• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सांसद अनुभव

अब प्रत्यक्षमा चुनाव लड्न चाहन्छिन् प्रतिनिधि सभाकी ‘तन्नेरी माननीय’

सिनो प्रथादेखि संसदसम्मको संघर्ष 
64x64
नेपाल लाइभ शनिबार, भदौ ११, २०७९  १०:३३
1140x725

काठमाडौं– दैलेखकी सांसद पार्वती विशुन्केका हजुरबुवाले गाउँबाट सिनो प्रथा हटाए। विद्रोही परिवारबाट आएर होला जातीय छुवाछुतका विषयमा संसद्‌मा आवाज उठाइहाल्छिन् उनी। 

उनी भन्छिन्, ‘अरुका विषयमा बोल्ने सांसद सदनमा धेरै छन्, तर हाम्रा छैनन्।’ सीमान्तकृत समुदाय, पिछडा वर्ग, दलित, महिला, जनजातिका सवाल उठाउने संसद्‌मा धेरै जना छैनन्। हक्की स्वाभावकी विशुन्के उत्पीडित वर्गका सवाल आफूले धेरै उठाउने गरेको बताउँछिन्। 

१३ जेठ २०७७ मा बसेको प्रतिनिधि सभाको बैठकमा सांसद विशुन्केले रुकुममा अन्तरजातीय प्रेमका कारण जाजरकोटी युवाको हत्या हुनुले देशमा आएको गणतन्त्रको खिल्ली उडाएको बताएकी थिइन्। 

उनको भनाइ थियो, ‘जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८' जेठ १० गते पास भएकै दिन दलितको हत्या भयो।’ उत्सवको रुपमा मनाउनु पर्ने दिन जातकै कारण ६ जनाको सामूहिक हत्या गरियो। उनले त्यो बेला संसद्‌मा रुकुम काण्डलाई जबरजस्त तरिकाले उठाएकी थिइन्। 

शहीद भएका दलितको सपना
उनले 'जनयुद्ध' बारे प्रश्न गर्दै भनिन्, ‘त्यो जनयुद्धमा शहीद भएका दलितको सपना यही थियो र ?’ साथै उनले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा दलित समुदायको भूमिका स्मरण गराइन् संसद्‌मा। उनले भनेकी थिइन्, ‘अन्तरजातीय प्रेम गर्नुको सजाय मारिनु हो, यो जत्तिको मानव सव्यताका लागि अमानवीयता र बर्बरता के हुन सक्छ ?’ 

Parbhati_Bisunke_21661404382.jpg

उनले संसद्‌मा चर्को स्वरले सरकारलाई प्रश्न गरेकी थिइन् जसका कारण उनी सामाजिक सञ्जालमा चर्चामा आइन्। उनी सोही संसदीय छानविन समितिमा सदस्य समेत रहिन्। जातीय मुद्दामा आफूले संसद्‌मा कुरा उठाउन कुनै कसर बाँकी नराखेको उनी बताउँछिन्। त्यस्तै, गत २६ जेठमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दलित विद्यार्थीलाई भर्ना नगर्ने ललितपुरको गुरुकुललाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिन्। 

प्रतिनिधिसभाको बिहीबार (भदाै २ गते) बसेको बैठकको शून्य समयमा बोल्दै सांसद विशुन्केले शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित समुदायका चार बालकलाई भर्ना नगरी फर्काएकोप्रति आपत्ति जनाइएकी थिइन्। जुन चौतर्फी रुपमा चर्चामा आएको विषय हो। उनी भन्छिन् ‘म दलित समुदायको हुँ त्यसैले संसद्‌मा सवाल उठाउने दायित्व मेरो पनि हो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

कानुन परिमार्जन र कानुन लेख्ने कुरामा आफू अग्रसर रहेको उनले बताईन्। आफूले पाँच वर्षमा निभाएको भूमिकामा निकै सन्तुष्ट रहेको उनी बताउँछिन्। ‘यदि म सांसद नभएको भए कर्णाली, दलित, महिला र गरिबका समस्या कसले सदनमा उठाउँथ्यो’, उनी भन्छिन्। सदनमा बोलेका सबै समस्या सम्बोधन नभए पनि केही भने सम्बोधन भएको उनले बताईन्। 

