• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बालुवाटारको दबाबपछि रोकियो चिनियाँविरुद्धको अपरेसन, पहिचान हुँदासमेत पक्राउ परेनन्

64x64
नारायण अधिकारी बिहीबार, साउन १९, २०७९  १३:३८
1140x725

काठमाडौं– चिनियाँ नागरिकले नेपालमा अवैध गतिविधि गरेको सूचना पाएपछि निरन्तर अपरेसन चलाएको प्रहरीले बालुवाटारको दबाबमा बीचमै अपरेसन रोकेको छ।  विभिन्न कम्पनीको नाममा नेपालमा दर्ता गरेर अवैध धन्दा सञ्चालन गरेको पाइएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिक विरुद्ध अपरेसन नै चलाएको थियो।

चिनियाँ नागरिकले अवैध गतिविधि गरेकाले अन्य ठाउँमा समेत उनीहरूको गतिविधि निगरानीमा रहेकाले अपरेसन जारी रहने प्रहरीले बताएको थियो। तर, अपरेसन जारी नै रहेको बेला गृह मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय (बालुवाटार) सम्मको दबाब आएपछि प्रहरीले अपरेसनलाई  बिचमै रोकेको छ।

साउन ९ गते मात्रै काठमाडौं महानगरपालिका–९ तीनकुनेस्थित गैह्रीगाउँमा चिनियाँ नागरिकले सञ्चालनमा गरेको स्काई वल्र्ड सर्भिस प्रालिमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको थियो।

 कल सेन्टरबाट एक जना चिनियाँ नागरिक ४३ वर्षीय हु युइहुवा, भारतीय नागरिक २६ वर्षीय मनोज शैनी, अर्का भारतीय १९ वर्षीया नेहा गुप्ता, २८ नेपाली पुरुष र ५ महिला गरी ३६ जना पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले ८ लाख २९ हजार, ३६२ थान ल्यापटप, ७४८ थान डेक्सटप र डिभिआर एक थान बरामद गरेको थियो।

chinese61659601703.jpg

 

एकै सिफ्टमा ११ सय जना कामदार राखेर उनीहरूले अवैध काम गर्दै आएको प्रहरीले जनाएको थियो। नेपालमा बसेर विशेषगरी भारतीय नागरिकलाई उनीहरूले ठगी गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। तर, अपरेसन गरेका प्रहरी अधिकारीहरू नै औपचारिक रुपमा चिनियाँका विषयमा केही बोल्न चाँहदैनन्।

उनीहरू पक्राउ परेका बेला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले यो गिरोहले विभिन्न मोबाइल वालेटमार्फत् लोन दिने र त्यतिबेला उनीहरू बैंकिङदेखि तीन पुस्ते सबै विवरण लिने गरेका बताएका थिए। एसएसपी बोहराले भनेका थिए, ‘२० हजार लोन एक हप्ताका लागि भनेर दिइयो भने दिँदै १५ हजार मात्रै दिने। दिइएको हदम्याद (एक हप्ताभित्र) २० हजार फिर्ता गर्न नसके कल सेन्टरबाट युवतीहरूको प्रयोग गरी फोन गर्न लगाएर रकम तिर्न बाध्य पार्ने, तिर्न अटेर गरे विभिन्न धम्कीसमेत दिने गरेको पाइन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंका विजय श्रेष्ठ र रोल्पाका रविन्द्र मगरको नाममा दर्ता गराएर चिनियाँले धन्दा चलाएका थिए। यो ठगी गिरोहको मुख्य नाइकेका रुपमा अर्का एक चिनियाँ र तिब्बती नागरिक रहेको परिसर काठमाडौंको टोलीले पत्ता समेत लगाएको थियो। 

तर, गृह र बालुवाटारको दबाबपछि पहिचान भएका संदिग्ध चिनियाँलाई समेत पक्राउ गर्न नसकिएको परिसरका एक अधिकारी बताउँछन्। ‘मान्छे हामीले पहिचान समेत गरिसकेका थियौं। उनीहरू त्यतिबेला काठमाडौंमै थिए। तर, माथिको दबाबमा बिचमै अपरेसन रोकिएपछि उनीहरू पक्राउ पर्नबाट जोगिए,’ ती अधिकृतले नेपाल लाइभसँग भने।chiniya nagarik1659599429.jpg

कागजात दुरुपयोग र ठगी धन्दा, तर मुद्दा अभद्र व्यवहारको 
तीनकुनेबाट पक्राउ परेका चिनियाँसहित ३६ जना अनलाइनमार्फत् संगठित रुपमा ठगी गरेको आरोपमा पक्राउ परे पनि प्रहरीले झिनो मुद्दा अभद्र व्यवहारको कसूरमा अनुसन्धान गरिरहेको छ। त्यतिबेला पक्राउ परेका ३६ जनालाई नै प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।  

