेखि लगातार सुनुवाई हुँदै आएको मुद्दा फैसला हुनुपर्नेमा उक्त दिन बहस नोट माग गर्ने आदेश जारी गर्दै मुद्दालाई पछाडि धकेलिएको थियो। सर्वोच्चको आदेशपछि असार २२ गते नै सरकारी वकिलको कार्यालयले बहस नोट पेस गरिसकेको छ।

१ अर्ब २७ करोड राज्यकोषमा जम्मा हुन बाँकी

मुद्दा किनारा नलाग्दा सरकारले २०७१ वैशाखदेखि बन्द भएका ८ वटा क्यासिनोको लामो समयदेखि बक्यौता रकमसमेत उठाउन सकेको छैन। जसका कारण राज्यकोषमा १ अर्ब २७ करोड ६१ लाख ९२ हजार रुपैयाँ जम्मा हुन सकेको छैन। ३ वर्षअघि ६७ करोड रुपैयाँ बक्यौता रहेकोमा जरिवाना र नविकरण शुल्कको भारले बक्यौता रकम थपिँदै गएको छ।

सरकारले २०७० देखि कार्यान्वयनमा आएको ‘क्यासिनो नियमावली’ अनुसार सञ्चालनमा नआउने तथा बक्यौता तिर्न अटेर गर्ने क्यासिनोहरुलाई बन्द गरेको थियो। क्यासिनोहरुको नियामक निकाय पर्यटन विभागले बक्यौता उठाउन नसकेपछि हाल कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालय पठाएको छ।

सबैभन्दा धेरै बक्यौता नेपाल रिक्रिएसन सेन्टर प्रालिको नाममा छ। उसले सरकारलाई ५३ करोड ५० लाख ३३ हजार रुपैयाँ बक्यौता बुझाउन बाँकी छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्तरिम आदेश माग गर्दै क्यासिनो सञ्चालन गर्ने होड

सरकारले कर लिन कडाइ गरेपछि क्यासिनो सञ्चालकहरुले सर्वोच्च जाँदै अन्तरिम आदेश माग गर्दै क्यासिनो सञ्चालन गर्ने बाटोमा लागेका थिए।

सबैभन्दा पहिले पाँचतारे ‘याक एन्ड यती होटल’मा रहेको ‘क्यासिनो रोयल’ले बक्यौता नतिरे पनि सञ्चालन गर्न अन्तरिम आदेश पाएको थियो। सोही कार्यको  सिको गर्दै ‘र्‍याडिसन होटल’मा सञ्चालित ‘र्‍याड’ र लैनचौरस्थित ‘मल्ल होटल’मा रहेको ‘भेनस रोयल क्यासिनो’ अदालत गएका थिए। दुवै क्यासिनोलाई एक वर्षअघि सर्वोच्चका तत्कालीन न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको थियो। ‘र्‍याड’ र ‘भेनस क्यासिनो’लाई सरकारले २०७१ वैशाखबाट बन्द गराएको थियो।

‘क्यासिनो रोयल’लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पटक–पटक बन्द गर्दै आए पनि सर्वोच्चबाट अन्तरिम आदेश ल्याएर चलाउँदै आएको छ।

सर्वोच्चले ‘क्यासिनो र्‍याड’लाई अन्तरिम आदेश दिए लगत्तै ‘क्यासिनो भेनस’लाई पनि सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको थियो।

२०७१ साल असोज ३० गते क्यासिनो कम्पनीहरुले गृह मन्त्रालय, पर्यटन मन्त्रालय र पर्यटन विभागलाई विपक्षी बनाई हालेको मुद्दामा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशकै भरमा करोडौं कर नतिरी राजधानीका विभिन्न तारे होटलमा क्यासिनोहरु सञ्चालन हुँदै आएका छन्।

