• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डा केसी र समर्थकप्रति प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको आक्रोश

64x64
नेपाल लाइभ सोमबार, साउन ७, २०७५  १३:१२
1140x725

काठमाडौं– २४ दिनदेखि अनसन बसिरहेका डा गोविन्द केसीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखेका छन्।

काठमाडौंको सभागृहमा आयोजित पुष्पलालको ४० औं स्मृतिसभामा नेकपाका अध्यक्षसमेत रहेका दुई नेताले आफ्नो भाषणको ठूलो अंश कांग्रेसलाई गाली गर्न र डा केसीलाई आरोपित गर्नमा खर्च गरे। उनीहरुले डा केसीलाई कांग्रेस लगायतले आफ्नो राजनीतिक स्वार्थका निम्ति प्रयोग गरिरहेको पनि बताए।

कार्यक्रममा बोल्दै प्रचण्डले डा केसीको कामै अनसन बस्नु भएको बताए। 'डा केसी अनसन बस्नुहुन्छ। यो नेपाली समाजले पचाइसकेको छ। उहाँको कामै अनसन बस्ने हो। उहाँ बसिराख्नुहुन्छ', प्रचण्डले भने, 'उहाँसँग वार्ता पनि हुन्छ, सहमति पनि हुन्छ। त्यो पनि सामान्य प्रक्रिया हो। यसमा हामीले अनौठो मान्नुपर्ने केही पनि छैन।'

प्रचण्डले अहिलेको अनसनलाई कांग्रेसले समर्थन गरेकोमा पनि आक्रोश व्यक्त गरे। 'डा गोविन्द केसीले नेपालमा पहिलोपटक अनसन बसेका होइनन्। यसभन्दा अघि १५ चोटी (खासमा १४ चोटी) पहिल्यै बसिसक्नुभएको छ। लोकतान्त्रिक भन्ने सरकारको पालामा सबैभन्दा बढी बस्नुभएको छ। उहाँहरुले के हेरेर बस्नुभएको थियो, त्यतिबेला सम्बोधन गर्न',  उनले प्रश्न गरे।

'उहाँको जीवन रक्षा गर्ने दायित्व सरकारको हो। तर अर्को पक्ष उहाँको जीवन रक्षाप्रति गम्भीर छैन। तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ र त्यो लासको राजनीति गर्न चाहन्छ कि भन्ने प्रश्न गम्भीर रुपले खडा भएको छ', प्रचण्डले अनसनरत डा केसीको मागमा ऐक्यवद्धता जनाइरहेको कांग्रेसलाई लक्षित गर्दै भने।

प्रचण्डपछि बोलेका प्रधानमन्त्री ओलीले डा केसीको निरन्तरको अनसनप्रति नै असन्तुष्टि जनाए। प्रधानमन्त्री ओलीले डा केसी कतिपटक अनसन बसेको नै गन्नुपर्ने अवस्था रहेको बताए। कांग्रेसले डा केसीको अनसनलाई आफ्नो मुद्दा बनाएको भन्दै उनले भने– 'अचम्म लाग्छ, एउटा अनसनको मुद्दा बनायो। त्यो अनसन पनि रेकर्ड राखेर गन्नुपर्छ, कति औं पटक हो भनेर।'

डा केसीको पक्षमा सडकमा उत्रिनेहरुलाई पनि उनले आक्रोश पोखे। 'वास्तवमा भन्ने हो भने चित्र आफैं बोल्छ भनेजस्तो सहभागिताले आफैं बोल्छ। तपाईंले सडक हेर्नुभयो भने अनसनको मुद्दा र विषय के रहेछ भन्ने आफैं थाहा पाउनुहुन्छ', उनले अनसनलाई कांग्रेस लगायतले आफ्नो राजनीतिक दाउपेच बनाएकोप्रति संकेत गर्दै भने।

किसिम किसिमका मान्छेहरु देखिन्छन्। कोही गेरुवस्त्रमा देखिन्छन्, कोही सन्यास रुपमा देखिन्छन्। कोही ठाडो चन्दन लगाएको छ, कोही तेर्सो चन्दन लगाएको छ। कोही माला लगाएको छ, कोही रुद्राक्ष, कोही तुलसी', प्रधानमन्त्री ओलीले भने, 'अनौठो अनौठो खालका दृश्य देखिन्छन्।'