उनले विद्यार्थी जीवनदेखि नै निर्धक्कका साथ बोल्न सिकिसकेकी थिइन्। उनी भन्छिन्, ‘म विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने, भाषण गर्ने गर्थें। त्यसैले होला पहिलो पटक संसद्‌मा पाइला टेक्दा पनि निर्धक्क बोल्न सकेँ।’ 

प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक कोटाका सांसदलाई जनताले हेर्ने दृष्टिकोणप्रति भने उनले गुनासो पोखिन् । विकास निर्माण तथा कुनै समस्याबारे आफ्ना कुरा राख्नु पर्दा जनताले पहिले प्रत्यक्षबाट जितेका सांसदलाई सम्पर्क गर्ने र त्यसपछि मात्रै समानुपातिक सांसदसमक्ष आउने गरेको उनले तीतो अनुभव सुनाइन् ।  

उनको प्रश्न छ, ‘प्रत्यक्ष जित्ने महिला सांसद सदनमा ६ जना छन्। बाँकी सबै पुरुष हुन् भने के महिलालाई विकास निर्माणमा आबद्ध नगराउने?’

Xtrem

Xtrem

यो पाँच वर्ष आफ्नो व्यक्तित्व विकासका लागि निकै फलदायी रहेको उनले बताइन्। संसद्‌मा आएर कानुन निर्माण र व्यवस्थापिकाको अभ्यास कसरी हुन्छ भन्ने कुराको सिकाइ भएको उनले बताइन्। ‘म भुईं मान्छे हुँ, पैसा भएर राजनीति गर्न आएको होइन,’ उनले भनिन्। जनताको समस्यामा नजिक हुन आफूले सक्दो प्रयास गरेको उनले बताइन्। 

संसद्‌मा कतिपय सांसद गफमात्रै गर्न आउने गरेको अनुभव उनले सुनाइन्। उनी भन्छिन्, ‘आउँछन् गफमात्र गर्छन् जान्छन्।’ जनताका कामभन्दा बढी राजनीतिक दाउपेचमा नेताहरुको ध्यान केन्द्रित हुने गरेको गुनासो गरिन्। 

समानुपातिक र प्रत्यक्षभन्दा पनि कसले संसद्‌मा बलियो उपस्थिति देखाउँछ र तयारी गर्छ उसका लागि राम्रो अवसर हुने गरेको उनले बताइन्। मन्त्रालयमा कुनै योजना माग गर्न गयो भने दुर्गम क्षेत्रका सांसदको सहजै पहुँच नपुग्ने उनले गुनासो गरिन्। उनी भन्छिन्,‘सिंहदरबारमा कर्णालीका धेरै कर्मचारी छैनन्। अरुले त टेरे पो।’

 सार्कीको सिनो प्रथा विरुद्धको विद्रोहबाट राजनीतिक प्रेरणा 
उनी निम्नमध्यम परिवारबाट राजनीतिमा आएकी हुन्। राजनीतिक चेत परिवारको पृष्टभूमिबाटै आएको हो। अझ हजुरबुवाबाट आएको हो। हजुरबुवा लले सार्की २०१८ सालमा नेपाल मजदुर किसान पार्टीको संगठित सदस्य  थिए। सांसद विशुन्केका हजुरबुवाले समाज सुधारको काममा  सिनो प्रथाको अन्त्य गर्न अभियान नै चलाए। त्यो समयमा दलित समुदायमा सिनो खाने प्रचलन थियो।

उनका हजुरबुवाले गाउँ, टोल र पुरै साविकको ५ नम्बर वडामा कमिटी बनाएर सिनो प्रथाविरुद्ध विद्रोह गरे। त्यही समयदेखि उनको गाउँमा सिनो प्रथाको अन्त्य भएको उनी बताउँछिन्। 

उनका कान्छा हजुरबुवाले त्यो समय नै अन्तरजातीय विवाह गरेका थिए। जसले समाजमा जातीय विभेदविरुद्धको विद्रोह ल्याएको उनको बुझाइ छ। 

हजुरबुवाले गरेको राजनीतिक बिजारोपणले गर्दा उनी राजनीतिमा हौसिएकी हुन्। हजुरबुवाले विभिन्न कार्यक्रममा सँगै लग्ने गरेको उनलाई सम्झना छ। त्यो बेला अग्लो ठाउँमा, चौतारीमा, पिपलको बोटमा पार्टीका कार्यक्रम हुने गर्थे। उनी हजुरबुवासँग ती कार्यक्रममा जाने गर्थिन्। 

