• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

राज्यको डण्डा गुजारा चलाउनेमाथि नै बर्सिन्छ ! 

64x64
धनु विश्वकर्मा शनिबार, साउन १४, २०७९  १७:२२
1140x725

काठमाडौं-झम्के साँझ पर्दैगर्दा बानेश्वरको पिपलबोटनजिक भीड लाग्छ। कैयौं यात्रु कामबाट घर फर्किँदै गरेका हुन्छन् भने कतिपय थकान मेटाउन पनि पिपलको बोटमुनि जम्मा हुन्छन्। 

अझ बढी त बेलुका ठेलागाडामा विभिन्न परिकारका स्वाद लिनेहरु जम्मा हुन्छन्। हरेक दिन साँझ ७ बजेपछि फलफूल, तरकारी र अन्य खान्कीका परिकार बेच्न ठेलागाडा लिएर आउँछन् सडक व्यापारी।

करिब १२ देखि १५ वटा ठेला नेपाल यातायातको बसस्टप छेवैमा लस्करै हुन्छन्। तिनमा पोल्ने मासुका अनेक परिकारका बास्ना परसम्म फैलिरहेकाे हुन्छ।

दोलखाको सिगौटी घर भएका ललित बुढाथोकी पनि दैनिक सोही स्थानमा ठेला लिएर आउँछन्। 

उसै त बर्खाको गर्मी, त्यसमाथि मासुका परिकार पोल्न ठेलामाथि दन्किरहेको आगोको रापले असिनपसीन हुन्छन् ललित। जसोतसो ग्राहकका लागि सेकुवा, ससेज, मोःमोः बनाइरहन्छन्। पसिनाले पूरै शरीर भिजेको हुन्छ, तै पनि उनको दैनिकी यही हो। उनले यहाँ बसेर ठेलामा व्यापार गर्न थालेकाे एक दशक भइसकेकाे छ। 

थापागाउँमा डेरा गरी बस्दै आएका ललित हरेक साँझ ठेला लिएर बानेश्वरको पिपलबोटमा पुगिहाल्छन्। अन्य मानिसका लागि त्यो ठाउँ फुटपाथ हो, तर ललितका लागि उनको रोजीरोटी जुटाउने थलो हो। ‘ठेलामा भए पनि मानिसहरु भोक मेट्न आउँछन्। कुखुरा, भैंसी र बंगुरको सेकुवा बढी मन पराउँछन्। अहिले त यो ठाउँ नै सेकुवाका लागि प्रसिद्ध भएको छ’ उनी भन्छन्। 

उनको परिवारको खर्च जोहो गर्ने माध्यम नै त्यही ठेला हो। पाँच जनाको परिवार उनले ठेलामै सेकुवा बेचेर पालेका छन्। उनीसँगै साँझ उनका छोरा र भाइ पनि ठेला लिएर सेकुवा बेच्न पुग्छन्। २०४२ सालमा रोजगारीका लागि काठमाडौैैं पसेका उनले पहिले फुटपाथमा अन्य व्यापार गर्थे। भनेजस्तो नभएपछि एक दशकदेखि ठेलामा मासुका परिकार बेच्न थाले। ६ वर्षदेखि छोरा राजकुमार बुढाथोकीले पनि बाबुलाई सघाइरहेका छन्। राजकुमार बिहान कलेज जान्छन्। साँझ भने बुवालाई सघाउन ठेलासँगै पिपलबोटमा पुग्छन्।

दुई वर्ष त कोरोनाका कारण उनले व्यवयाय गर्न पाएनन्। तर, अहिले अलि–अलि चल्न थालेको फुटपाथ व्यवसायमा फेरि महानगरको नजर परेको उनी बताउँछन्। आफूजस्ता ठेला व्यापारीलाई व्यवस्थित गर्नुको साटो फुटपाथमा व्यापार गर्न नदिने मनसाय महानगरपालिकाले राखेको उनको गुनासो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नै देशमा केही गरेर खाउँ भन्दा पनि स्थानीय सरकार बाधक बन्न थालेको उनको गुनासो छ। बानेश्वर रातभर व्यवसाय चलाउँदा पनि चल्ने ठाउँ हो। कोरोनाअघि त उनी राति १२ बजेसम्म पनि सेकुवा पोल्दै गरेका हुन्थे तर, अहिले दैनिक दुई घण्टाभन्दा बढी बस्न दिँदैन महानगरपालिकाले। 

