• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कृषिमा विषादीको प्रयोग नघटाए अर्को स्वास्थ्य समस्या निम्तन सक्छ : डा शरद वन्त [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, साउन ४, २०७९  ०७:१५
1140x725

हामीले दैनिक उपभोग गर्ने तरकारी र फलफूलमा रसायनिक विषादीको प्रयोग बढ्दो छ। नेपालमा कृषि व्यावसायीकरणसँगै बढ्न गएको विषादीको आयात, किनबेच र प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने विज्ञहरुले बताउँदै आएका छन्।  

खासगरी तरकारी पकेट क्षेत्रहरुमा कृषकहरुले विषादीको प्रयोग पर्याप्त जानकारी बिना र सुरक्षाको सावधानी नअपनाई विषादी प्रयोग गर्छन्। बढ्दो विषादीको प्रयोग न्यूनीकरणका लागि प्रांगारिक अर्थात् अर्गानिक खेती एक मात्र विकल्प भएको नेपाल जनस्वास्थ्य प्रतिष्ठानको निष्कर्ष छ। हाल यो प्रतिष्ठानले अर्गानिक खेतीका लागि पैरवी समेत गरिरहेको छ।

कृषिमा प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा कस्तो असर गर्छ? प्रांगारिक खेती किन आवश्यक छ? लगायत विषयमा नेपाल लाइभका लागि कमला गुरुङले जनस्वास्थ्य विद् एवं प्रतिष्ठानमा आवद्ध डा. शरद वन्तसँग गरेको कुराकानी  :

कृषिमा प्रयोग गरिने विषादीको प्रयोग जनस्वास्थ्यका हिसाबले कत्तिको ठूलो समस्या हो? 
नेपालमा तरकारीमा प्रयोग गरिने औषधिको आयात बढ्दो छ। र, विषादीको प्रयोग पनि बढ्दो छ। विषादी जनस्वास्थ्यका हिसाबले कति ठूलो समस्या हो भन्ने कुराको नेपालमा अध्ययन भइसकेको छैन। तर पनि विषादी स्वास्थ्यका लागि नकारात्मक प्रभाव पार्ने तत्व हो भन्ने कुरा स्थापित भइसकेको छ। यद्यपि तरकारीमा प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा कस्तो खालको, कसरी र कति असर गरेको भनेर हामीले अनुसन्धान गर्न सकेका छैनौं। 

स्वास्थ्य प्रणाली भित्र विषादीले पारेको असर बारे तथ्यांक, अभिलेख राख्ने प्रणालीको पनि विकास भइसकेको छैन। यसले गर्दा जनस्वास्थ्यमा विषादीले कस्तो खालको असर गरेको छ भन्ने तथ्यांक छैन। तर पनि विषादीले जनस्वास्थ्यमा पार्ने समस्या भने छ। 

 

कृषिमा प्रयोग गरिने विषादीले जनस्वास्थ्यलाई असर गर्छ। तर पनि नेपालमा विषादीको प्रयोग किन बढ्दै गएको होला?
टोको उत्पादकत्व क्षमतामा ह्रास आउँदै गएको छ। त्यसैले पनि उत्पादन बढाउन रासायनिक मलको प्रयोग बढ्दो छ। जब रासायनिक मलको प्रयोग बढी हुन्छ। तब विरुवाको प्रतिरोधात्मक क्षमता कम हुन्छ। विरुवाको प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि विभिन्न किटाणुहरुले असर पार्छ। त्यही किटाणुलाई मार्न विषादीको प्रयोग गरिन्छ। त्यसैले पनि यहाँ विषादीलाई विषादीको रुपमा भन्दा पनि उपचारको रुपमा हेर्ने गरिन्छ। 