हजुरबुवाको निधनपछि उनको परिवारमा राजनीतिक गतिविधि प्राय शून्य भयो। किनभने उनका बुवा भने सक्रिय राजनीतिमा थिएनन्। यद्यपि, बुवाको एमाले पार्टीलाई नैतिक समर्थन थियो। सक्रिय राजनीतिमा नलागे पनि बुवामा राजनीतिक चेत भएका कारण सांसद विशुन्केले पढ्न पाइन्। हजुरबुवा र बुवामा छोरीलाई पढाउनुपर्छ भन्ने प्रगतिशील सोच थियो। जसका कारण आफूले पढ्न पाएको उनी बताउँछिन्।

विद्यालयस्तरमा हिज्जे र वक्तृत्वकला प्रतियोगिता हुँदा उनी अगाडि हुन्थिन्। दुवै विधामा उनी पोख्त थिइन्। उनको क्षमतालाई विद्यार्थी नेताले राम्रोसँग नजिकबाट नियालिरहेका थिए। 

२०५३ सालमा कक्षा ५ मा पढ्दै गर्दा उनी अखिल महिला संघको टोल कमिटी सदस्य भइन्। गाउँमा कुनै पनि महिला पढ्न–लेख्न सक्ने थिएनन्। लेख्न जान्ने भएकै कारण उनलाई सचिव बनाइयो। त्यो पनि उमेर बढाएर। इकाइ कमिटी कक्षा ८ बाट सुरु हुन्थ्यो। तर उनी ५ कक्षा मात्रै पढ्दै गरेकाले उनको उमेर बढाएर इकाइ कमिटीमा राखिएको थियो। उनी २०५३ सालमा नै अनेरास्ववियुको जिल्ला सहसचिव भइन्। 

२०५३ सालमा कक्षा ५ मा पढ्दै गर्दा गणित र अंग्रेजी विषयमा कमजोर भएकाले उनले एक जना मामा नाता पर्नेलाई घरमा आउन पत्र लेखिन्।  उनका मामाले १ हप्ता बिदा मिलाएर दैलेख घरमै आएर पढाइमा सहयोग गरे। जसले गर्दा उनी  कक्षा ५ को जिल्लास्तरीय वार्षिक परीक्षामा ‘जिल्ला टप’ भइन्।  सानो कक्षामा राम्रो आधार बनेकाले २०५६ सालमा कक्षा ८ र २०५८ को एसएलसीमा समेत दलित समुदायबाट उनी ‘जिल्ला टप’ भइन्। 

विद्यालय तहको आधारभूत अध्ययनकै क्रममा विद्यार्थी राजनीतिमा लागेपनि पार्टीको राजनीतिमा भने उनी धेरैपछि सरिक भइन्। २०६२ मा उनी एमालेको संगठित सदस्य भइन्। उनी अखिल महिला संघ दैलेखको कोषाध्यक्ष बनिन्। तत्कालीन एमालेको नवौँ महाधिवेशनको प्रतिनिधि पनि भइन्।

माधव नेपालको नेतृत्वमा एमाले विभाजन हुँदा भने उनले नेकपा एकीकृत समाजवादी रोजिन्। हाल उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य छन्। साथै, अखिल महिला संघको केन्द्रीय सदस्य हुन्। हाल प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सदस्य पनि हुन्। 

विशुन्केले दलित जागरण केन्द्र दैलेखकी संस्थापक रहेर पनि काम गरिन्। उनी दलित महिला संघ (फेडो) दैलेखको अध्यक्ष बनिन्। राजनीतिसँगै अन्य माध्यमबाट पनि सामाजिक क्षेत्रमा क्रियाशील रहेकी उनले सन् २०१० मा शान्ति संवाहक पुरस्कार प्राप्त गरेकी छन्। सन् २०१७ मा महिला बालबालिका संवाहक पुरस्कार प्राप्त गरेकी छन्। 

दलित महिला वडा सदस्यदेखि संसद्‌सम्मको यात्रा 
संसद्‌मा पाइला टेक्दै गर्दा पार्वती ३१ वर्षकी थिइन्। २०७४ साल मंसिरको चुनावपछि संसद् गठन हुँदा उनको चर्चा ‘तन्नेरी माननीय’का रुपमा हुने गर्थ्यो। २०४३ असोज १८ गते जन्मिएकी उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन्।