Ncell 2
Ncell 2
nimb
nimb

सडकमै उत्रिएर डा केसीका माग पूरा गर्न दबाब दिएकी पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीमाथि समेत प्रधानमन्त्री ओलीले आक्रोश पोखे। 'सर्वोच्च न्यायिक निकायका टुप्पामा बसेकाहरु निषेधाज्ञा तोड्न पुगेका छन्', उनले आक्रोशित हुँदै भने।

प्रधानमन्त्रीले अनसन मानवअधिकार विरोधी कुरा भएको बताए। 'वास्तवमा मानवअधिकारका नाममा जो मैदानमा उत्रिएका छन्। अनसन मानवअधिकार विरोधी कुरा हो', उनले थपे, 'मानव अधिकारको परिभाषाभित्र अनसन पर्दैन। अनसन आफैंलाई समेत प्रताडना दिने, आफैंलाई समेत मानवअधिकारमा प्रताडना दिने मानवअधिकार विरोधी कुरा हो। आफैंलाई पनि दुःख दिन पाइँदैन।'

उनले अनसन बस्नको लागि जुम्ला पुगेकामा पनि डा केसीलाई विपक्षीसँग मुछिदिए।  'आफैं जानुभएको हो कि कसैले लगेको हो कि', उनले भने, 'जुम्ला गएर अनसन बस्नुभयो।'

प्रधानमन्त्रीले अनसनका गतिविधिलाई अन्यले एजेन्डा बनाइरहेको बताए। 'अनसन बस्ने डा केसी, अनसन कायम राख्ने अरु। बिरामी हुने डा केसी,  उपचार गर्न नदिने अरु', उनले प्रश्न गरे, 'अरुको जीवनमाथि खेलबाड गर्न पाइन्छ? राजनीतिक स्वार्थका लागि उपचार गर्न दिन्न भन्न पाइन्छ?'

मेडिकल एशोसियसनले व्यवधान खडा गरेको भन्दै प्रधानमन्त्री आक्रोशित भए। उपचार नगर्ने कार्य अमर्यादित, गैरकानुनी र अमानवीय कार्य भएको उनले बताए। 'राजस्वबाट जागिर खाएका डाक्टरहरु एशोशियसन बनाएर संगठित ढंगले जनतालाई उपचारबाट वञ्चित गर्ने, हुलहुज्जत गर्ने', उनले भने, 'यस्तो पाइन्छ? यही हो लोकतन्त्र?'

उनले डा केसीको समर्थनमा सडकमा गरिएको प्रदर्शनलाई फुर्सदको उपज भएको र देशको सम्पूर्णता नभएको बताए। 'हामी कुनै आवेश, उत्तेजना, आग्रह केहीमा पनि छैनौं। हामी आफ्नो अभियानमा छौं', उनले भने, 'सम्पूर्ण कुरा एकजनाको अनसन, एकजनाको के, फुर्सदको बेला निकालेको जुलुस नै सम्पूर्णता होइन देशको।'

प्रधानमन्त्रीले डा केसीलाई सत्याग्रही भनिएको प्रधानमन्त्रीले प्रश्न उठाए। 'कतिपय मान्छेले सत्याग्रह भनेको सुन्छु', प्रधानमन्त्रीले आक्रोशित हुँदै प्रश्न गरे, 'सत्याग्रह यस्तो पाखुरा बटारेर, मुड्की हारेर हुन्छ? कस्तो सत्याग्रह हो यो।'

प्रधानमन्त्रीले 'नन–इश्यु'लाई 'इश्यु' बनाएर कहीँ पनि नपुगिने बताए। 'यस्ता इश्युमा नअल्झऔं', उनले भने, 'यस्ता इश्युमा नअल्झऔं। म डा केसीलाई भन्न चाहन्छु– आउनस्, स्वास्थ्य शिक्षामा कस्तो सुधार गर्नुपर्छ, तर्कपूर्ण बहस गरौं। र, तपाईं नै जिम्मा लिनुहोस्। म भनिरहेको छु, तपाईं नै जिम्मा लिनुस्। नेतृत्व गर्नुहोस्। आयोग चाहियो भन्नुहुन्छ, तपाईं नै अध्यक्ष भएर काम गर्नुहोस्।'

प्रधानमन्त्री ओलीले डा केसीलाई केही गर्नु नै नभएको बताए। 'केही गर्नु भए पो', प्रधानमन्त्रीले उत्तेजित हुँदै भने, 'केके गर्नुपर्छ? त्यो गर्नलाई होइन, समस्या खडा गर्न मात्रै हो। समाधान होइन। यसरी नजाऔं।'

प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्