जति रासायनिक मलको प्रयोग बढ्दै जान्छ। त्यति नै माटोको उत्पादनशिलतामा पनि कमी आउँदै जान्छ। माटोको उत्पादनशिलतामा कमी आउन थालेपछि विषादीको प्रयोग पनि बढ्दै जान्छ। नेपालमा कृषकहरुले उत्पादन गर्ने तरकारीहरुमा मात्र नभई आयातित तरकारीहरुमा पनि विषादीको प्रयोग बढी छ। त्यसैले पनि हामी कहाँ विषादीको दोहोरो भार छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कृषिमा प्रयोग गरिने विषादीले कस्तो किसिमको स्वास्थ्य समस्याहरु निम्त्याउँछन्?
विषादीले स्वास्थ्यमा दुई किसिमको असर गर्छ। पहिलो तत्कालीन र दोस्रो हो दीर्घकालीन। छालामा हुने विभिन्न प्रतिक्रिया र स्नायु सम्बन्धी समस्याहरु तत्काल पार्न सक्छ। कतियले त आत्महत्याको लागि पनि विषादीको प्रयोग गरिरहेका हुन्छन्। विषादीले दीर्घकालमा पार्ने प्रभावहरु भने बहुआयामिक हुन सक्छ। विषादीले शरीरको विभिन्न प्रणालीमा नकारात्मक असर पार्न सक्छ। स्नायु प्रणालीमा समस्या ल्याउनेदेखि क्यान्सर, छाला सम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोगदेखि नसर्ने रोगहरुलाई बढाउन सक्छ। 

यो सँगै हामीले एक अध्ययन गरेका थियौँ। जसमा गर्भावस्थामा महिलाहरु विषादीको सम्पर्कमा आउँदा नवजात शिशुको तौल घटाउने गरेको पाएका थियौँ। शिशुको तौल घट्ने बित्तिकै विभिन्न रोग लाग्न सक्ने संभावना हुन सक्छ। विषादीले स्वास्थ्यमा पारेको असर बारे बृहत अध्ययन गरेर रेकर्ड गर्न सकिरहेका छैनौँ। नेपालमा मिर्गौला फेल, क्यान्सर लगायतका नसर्ने रोगहरु बढीरहेका छन्। यी नसर्ने रोगहरु बढ्नुमा कतै यसको भूमिका पो छ की? तर पनि अध्ययन नभएका कारण हामीले यो कुरा स्थापित गर्न सकेका छैनौँ। विषादीले स्वास्थ्यमा पार्ने असर बारे अनुसन्धान गर्नुपर्ने ठूलो आवश्यकता छ। 

तपाईंहरुले गर्भावस्थामा विषादीको सम्पर्कमा आएका आमाहरुले कम तौल भएका बच्चाहरु जन्माउने जोखिम बढेको सम्बन्धी अध्ययन गरेको भन्नु भयो। त्यो कस्तो खालको अध्ययन थियो?
यो नेपाल जनस्वास्थ्य प्रतिष्ठानले गरेको अध्ययन थियो। हामीले चितवनका केही अस्पतालहरुमा गर्भवती महिलाहरुमा किटनाशक रसायनले कस्तो खालको असर गर्ने रहेछ भनेर गरिएको अध्ययन हो। हामीले उहाँहरुसँग गर्भावस्थामा किटनाश रसायनसँग सम्पर्कमा आए/नआएको बारेमा कुराकानी मार्फत सोधेका थियौँ।

यद्यपि, हामीले परीक्षण भने गर्न सकेका छैनौँ। सोधेको भरमा विषादीको सम्पर्कमा उनीहरु आए/नआएको बारे तुलना गरेका थियौ। विषादीको सम्पर्कमा आउने र नआएको बीच तुलना गर्दा विषादीको सम्पर्कमा रहेका महिलाहरुले जन्माएको बच्चाहरु कम तौल भएको पायौँ। यद्यपि यो सानो अध्ययनले अहिले नै बृहत रुपमा अरु जनसंख्यामा सामान्यीकरण गर्न गाह्रो छ। तर पनि यसले हामीलाई एउटा खतराको संकेत भने दिएको छ। यो अध्ययन हामले दुई वर्ष अघि गरेका थियौँ। 

Xtrem

Xtrem

क्यान्सर बढाउन पनि विषादीको भूमिका छ की भनेर हामीले अध्ययन गर्ने तयारी गरेका छौँ। हुन त हाम्रो जस्तो एउटा सानो संस्थाले गरेको अध्ययनले पुग्दैन। यसको लागि राज्यस्तरबाटै अध्ययन अनुसन्धान गरिनुपर्छ। 

