• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
२५ वर्षे युवकको ठगी धन्दा

नक्कली म्यानपावरमार्फत् युएईमा रोजगारीको प्रलोभन, ९ महिना अलपत्र परेपछि फर्किए डेढ सय भूपूसैनिक 

गिरोहका २ जना पक्राउ, पीडितहरुले दिए २ करोड २९ लाखको मागदाबी सहित वैदेशिक रोजगार न्यायाधीकरणमा जाहेरी
64x64
नेपाल लाइभ बिहीबार, साउन १९, २०७९  २०:४४
1140x725

काठमाडौं–सैनिक सेवाबाट अवकाशपछि थप आर्थिक आर्जनका लागि विदेसिन खोज्दा डेढ सय भूतपूर्व सैनिकहरु ठगिएका छन्। उनीहरुलाई ‘युएई भिजिट भिसा' को फन्दामा पारेर ठग्ने गिरोहका नाइके हुन्–कालिकोटका २५ वर्षीय जयबहादुर बिक।  

गिरोहले सामाजिक सञ्जालमा अनधिकृत पेजहरु बनाई सेक्युरिटी कम्पनीको माग आएको भन्दै भिजिट भिसामा युएई लगेर अलपत्र पार्ने गरेको र युवाहरुबाट ८ लाख रुपैयाँसम्म असुली गरेको पाइएको छ। त्यसरी ठगिनेमा ठूलो संख्यामा भूतपूर्व सैनिकहरुसमेत रहेको पीडितहरुबाट प्राप्त विवरणबाट खुलेको छ। ९ महिनासम्म अलपत्र परेपछि उनीहरु युएईले लगाएको हजारौं दिरामको फाइन तिरेर आफ्नै प्रयासमा रित्तो हात नेपाल फर्किएका हुन्। अहिले पीडितहरु न्यायका लागि विभिन्न निकाय चहारिरहेका छन्। 

कालिकोटको साविकको चिल्खाया १ घर भएका जयबहादुर बिकको ठगी साम्राज्यलाई बिस्तार गर्ने कार्यमा योगेस परियार, बलराम थापा, वसन्तराज श्रेष्ठ, नविन बिक, सुरज थापा, समिर जोशीलगायतले सघाइरहेको पीडितहरुको भनाइ छ। 

ठगिएको विषयमा पीडितहरुले वैदेशिक रोजगार न्यायाधीकरणमा जाहेरीसमेत दिएका छन्। प्रहरीले हालसम्म यो घटनामा संलग्न भोजपुर ११ आम्तेकका २२ वर्षीय प्रदीप तामाङलाई पक्राउ गरि म्याद थप गराएर डिल्लीबजार कारागारमा राखेको छ। त्यसै गिरोहमा संलग्न झापा गौरदह नगरपालिका ७ का सुरज गजुरेलसमेत डिल्लीबजार कारागारमा थुनामा छन्। तर प्रहरीले यो गिरोहका नाइके बिक तथा उनलाई सघाउनेहरु बाँकेको खजुरा गाउँपालिका २ सीतापुरका २७ वर्षीय कमल विश्वकर्मा र योगेश परियारलाई पक्राउ गर्न सकेको छैन। पीडितहरुका अनुसार योगेश परियार र जयबहादुर बिक दुवै जना युएईमै छन्। 

ठगीमा संलग्नहरुले सामाजिक सञ्जालको दुरुपयोग गरि ‘द रोयल गोर्खा ओभरसिज प्रालि’ नामको अवैध म्यानपावर खडा गरि युवाहरुलाई युएईको आर्म्स गार्ड तथा भीआईपी सेक्युरिटी गार्डमा पठाउने प्रलोभन देखाउने गरेको पाइएको छ। उनीहरुले युएईमा मासिक तीन हजार पाँच सय कमाई हुने र खान–बस्नसमेत खर्च नलाग्ने बताउने गरेको पीडितहरुले बताएका छन्। 

ठगी गिरोहले ‘द रोयल गोर्खा ओभरसिज प्रालि’ को नाममा बैंक खाता नम्बरसमेत खोलेको पाइएको छ। उनीहरुले कम्पनीको नाममा एनएमबि बैंकमा खाता खोलेर बाँकी रकम आ–आफ्नो व्यक्तिगत खातामा हाल्न लगाएको पाइएको छ। यस क्रममा ठगीमा संलग्न प्रदीप तामाङले एनआईसी एसिया बैंक तथा जयबहादुर बिकले माछापुछ्रे बैंकमा खाता खोलेर रकम लिने गरेको पाइएको छ। त्यस्तै कल्पना ढुंगाना र मीनादेवी पाण्डेको नाममा आईएमईमार्फत् पैसा बुझेर विभिन्न मितिमा भिजिट भिसामा युएई लगेको पाइएको छ।

ठगी गिरोहका नाइके बिकले युएई पुर्‍याइएका व्यक्तिहरुबाट भिजिट भिसामा जाने क्रममा नेपालबाट साटेर लागिएको १-१ हजारको डलरसमेत लिएर काममा लगाइदिने प्रतिबद्धता गर्ने गरेको पीडितहरुकाे भनाइ छ। डलर लगेपछि बिकले पुनः फेक अफर लेटर बनाई अब ड्युटी ज्वाईन गरिदिने भन्दै आफ्नो माछापुछ्रे बैंकको खातामा पैसा जम्मा गरिदिन भन्ने गरेकाे र पीडितहरुले नेपालमा परिवारमार्फत् थप पैसा जम्मा गरिदिने गरेको पाइएको छ। तर पैसा हालेपछि विभिन्न ठाउँमा सार्दै ९ महिनासम्म युएईमा राखेको पीडितहरुले बताएका छन्। युएईमा बस्ने क्रममा कहिले दाल र भात मात्र दिने गरेको र कहिले ५ दिनसम्म खाना खान नदिएको उनीहरुको भनाइ छ।

