• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कानुन मन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङका ५ विवादित विषय

64x64
नेपाल लाइभ मंगलबार, साउन ८, २०७५  ०९:५०
1140x725

काठमाडौं– गत चैत २ मा कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सपथ लिएका शेरबहादुर तमाङले पदबाट राजीनामा दिएका छन्। उनी पदमा जम्मा १ सय २९ दिन रहे। उनी सिन्धुपाल्चोक– २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

विवादका कारण राजीनामा दिएका मन्त्री तामाङ सपथ खाएर आए लगत्तै भएको पहिलो पत्रकार सम्मेलनबाटै चर्चा र विवादमा तानिएका थिए।

पदवहाली गरेको दिन मन्त्री तामाङले न्यायाधीशहरुको सम्पत्ति विवरण गोप्य नहुने सार्वजनिक घोषणा गरे। लगत्तै भएका विभिन्न पत्रकार सम्मेलनमा उनले विभिन्न घोषणा गरे तर त्यसको कार्यान्वयन भने भएन। उनले विदेशी दातृ निकायको सहयोग नलिने, विवादास्पद फैसला र आदेश छानबिन हुने, न्याय परिषद्‌लाई पारदर्शी बनाउने घोषणा गरे। तर, उक्त घोषणा अनुसारको काम भने उनले गर्न सकेनन्।

यस्ता छन् केही विवाद

न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने 

पदवहाली भएको पहिलो दिन आयोजित पत्रकार सम्मेलनमा कानुनमन्त्री तमाङले न्यायाधीशहरुको सम्पत्ति गोप्य नहुने बताएका थिए। न्यायाधीश पनि जनताको कर खाएर सार्वजनिक जिम्मेवारीको पदमा वहाल रहेकाले सर्वोच्चका प्रधानन्यायाधीश लगायत न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक हुने उनले बताए। अकुत सम्पत्ति आर्जन गर्ने न्यायाधीशमाथि छानबिन हुने पनि उनले दाबी गरे। तर, उनी मन्त्री पदबाट बाहिँरिदासम्म उक्त कार्य कहीँकतै अघि बढेको छैन। कानुन संशोधन गरेर सबै सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने व्यवस्था गर्ने तयारीमा मन्त्रालय रहेको भन्दै उनले आफ्नो बचाउ गरिरहे।

दातृ निकायको सहयोग नलिने

कानुनमन्त्री भए लगत्तै तामाङले अदालत र न्यायिक निकायमा कुनै पनि वैदेशिक सहायता नलिने घोषणा गरे। अदालतलाई समेत यसबाट मुक्ति दिलाउने उनले बताए। तर, त्यसभन्दा पहिले नै कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले सर्वोच्च अदालतका तीन न्यायाधीशको एक अध्ययन कमिटी गठन गरेका थिए। उक्त कमिटीले अध्ययन गरी अदालतमा वैदेशिक सहायता लिन नहुने सुझाव दियो। तर, उक्त सुझाव सर्वोच्चका न्यायाधीशहरुको फुलकोर्टका राय बाझिएपछि कुनै पनि निर्णय नभई थन्केर बसेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कानुनमन्त्रीले बोलेको उक्त अभिव्यक्ति विपरीत कानुन मन्त्रालयमै न्यायमा पहुँचका लागि भन्दै अमेरिका र अस्ट्रेलिया परियोजनाको ४ दशमलब ६ मिलियन डलर सहयोगको सम्झौता गर्‍यो। मन्त्रालयको यो सम्झौतापछि मन्त्रीको बोली र व्यवहारमा दोहोरोपन देखियो।

राजस्वका मुद्दामा छानबिन

करिब ६१ अर्ब राजस्व गुमाउने मुद्दाहरुमा सर्वोच्चले जारी गरेको अन्तरिम आदेश छानबिन हुने भनी मन्त्री तामाङले अभिव्यक्ति दिएका थिए।

भ्रष्टाचारका मुद्दामा सर्वोच्चले गरेको फैसलाको पनि अध्ययन हुने मन्त्री तामाङको भनाई पनि कार्यान्वयन तहमा पुगेन। न्यायाधीशहरुको छानबिन गर्ने निकाय न्याय परिषद्‌को सदस्यका रुपमा उनी रहे पनि उनले त्यहाँ कुनै ठोस कार्य गर्न सकेनन्। जसले गर्दा उनको बोली हल्लामा मात्र सीमित भयो। परिषद्‌का एक सदस्यका अनुसार उनले आफू चर्चामा आउनका लागि यस्तो प्रचार गरे तर बैठकमा छानबिनको एजेन्डा नै प्रस्तुत गरेनन्।

प्रदेश प्रमुख हटाइएको सूचना सम्प्रेषण  

मन्त्रिपरिषद्‌ बैठकले असार २२ मा अघिल्लो सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्त गरेका व्यक्तिलाई सामूहिक अवकाश दिने निर्णय गर्‍यो। त्यसको भोलिपल्ट अघिल्लै सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि हटाइएको समाचार सार्वजनिक भयो। उक्त कुरा कानुनमन्त्री तमाङले नै सार्वजनिक गरेका थिए।

संविधान अनुसारको नियुक्ति हटाउने अधिकार सरकारलाई नभई राष्ट्रपतिलाई भएको अवस्थामा उक्त नियुक्ति खारेज हुनु आफैंमा आश्चर्यजनक थियो। आचारसंहिता लागू भएपछि भएका राजनीतिक नियुक्तिमा उक्त कुरा पर्दैन थियो।

तर, कानुनमन्त्रीले यस्तो कुरा बताएर सार्वजनिक सञ्चार माध्यममा समाचार प्रकाशन भएलगत्तै प्रधानमन्त्रीका स्वकीय सचिव विष्णु रिमालले नै विज्ञप्ति जारी गर्दै उक्त कुराको खण्डन गरेका थिए। मन्त्रिपरिषद्‌को बैठकबारे पूर्ण ज्ञान नभई सार्वजनिक सञ्चार माध्यममा बोलेको भन्दै उनको आलोचना भयो।

बंगलादेशका छात्रामाथिको टिप्पणी

कानुनमन्त्री तामाङले चाबहिलको एक विद्यालयमा भएको सम्मान कार्यक्रममा बोल्दै बंगलदेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका महिला विद्यार्थीको शारीरिक शोषण हुने गरेको टिप्पणी गरे।

मन्त्री तामाङ अमर्यादित शैलीमा छात्राहरुले प्रमाणपत्र पाउन शरीर सुम्पनुपर्ने टिप्पणी गरे लगत्तै विवादमा तानिए। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको टिप्पणी सेलाउन नपाउँदै कानुनमन्त्रीले नै यस्तो टिप्पणी गरेपछि उनी विवादमा परे। महिला हिंसाको उजुरी आफूले थाहा पाएको र शरीर सुम्पनुपर्ने सुनेको भनी मन्त्रीले हल्का टिप्पणी गरेपछि उनी विरुद्ध आफ्नै पार्टीभित्र समेत पद छोड्न दबाब सिर्जना भएको थियो। जसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनलाई पद छोडिदिन आग्रह गरे।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्