• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
शनिबार सिनेमा

अनारका रंगहरुमा लुकेको दृश्य–काव्य

64x64
युवराज भट्टराई शनिबार, साउन २१, २०७९  १४:२४
1140x725

‘यो संसारका रंगहरु र सुगन्धबाट
मेरो बाल्यकालले कविको एउटा गीत बनायो
र त्यो गीत मलाई प्रस्ताव गर्‍यो।’ 

गलैंचा धोइरहेका महिलाहरु। रंगीचंगी पोसोकमा सजिएर तान बुनिरहेका महिलाहरु। रंगमा डुबाएर पखालेपछि भुइँमा पछारिँदा कपडाबाट चुहिरहेका रंगहरु। कपडालाई तातोपानीबाट झिकिरहेका पुरुषहरु। उनीहरुका बीच उभिएको एउटा बालक। जो यी दृश्यहरुका बीचमा अन्तर्य खोजिरहेको छ। आफ्नो वरिपरि फरक फरक भावभंगी र अनुभवसहित उभिरहेका मानिसहरुबीच त्यो बालक आफू बेग्लै संसारको ‘व्यक्ति’ अनुभव गरिरहेको छ। युद्धकालीन बंकरहरुमाथि सुकाइएका गलैंचाहरु उठाएर डोबभित्रको दृश्य चिहाइरहेको छ। बंकरभित्र चलिरहेको मसाजका दृश्यहरुसँगै वरिपरि फरक फरक कुराहरु राखिएका छन्।

‘हामी एकअर्कामा
आफैंलाई
खोजिरहेका थियौं’

पार्श्वबाट कुनै कविताको हरफ सुनिन्छ।यी दृश्यहरु सन् १९६८ मा आएको सोभियत फिल्म ‘द कलर अफ पोमिग्रेनेट्स’का दृश्यहरु हुन्। भन्नलाई त सोभियत निर्देशक सेरगै पाराजानोभको यो फिल्मलाई १८औं शताब्दीका आर्मेनी कवि सयात नोभाको जीवन बारेको फिल्म भनियो। नोभा संगीतकार, गीतकार र कवि थिए। उनको कल्पनाको दायरा र उनले उन्ने शब्दहरुका कारण उनलाई ‘गीतहरुको राजा’जस्तो परिचय दिइएको थियो। तर, पाराजानोभको फिल्ममा नोभाको जीवनको घटनाक्रमको चित्रण थिएन। थियो त केवल नोभाले कल्पना गरेको संसारको दृश्य। उनले कवितामार्फत् प्रस्तुत गरेको आफूलाई निर्देशक पाराजानोभले दृश्यभाषामा रुपान्तरण गरेका थिए यसमा। आर्मेनी संगीत हुँदै संस्कृतिदेखि नोभाको कविताको अन्तर्यलाई सिनेमामा प्रस्तुत गरिएको थियो। 

The_Color_of_Pomegranates_Director1659767681.jpg
निर्देशक सेरगै पाराजानोभ

पार्श्वमा संगीतका धुनहरु सुनिन्छन्। दृश्यमा फरक फरक रंगहरु पोखिन्छन्। फरक फरक मानिसहरु दृश्यमा देखिन्छन्। फरक फरक प्रसंगमा काव्यिक दृश्यहरुमार्फत् व्यक्तिगत र सांस्कृतिकसँगै दार्शनिक पक्षहरुको कथन देखिन्छ। संवाद बिनाका फिल्मका दृश्यहरुले १८औं शताब्दीका कवि नोभाको जीवनका अंशहरुलाई देखाउँछन्। बाल्यकाल, युवावस्था, सपना, बृद्धावस्था, मृत्युलगायतका अंशहरु कवितामाजस्तै गरि दृश्यमार्फत् पोखिन्छन्। 

संवादविहीन दृश्यहरुमा बेलाबखत नोभाले लेखेका कवितामा भएका भावहरु बुझाउने हरफहरु सुनिन्छन्। तर, संवादको माध्यमबाटभन्दा बढि दृश्यमा देखिन्छन्। बेलाबखत ‘भ्वाइस ओभर’मार्फत् कवितामा उनिएका दर्शक र सौन्दर्यलाई बुझाउने हरफहरु सुनिए पनि फिल्मभर नै उनका कविताभित्र कल्पित दुनियाँको चित्रण देखिन्छ। नोभाले कवितामा कल्पना गरेको संसारलाई फिल्ममा दृश्य भाषामार्फत प्रस्तुत गरिएको छ। 

पाराजानोभको यो दृश्य–काप्यमासोफिको च्याउरेली, मेल्कोन एलेक्सन्यान, भिलेन गल्स्त्यान, जियोर्जी जेगेचोक्री लगायतका कलाकारहरु पात्रको भूमिकामा छन्।