मानव स्वास्थ्य जोगाउन प्रांगारिक (अर्गानिक) खेती तर्फ जानुपर्छ भन्दै प्रतिष्ठानले सरकारलाई सुझाव पनि दिएको थियो। विषादी न्यूनीकरणको विकल्प यही मात्र हो?
कृषिमा प्रयोग हुने किटनाशक विषादीले दीर्घकालीन रुपमा मानव स्वास्थ्यमा असर त पार्छ नै। जनस्वास्थ्यका हिसाबले यो अति नै हानीकारक छ। मानव स्वास्थ्यसँगै जमिनको क्षमता बारे पनि सोच्नुपर्छ। हाल प्रयोग गरिएका विषादी भोलिको दिनमा कम प्रभावशाली भएर यो भन्दा कडा खालको विषादी प्रयोग गर्नुपर्ने अवस्था पनि आउला। त्यतिखेर झन् जनस्वास्थ्यमा कस्तो असर पर्ने होला? त्यसैले दीर्घकालीन रुपमा विषादीको विकल्प हामीले खोज्नैपर्छ। 

यो किटनाशक औषधी कृषिमा प्रयोग गर्नुभन्दा पहिला नेपालमा औँलो रोगको लामखुट्टे मार्न प्रयोग गरिन्थ्यो। औँलो उन्मुलन गर्न सहयोग गर्छ भनेर यसको प्रयोग गरियो। अन्ततः यो घातक सिद्द भएर यसलाई बन्द नै गर्नुपर्‍यो। त्यसलाई बन्द गराउन धेरै ठूलो चुनौतीहरु पनि आए। त्यसैगरी हाल देखिएको यो जनस्वास्थ्यको समस्या हल गर्न दीर्घकालीन रुपमा प्रांगारिक खेती हाम्रो लागि लक्ष्य हुनुपर्छ। तुरुन्तै प्रांगारिक खेती तर्फ जान सकिने वातावरण बन्दैन। यसको लागि धेरै पहल र काम हुनुपर्छ। तर सुरुवात भने गर्नुपर्छ। एकै पटक प्रांगारिक खेती तर्फ जान सकेनौ भने विषादीको प्रयोग कम गर्दै जानुपर्छ। विषादीको प्रयोगका क्रममा अपनाउने सुरक्षाका विधिहरु पनि उत्तिकै महत्वपूर्ण साथ कार्यान्वयन हुनुपर्छ। 

1586176296.jpg

कृषिमा विषादीको प्रयोग मात्र नभई विषादीको असुरक्षित र अव्यवस्थित व्यवस्थापन पनि जोखिमका कारण हुन् हैन?
हो। विषादीको असुरक्षित व्यवस्थापन पनि यही भित्र पर्छन्। विषादीको प्रयोग बढ्नुको पछाडी यसको संख्यात्मक कारण मात्र होइन। यसको व्यवस्थापनको पाटाहरु पनि छन्। विषादीको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षाका विधिहरु, प्रयोग गर्दा र प्रयोग गरिसकेपछिका विषयहरु पनि उत्तिकै महत्वपूर्ण छन्। कृषिमा विषादी प्रयोग गरेपछि कुर्नुपर्ने केही निश्चित समय हुन्छन्। त्यो समय पछाडी उपभोग गर्‍यौं भने असर कम हुन्छ। तर यहाँ त आज नै विषादी हालेका छौ भने भोलि नै खपत हुन्छ। 

किटनाशक रासायन राखेको भाँडाहरु कसरी प्रयोग भइरहेका छन्? बढी भएका विषादीहरु कहाँ र कसरी व्यवस्थापन गछौँ? यो जहाँ मन लाग्छ, त्यहाँ फाल्दा यसले मानिसलाई मात्र होइन वातावरणलाई पनि असर गर्छ। त्यसैले यसको बहुआयामिक पक्षहरु छन्। 

विषादीको प्रयोग न्यूनीकरणका लागि नेपाल जनस्वास्थ्य प्रतिष्ठानले के कस्तो कामहरु गरिरहेका छन्?
झण्डै ६ वर्षदेखि हामीले चितवनका कृषकहरुलाई लक्षित गरी कार्यक्रम गरिरहेका छौँ। उनीहरुलाई तालिम दिने, कसरी विषादीको प्रयोग न्यूनीकरण गर्ने, वैकल्पिक कुराहरु के हुन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर सैद्धान्तिक र व्यावहारिक तालिमहरु दिन्छौँ। कृषिमा व्यावसायिक रुपमा विषादी छर्कने व्यक्तिहरुलाई सुरक्षाका विधिहरु बारे तालिम दिएका छौँ।

