• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

त्रिविको 'बेथिति'विरुद्ध विद्यार्थी संगठनहरू आलोपालो आन्दोलनमा!

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, साउन ४, २०७९  १९:२०
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शैक्षिक तथा व्यवस्थापकीय बेथितिलाई लिएर देशका ठूला पार्टी निकट विद्यार्थी संगठनहरु आन्दोलित छन्। उनीहरुले विभिन्न माग राख्दै दबाब सिर्जना गरिरहेका छन्। 

एकीकृत समाजवादी निकट अनेरास्ववियुले केही दिनदेखि थालेको आमरण अनशन सोमबार तोडेको छ। अन्य दुई दल सत्तारुढ नेपाली कांग्रेस समर्थित नेविसंघ र प्रमुख प्रतिपक्ष नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खबरदारी जारी छ। 

के छन् विद्यार्थीका माग?
एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले सोमबार १० बुँदे माग राखेर प्रेस विज्ञप्ति जारी गरेको छ। अनेरास्ववियुले सार्वजनिक शिक्षालाई खुइल्याएर निजीकरणलाई पोस्न थालेको भन्दै त्रिवि बचाउन जरुरी रहेको जनाएको छ।

a1658322094.png

विश्वविद्यालयलाई अनन्तकालीन तालाबन्दीको दुष्चक्रमा फसाउने र अन्ततः सार्वजनिक विश्वविद्यालयलाई विघटन गरी निजी क्षेत्रलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै प्रतिवाद गर्ने अनेरास्ववियुले जनाएको छ। 'प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न विज्ञलाई जवाफदेही बनाउने गरी प्रणालीगत सुधार गर्नुपर्ने, अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने शिक्षक, कर्मचारीहरूको अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गर्नुपर्ने त्रि.वि.ले निर्धारण गरेका परीक्षा केन्द्रहरू सम्भव भएसम्म विद्यार्थीलाई पायक पर्ने र एउटै सवारी साधनको प्रयोगबाट पुग्न सकिने स्थानमा निर्धारण गर्नुपर्ने' माग अनेरास्ववियुले राखेको छ। त्रिविका सेवा झन्झटिलो भएको भन्दै चुस्त, दुरुस्त बनाइनु पर्ने मागसमेत राखेको छ। 

'परीक्षा दिएर १२० दिन पूरा भईसक्दासमेत नतिजा सार्वजनिक हुन नसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिनभित्र प्रकाशित गर्न र सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्र प्रकाशित गर्न माग गर्दछौं,' अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ।  

त्रिविले प्राविधिक र व्यवस्थापकीय जिम्मेवारीलाई समय सापेक्ष बनाएर अन्यलाई सिकाउनुपर्नेमा आफैं पुरानै तरिकाले चलेको भन्दै अनेरास्ववियुसँगै नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुले समेत विरोध जनाएका छन्। परीक्षा नियन्त्रण कार्यालयमा समेत पुरानै कार्यशैलीका कारण विद्यार्थीहरुलाई लाइन लगाउँदा समस्या भएको उनीहरुको भनाइ छ। यो सेवा पनि अनलाइन हुनुपर्ने विद्यार्थी संगठनहरुले माग छ। २४सै घण्टा विद्यार्थीका गुनासा र समस्या सुन्न र सम्बोधन गर्न १५ दिनभित्र हटलाइनको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन्।

nebi1658321943.jpgयसैगरी नेवि संघले पनि त्रिविको बेथितिविरुद्ध ध्यानाकर्षण पत्र बुझाएको छ। त्रिवि सेवा आयोग एउटा अमुक पार्टीको भर्ति केन्द्र नबनाउन भन्दै नेवि संघले ध्यानाकर्षण गरेको हो। नेविसंघ त्रिवि सचिव योगेन्द्र रावलले हस्ताक्षर गरेको पत्रमा आयोगका समग्र काम कार्बाहीमाथि प्रश्न उठेको भन्दै आयोगबाट हाल भइरहेका परीक्षा, अन्तवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानबिन गर्न मागसमेत गरिएको छ। गत आइतबार सचिव रावलले आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिए। 

Ncell 2
Ncell 2

सचिव रावल भन्छन्, ‘त्रिवि सेवा आयोगका हालसालै र विगतमा भएका शिक्षक कर्मचारीको समग्र मूल्यांकन र नतिजाको आवश्यक छानबिन नगरी मूल्याङ्कन, छनौट र सिफारिसलाई निरन्तरता दिने दुष्प्रयास भए नेवि संघले आन्दोलनको आँधीबेहरी सृजना गर्छ र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी त्रिवि सेवा आयोग स्वयंले लिनुपर्छ।'

