• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

त्रिविको 'बेथिति'विरुद्ध विद्यार्थी संगठनहरू आलोपालो आन्दोलनमा!

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, साउन ४, २०७९  १९:२०
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शैक्षिक तथा व्यवस्थापकीय बेथितिलाई लिएर देशका ठूला पार्टी निकट विद्यार्थी संगठनहरु आन्दोलित छन्। उनीहरुले विभिन्न माग राख्दै दबाब सिर्जना गरिरहेका छन्। 

एकीकृत समाजवादी निकट अनेरास्ववियुले केही दिनदेखि थालेको आमरण अनशन सोमबार तोडेको छ। अन्य दुई दल सत्तारुढ नेपाली कांग्रेस समर्थित नेविसंघ र प्रमुख प्रतिपक्ष नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खबरदारी जारी छ। 

के छन् विद्यार्थीका माग?
एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले सोमबार १० बुँदे माग राखेर प्रेस विज्ञप्ति जारी गरेको छ। अनेरास्ववियुले सार्वजनिक शिक्षालाई खुइल्याएर निजीकरणलाई पोस्न थालेको भन्दै त्रिवि बचाउन जरुरी रहेको जनाएको छ।

a1658322094.png

विश्वविद्यालयलाई अनन्तकालीन तालाबन्दीको दुष्चक्रमा फसाउने र अन्ततः सार्वजनिक विश्वविद्यालयलाई विघटन गरी निजी क्षेत्रलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै प्रतिवाद गर्ने अनेरास्ववियुले जनाएको छ। 'प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न विज्ञलाई जवाफदेही बनाउने गरी प्रणालीगत सुधार गर्नुपर्ने, अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने शिक्षक, कर्मचारीहरूको अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गर्नुपर्ने त्रि.वि.ले निर्धारण गरेका परीक्षा केन्द्रहरू सम्भव भएसम्म विद्यार्थीलाई पायक पर्ने र एउटै सवारी साधनको प्रयोगबाट पुग्न सकिने स्थानमा निर्धारण गर्नुपर्ने' माग अनेरास्ववियुले राखेको छ। त्रिविका सेवा झन्झटिलो भएको भन्दै चुस्त, दुरुस्त बनाइनु पर्ने मागसमेत राखेको छ। 

'परीक्षा दिएर १२० दिन पूरा भईसक्दासमेत नतिजा सार्वजनिक हुन नसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिनभित्र प्रकाशित गर्न र सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्र प्रकाशित गर्न माग गर्दछौं,' अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ।  

त्रिविले प्राविधिक र व्यवस्थापकीय जिम्मेवारीलाई समय सापेक्ष बनाएर अन्यलाई सिकाउनुपर्नेमा आफैं पुरानै तरिकाले चलेको भन्दै अनेरास्ववियुसँगै नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुले समेत विरोध जनाएका छन्। परीक्षा नियन्त्रण कार्यालयमा समेत पुरानै कार्यशैलीका कारण विद्यार्थीहरुलाई लाइन लगाउँदा समस्या भएको उनीहरुको भनाइ छ। यो सेवा पनि अनलाइन हुनुपर्ने विद्यार्थी संगठनहरुले माग छ। २४सै घण्टा विद्यार्थीका गुनासा र समस्या सुन्न र सम्बोधन गर्न १५ दिनभित्र हटलाइनको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन्।

nebi1658321943.jpgयसैगरी नेवि संघले पनि त्रिविको बेथितिविरुद्ध ध्यानाकर्षण पत्र बुझाएको छ। त्रिवि सेवा आयोग एउटा अमुक पार्टीको भर्ति केन्द्र नबनाउन भन्दै नेवि संघले ध्यानाकर्षण गरेको हो। नेविसंघ त्रिवि सचिव योगेन्द्र रावलले हस्ताक्षर गरेको पत्रमा आयोगका समग्र काम कार्बाहीमाथि प्रश्न उठेको भन्दै आयोगबाट हाल भइरहेका परीक्षा, अन्तवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानबिन गर्न मागसमेत गरिएको छ। गत आइतबार सचिव रावलले आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सचिव रावल भन्छन्, ‘त्रिवि सेवा आयोगका हालसालै र विगतमा भएका शिक्षक कर्मचारीको समग्र मूल्यांकन र नतिजाको आवश्यक छानबिन नगरी मूल्याङ्कन, छनौट र सिफारिसलाई निरन्तरता दिने दुष्प्रयास भए नेवि संघले आन्दोलनको आँधीबेहरी सृजना गर्छ र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी त्रिवि सेवा आयोग स्वयंले लिनुपर्छ।'