चिनियाँ दूतावासदेखि गृह र बालुवाटारको दबाबमा बिचमै अपरेसन रोकेको प्रहरीले चिनियाँलाई उन्मुक्ति दिने उद्देश्यले झिनो मुद्दा चलाएको हो। यसअघि पक्राउ परेका १२२ जना चिनियाँलाई प्रहरीले केही नभेटिएको भन्दै अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएको थियो। त्यतिबेला उनीहरू जिल्ला प्रशासन कार्यालयबाट एक हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पटक पनि उनीहरूलाई अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजिएको छ। पक्राउ परेका व्यक्ति तथा चिनियाँ लगानीकर्ताविरुद्ध त्यहाँ काम गर्ने नेपालीले नै प्रहरीमा समेत जाहेरी दिएका थिए। आफूहरूका सक्कली राहदानीदेखि नागरिकतासम्म कम्पनीमा राखेको र त्यसमार्फत् दुरुपयोग हुनसक्ने भन्दै प्रहरीमा जाहेरी दिएका थिए। 

तर, त्यतातर्फ समेत अनुसन्धान अघि नबढाई प्रहरीले अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजेको छ। ‘हामीसँग केही प्रमाण भएपनि अभद्र व्यवहार बाहेकको कसूरमा मुद्दा चलाउन सक्ने अवस्था छैन। माथिबाटै प्रेसर आएपछि सामान्य मुद्दा अभद्रको कसूरमा चलाइएको हो’, पक्राउ परेका चिनियाँका गतिबिधिबारे जानकार एक प्रहरी अधिकारीले नेपाल लाइभलाई भने। 

अनलाइन जुवा खेलाएकालाई समेत अभद्रको मुद्दा
उता ठमेलबाट पक्राउ परेकाहरू चिनियाँले सञ्चालन गरेको कम्पनीमा अनलाइनमार्फत् जुवा खेलाउने गरेको पाइएको थियो। तर, उनीहरूलाई समेत शक्तिकेन्द्रको दबाब आएपछि अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको छ। 

तीनकुनेमा अपरेसन गरेको भोलिपल्ट साउन १० गते परिसर काठमाडौंकै टोलीले ठमेलमा अपरेसन गरेर एक चिनियाँ नागरिक ४८ वर्षीय सु सुजीसहित चार जनालाई पक्राउ गरेको थियो। उनीहरूले ठगी तथा अनलाइनमार्फत् जुवा (ग्याम्बलिङ) खेलाउने गरेको प्रहरीको अुसन्धानले देखाएको थियो। 

उनीहरूलाई खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राइभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड बरामद भएका थिए। 

अनलाइन जुवा खेलाइएको अनुसन्धानबाटै पुष्टि भएपछि मुलुकी अपराध संहिता २०७४ कोे परिच्छेद ५ अन्तर्गतको कसूर आकर्षित हुनुपर्ने हो। परिच्छेद ५ को दफा १२५ मा जुुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने उल्लेख छ। १२५ को उपदफा १ मा कसैले जुवा खेल्नु वा खेलाउनु नहुने बताइएको छ। जुवा खेल्ने र खेलाउने गरेको पाइएमा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

तर, जुवाको कसूरमा मुद्दा चल्नुपर्नेमा चिनियाँलाई पनि अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजिएको छ।

chinese51659601789.jpg

१२२ पक्राउ परेपछि चिनियाँलाई पाठ, राख्न थाले नेपाली कामदार
‘अपरेसन चार्ली  फोक्टर’ नाम दिएर २०७६ पुस ७ गते नेपाल प्रहरीले काठमाडौं उपत्यकामा चिनियाँविरुद्ध अपरेसन चलाएको थियो। सो क्रममा मनमैजु, बूढानीलकण्ठ र बाँसबारीका ९ वटा घरमा छापा मारेर प्रहरीले १२२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूबाट ६७ थान राहदानी, ७४७ थान मोबाइल, ३३१ थान ल्यापटप, ९८ थान कम्युटर सीपीयू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिमकार्ड बरामद गरेको थियो। त्यतिबेला प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन भएको भन्दै पत्रकार सम्मलेन गरेर त्यसबारे जानकारी गराएको थियो।

त्यही शैलीमा अहिले फेरि चिनियाँ नागरिकले नेपालमा अवैध धन्दा सञ्चालन गरेको पाइएपछि प्रहरीले कास्की, रुपन्देही, काठमाडौं लगायतका जिल्लाका केही ठाउँमा छापा मारेको थियो। तर, अहिले छापा मारिएका ठाउँमा एक/दुई जना चिनियाँ नागरिक पक्राउ परे पनि बाँकी सबै नेपाली नागरिक छन्।

१२२ जना चिनियाँ पक्राउ परेको घटनाबाट पाठ सिक्दै आफूहरू उम्कन चिनियाँले नेपालीलाई प्रलोभनमा पारेर काममा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘सुरुमा जति पनि पक्राउ पर्थे सबै चिनियाँ हुन्थे। तर, अहिले भने चिनियाँले नेपालीलाई प्रयोग गरे अवैध धन्दा सञ्चालन गरेको पाइयो’ प्रहरी स्रोतले भन्यो, ‘त्यतिबेलाको घटनाबाट चिनियाँहरूले पाठ सिक्दै आफू जोगिन नेपालीको प्रयोग गर्न थालेको पाइएको छ।’

त्यतिबेला पक्राउ परेका १२२ चिनियाँकै नेक्सस अहिलेको घटनामा पनि देखिएको एक अनुसन्धान अधिकृतले बताए। अहिले उनीहरूको समूहले भने छुट्टिएर धन्दा चलाइरहेको ती अधिकृतले नेपाल लाइभलाई जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्