विषादीको बिक्रि वितरण गर्ने भेटेरिनरी फर्मासिस्टहरुलाई पनि कृषकहरुलाई कसरी परामर्श गर्ने भन्ने बारेमा अभिुमुखिकरण गरेका छौँ। किनभने कृषकहरुले भेटेरिनरीबाट विषादी खरिद गर्दा प्रयोग गर्ने विधि र सुरक्षाका उपाय बारे राम्रोसँग जानकारी लिए भने त्यसलाई कार्यान्वयन गर्न केही मद्दत मिल्छ। स्वास्थ्यकर्मीसँगै, शिक्षक र विद्यार्थीहरु माझ पनि कार्यक्रम गरेका छौँ। नीति निर्माण गर्ने तहका व्यक्तिहरुसँग भने विषादी न्यूनीकरणका लागि सहकार्य गरिरहेका छौँ। 

हाल भने हामी उपभोक्ताहरुमा पनि केन्द्रित भएका छौँ। किनभने उपभोक्ताहरु आफैँले बजारमा गएर प्रांगारिक उत्पादनको खोजी गर्दैनौ। एकदम राम्रो टल्कने खालका तरकारी र फलफूलहरु नै उपभोक्ताहरुले रोज्ने गर्छन्। तर प्रांगारिक मलको प्रयोग गरिएका उत्पादनहरु हेर्दा राम्रो टल्कने खालको नदेखिन पनि सक्छ। त्यसैले उपभोक्ताहरुबाटै प्रांगारिक उत्पादनको माग बढाउनुपर्छ। 

नेपालमा उपभोक्ताहरु विषादी प्रति कत्तिको सचेत पाउनु भएको छ?
उपभोक्तामा विषादीको असर र यसको प्रयोग सम्बन्धीको सचेताको स्तर अझै माथि उठीसकेको छैन। केही व्यक्तिहरु विषादी प्रति सचेत देखिन्छन्। तर त्यो पर्याप्त छैन। उपभोक्ताहरुमा त्यो सचेतना बढाउन आवश्यक छ। त्यसैले हामीले अहिले उपभोक्तालाई लक्षित गरी सचेतनाका कार्यक्रमहरु पनि गर्दैछौँ। 

विषादी प्रयोग गरिएका तरकारी प्रति उपभोक्ताहरु कसरी सचेत रहन सक्छन्?
सबैभन्दा पहिले त उपभोक्ताहरुमा विषादीले स्वास्थ्यमा पार्ने असर बारे चेतना आउनु जरुरी छ। विषादी प्रयोग गरिएका तरकारी छुट्याउन सबैलाई सहज हुँदैन। हेरेकै भरमा छुट्याउन गाह्रो पनि हुन्छ। उपभोक्ताहरुबाटै प्रांगारिक उत्पादनको माग हुनुपर्छ। यसको लागि प्रांगारिक उत्पादनको लागि बजारको छुट्टै व्यवस्थापन हुनुपर्छ। एकै ठाउँमा तरकारी बिक्रिका लागि राखिएको छ भने पनि यो प्रांगारिक उत्पादन हो भनेर छुट्याउनुपर्छ। 

विषादीको प्रयोग बढ्नुको अर्को कारण बजार व्यवस्थापन नहुनु पनि हो। रासायनिक र प्रांगारिक मल प्रयोग गरिएका उत्पादनको बिक्रि हुने थलो एउटै छ। त्यसैले उपभोक्ताहरुले हेरेकै भरमा छुट्याउन सक्दैन। उनीहरुलाई प्रांगारिक उत्पादन तर्फ आकर्षण बढाउन छुट्टै बजार व्यवस्थापनको आवश्यकता छ। उपभोक्ताहरुमा प्रांगारिक उत्पादनको सचेतना र माग दुवै हुनपर्छ। 

