• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
शनिबार सिनेमा

डार्लिङ्स, अब तिमीहरुले बदला लिनुपर्छ! 

64x64
युवराज भट्टराई शनिबार, साउन २८, २०७९  १३:३०
1140x725

काठमाडौं– आफ्नी छोरी बद्रूलाई भ्यागुता र बिच्छीको कथा सुनाउँछिन् आमा शम्सु। कथासार यस्तो हुन्छ– कुनै जंगलको खोलामा एक दिन अचानक बाढी आएछ। एउटा भ्यागुतो खोलाको किनारमा थियो। एउटा बिच्छी आएर भ्यागुतासँग आफूलाई नदि पार गराइदिन आग्रह गरेछ। बिच्छीले आफूलाई टोकेमा आफ्नो मृत्यु हुने बताउँदै भ्यागुतोले त्यसो गर्न नसक्ने जवाफ दिएछ। तर, बिच्छीले भ्यागुतालाई टोकेमा नदीमा डुबेर आफ्नो पनि मृत्यु हुने भन्दै सान्त्वना दिएपछि भ्यागुताले बिच्छीलाई आफ्नो ढाडमा लिएर नदी पार गर्न लागेछ। तर, नदीको बीचमा पुगेपछि भने बिच्छीले आफूले पहिले वाचा गरे विपरीत भ्यागुताको ढाडमा टोकेछ।

भ्यागुताले बिच्छीलाई सोधेछ– किन यस्तो गरेको?
जवाफमा बिच्छीले भनेछ– म बिच्छी हुँ, टोक्नु मेरो स्वभाव नै हो।

शम्सु छोरी बद्रूलाई हेर्दै भन्छिन्– केही पुरुषहरु बिच्छी हुन्छन् छोरी, कहिल्यै परिवर्तन हुँदैनन्।

शम्सु र बद्रू ५ अगस्टमा नेटफ्लिक्समार्फत् रिलिज भएको जसमित के रिन निर्देशित हिन्दी फिल्म ‘डार्लिङ्स’का दुई प्रतिनिधि पात्र हुन्।

प्रेम प्राप्तीको कथा। आत्मसम्मानको कथा। सपनाहरु देख्ने आँखाहरुले त्रास र भयसँग जुध्नु परेको कथा। ‘डार्लिङ्स’ यिनै कथाहरुको संगालो हो। विषयका रुपमा गम्भीर भए पनि घरेलु हिंसा र महिलाको आत्मसम्मानमाथि बनेको फिल्म ‘डार्लिङ्स’ले समातेको धार ‘डार्क ह्युमर’ शैलीको छ। प्रेम हुँदै विवाह, विवाहपछि महिलाको जीवनमा भएको उतारचढाव, र त्यो उतारचढावसँग जुँध्नका निम्ति गरेको संघर्ष अनि त्यसपछिको कदम। ‘डार्लिङ्स’ यिनै बाटाहरुको कथा हो, जुन बाटोमा थुप्रै महिलाहरुले हिँड्नुपर्ने वाध्यता छ। आम्तसम्मान गुमाएर हिंसाको प्रतिकार गर्न नसकी बसेका महिलाहरुको कथा बोकेको ‘डार्लिङ्स’ले एक उनीहरुलाई नै भन्ने सन्देश हो– ‘डार्लिङ्स, अब तिमीहरुले बदला लिनुपर्छ’

००००

भारतको कुनै सहरको कथा। वा भनौं, भारत र भारतजस्तै संरचनागत निर्माण भएका सबै समाज अवस्थित सहरको कथा। सरकारी जागिरे लोग्ने, घरमा काम गरेर समय बिताउने श्रीमती। सँगै श्रीमतीले दैनिक भोग्नुपर्ने लोग्नेको ज्यादति।