यस्तै मुखमा मास्क लगाएर बंगुरको सेकुवा पोल्दै थिए शम्भु दाहाल। मध्यबानेश्वरमा बस्दै आएका दाहालसँगै उनकी छोरी पनि थिइन्। पाँच जना परिवारको बिहान–बेलुकाको छाक टार्नेदेखि छोराछोरी पढाउने खर्च पनि सोही ठेलाबाटै निकाल्छन् दाहाल। 

‘यही सेकुवा बेचेरै परिवार पालेको छु। घरखर्चदेखि छोराछोरीको पढाइ पनि यसैबाट व्यवस्थापन गर्छु,’ दाहाल भन्छन्, ‘अहिलेसम्म जे होस् खर्च चलेकै थियो। तर, महानगरले पटक-पटक फुटपाथमा व्यापार गर्न नदिने भन्छ। यहाँ व्यवसाय गर्न दिएन भने कहाँ जाने हो टुंगो छैन।’

उनी सात वर्षदेखि यही बानेश्वरको पिपलबोटमा सेकुवा पोलेरै बिक्री गर्दै आएका छन्। आगोको रापले असिनपसीन भएका दाहाल भन्छन्, ‘अन्य केही रोजगारी छैन। यही एउटा काम पनि महानगरले गर्न दिएन भने त हामी भोकै मर्नुपर्छ।’ उनले आफूले पैदल यात्रीलाई कुनै कष्ट नदिएको बताए। ‘बाटो छेउमा ठेला राख्छौं। कार्यालय समयमा भएको भए पनि समस्या भयो कि भन्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘अझ हामीकहाँ त ज्याला मजदूरी गर्ने नै आउँछन्। कम्तिमा होटलमा भन्दा यहाँ सस्तो हुन्छ। यस्तोमा महानगरले व्यवसाय गर्न नदिने भनेको छ। यहाँ पनि बस्न दिएन भने कहाँ जाने?’

०००

यस्तै, गीता थेवे पनि यही बानेश्वरको पिपलबोटमुनि सेकुवा पोलेर बेच्न लागेको एक दशक भइसक्यो। अहिले उनले सेकुवा बेच्छिन् भने उनका पति रवि मोःमोः बनाएर ग्राहककाे भाेक मेटाउँछन्। उनीहरुको पनि जिविकोपार्जनको मुख्य आधार यही ठेला नै हो। बालुवाटारमा मकै पोल्ने दम्पत्तिलाई नगरप्रहरीले लछारपछार गर्दै मकैको ठेला खोसेको देखेपछि अब आफूलाई पनि त्यसै गर्छन् कि भन्ने चिन्तामा छिन् गीता। 

‘गाउँमा केही गर्नलाई प्रशस्त जग्गा जमिन छैन। यहाँ कम्तिमा ठेला राखेरै पनि परान धानेका छौं। अब यही काम गर्न नदिए के गरी खाने हो?’, उनको प्रश्न छ। महानगरले अहिले बसिरहेको ठाउँबाट उठाए व्यवसाय गर्नका लागि अर्को ठाउँ दिनुपर्ने उनको माग छ। ‘हामी जहाँ पनि जान तयार छौं। तर, ग्राहक आउने ठाउँ हुनुपर्‍याे’, उनी भन्छिन्। 

कोरोनाकालअघि उक्त ठाउँमा ठेला व्यावसायीहरु साँझ पाँच बजे नै आउँथे। मध्यराति दुई बजेसम्म पनि व्यापार गर्थे। तर, अहिले दिनमा दुई घण्टा पनि मुस्किलले बस्न नपाउने रविले बताए। ‘सबैसँग सटर भाडामा लिएर बस्नसक्ने स्थिति हुँदैन। हामीजस्ताको दैनिकी यसरी नै चलेको थियो। अब यही पनि गर्न नदिए कहाँ जाने होला?’, रवि गुनासो गर्छन्। 