कृषिमा विषादीको प्रयोग न्यूनीकरणका लागि कसले के गर्नुपर्छ? 
कृषिमा विषादीको प्रयोग न्यूनीकरण गर्न राष्ट्रिय स्तरबाटै पहल हुनुपर्छ। कम्तीमा मुद्दाहरु उठेका छन्। नीतिगत रुपमा पनि केही सुरुवात भएको छ। स्थानीयदेखि प्रदेश सरकार यो सम्बन्धी रणनीति बनाउने प्रक्रियामा पनि छ। तर यो भनेको सुरुवात मात्र हो। यत्तिले मात्र समस्या सम्बोधन हुँदैन। विषादी नियन्त्रणका लागि बनेका नीति कार्यान्वयनका लागि निर्देशिका हुनुपर्‍यो। निर्देशिका पालना भए/नभएको अनुमगन गर्नुपर्ने संयन्त्रण हुनुपर्‍यो। भएका नीतिहरु प्रभावकारी रुपमा पालना हुन पनि उत्तिकै जरुरी छ। 

Bishadi-chharkidai1658280561.JPG

अन्त्यमा यहाँका सुझावहरु के छन्?
प्रांगारिक कृषि बढाउने सँगै किटनाशक विषादीको प्रयोग कम गर्ने प्रतिवद्धता राज्यले गर्नुपर्छ। विषादीको प्रयोग कम गर्नका लागि आवश्यक विधिहरु पहिचान गर्नुपर्छ। ती विधिहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता र संयन्त्रण निर्माण गर्नुपर्छ। 

प्रांगारिक मलको प्रयोगको प्रयोग गरिरहेका कृषकहरुले उत्पादकत्वमा कमी आउँदैन भन्ने पनि गरेका छन्। जति रासायनिक मलले उत्पादन दिन्छ, त्यति नै प्रांगारिकबाट पनि उत्पादन हुन्छ भन्ने उनीहरुको दाबी छ। यदी त्यस्तो हो भने प्रांगारिक खेती गर्ने कृषकहरुलाई उत्प्रेरित गर्नुपर्छ। प्रांगारिक मलको उत्पादन र प्रवद्र्धन गर्ने वातावरण सरकारले बनाई दिनुपर्‍यो। बजार व्यवस्थापनमा उनीहरुलाई केही टेवा पुग्ने गरी सहयोग गर्नुपर्छ। 

आयातित कृषि उत्पादनमा हुने परीक्षणलाई प्रभावकारी बनाउनुपर्छ। विषादी प्रयोग गरिएका उत्पादनलाई बन्देज गर्ने वा दुरुत्साहित गर्न अत्यन्तै जरुरी छ। नभए यहाँ प्रांगारिक खेती गरिएपनि बाहिरबाट विषादी प्रयोग गरिएका उत्पादनहरु आइरहे भने यसको अर्थ हुँदैन। राज्यले उपभोक्तालाई केन्दित गरी कार्यक्रम ल्याउनुपर्छ। 

यो मुद्दा अहिलेसम्म जनस्वास्थ्यको विषय पनि बनेको थिएन। स्वास्थ्य नीतिमा यसले बल्ल बल्ल प्रवेश पाएको छ। जनस्वास्थ्यको आँखाबाट हामीले भनिरहँदा यो समस्या स्वास्थ्यको क्षेत्रबाट मात्र समाधान हुने विषय होइन। जनस्वास्थ्य, कृषि, अर्थ, व्यापार, वाणिज्य सबै यसमा जोडिएको छ। र, यी सबै निकायबाट यो समाधान समाधानका लागि अग्रसर हुनु आवश्यक छ। हिजो यो कृषिको मात्र मुद्दा हुन्थ्यो। जनस्वास्थ्यका विषय जोडिदैन थियो। अहिले विषादीलाई जनस्वास्थ्यसँग पनि जोडिएर हेर्न थालिएको छ। बहुआयामिक र बहु क्षेत्रबाट मात्र यो प्रयास संभव हुन सक्छ। 

किटनाशक विषादीको प्रयोग र जनस्वास्थ्यका मुद्दाहरुले राष्ट्रिय नीतिहरुको ध्यान पुग्न सकेको छैन। सरकारको थुप्रै एजेण्डाहरु छन्। अब यो मुद्दालाई पनि प्राथमिकतामा राखिनुपर्छ। जनस्वास्थ्यको क्षेत्रमा यो थप समस्या हो। यसलाई पनि प्राथमिकतामा राखेर कार्यक्रमहरु आउनुपर्छ। 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्