बद्रूनिशा अन्सारी (आलिया भट्ट अभिनित) आफूले प्रेम गरेका हम्जा सैख (विजय बर्मा अभिनिनत)सँग विवाह गरेको ३ वर्ष भइसकेको छ। ३ वर्षको लामो समय। बदलिएका थुप्रै प्रसंगहरु छन्। नबदलिएको एउटै कुरा हो, बद्रूले विवाहपछि तीन वर्षसम्म निरन्तर भोग्दै आएको श्रीमान्‌को पिटाइ। रक्सीको मातमा हम्जा बद्रूमाथि निरन्तर हिंसा गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बद्रू र हम्जाको प्रेम ३ वर्ष अघि मात्रै विवाहमा परिणत भयो। बद्रूकी आमा शम्सुनिशा अन्सारी (सेफली शाह अभिनित)ले जागिरको अभावमा हम्जामाथि निरन्तर आपत्ति जनाइरहेकी थिइन्। तर, सरकारी जागिर भएसँगै बद्रू र हम्जा विवाहमा बाँधिए। प्रेमलाई पूर्णता दिने नाममा उनीहरु एकअर्कासँग औचारिक सामाजिक सम्बन्धमा बाँधिएका थिए।

भारतीय रेल्वेमा हम्जा टिकट चेकर (टीसी)को जागिरे थियो। घरको आम्दानीको स्रोत उसकै कमाइमा आधारित। बद्रूको जीवन भने एउटा फ्ल्याटका बीच र आमाको बस्ने कोठाबीच सीमित। बद्रू बिहान उठेदेखि बेलुकी निदाउनु अघिसम्म श्रीमान्‌कै हेरचाह र चिन्तामा आफूलाई व्यत्तित गर्छिन्।

 

Darlings_31660371797.jpg

दुब्लो शरीर। अनुहारदेखि घाँटीका विभिन्न भागमा चोटपटक। मुहारमा हाँसोको केस्रा भएपनि कृतिमताको लेपन। बद्रूको आवरणमा यिनै विशेषताहरु थिए।

हम्जा भने वर्षायामको मौसम जस्तो थियो, व्यवहारमा। कतिबेला परिवर्तन हुन्छ ‘मुड’ पत्तै नहुने। खाना खाएर बसिरहेको बेला श्रीमतीसँग संवादमा रमाइरहेको उ केही क्षणमै श्रमतीमाथि हिंसामा उत्रिन्थ्यो। बद्रू यी सबै सहेर बस्नु बाहेकको विकल्पको खोजीमा थिइन्। श्रीमान्‌को निरन्तर रक्सी पिउने बानी छुटाउन चिकित्सकीय पक्षदेखि प्रेमका पाटाहरु सम्मका उपायहरु अपनाइन्। तर, उनले अपनाएका पक्ष र पाटाहरुले उनलाई सहजताको सट्टा विपरीत रुपमा असजता र श्रीमान्‌बाट थप हिंसाको मात्रै उपस्थिति गराउँथे।

आफूमाथि भइरहेको हिंसालाई श्रीमान्‌–श्रीमतीबीच हुने साधारण घटनाको रुपमा सोच्दै बद्रू सम्बन्धको सुधार र श्रीमान्‌को बानीमा परिवर्तन ल्याउन उपायहरु खोज्छिन्। सुरुवातमा शरीरमा मात्रै लागिरहेको चोटले विस्तारै मन र मस्तिष्कलाई पनि पोल्न थाल्छ। बद्रू सम्पूर्ण पुरुषहरुलाई ‘गोली हानेर मारिदिनुपर्ने’ सम्म सोच्न भ्याउँछिन्।

बद्रूले विवाह अघिबाटै सपनाहरु देखेकी हुन्छिन्। सानो फ्ल्याटका भित्तामा ती सपनाहरु कागजको चिर्कटोमा लेखेर टाँसिएका हुन्छन्। तर, सोचेभन्दा धेरै नसोचेका कुराहरुले बद्रूको जीवनमा उपस्थिति जनाइरहन्छन्।

