जनकपुर– प्रदेश २ को सरकारमा तीन राज्यमन्त्री थप हुने भएको छ। राष्ट्रिय जनता पार्टीले आफ्ना तीन जना राज्यमन्त्रीहरुलाई सहभागी गराउने निर्णय गरेसँगै अब मन्त्रिपरिषद् १३ सदस्य पुग्ने भएको हो।
राजपाको अध्यक्ष मण्डलको निर्णयले तीन राज्यमन्त्रीहरुको नाम टुंगो लगाइएको हो।
नयाँ मन्त्रिपरिषदमा उद्योग राज्यमन्त्री सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झा र सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्माको नाम टुंगो लागेको हो।
आज चयन भएकाहरुलाई बुधबार सपथ ग्रहण गराउने कार्यक्रम रहेको मन्त्रीमा सिफारिस भएकी डिम्पल झाले बताइन्।
राजपाले सबै जिल्लालाई समेट्ने गरी राज्यमन्त्रीहरुको नामावली नामको टुंगो लगाइएको उनले बताइन्। प्रदेश २ मा फोरम–राजपा गठबन्धनको नेतृत्वमा बनेको सरकारले करिब ६ महिनापछि मन्त्रिपरिषदले पूर्णता पाएको हो।
प्रदेशसभामा फोरमका २९ र राजपाका २५ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।