त्यस्तै, एकीकृत समाजवादी विद्यार्थी संगठन अनेरास्ववियुले थालेको आमरण अनशन सहमतिपश्चात तोडेको छ। विभिन्न ११ बुँदे मागहरु राख्दै एक सातासम्म आन्दोलन गरेको अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीसहित विद्यार्थी नेताहरुले आमरण अनशनमा तोडेका हुन्। त्रिविसँगको वार्तापछि आफ्ना मागहरु सम्बोधन  हुने लिखित सहमति भएर अनशन तोडेको अनेरास्वीयु वार्ता समितिका सदस्य शोभा बमले जानकारी दिइन्।  

samajbadi1658322042.jpgवार्ता समितिमा त्रिविका तर्फबाट विद्यार्थी कल्याणका प्रमुख पशुपति अधिकारीसहित विष्णुप्रसाद वाग्ले, हिक्कमतबहादुर राय सहभागी थिए। अनेरास्ववियुका तर्फबाट महेश श्रेष्ठ, दिनेश लो र शोभा बम थिए। 

सहमितअनुसार अब एमफिल र पीएचडीको शुल्क समायोजनका लागि त्रिविले १५ दिनभित्र कार्यदल गठन गरेर पुस मसान्तभित्र काम टुंग्याउने छ। त्यसैगरी, स्ववियुको निर्वाचन सन्दर्भमा विद्याथीं संगठनसँग भाद्र मसान्तभित्र छलफल गर्दै निर्वाचनका लागि सरकारसँग समन्वय गर्ने, मानविकी तथा समाजशास्त्र तथा व्यवस्थापन संकायलगायतका परीक्षाको कमजोरी हटाएर परीक्षा प्रणाली मर्यादीत बनाउन त्रिवि कार्यकारी परिषद्‍द्वारा गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नेलगायत ११ बुँदे सहमति भएको बमले जानकारी दिइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शैक्षिक सवालमा उठाएका आफ्ना मागहरु पूरा नभए पुनः आन्दोलन गर्ने समेत अनेरास्ववीयुले चेतावनी दिएको छ।

माग उस्तै, तर आन्दोलन फरक-फरक
देशका ठूला पार्टीनिकट विद्यार्थी संगठनका माग हेर्दा समान देखिन्छन्। सबैले त्रिविको शैक्षिक तथा व्यवस्थापकीय सुधारका साथै पारदर्शिताको माग गरेका छन्। 

तर, एक ठाउँ उभिएर सामूहिक दबाब सिर्जना गर्न भने उनीहरु तयार देखिदैनन्। अहिले एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले सहमति गरेर आन्दोलन स्थगित गरेको छ। नेविसंघ र अनेरास्ववियु अझै माग तथा ध्यानाकर्षण पत्र बुझाएर आन्दोनको तयारीमा छन्। 

सबै विद्यार्थी संगठनको ध्येय त्रिविलाई बेथितीको चंगुलबाट उम्काउनु रहेको संगठनका नेताहरु बताउँछन्। यस्ता सार्वजनिक सरोकारको शैक्षिक मुद्दामा संगठनहरु एकसाथ उभिएको भने देखिँदैन। त्रिवि नेविसंघ सचिव रावल शैक्षिक मुद्धाको सवालमा सम्पूर्ण विद्याथीं संगठनहरुलाई एक ठाउँमा आउन अपील गरेको बताउँछन्। 

आफूहरु चाहिँ जुनसुकै विद्यार्थीहरुले शैक्षिक सवालमा आवाज उठाए पनि उनीहरुको अभियानमा सहभागी भइरहेको रावल बताउँछन्। एकिकृत समाजवादी निकट विद्यार्थी संगठनले शैक्षिक सुधारको लागि माग गर्दै आन्दोलन गर्दा नेवि संघले पनि प्रतिबद्धता जनाएको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्