साधारणभन्दा साधारण विषयमा आफूमाथि भइरहेको हिंसा सकिरहेकी बद्रू एकदिन निर्णय गर्छिन्– श्रीमान् हम्जाविरुद्ध विद्रोह गर्ने। आफूले भोग्दै आएको पीडाजस्तै पीडा हुनेगरी उसँग बदला लिने। श्रीमान्‌कै कारण आफ्नो गर्भ खेर गएपछि बद्रू यो निर्णयमा पुग्छिन्। उनीभित्र जागिरहेको बदलाको भावनामा झिल्कोको काम गर्छ त्यो घटनाले। अस्पतालबाट होस मात्रै आएकी बद्रूको आँखामा बदलाको भावना देखिन्छ।

अब सुरु हुन्छ बदलाको कथा।

आफूमाथि भइरहेको हिंसा जस्तैगरी बदला लिन थाल्छिन् बद्रू। तर, हम्लाले बद्रूमाथि गरेका हिंसाहरुमा कुनै अर्थ थिएनन्। बद्रूको हिंसा अर्थपूर्ण हुन्छ। आफूले हिजो भोग्नु परेको जस्तै पीडा हम्जालाई दिइरहँदा उ त्यसमा सन्तुष्ट नभएर अझैं पनि श्रीमान्‌मा परिवर्तन आउँछ कि भन्ने सोचिरहेकी हुन्छिन्।

‘डार्लिङ्स’ले बद्रूको जीवनका यी दुवै घटनाहरुको विवरण प्रस्तुत गर्छ। एकातिर आफू पीडित हुँदाको क्षण र अर्कातिर, आफूमाथि पीडा दिनेलाई आफूले भोग्दै आएको पीडा महसुस गराउँदाको क्षण। मृत्यु सहजै छुट्ने बाटो भएको ठान्दै बद्रू त्यसलाई नअपनाएर निरन्तर पीडा महसुस गराइरहने बाटोमा हुन्छिन्। आमा शम्सुले हम्जालाई मारेर फ्याकिदिएपछि सम्पूर्ण कुराको अन्त्य हुने सुझाव दिइरहन्छिन्। तर, बद्रू मृत्यु होइन, बदला चाहन्छिन्। र त्यो बदलामा पनि उनी सार्थकता चाहन्छिन्। समाजको व्याख्याभन्दा फरक, सुझाव दिनेहरुको सुभावभन्दा फरक। बद्रू आफ्नो जीवन गतिलाई परिवर्तन गर्न चाहन्छिन्।  त्यो परिवर्तनका लागि उनले चालेको पाइलाको कथन ‘डार्लिङ्स’ले गर्छ ।

०००००

महिला पात्र केन्द्रित भए पनि महिला सशक्तिकरण केन्द्रित सिनेमाको कमि दक्षिण एसियाली बजारमा लामो समयदेखि छ। १९६० को दशकपछि केही समयसम्म भारतमा नारीवादको प्रभावले उत्पन्न गराएको परिवर्तनको झिल्को समेटिएका सिनेमाहरु बने। महिलाले आफ्नो जीवनको सार्थकता घर, परिवार, भान्सा र श्रीमान्‌भन्दा बाहिर पनि हुन्छ भन्ने महसुस गराउने किसिमले यी सिनेमाहरुको निर्माण भएको थियो। सत्यजीत रायको १९६३ मा प्रदर्शनमा आएको फिल्म ‘महानगर’ यसैको एउटा उदाहरण हो।

हाल पनि केही सिनेमाहरु बनिरहेका छन्, जसमा महिला सशक्तिकरण र अधिकारको पक्षमा वकालत गरिएको छ। तर, कलोकल्पित लाग्छन्। अस्वभाभिक र विश्वास गर्न नसक्ने पक्षहरुका कारण यस्ता सिनेमाहरुमा सार्थकता पाउन गाह्रो हुन्छ।