फिल्ममा प्रस्तुत भएका कविताहरु सयात नोभाका होइनन्, बस उनका साहित्य सिर्जनाकै भाव बोक्ने हरफहरु हुन्। धेरै माझमा यी कविताहरु नोभाकै हुन् भन्ने छ। तर, सेन्सरका कारण फिल्मबाट नोभासँग सम्बन्धित सम्पूर्ण कुराहरु हटाउनु परेको थियो। कविता पनि।

फिल्ममा लेखिएका यी हरफहरु चर्चित आर्मेनी लेखक ह्रान्त माटेभोस्यानले लेखेका थिए। तर, यी काव्यिक हरफहरुले बोकेको सौन्दर्य र भाव भने नोभाले नै लेखेका कविताहरुकेन्द्रित हुन्। फिल्ममा प्रयोग भएका शब्दहरु उनले उनेका होइनन्, तर शब्दहरुमा बुनिएको संसार र कल्पिएको सौन्दर्य भने नोभाकै काव्यिक धरातलमा आधारित हो।

Ncell 2
Ncell 2
nimb
nimb

The_Color_of_Pomegranates_21659767682.jpg

प्रसंगका लागि फिल्मभित्र प्रस्तुत एक कविता र त्यसमाथि निर्देशकले गरेको दृश्यांकनलाई लिउँ–

‘तिमीले हामीलाई त्यागेर गयौ
तर, हामी जिउँदाले तिमीलाई 
‘कोकुन’मा बेरिदियौ
त्यसैले, तिम्रो नयाँ दुनियाँमा 
तिमी पुतली झैं बाहिर निस्किने छौ।’

पार्श्वमा कविताका यी हरफहरु सुनिन्छन्। दृश्यमा एक शरीरलाई रंगीन कपडाले बेरिएको हुन्छ। कवितामा जस्तै मृत्युलाई अंगालेर गएको मानिसको आगामी यात्राको कल्पना गरिएको दृश्य फिल्मका निर्देशक पाराजानोभले देखाएका छन्। रंगीन कपडाले भरिएको लासलाई सामुन्ने राखेर एक मानिस विलौना गरिरहन्छ। हातमा केही लेखिएको कागजात बोकेर उसका सामुन्ने हुरी चल्छ, मृत्युको पुकारका रुपमा। तर, साँझपछिको बिहान हुने पक्काजस्तै मृत्युलाई पनि ‘कोकुन’मा बेरिएको ‘लारभा’का रुपमा कल्पना गर्दै निर्देशक पाराजानोभले भोली पुतली भन्ने आकांक्षालाई प्रस्तुत गरेका छन्।

००००

Xtrem

Xtrem

सयातको काव्यिक कल्पनामाथि निर्देशक पाराजानोभले गरेको दृश्य कल्पना आफैंमा हेर्नेका लागि सुन्दर अनुभव हो। कलाभित्र अर्थ वा तात्पर्य खोज्ने नभएर कलालाई महसुस गरिनुपर्छ भन्ने मान्यता र भावलाई पनि नोभाका कविताजस्तै पाराजानोभले तीमाथि गरेको कल्पनाले सहायता गर्छ।

फिल्मको सुरुवातमा रगताम्य भइरहेका अनारहरु देखिन्छन् दृश्यमा। सेतो कपडामा माथि राखिएका छन् अनारहरु। तीन अनारबाट बग्छ रगत। पुस्तकका अक्षर र पानाहरुले दृश्यलाई विषयान्तर गर्छन्। पार्श्वमा काव्यिक हरफहरु सुनिन्छ। दृश्यमा फरक फरक ‘प्रप्स’हरुमार्फत् रातो रगतको चित्रण गरिन्छ। सेतो कपडामा राखिएको चक्कुदेखि अंगुर थिचिरहेका खुट्टाहरुबाट बगिरहेका रगतहरुले नोभाको काव्यिक कल्पनाभित्रको संसारमा पुर्‍याउँछन् दृश्य हेरिरहेका दर्शकका लागि। 

The_Color_of_Pomegranates_11659767682.jpg

सिनेमाको सुरुवातमा कवि नोभाको बाल्यकालको दृश्यांकन छ। तर, बाल्यकालको घटनाक्रम नभएर नोभा आफूले आफ्ना शब्दहरुमा बुनेको बाल्यकालको दृश्य। कुनै कोठाभित्रको दृश्यमा पुस्तकहरु सजिएका र्‍याकहरु देखिन्छन्। सँगै देखिन्छन् नजिकैको भित्ताबाट सोसिएर बगिरहेको पानीका थोपाहरु। एक बालक यी दृश्यहरुलाई असहज शैलीमा उभिएर हेरिरहन्छन्।

