• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बालुवाटारको दबाबपछि रोकियो चिनियाँविरुद्धको अपरेसन, पहिचान हुँदासमेत पक्राउ परेनन्

64x64
नारायण अधिकारी बिहीबार, साउन १९, २०७९  १३:३८
1140x725

काठमाडौं– चिनियाँ नागरिकले नेपालमा अवैध गतिविधि गरेको सूचना पाएपछि निरन्तर अपरेसन चलाएको प्रहरीले बालुवाटारको दबाबमा बीचमै अपरेसन रोकेको छ।  विभिन्न कम्पनीको नाममा नेपालमा दर्ता गरेर अवैध धन्दा सञ्चालन गरेको पाइएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिक विरुद्ध अपरेसन नै चलाएको थियो।

चिनियाँ नागरिकले अवैध गतिविधि गरेकाले अन्य ठाउँमा समेत उनीहरूको गतिविधि निगरानीमा रहेकाले अपरेसन जारी रहने प्रहरीले बताएको थियो। तर, अपरेसन जारी नै रहेको बेला गृह मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय (बालुवाटार) सम्मको दबाब आएपछि प्रहरीले अपरेसनलाई  बिचमै रोकेको छ।

साउन ९ गते मात्रै काठमाडौं महानगरपालिका–९ तीनकुनेस्थित गैह्रीगाउँमा चिनियाँ नागरिकले सञ्चालनमा गरेको स्काई वल्र्ड सर्भिस प्रालिमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको थियो।

 कल सेन्टरबाट एक जना चिनियाँ नागरिक ४३ वर्षीय हु युइहुवा, भारतीय नागरिक २६ वर्षीय मनोज शैनी, अर्का भारतीय १९ वर्षीया नेहा गुप्ता, २८ नेपाली पुरुष र ५ महिला गरी ३६ जना पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले ८ लाख २९ हजार, ३६२ थान ल्यापटप, ७४८ थान डेक्सटप र डिभिआर एक थान बरामद गरेको थियो।

chinese61659601703.jpg

 

एकै सिफ्टमा ११ सय जना कामदार राखेर उनीहरूले अवैध काम गर्दै आएको प्रहरीले जनाएको थियो। नेपालमा बसेर विशेषगरी भारतीय नागरिकलाई उनीहरूले ठगी गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। तर, अपरेसन गरेका प्रहरी अधिकारीहरू नै औपचारिक रुपमा चिनियाँका विषयमा केही बोल्न चाँहदैनन्।

उनीहरू पक्राउ परेका बेला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले यो गिरोहले विभिन्न मोबाइल वालेटमार्फत् लोन दिने र त्यतिबेला उनीहरू बैंकिङदेखि तीन पुस्ते सबै विवरण लिने गरेका बताएका थिए। एसएसपी बोहराले भनेका थिए, ‘२० हजार लोन एक हप्ताका लागि भनेर दिइयो भने दिँदै १५ हजार मात्रै दिने। दिइएको हदम्याद (एक हप्ताभित्र) २० हजार फिर्ता गर्न नसके कल सेन्टरबाट युवतीहरूको प्रयोग गरी फोन गर्न लगाएर रकम तिर्न बाध्य पार्ने, तिर्न अटेर गरे विभिन्न धम्कीसमेत दिने गरेको पाइन्छ।’

Ncell 2
Ncell 2

काठमाडौंका विजय श्रेष्ठ र रोल्पाका रविन्द्र मगरको नाममा दर्ता गराएर चिनियाँले धन्दा चलाएका थिए। यो ठगी गिरोहको मुख्य नाइकेका रुपमा अर्का एक चिनियाँ र तिब्बती नागरिक रहेको परिसर काठमाडौंको टोलीले पत्ता समेत लगाएको थियो। 

तर, गृह र बालुवाटारको दबाबपछि पहिचान भएका संदिग्ध चिनियाँलाई समेत पक्राउ गर्न नसकिएको परिसरका एक अधिकारी बताउँछन्। ‘मान्छे हामीले पहिचान समेत गरिसकेका थियौं। उनीहरू त्यतिबेला काठमाडौंमै थिए। तर, माथिको दबाबमा बिचमै अपरेसन रोकिएपछि उनीहरू पक्राउ पर्नबाट जोगिए,’ ती अधिकृतले नेपाल लाइभसँग भने।chiniya nagarik1659599429.jpg

कागजात दुरुपयोग र ठगी धन्दा, तर मुद्दा अभद्र व्यवहारको 
तीनकुनेबाट पक्राउ परेका चिनियाँसहित ३६ जना अनलाइनमार्फत् संगठित रुपमा ठगी गरेको आरोपमा पक्राउ परे पनि प्रहरीले झिनो मुद्दा अभद्र व्यवहारको कसूरमा अनुसन्धान गरिरहेको छ। त्यतिबेला पक्राउ परेका ३६ जनालाई नै प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।  

चिनियाँ दूतावासदेखि गृह र बालुवाटारको दबाबमा बिचमै अपरेसन रोकेको प्रहरीले चिनियाँलाई उन्मुक्ति दिने उद्देश्यले झिनो मुद्दा चलाएको हो। यसअघि पक्राउ परेका १२२ जना चिनियाँलाई प्रहरीले केही नभेटिएको भन्दै अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएको थियो। त्यतिबेला उनीहरू जिल्ला प्रशासन कार्यालयबाट एक हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका थिए। 