‘डार्लिङ्स’को बलियो र कमजोर दुवै पक्ष दर्शकले फिल्ममा गर्न सक्ने सार्थकताको खोजी पनि हो। त्यसो त, एक थप्पडका कारण आफ्नो श्रीमान्‌सँग डिभोर्स गर्ने विषय समेटिएको ‘थप्पड’ फिल्म सन् २०२० मा प्रदर्शन हुँदा पनि दर्शकले यो किसिमको सार्थकताको खोजी गरेका थिए। श्रीमान्‌ले सबैका सामुन्ने आफूमाथि गरेको व्यवहारले आत्मसम्मानमा चोट महसुस गरेकी महिलाको कथा समेटिएको ‘थप्पड’मा दर्शकले ‘विषयलाई जबर्जस्ती लम्ब्याइएको’ भन्ने तर्क पनि गरेका थिए।

तर, विषयवस्तु र त्यसप्रति सर्जक वा निर्देशकले गर्ने ट्रिटमेन्ट दर्शकअनुसार सापेक्षित हुन्छन्। निश्चित सन्देश प्रवाहको भन्दापनि सिनेमाको सार्थकता हेर्नेको संरचनागत अवस्था, समाजको परिस्थिति र विचारको दायरामा फरक पर्छ।

‘डार्लिङ्स’ मा देखाइएका विषयवस्तु पनि दर्शकलाई ‘थप्पड’मा जस्तै धेरै बढाइएको लाग्न सक्छन्। श्रीमान्‌ले गरेको हिंसाको विपक्षमा उभिएकी महिला र उनले बदला लिनका लागि चालेका कदमहरुमा सार्थकता खोज्दा यी दृश्यहरुमा समस्याहरु देखिन सक्छन्। न्यायिक नजरबाट हेर्दा ठिक वा बेठिकको प्रसंग पनि आउन सक्छ।

तर, महिला मनोवैज्ञानिक पक्षबाट हेर्ने हो भने ‘डार्लिङ्स’मा बद्रूले चालेका कदमहरुमा सहज रुपमा सार्थकता पाउन सकिन्छ। विषयको विस्तार, निर्देशकले दृश्यमार्फत् गरेको ट्रिटमेन्ट, सिनेमाको लेखनमै भएको परिपक्वताले दृश्यभाषामा रुपान्तृक हुँदा ल्याएको ‘म्याचुरीटी’जस्ता पक्षहरुका कारण ‘डार्लिङ्स’को दायरा फराकिलो लाग्छ। दर्शकले हेरिरहँदा यर्थाथमा पनि यस्तो घट्नाको कल्पना गर्न सक्छन्। पुरुषवादी सोच र पितृसत्तात्मक विचारको आडमा भएको हिंसाको विपक्षमा ‘लजिकल’ रुपमा फिल्ममा गरिएको प्रस्तुतिकरण यसको मिठास हो। ‘डार्क कमेडी’ शैलीमा खिचिएको र प्रस्तुत गरिएको फिल्मका संवादहरुले सतहमा हसाउँछन्, गहिराइमा हिमशिलाको स्वरुपमा प्रस्तुत हुन्छन् ।

०००००

भनिन्छ, सपना देख्नलाई ठूलो संसार छ। जीवन संकुचित हुनसक्छ, सपनाहरु संकुचित हुँदैनन्।

तर, सपनाहरुलाई पनि बाँध्ने काँडेतार लाग्छ। उन्मुक्तिको चाहना हुँदाहुँदै पनि त्यो काँडेतारका कारण छुट्टिएर जानसक्ने आँट नआउनु स्वभाविक हो। त्यो काँडेतार समाजको हुनसक्छ, स्थापित मान्यता र विचारको हुनसक्छ।

Darlings_21660371797.jpg

‘डार्लिङ्स’मा बद्रू आफ्ना सपनाहरुलाई संकुचित पारेर बसेकी हुन्छिन्। आफ्नै फ्ल्याटको सामुन्ने बस्ने आमासँग कुराकानी गर्दा समेत उनले श्रीमान् हम्जाको अनुपस्थितिलाई सदुपयोग गर्नुपर्छ। नभए समस्या आउँछ, जुन उनी चाहँदिनन्। खानामा ढुंगा भेटिँदा उनी श्रीमान्‌को मुखको सामुन्ने आफ्नो हात राखिदिन्छन्। जसमा हम्जा पुरुषार्थको घण्मड बोक्दै ढुंगा भएको गाँस थुकिदिन्छ। र, यत्ति कारणका लागि पनि बद्रूमाथि मरणासन्न हुने किसिमले प्रहार गर्छ।

