काठमाडौं– मलेसियाको मानव संशाधन तथा कानुन मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासका प्रतिनिधिबीच नेपाल सरकारले खारेजी गरेको सिन्डिकेटका विषयमा औपचारिक छलफल हुने भएको छ।
नेपालबाट मलेसिया जाने कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक भार थप्दै आएका ६ वटा संस्था खोरज गरेपछि त्यहाँ रोजगारी बन्द भएको विषयमा मलेसिया सरकारले चासो दिइरहेको दूतावासले जानकारी दिएको छ।
सिण्डिकेट र पछिल्लो समस्याका विषयमा मलेसिया सरकारसँग औपचारिक छलफल मंगलबार हुने कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन्।
मलेसियाका मानव संसाधन तथा कानुन मन्त्री एम कुलासेगरनले नेपालबाट कामदार आउने प्रक्रिया रोकिएको विषयमा चासो दिदै आएको बताउदै राजदूत खरेलले नेपाली कामदारमाथि लगाइएको सिण्डिकेट खारेज गर्ने सम्भावना रहेको बताए।
नेपाली कामदारमाथि लगाइएको चर्को आर्थिक भारका विषयमा मलेसियाको गृह मन्त्रालय, परराष्ट्र र मानव संशाधन मन्त्रालयले सामुहिक अध्ययन गरिरहेको र यस विषयमा औपचारिक छलफलपछि केही महत्वपुर्ण निर्णय आउने कार्यवाहक राजदूत खरेलले जानकारी दिए।
नेपाली कामदार मेहनती र इमान्दारीका साथ काम गर्ने भन्दै नेपालको पछिल्लो निर्णय र अनुरोधलाई मलेसिया सरकरकाले गम्भीरताका हेरीरहेको मन्त्री कुलासेगरन बताउदै आएको खरेलको भनाई छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ ३ गते रोजगारीका लागि मलेसिया जाने कामदारमाथि विभिन्न संस्था खडा गरि आर्थिक भार थप्दै आएका संस्था बन्द गर्ने निर्णय गरेको थियो। मन्त्रालयको उक्त निर्णयपछि मलेसिया जाने कामदारको प्रक्रिया नै बन्द भएको थियो।
जेठ २ गतेअघि सवै प्रक्रिया पुरा गरेर मलेसिया जान रोकिएका कामदारका हकमा श्रम मन्त्रालयले आइतबारदेखि श्रम स्वीकृति खुल्ला गरेको थियो।
५ हजारभन्दा बढी कामदार प्रक्रिया पुरा भएर मलेसिया जान पाएका थिएन।
उता मलेसिया जाने नेपाली कामदारमाथि भएको ठगीबारे मलेसियाको संसदमा पनि सोमबार कुरा उठेको छ। दोषीहरुलाई कारबाहीको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।