• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डा केसीको स्वास्थ्यावस्था असामान्य, मागका विषयमा सरकारले सुरु गर्‍याे छलफल

64x64
नेपाल लाइभ मंगलबार, साउन ८, २०७५  ०१:५५
1140x725

काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा गोविन्द केसी २५ दिनदेखि अनसनमा छन्। अनसनमा रहँदा औषधि तथा कुनै पनि स्वास्थ्य परिक्षण गर्न नमानेका डा केसीको स्वास्थ्यावस्था असामान्य रहेको चिकित्सकहरुले बताएँदै आएका छन्।

गत असार १६ बाट जुम्लामा अनसन सुरु गरेका डा केसीलाई सरकारले बिहीबार मात्रै काठमाडौं ल्याएको थियो। सरकारले अपहरण शैलीमा आफूलाई काठमाडौं ल्याएको भन्दै डा केसीले सामान्य स्वास्थ्य परिक्षण गर्नसमेत मानेका थिएनन्। तर ८० वर्षीया आमा मित्रकुमारी केसीको विशेष आग्रहमा डा केसीले स्वास्थ्य परिक्षण गर्न स्वीकृति दिएका थिए।

सोमबार रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु भने चिन्तित भएका छन्। रगतका सम्पुर्ण ‘प्यारामिटर’हरु असामान्य देखिएका थिए।

सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ। यति कम सेतो रक्तकोशिका भएका बिरामीलाइ कुनै संक्रमण भइहाले, त्यसले भयावह रुप लिनेछ। यही कारण डा केसीलाई भेट्न आउने मानिसहरुलाइ १० मिटर परै राख्ने गरिएको छ। यसका अलावा डा केसी अनसन बस्ने कोठामा प्रवेशका लागि अनिवार्य मास्क र ‘ह्यान्ड स्यानिटाइजर’को प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। यसले केही हदसम्म संक्रमण रोक्ने भएतापनि अब भने थप सावधानी नअपनाए डा केसीलाई गम्भीर खाले संक्रमण हुने जोखिम रहेको चिकित्सकहरुले बताएका छन्।

डा केसीको रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै सबैभन्दा न्यून देखिएको थियो। शरिरका सबै अङ्गहरुले काम गर्ने भनेकै ग्लुकोजबाट प्राप्त शक्तिले नै हो। यसको मात्रामा कमि आएसँगै अङ्गहरुले बिस्तारै काम गर्न छाड्छ्न्। विशेषत ग्लुकोजको मात्रा घटेसँगै सबभन्दा गम्भीर असर ब्रेनमा देखिन्छ। स्नायुहरु शक्तिहिन बन्दै जान्छन् र बेहोस हुने , सिजर हुने अर्थात छारे रोगका लक्षणहरु पनि देखिन सक्छ।

जुम्लामा रहदै घटेको पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा अझै बढेको छैन।  विशेषत पोटासियम एकदमै न्युन छ जसको सिधा सम्बन्ध मुटुसँग हुन्छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार यहि अवस्थामा  डा केसीको मुटु जुनसुकै बेला पनि बन्द हुनसक्छ। यति कम पोटासियममा पनि किन इसिजीमा परिवर्तन देखिएन भनेर चिकित्सकहरु छलफल गरिरहेका छन्।

एकपटक इसिजीमा परिवर्तन आउनासाथ डा केसीलाइ सिसियुमै राखेर उपचार गर्नुपर्ने यो भन्दा पहिल्यै चिकित्सकहरुले बताइसकेका छन्।

‘रगतमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको छ। एकैछिन पनि अक्सिजन नलगाउदा उहाँलाई निकै अप्ठ्यारो हुन्छ , कहिलेकाहीँ त हप्याक–हप्याक नै हुने गरेको छ। अक्सिजन कम भएसँगै छाती पनि बेस्सरी दुख्ने गरेको छ,’ डा केसीसँग चौबिसै घण्टा साथ रहने उनका भाइ किशोर केसीले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

विगत एक–दुई दिनदेखि धैरैपटक वाकवाकी लाग्ने समस्याले पनि डा केसीलार्इ आक्रान्त बनाएको छ।

सरकारले सुरु गर्यो छलफल

अनसन बसेको २४औं दिनमा आएर मात्र सरकार डा केसीका मागका सम्बन्धमा उच्चस्तरीय छलफलमा जुटेको छ। सोमबार मुख्यगरी चिकित्सा शिक्षा विधेयकको संशोधनलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र नेपाल  मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटाबीच छलफल भएको छ। 

छलफलमा विधेयकमा स‌ंशोधन गर्न सकिने बुँदाहरुमा साझा धारणा बनेपछि आज डा केसीको वार्ता टोलीसँग उक्त विषयमा कुराकानी हुने बताइएको छ। त्यसलगत्तै डा केसीसँग उक्त स‌ंशोधनका विषयमा कुराकानी हुनेछ।

चिकित्सकद्वारा आजदेखि देशभर ओपिडी टिकट बहिष्कार

यता डा केसीको अनसनमा ऐक्यवद्धता जनाउँदै नेपाल चिकित्सक संघले आजदेखि ओपिडी टिकट, रसिद, बिल बहिष्कार गर्ने भएका छन्। बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपिडी सेवा सञ्चालन गर्ने संघले निर्णय गरेको हो।

त्यस्तै उपत्यकाका चिकित्सकहरु वसन्तपुरमा सामूहिक अनसन बस्ने भएका छन्। 

संघले सोमबार पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। जसअनुसार संघले उपत्यका बाहिरका डाक्टरहरुलाई पनि नियमित ओपिडी टिकट बहिस्कार गर्दै रिले अनसन तथा धर्नाका कार्यक्रम गर्न भनेको छ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  ०१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्