आफ्नो स्वतन्त्रतादेखि सपनाहरुसम्म छाडेर आएकी बद्रूजस्ता धेरैको प्रतिनिधित्व गर्छ ‘डार्लिङ्स’ले। चाहनाका चाङलाई कुल्चिएका पितृसत्ताका खुट्टाहरुका कारण हिँड्न नसकेका ती बद्रूहरुले ‘डार्लिङ्स’मा जस्तै विद्रोह गर्नुपर्छ भन्ने होइन्। तर, व्यवस्था र सोच परिवर्तनका लागि विद्रोह चाहिन्छ। विद्रोहको स्वरुप फरक होला, तर विद्रोह नहुँदासम्म परिवर्तनको सूर्योदय पनि हुँदैन्।

‘डार्लिङ्स’ले बिट मारिरहँदा आमा र अन्यको कुरा सुनेर रेल मार्गमा हम्जालाई बाँधिदिएर हत्या गर्ने अवस्थामा बद्रू पुग्छिन्। तर, आफ्नो मनोस्थितिबाट बाहिर निस्किएर हत्या नगर्ने सोच उनमा आउँछ। आफूमाथि भएको हिंसाका कारण महसुस गरेजस्तै पीडा उनले हम्जालाई महसुस गराइसकेकी हुन्छिन्। रेलको मार्गबाट निकालेर हम्जालाई आफ्नो बाटो जान भनिदिन्छिन्।

‘मारेको भए जीवनभर याद आउँथ्यो’
बद्रू आफूले बिर्सिन चाहेको मान्छेको याद नआओस् भन्दै हत्याको निर्णयबाट पछि पर्छिन्। तर, जीवनको उपहार पाएको हम्जा पुनः बद्रूमाथि शासन जताउन खोज्छ। ठूलो स्वरमा चिच्याउँछ। त्यत्तिनै बेला एउटा दुर्घटना भइदिन्छ, जसले बद्रूलाई जीवनभर हम्जाको याद आउने परिस्थिति सिर्जना त गर्दैन्। बरु, हम्जालाई कहिल्यै नफिर्ने गरि बद्रूको जीवनबाट पछि पारिदिन्छ।

घर फर्किरहँदा बद्रूलाई उनकी आमा शम्सु भन्छिन्– ठीक गरिस् तैँले। मारेको भए जीवनभर याद आउँथ्यो। 

शम्सुको अनुहारमा ग्लानि देखिन्छ। पीडा देखिन्छ। दृश्यमा त्यो दिन देखिन्छ, जब हातमा रगताम्य कैँची र काखमा बद्रूलाई लिएर शम्शु उभिएकी थिइन्। 

०००००

‘डार्लिङ्स’ को प्रस्तुतीकरण विरोधाभासले भरिएको छ। कतिपय दृश्यहरुको चित्रणमा निर्देशकले ‘हद’ गरेको पनि लाग्छ। तर, प्रसंग सान्दर्भिक लाग्छ। व्यवहारिक पक्षबाट समस्या होलान्, तर सोचको दायराबाट ‘डार्लिङ्स’मा समस्या छैन। 

हिंसा भोगिरहेका र त्यसलाई ‘सामान्यकरण’ गर्ने समाजमा ‘डार्लिङ्स’ असहज लाग्छ। तर, पितृसत्ताको जञ्जिरले बाँधिएर पीडा भोग्न बाध्य भएका र आफ्नो सपनालाई संकुचित बनाएका ‘डार्लिङ’हरु परिवर्तनका लागि विद्रोह गर्नुपर्छ। ‘डार्लिङ्स, अब तिमीहरुले बदला लिनुपर्छ।’

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
कंगाल करोडपति’को शुभ-मुहूर्त, बाढीपीडितलाई आर्थिक सहयोग प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह,... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्