ठगी तथा मानव तस्करीमा संलग्न बिकलगायतका विरुद्ध ओमप्रकाश उप्रेतीसहित १० जनाले  एक करोड १५ लाख ३५ हजार, दिपेन साँवासहित ७ जना पीडितहरुले थप ५४ लाख ३४ हजार, डिलराज डौलियाले ११ लाख ११ हजार र महेन्द्रबहादुर कुमालसहित तीन जनाले २९ लाख ३६ हजारसहित २ करोड २९ लाखभन्दा बढीको मागदावी सहित न्यायाधीकरणमा जाहेरी दिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ठगी धन्दामा सघाउ पुर्‍याउनेहरुमा चाबहिलस्थित ओम अस्पताल पछाडीको घरमा सञ्चालित जयन्ती सेक्युरिटी सर्भिसका हरिशरण गिरिसमेत रहेको पीडितहरुले बताएका छन्। कतिपयले गिरिको खाता नम्बरमा समेत पैसा डिपोजिट गरेको बताएका छन्। कतिपयले भने गजुरेलको नाममा आईएमई गरेको पाइएको छ। 

एक पीडितका अनुसार ठगीमा योगेश परियारको दिदीको सासु नाता पर्ने महिलाको समेत संलग्नता रहेको पाइएको छ। ती महिलाको खातामा समेत केहीले नगद जम्मा गरिदिएका छन् भने केहीले आईएमई गरिदिएको बताएका छन्। ती महिलाको खातामा पैसा हाल्न लगाएर उक्त रकम दुबईबाटै निकाल्ने गरिएको बताइएको छ। 

के छ कानुनी प्रावधान?

वैदेशिक रोजगार न्यायाधीकरणमा परेको जाहेरीमा जयबहादुर बिकसहित उनको गिरोहलाई कडा कारबाहीको माग गरिएको छ। ठगीमा संलग्नहरुको सजाय कम वा सजाय छुटको मागदाबीको आधार नभएको उल्लेख छ। ठगीमा संलग्नहरुले  पीडितहरुबाट जति पैसा लिएका छन् त्यसमा थप ५० प्रतिशत थपेर दिनुपर्ने कानुनी प्रावधान छ।

पीडितहरुलाई स्वदेशमै ठगेको नभई विदेशसमेत पुर्‍याई अलपत्र पारेको आधारमा कसुर गर्नेहरु विरुद्ध वैदेशिक रोजगार ऐनको दफा ४३ मा तोकिएअनुसार कारबाही हुन्छ। ऐनको दफा १० मा इजाजत पत्रविना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने उल्लेख छ। त्यसै दफालाई टेकेर कारबाही हुँदा दफा ४३ अनुसार कारबाही हुन्छ। जसअनुसार रोजगार लगाइदिन्छु भनि झुटो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जानाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई निजहरुलाई तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ। ठगी गरेर विदेश नपठाएको अवस्था छ भने आधा सजाय हुने भने पनि विदेश पठाइसकेको अवस्थामा पुरै सजाय हुने ऐनमा उल्लेख छ। 

पीडितहरुले इन्टरपोलमार्फत् बिक र परियारलाई नेपाल ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन्। पीडितहरुले उक्त गिरोहले  लामो समयदेखि कैयौं नेपालीलाई अवैधानिक रुपमा विदेश लैजाने प्रलोभनमा पारेर ठगी धन्दा चलाउँदै आएको छ। 

गिरोहले युएईमा नेपाल सरकारले केही गर्न नसक्ने भन्दै आफूहरुलाई पक्रेर देखाउन चुनौती दिने गरेको पीडितहरुले बताएका छन्। उजुरी दिनु अघि पटक–पटक आफू ठगिएको कारण उजुरी दिन जाने भनि जानकारी गराउँदा समेत उनीहरुले जहाँ गएर उजुरी गरे पनि आफूलाई कसैले छुन नसक्ने बताएका थिए। लामो समयदेखि ठगीधन्दा चलाउँदै आए पनि उनीहरु पक्राउ नपरेपछि पीडितहरु श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जाने तयारीमा छन्। मन्त्रालयले समेत बेवास्ता गरे पत्रकार सम्मेलन गरेर सबै सत्यतथ्य बाहिर ल्याउने उनीहरुले बताएका छन्। 

यसअघि पनि एक गिरोहले थाइल्यान्डमा बसेर सयौं नेपाली भूतपूर्व सैनिकहरुलाई ठगी गरेको सार्वजनिक गरेको थियो। त्यतिबेला उक्त गिरोहले आकर्षक तलबको प्रलोभन देखाई भिजिट भिसामा थाईल्याण्ड हुँदै लाओस र कम्बोडिया लगेर प्रतिव्यक्ति ५ लाखदेखि ७ लाख रुपैयाँसम्म असुलेर फरार भएको सार्वजनिक भएको थियो। 

bb1659625235.jpg

b111659625328.jpg

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल प्रहरीले ३३४ पदमा नयाँ भर्ना खुलायो, यस्तो छ आवेदन प्रक्रिया
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय?
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
नेपाल प्रहरीले ३३४ पदमा नयाँ भर्ना खुलायो, यस्तो छ आवेदन प्रक्रिया शुक्रबार, असोज २, २०८३
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? शुक्रबार, असोज २, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित शुक्रबार, असोज २, २०८३
यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
‘मिसिल अघि बढाइदिन्छु’ भन्दै ९ लाख, रेस्टुरेन्टबाट समातिए नापी अधिकृत बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्