काठमाडौं-गैरआवासीय नेपाली संघले नेपाली नागरिकताकाे निरन्तरताका लागि सरकारसँग लविङ गर्न छुट्टै कार्यदल गठन गरेको छ।
नेपालको संविधानमा उल्लेख भएकाे व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनका लागि लविङ गर्न कार्यदल गठन गरिएकाे एनआरएनएले जनाएकाे छ। कार्यदलकाे अध्यक्षमा दुर्गा आचार्य छन्।
नेपालकाे संविधान २०७२ को धारा १४ मा 'विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशज वा जन्मको आधारमा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहि पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानूनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने' व्यवस्था छ। यसलाई पूर्णरुपमा कार्यन्वयन गर्न समितिले दबाब दिने बताएको छ ।
यस्तो छ कार्यदल
सल्लाहकार
कुल आचार्य- संयुक्त अधिराज्य
रामप्रताप थापा-जर्मनी
सोनाम लामा- संयुक्त राज्य अमेरिका
खगेन्द्र जिसी -संयुक्त राज्य अमेरिका
क्याप्टेन हितमान गुरूङ-संयुक्त अधिराज्य
अध्यक्ष - दुर्गा आचार्य-अष्ट्रेलिया
सदस्य सचिव-नारायण काफ्ले- अष्ट्रेलिया
सदस्य
सोम सापकोटा-संयुक्त अधिराज्य
गंगाधर गौतम- बेल्जियम
ओम गुरुङ-जापान
चिन्तामणि सापकोटा- स्पेन
बुध्दि सुवेदी- संयुक्तराज्य अमेरिका
नन्द गुरूङ-अष्ट्रेलिया
शिबमणि भुर्त्याल-रसिया
डा रुद्र अर्याल- संयुक्त राज्य अमेरिका
आरके त्रिपाठी- संयुक्त अधिराज्य
गुणराज पौडेल- स्वीटजरल्याण्ड
वेद खरेल - संयुक्त राज्य अमेरिका
पशुपति भण्डारी - संयुक्त अधिराज्य
भक्त गुरूङ - संयुक्त अधिराज्य
शनिकुमार ओली - कतार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।