०००

बानेश्वरस्थित प्रिमीयर कलेजमा अध्ययनरत छन् रमेश दाहाल। उनी थापागाउँमा परिवारसँगै बस्दै आएका छन्। बिहान कलेज जान्छन्। दिउँसो परिवारले सेकुवाका लागि आवश्यक सबै सामग्री तयार पारेर राखेका हुन्छन्। बेलुका सात बज्नेबित्तिकै उनी बानेश्वरको पिपलबोटमा आएर सेकुवा बेच्न थाल्छन्। एसलएसीपछि ठेलामा सेकुवा बेच्न थालेका दाहालले यसबाट आउने कमाइले कलेजको शुल्क मात्र होइन, परिवार नै पालेका छन्। 

सँगैका साथीभाइ कमाइका लागि विदेश जाँदै गर्दा उनले ठेलामै विदेशजति कमाइ देखेका थिए। ‘सुरु–सुरुमा त राम्रै कमाइ हुन्थ्यो। तर, अहिले दुई घण्टा पनि बस्न पाइँदैन। सात बजेपछि त्यति धेरै ग्राहक आउँदैनन्। रात्रिकालीन केही ग्राहकले पनि अलि–अलि चलेकै थियो। अब त महानगरले यही पनि गर्न नदिने भनेको छ रे’ उनी भन्छन्। 

सरकारी नियकाले नै फुटपाथ व्यापारीलाई हेप्ने गरेको उनको अनुभव छ। ‘मान्छे कैयौं ठाउँमा सरकारी जमिन नै कब्जा गरेर बस्छन् तिनलाई केही गर्दैनन्। हामी जीविका चलाउन एक-दुई घण्टा ठेला राख्दा पनि गरिखान दिँदैनन्’, उनको गुनासो छ। 

उनका अनुसार दुई घण्टा बस्दा पनि दिनमा दुई हजार देखि दुई हजार पाँचसयसम्म कमाइ हुन्छ। उनीहरुले फोहोर व्यवस्थापनवापतको शुल्क मासिक पाँच सयका दरले तिर्दै आएका छन्। तर, महानगरपालिकाले बरु ठेला व्यापारीसँग केही मात्रामा व्यवसाय कर लिएर भए पनि काम गर्न दिनुपर्ने उनको माग छ। 

सबैको जिम्मा लिन सकिँदैन–महानगरपालिका 

यता काठमाडौं महानगरपालिकाले भने अहिले नै सबै क्षेत्रका फुटपाथबाट व्यवसायीलाई उठाइनसकेको जनाएको छ। केही अत्यधिक भीड हुने क्षेत्र जस्तैः असन, भोटाहिटी र रत्नपार्क क्षेत्रमा भने उठाइएको महानगरपालिकाका वातावरण तथा कृषि विभागका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। 

सडक अवरोध गरेर व्यवसाय गर्ने व्यापारीका लागि महानगरसँग कुनै विकल्प नभएको उनको भनाइ छ। ‘यहाँ हजारौंले फुटपाथमा व्यवसाय गरिराखेका छन्। सबैको जिम्मा महानगरले लिन सक्दैन। फुटपाथ भनेको पैदल यात्रीका लागि हो’, उनले भने।  

पहिले भृकुटीमण्डप र खुलामञ्च फुटपाथ व्यापारका लागि छुट्याइएको थियो। ‘त्यही पनि व्यवस्थित नहुँदा अस्ति आगो लाग्यो। अहिले कुन हालतमा छ। मान्छे हिँड्ने बाटो छेकेर व्यापार गर्न दिए आजको भृकुटीमण्डपको जस्तै बेहाल अन्यत्र पनि हुन्छ’, उनले भने। 

उनले कुनैबेला खोला किनारमा बस्न दिइएका सुकुम्बासीले अहिले खोला नै कब्जा गरेको स्मरण गराउँदै भोलि फुटपाथ पनि सडक व्यापारीले आफ्नो सम्पत्ति ठान्नसक्ने बताए। अहिले नै हटाउन हम्मेहम्मे परेको अवस्थामा भोलि सडक नै कब्जा गरिसकेपछि पैदलयात्रीका लागि हिँड्ने ठाउँ नै नहुने उनको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्