दैलेख जिल्लाको पुराना नगरपालिका हो– नारायण नगरपालिका। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले नगर उपप्रमुख पदको उम्मेदवारीका लागि दाबी गरेकी थिइन्। उनी भन्छिन्, ‘उपप्रमुखको लागि योग्य व्यक्ति भएका कारण टिकटका लागि निकै प्रयास गरे, तर पार्टीले विश्वास गरेन।’ 

उनको तत्कालीन पार्टी एमालेले पार्वतीलाई टिकट नदिएर पार्टीमा ‘सक्रिय भूमिकामा नभएकी’ सावित्री मल्ललाई उपप्रमुख पदको उम्मेदवार बनायो। सावित्रीले चुनाव जितिन् पनि। 

Parbhati_Bisunke_with_Madhav_nepal1661404382.jpg
पार्टी अध्यक्ष माधव नेपालसँग सांसद विशुन्के

पार्वतीलाई भने क्षमता नभएर आफूले टिकट नपाएको भन्दा पनि दलित भएकैले पार्टीले विश्वास नगरेको महसुस भयो। त्यसपछि उनले वडाध्यक्षको लागि टिकट मागिन्। त्यसका लागि पनि पार्टीले पत्याएन। अन्ततः दलित महिला सदस्यमा उठ्ने अठोट गरिन्। एमालेको उम्मेदवारका रुपमा ४८७ मत ल्याउँदै उनी दलित महिला सदस्य निर्वाचित भइन्।

दलित महिला सदस्यको रुपमा स्थानीय तहको ‘संकुचित जिम्मेवारी’ उनलाई चित्त बुझेको थिएन। काम विशेषले काठमाडौं आएका बेला उनले तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली, नेता माधव कुमार नेपाल र घनश्याम भुसाललाई भेटेर आफ्नो गुनासो सुनाइन्। 

आफूले नगरपालिकाको उपप्रमुख पदमा दाबी पेस गरेको, तर पार्टीका नेताहरुले नपत्याएको भन्दै शीर्ष नेताहरुलाई गुनासो पोखिन्। 

उनले गरेको गुनासोले नेताहरुको ‘मन पग्लिएछ’ सायद, २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनी एमालेबाट समानुपातिक उम्मेदवारको बन्द सूचीमा परिन्। एमालेबाट समानुपातिक सांसद बनेकी पार्वती पछिल्लो समय भने एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा सक्रिय छन्।  

कामका लागि आफू अब्बल रहेको दाबी गर्ने उनी कतिपय अवस्थामा भने दलित भएकै कारण अवसरबाट वञ्चित हुने गरेको वा गर्ने गरिएको पीडा महसुस गर्छिन्। 

उनले कोरोना महामारीका कारण भएको लकडाउनका बेला कारागारका बन्दी, कार्यरत सुरक्षाकर्मी र कर्मचारीका स्वास्थ्य सामग्री सहयोग गरेकी उनले त्यतिबेला अन्य स्थानीय तहमा पनि ‘सकेको सहयोग’ गरेकी थिइन्।  

विद्यालयमा सूचना प्रविधिको विकास गर्न दैलेखका ६ वटा विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन पहल गरेको उनी बताउँछिन्। 

सूचना प्रविधि प्रयोगशालामैत्री सामुदायिक विद्यालय बनाउने कार्यक्रमअन्तर्गत जिल्लाका ६ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन (आईसीटी ल्याब) को लागि आफ्नै पहलमा संघीय सञ्चार मन्त्रालयसँग समन्वय गरी ६ वटा विद्यालयमा सामग्री वितरण गरेको उनले सुनाइन्। 

समानुपातिक कोटाबाट सांसद भएकी उनलाई अब भने प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनाव लड्न मन छ। संघ वा प्रदेश जहाँ भएपनि पार्टीले टिकट दिए आफू प्रत्यक्षमा उठ्न तयार रहेको उनले बताइन्। तर, दलित महिलाले अहिलेसम्म प्रत्यक्ष उम्मेदवारको टिकट नपाउनु दुःखद् भएको उनको गुनासो छ। पछिल्लो समयको खर्चिलो चुनाव देखेर पनि उनको मन भारी हुन्छ।

 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १०:३३
  • #संसद्_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्