त्यस्तै, एकीकृत समाजवादी विद्यार्थी संगठन अनेरास्ववियुले थालेको आमरण अनशन सहमतिपश्चात तोडेको छ। विभिन्न ११ बुँदे मागहरु राख्दै एक सातासम्म आन्दोलन गरेको अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीसहित विद्यार्थी नेताहरुले आमरण अनशनमा तोडेका हुन्। त्रिविसँगको वार्तापछि आफ्ना मागहरु सम्बोधन  हुने लिखित सहमति भएर अनशन तोडेको अनेरास्वीयु वार्ता समितिका सदस्य शोभा बमले जानकारी दिइन्।  

samajbadi1658322042.jpgवार्ता समितिमा त्रिविका तर्फबाट विद्यार्थी कल्याणका प्रमुख पशुपति अधिकारीसहित विष्णुप्रसाद वाग्ले, हिक्कमतबहादुर राय सहभागी थिए। अनेरास्ववियुका तर्फबाट महेश श्रेष्ठ, दिनेश लो र शोभा बम थिए। 

सहमितअनुसार अब एमफिल र पीएचडीको शुल्क समायोजनका लागि त्रिविले १५ दिनभित्र कार्यदल गठन गरेर पुस मसान्तभित्र काम टुंग्याउने छ। त्यसैगरी, स्ववियुको निर्वाचन सन्दर्भमा विद्याथीं संगठनसँग भाद्र मसान्तभित्र छलफल गर्दै निर्वाचनका लागि सरकारसँग समन्वय गर्ने, मानविकी तथा समाजशास्त्र तथा व्यवस्थापन संकायलगायतका परीक्षाको कमजोरी हटाएर परीक्षा प्रणाली मर्यादीत बनाउन त्रिवि कार्यकारी परिषद्‍द्वारा गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नेलगायत ११ बुँदे सहमति भएको बमले जानकारी दिइन्।

शैक्षिक सवालमा उठाएका आफ्ना मागहरु पूरा नभए पुनः आन्दोलन गर्ने समेत अनेरास्ववीयुले चेतावनी दिएको छ।

माग उस्तै, तर आन्दोलन फरक-फरक
देशका ठूला पार्टीनिकट विद्यार्थी संगठनका माग हेर्दा समान देखिन्छन्। सबैले त्रिविको शैक्षिक तथा व्यवस्थापकीय सुधारका साथै पारदर्शिताको माग गरेका छन्। 

तर, एक ठाउँ उभिएर सामूहिक दबाब सिर्जना गर्न भने उनीहरु तयार देखिदैनन्। अहिले एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले सहमति गरेर आन्दोलन स्थगित गरेको छ। नेविसंघ र अनेरास्ववियु अझै माग तथा ध्यानाकर्षण पत्र बुझाएर आन्दोनको तयारीमा छन्। 

सबै विद्यार्थी संगठनको ध्येय त्रिविलाई बेथितीको चंगुलबाट उम्काउनु रहेको संगठनका नेताहरु बताउँछन्। यस्ता सार्वजनिक सरोकारको शैक्षिक मुद्दामा संगठनहरु एकसाथ उभिएको भने देखिँदैन। त्रिवि नेविसंघ सचिव रावल शैक्षिक मुद्धाको सवालमा सम्पूर्ण विद्याथीं संगठनहरुलाई एक ठाउँमा आउन अपील गरेको बताउँछन्। 

आफूहरु चाहिँ जुनसुकै विद्यार्थीहरुले शैक्षिक सवालमा आवाज उठाए पनि उनीहरुको अभियानमा सहभागी भइरहेको रावल बताउँछन्। एकिकृत समाजवादी निकट विद्यार्थी संगठनले शैक्षिक सुधारको लागि माग गर्दै आन्दोलन गर्दा नेवि संघले पनि प्रतिबद्धता जनाएको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । मंगलबार, पुस १, २०८२
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... हालै भएको जाँचबाट यो पत्ता लागेपछि उनले दान गरेको शुक्रकिटबाट जन्मिएका बालबालिकाहरु जोखिममा रहेको खुलासा भएको हो। यद्यपि ती व्यक्ति... सोमबार, मंसिर २९, २०८२
सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी मंगलबार, पुस १, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस १, २०८२
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्