सरकारले करको बक्यौता तिर्न दबाव बढाउँदै बन्द गर्न थालेपछि एकपछि अर्को गर्दै क्यासिनोका १५ थान मुद्दा सर्वोच्चमा दर्ता भएका छन्। सबै मुद्दालाई एकमुष्ट सुनुवाइ गर्न र संवैधानिक व्याख्या गर्न आवश्यक देखिएको भन्दै संवैधानिक इजलासमा उनीहरुको मुद्दा तोकिएको थियो।

२०७१ सालका खिलराज रेग्मी नेतृत्वको सरकारले क्यासिनो सञ्चालनका लागि नियमावली निर्माण गरेको थियो। उक्त नियमावली अनुसार पुरानो कर बक्यौता तिरेर नयाँ दर्ता भएर चल्नुपर्ने भए पनि क्यासिनो सञ्चालकहरुले सर्वाेच्च अदालत पुगेर अन्तरिम आदेशमार्फत सञ्चालन गर्दै आएका छन्।

यसपछि सरकारी मापदण्ड पूरा नगर्ने, राजश्व नतिर्ने र अदालतको आदेश लिएर क्यासिनो सञ्चालन गर्ने क्रम बढ्न थालेको थियो। पर्यटन विभागका अनुसार, अदालतको विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने भएकाले पनि क्यासिनोले अन्तरिम आदेशमार्फत निर्वाध रुपमा सञ्चालन गर्न थालेका हुन्।

रोयल्टी दायित्वमा विवाद : कर होटलले बुझाउने कि क्यासिनो सञ्चालकले?

क्यासिनो नियमावली २०७० नआउँदासम्म कुनै पनि संस्था वा व्यक्तिले क्यासिनो सञ्चालन गर्ने अनुमति लिन पाउँदैन थिए। होटलले नै क्यासिनो सञ्चालन गर्ने इजाजत लिने र संस्थालाई भाडामा दिएर क्यासिनो सञ्चालन गर्ने परिपाटी थियो। लामो समयसम्म इजाजत लिनेले रोयल्टी रकम नबुझाएपछि सरकारले क्यासिनो बन्द गर्ने निर्णय गर्दै नयाँ नियमावली बनाएको हो।

सरकारी अधिकारीहरु घरबेटीले भाडामा बस्नेसँग भाडा लिने र सरकारलाई घरबहाल कर बुझाउने दायित्व भएजस्तै भाडामा क्यासिनो सञ्चालन गर्न अनुमति दिने होटलले नै पुरानो बक्यौता रकम बुझाउनुपर्ने तर्क गर्छन्। तर, होटल सञ्चालकहरु भने भवनको भाडा मात्रै लिएको भनेर पन्छिने गरेका छन्। क्यासिनोले तिर्ने कि होटलले भन्ने विवादरेकै भरमा उनीहरु हालसम्म कर तिर्नबाट उन्मकिँदै आएका छन्। सर्वोच्चको संवैधानिक इजलाशवाट फैसला भएमा यसको टुंगो लाग्ने भएकाले सरकार पनि उक्त फैसलाको पर्खाइमा छ। तर, सर्वोच्चले कहिले मुद्दा सार्ने, कहिले व्यवसायीले स्थगित गर्ने लगायतका कारण पाँच वर्षदेखि यो मुद्दा सर्वोच्चमा घुमिरहेको छ।

कसको कति बक्यौता?

क्यासिनो                                              रकम (रुपैयाँमा)
नेपाल रिक्रिएसन सेन्टर               ५३ करोड ५० लाख ३३ हजार
दी फूलबारी प्रालि                         २४ करोड ६६ लाख ७४ हजार
होटल याक एन्ड यती                   ११ करोड ८७ लाख ५० हजार
होटल मल्ल                                १० करोड ६५ लाख ७ हजार
होटल एभरेस्ट इन्टरेनसनल          १० करोड ३५ लाख ६२ हजार
होटल सोल्टी                               ६ करोड १३ लाख ३३ हजार
ह्याप्पी आवर प्रालि                      ९ करोड ६८ लाख
होटल र्‍याडिसन                           ७५ लाख
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०७५  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्