भिजेका यी पुस्तकहरुबाट पानी चुहिन्छ। केही मानिसहरु भिजेकै कपडा लगाएर घामको पखाई गर्दै यी पुस्तकहरुलाई सुकाउन निस्किन्छन्। नोभाको विचार र कल्पनाले भन्छ– पुस्तकहरु राखिनुपर्छ र पढिनुपर्छ। पुस्तकभित्र आत्मा लुकेको हुन्छ। पुस्तक बिनाको संसार भनेको केही नभएको संसार हो।

यी भिजेका पुस्तकहरु कविको बाल्यकालको चित्रण गर्न अभिनय गराइएका पात्रले बोकेर घरका छतहरुमा सुकाउन निस्किन्छन्। आकाशमा मडारिरहेका बादलहरुबीच छतमा सुकाइएका पुस्तकहरु रोइदिन्छन्। हावाको बहावसँगै पल्टिएका पुस्तकका पानाहरुको ध्वनी उनीहरुको रोदनको आवाज स्वरुप देखिन्छ। रोइरहेका पुस्तकहरुका बीच एक बालक चुपचाप तिनीहरुलाई नियालिरहन्छन्।

कवि नोभाले आफ्नो बाल्यकालमा शब्दहरुप्रति राखेको स्नेह र पुस्तकहरुप्रति गरेको प्रेम यी दृश्यमार्फत् निर्देशक पाराजानोभले कल्पिएका छन्। आधार तिनै कविताहरु हुन्, जुन बुनिएका थिए नोभाले लेखेका शब्दहरुमा। तर, दृश्यभाषामा प्रस्तुत हुँदा यी शब्दहरुको दायरा झन् फराकिलो भएको महसुस हुन्छ। बाल्यकालमा कविको कल्पनाशीलता भित्रको संसार यी दृश्यहरुमा पोखिएका छन्।

००००

अर्मेनिया कुनै बेला सोभियतकै भाग थियो। इतिहासका पानाहरुमा कयौं घटनाहरु अटाएनन्, संस्कृतिदेखि संगीतहरु हराएर गए। गाइने गीतहरु, पढिने कविताहरु, र बजाइने बाजाहरु हराए। फिल्ममा यी कुराहरुलाई पुनः प्रस्तुत गर्ने प्रयास देखिन्छ। दृश्यहरु संवादविहीन भएपनि संगीत र पार्श्वमा मन्त्रझैं गाइएका गीतहरुले संस्कृति र परम्पराको अवषेशहरुलाई बोक्छन्।

तर, पाराजानोभको काम धेरैलाई मन परेको थिएन। नोभाको जीवनमाथि असाधारण रुपमा गरिएको चित्रण र काव्यिक धारमाथि तत्कालीन सोभियत शासक र कम्युनिस्ट पार्टीहरुले प्रश्न उठाएका थिए। सर्वसाधारणलाई कविको जीवनबारे बुझाउनुको सट्टा फिल्मलाई असहज र बुझ्न कठिन बनाएको आरोप उनीमाथि लागेको थियो। 

निर्माणका क्रममा ‘सयात नोभा’ रहेको फिल्मको नामलाई पछि परिर्वतन गरियो। नयाँ नाम बन्यो, ‘द कलर अफ पोमिग्रेनेट्स’। फिल्ममा भएका नोभासँग सम्बन्धित सबै अंशहरुलाई निकालियो। फिल्ममा रहेका उनले लेखेका कविताहरु हटाइयो। जसकारण उनकै कविताको भाव बोक्ने शब्दहरु लेख्न आर्मेनी लेखक ह्रान्ट मातेभोस्यानलाई लगाइएको थियो।

फिल्मको सार्वजनिक प्रदर्शन भएको पहिलो अंशमा कति दृश्यहरु समेटिए र कति काटिए भन्ने कुनै अभिलेख पनि रहेन्। धार्मिक बिम्बदेखि सांस्कृतिक बिम्बहरुमाथि सत्ता र कम्युनिस्ट पार्टीको कैंची चलेको थियो। सन् १९६९ मा फिल्म अर्मेनियामा पहिलोपटक प्रदर्शन भयो, जति बेला यो केवल ७७ मिनेट देखाइयो।

