काठमाडौं– हुन्डी कारोबारको आरोपमा प्रहरीले ५ जना व्यवसायीलाई पक्राउ गरेको छ। उनीहरुको ५३ लाख रुपैयाँ र चेकबुकहरु प्रहरीले बरामद गरेको छ।
महानगरीय अपराध महाशाखाले सोमबार न्यूरोड र कुलेश्वर क्षेत्रमा छापा हानी कारोबारीहरुलाई पक्राउ गरेको हो। फलफूल पसल तथा सहकारीमार्फत हुन्डी हुने गरेको प्रहरीले जनाएकोछ।
पक्राउ भारतीय व्यापारी विजय गुप्तासँग ३४ लाख ६८ हजार बरामद भएको छ । कुलेश्वरमा माँ चामुण्डा फ्रुट सेन्टरको नाममा उनले हुन्डीको कारोबार गरेको प्रहरीले जनाएको छ।
त्यस्तै रिभरसिटी सहकारीका कर्मचारी दिपक श्रेष्ठसँग ९ लाख ९० हजार र चेक बरामद गरेको छ।
ब्राइन इन्टरनेशनलका कर्मचारी संजित पाण्डेसँग ३ लाख ३१ हजार, भारतीय व्यापारी अंकित अग्रवालसँग ५ लाख ७ हजार र पुजन छाला जिमीसँग २३ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ। जिमी पनि रिभरसिटी सहकारीका कर्मचारी हुन्।
पक्राउ परेकाहरुलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।