यो पटक पनि उनीहरूलाई अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजिएको छ। पक्राउ परेका व्यक्ति तथा चिनियाँ लगानीकर्ताविरुद्ध त्यहाँ काम गर्ने नेपालीले नै प्रहरीमा समेत जाहेरी दिएका थिए। आफूहरूका सक्कली राहदानीदेखि नागरिकतासम्म कम्पनीमा राखेको र त्यसमार्फत् दुरुपयोग हुनसक्ने भन्दै प्रहरीमा जाहेरी दिएका थिए। 

तर, त्यतातर्फ समेत अनुसन्धान अघि नबढाई प्रहरीले अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजेको छ। ‘हामीसँग केही प्रमाण भएपनि अभद्र व्यवहार बाहेकको कसूरमा मुद्दा चलाउन सक्ने अवस्था छैन। माथिबाटै प्रेसर आएपछि सामान्य मुद्दा अभद्रको कसूरमा चलाइएको हो’, पक्राउ परेका चिनियाँका गतिबिधिबारे जानकार एक प्रहरी अधिकारीले नेपाल लाइभलाई भने। 

अनलाइन जुवा खेलाएकालाई समेत अभद्रको मुद्दा
उता ठमेलबाट पक्राउ परेकाहरू चिनियाँले सञ्चालन गरेको कम्पनीमा अनलाइनमार्फत् जुवा खेलाउने गरेको पाइएको थियो। तर, उनीहरूलाई समेत शक्तिकेन्द्रको दबाब आएपछि अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको छ। 

तीनकुनेमा अपरेसन गरेको भोलिपल्ट साउन १० गते परिसर काठमाडौंकै टोलीले ठमेलमा अपरेसन गरेर एक चिनियाँ नागरिक ४८ वर्षीय सु सुजीसहित चार जनालाई पक्राउ गरेको थियो। उनीहरूले ठगी तथा अनलाइनमार्फत् जुवा (ग्याम्बलिङ) खेलाउने गरेको प्रहरीको अुसन्धानले देखाएको थियो। 

उनीहरूलाई खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राइभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड बरामद भएका थिए। 

अनलाइन जुवा खेलाइएको अनुसन्धानबाटै पुष्टि भएपछि मुलुकी अपराध संहिता २०७४ कोे परिच्छेद ५ अन्तर्गतको कसूर आकर्षित हुनुपर्ने हो। परिच्छेद ५ को दफा १२५ मा जुुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने उल्लेख छ। १२५ को उपदफा १ मा कसैले जुवा खेल्नु वा खेलाउनु नहुने बताइएको छ। जुवा खेल्ने र खेलाउने गरेको पाइएमा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

तर, जुवाको कसूरमा मुद्दा चल्नुपर्नेमा चिनियाँलाई पनि अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजिएको छ।

chinese51659601789.jpg

१२२ पक्राउ परेपछि चिनियाँलाई पाठ, राख्न थाले नेपाली कामदार
‘अपरेसन चार्ली  फोक्टर’ नाम दिएर २०७६ पुस ७ गते नेपाल प्रहरीले काठमाडौं उपत्यकामा चिनियाँविरुद्ध अपरेसन चलाएको थियो। सो क्रममा मनमैजु, बूढानीलकण्ठ र बाँसबारीका ९ वटा घरमा छापा मारेर प्रहरीले १२२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूबाट ६७ थान राहदानी, ७४७ थान मोबाइल, ३३१ थान ल्यापटप, ९८ थान कम्युटर सीपीयू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिमकार्ड बरामद गरेको थियो। त्यतिबेला प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन भएको भन्दै पत्रकार सम्मलेन गरेर त्यसबारे जानकारी गराएको थियो।

त्यही शैलीमा अहिले फेरि चिनियाँ नागरिकले नेपालमा अवैध धन्दा सञ्चालन गरेको पाइएपछि प्रहरीले कास्की, रुपन्देही, काठमाडौं लगायतका जिल्लाका केही ठाउँमा छापा मारेको थियो। तर, अहिले छापा मारिएका ठाउँमा एक/दुई जना चिनियाँ नागरिक पक्राउ परे पनि बाँकी सबै नेपाली नागरिक छन्।

१२२ जना चिनियाँ पक्राउ परेको घटनाबाट पाठ सिक्दै आफूहरू उम्कन चिनियाँले नेपालीलाई प्रलोभनमा पारेर काममा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘सुरुमा जति पनि पक्राउ पर्थे सबै चिनियाँ हुन्थे। तर, अहिले भने चिनियाँले नेपालीलाई प्रयोग गरे अवैध धन्दा सञ्चालन गरेको पाइयो’ प्रहरी स्रोतले भन्यो, ‘त्यतिबेलाको घटनाबाट चिनियाँहरूले पाठ सिक्दै आफू जोगिन नेपालीको प्रयोग गर्न थालेको पाइएको छ।’

त्यतिबेला पक्राउ परेका १२२ चिनियाँकै नेक्सस अहिलेको घटनामा पनि देखिएको एक अनुसन्धान अधिकृतले बताए। अहिले उनीहरूको समूहले भने छुट्टिएर धन्दा चलाइरहेको ती अधिकृतले नेपाल लाइभलाई जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्