धेरै समयसम्म फिल्म सोभियत संघभित्रै सीमित रह्यो। सन् १९७३ मा फिल्मका निर्देशक पाराजानोभ जेल परेका थिए। त्यसैको सेरोफेरोमा उनका फिल्महरु पश्चिमा देशमा पनि परिचित भएका थिए। उनले सिनेमामा प्रयोग गर्ने शैली र काव्यिक धारले चर्चा पाएको थियो विश्वभरका फिल्मकर्मीहरुमा। पाराजानोभलाई जेल चलान गरिएको ३ दिनपछि रसियन फिल्म निर्देशक आन्द्रेई ताक्रोब्स्कीले युक्रेनको कम्युनिस्ट पार्टीलाई चिठ्टी लेख्दै उनको रिहाइका लागि माग गरे। पाराजानोभको सिनेमाले विश्वभरलाई नै प्रभाव पारिरहेको  र उनको कलाको सम्मानमा त्यो पत्र थियो। लगत्तै विश्वभरका सिनेमा निर्देशक तथा कलाकारहरुसँगै लेखक लगायतले पाराजानोभको पक्षमा आवाज उठाए। यसरी आवाज उठाउनेमा रोबर्ट डि निरो, फ्रान्सिस फोर्ड कपोल्ला, मार्टिन स्करसेजी, मिखायल भारतानोभलगायतका थुप्रै फिल्मकर्मीहरु थिए।

तर, जेलबाट छुटेपछि पाराजानोभले फिलम बनाउन पाएनन्। सत्ताले गरेको सेन्सरका कारण उनले आफ्नो दृश्यभाषालाई निरन्तरता दिन सकेनन्। बरु, उनले सिनेमाभन्दा बाहिरका कलात्मक क्षेत्रहरुमा सक्रियता बढाएका थिए।

जेलबाट छुटेपछि पाराजानोभले सिनेमा बनाउन त छाडे। तर उनको सिनेमाको विस्तारमा भने कम भएन। 

सन् १९८० मा रोट्रड्याम फिल्म फेस्टिभलमा पाराजानोभको यो फिल्म हेरेपछि फ्रान्सेली फिल्म समीक्षक तथा विश्लेषक सेर्गे डेनीले फिल्म हेर्नका लागि नयाँ क्षेत्रको कल्पना दर्शकले गर्नुपर्ने बताए। उनले भनेका थिए, ‘पाराजानोभको यो एकदमै पुरानो फिल्म अहिलेसम्म थाहा भएकोभन्दा फरक छ। फिल्म हेर्दा अहिलेसम्म थाहा नभएको फिल्मको जन्रको कल्पना गर्नुपर्छ, त्यो हो हेजियोग्राफी।’

The_Color_of_Pomegranates_31659767681.jpg

पाराजानोभको ‘द कलर अफ पोमिग्रेनेट्स’का जीवनीको असाधारण रुपमा हुने चित्रणको सुरुवाती फिल्म मान्नुपर्ने डेनीको भनाइ थियो। बिना कुनै प्रसंग यो फिल्म हेर्न बस्ने हो भने दर्शकले फिल्ममा देखाइएका दृश्यहरुबारे केही थाहा पाउन सक्दैनन्। आफूले हेरिरहेको कुरा के हो भन्ने उनीहरुले बुझ्न कठिन छ। तर, प्रसंग बुझ्ने हो भने फिल्मले अर्मेनी संस्कृतिले जीवित हुन गरेको संघर्षदेखि कम्युनिस्ट विचारधारामाथि गरेको प्रश्न सम्मका पक्षहरु देखिन्छन्।

एउटा तठस्थ कथाको खोजीमा भौतारिरहेका दर्शक र समीक्षकहरुका लागि पारानोभको यो ‘मास्टरपिस’को खास अर्थ नहोला। तर, कतिपय सिनेमा दृश्यभाषासँग दर्शकलाई साक्षात्कार गराउने किसिमले पनि निर्माण भएका हुन्छन्, जसमा कथा नभएर दृश्यको भाव भेटिन्छ। दृश्यभित्रको दर्शन भेटिन्छ। त्यो भाव र त्यो दर्शनलाई साक्षात्कार गर्नुको अनुभव र त्यसले आजसम्म विस्तार गरेको दायरा धेरै फराकिलो छ। यो फराकिलो दायराबाट प्रभावित भएर सन् १९९५ मा गायिका म्याडोनाको गीत ‘बेडटाइम स्टोरी’को भिडियोदेखि २०२० मा सार्वजनिक भएको लेडी गागाको ‘नाइन वान वान’सम्म पर्छन्।

सपनाको कथनदेखि अतियर्थाथवाद (सररियलिजम) सम्मका पक्षहरुमा धेरैलाई प्रभावित गरेको छ पाराजानोभको ‘द कलर अफ पोमिग्रेनेट्स’ले। आधुनिक सिनेमा र कलाहरुमा ती प्रभावहरु धेरै ठाउँमा देखिन्छन्।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
सर्वोच्चमा नझुक्ने र नचुक्ने न्यायमूर्ति न्यायाधीश नियुक्ति हुनुपर्छ : सांसद न्यौपाने मंगलबार, असोज २०, २०८३
मतदाता संख्या ७ हजार ११४ मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्