काठमाडौं– विमानस्थलमा सुन तस्करीको अर्काे नयाँ शैली भेटिएको छ। भारतीय सुन तस्करहरुले सुटकेशको पांग्रा नै सुनको बनाएर तस्करी गर्ने प्रयास गरेका छन्।
प्रहरीले साेमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलो भन्दा धेरै तस्करीको सुनसहित ५ जना भारतीयलाई गरेको छ। उनीहरुमध्ये ४ जनाले सुटकेशमा पांग्राका रुपमा सुन फिट गरेको विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनाली। एक जनाले खल्तीमा सुन राखेका थिए।
पक्राउ पर्नेहरुमा हरमिन्दर सिंह, अमित पल सिंह, ईश्वर दास, अवतार सिंह र रिजवन अब्बुल अन्सारी छन्। उनीहरुसँग ५९ वटा सुनका टुक्रा बरामद भएको छ।
५ जनासँग ३ केजी ३६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएकाे छ।
उनीहरु सबै बैककबाट थाई एयरबाट सोमबार राती नेपाल आएका थिए।
विमानस्थलमा दैनिक जसो भारतीयहरु सुनसहित पक्राउ परिरहेका छन्। कसैले मलद्वारमा त कसैले मुखमा लुकाएर समेत तस्करीको प्रयास गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।