काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक जसो सुन तस्करीमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। मंगलबार पनि ठूलो मात्रामा सुनसहित दुई थाई नागरिक पक्राउ परेका छन्।
बैंककबाट आएका जुथामास पाक्परहीकुल र प्रेयानुन डेचाछिवाचोकचनलाई पक्राउ गरेको हो।
विमानस्थलको गेटबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुबाट तीन किलो ६ सय ४७ ग्राम सुन बरामद गरेको छ। बरामद सुनको मूल्य करिब डेढ करोड रुपैयाँ छ।
सोमबार मात्र तीन केजी सुनसहित प्रहरीले ५ जना भारतीयलाई पक्राउ गरेको थियो। सुटकेशको पांग्रा नै सुनको बनाएर तस्करी गर्न खोज्ने भारतीयहरुलाई प्रहरीले पक्राउ गरेको हो।
दैनिक प्रहरीले तस्करीमा संलग्नहरुलाई पक्राउ गर्दा पनि तस्करी भने रोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।