काठमाडौं– अगामी १६ गते(अगष्ट १) देखि विराटनगरस्थित भारतीय दुतावासको फिल्ड अफिस बन्द हुने भएको छ। नेपाल सरकारको दबाबमा भारतले फिल्ड अफिस बन्द गर्न लागेको हो।
अगष्ट १ देखि सो कार्यालयबाट हुने गाडीहरुलाई दिने परमिट लगायत सबै काम बन्द हुने मंगलबार काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
२ महिनाअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी सो कार्यालय बन्द गर्ने निर्णय भएको जानकारी गराएका थिए।
कोशी नदीमा ब्यारेज बनाउने क्रममा फिल्ड अफिस स्थापना भएको थियो। तर, पछि कार्यालय बन्द नगरी त्यहीबाट दुतावासका सेवाहरु दिन थालेपछि आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।