• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनए अमेरिकाको तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न

64x64
नेपाल लाइभ मंगलबार, असार २१, २०७९  २०:११
1140x725

उत्तरी क्यारोलिना- संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनाको र्यागले मेरियट सिटी सेन्टरमा आयोजित तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सोमबार सम्पन्न भएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएसको ११औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको एक दिवसीय कार्यक्रममा नेपाल र अमेरिका दुवै देशका विज्ञ तथा पेशाकर्मीहरुको उपस्थिति थियो। 

संयुक्त राज्य अमेरिकाको एनआरएनए एनसीसी अन्तर्गतको विज्ञान, प्रविधि तथा आविष्कार समिति (एसटीआइसी) ले सोमबार (जुलाई ४) का दिन अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर कार्यक्रमको आयोजना गरेको थियो। 

महाधिवेशनमा विज्ञहरूले विभिन्न ११ वटा विषयमा छलफल गर्नुका साथै नेपालको हित र विकासकालागि सीप र ज्ञान हस्तान्तरणका बारेमा विचार प्रस्तुत गरेका थिए । सम्मेलनमा ‘तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता’, ‘दिगो कृषि प्राकृतिक स्रोत व्यवस्थापन’, ‘इन्जिनियरिङ र पूर्वाधार’, ‘नेपाल अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’, ‘सामाजिक विज्ञान र परोपकार’, ‘व्यवसाय र उद्यमशीलता’, ‘आधारभूत विज्ञान’, ‘महिलाका मुद्दाहरू’, ‘मास मिडिया र सोशल मिडिया’, ‘नेपाली संस्कृति र सम्पदा’, ‘स्टेममा युवाहरू’ लगायतका विषयमा छलफल भएको थियो।

No description available.

नेपाल–अमेरिका सम्बन्ध : ७५ वर्षको मित्रताको प्रतिबिम्ब
‘नेपाल–अमेरिका सम्बन्ध: ७५ वर्षको मित्रताको प्रतिबिम्ब’ शीर्षकको सत्रमा परराष्ट्र मामिला सम्बन्धी जानकार  गेजाशर्मा वाग्लेले नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तका आधारमा घनिष्ट र सौहार्द्रपूर्ण रहेको बताए। ‘नेपालले आफ्ना छिमेकीहरूलाई उच्च प्राथमिकता दिँदै आएको छ, जुन भूराजनीतिक र कूटनीतिक दायित्व पनि हो। तर राष्ट्रियहितलार्ई ध्यानमा राखेर नेपालले निकट छिमेकीपछि शक्ति राष्ट्र अमेरिकालाई विशेष महत्व दिइरहेको छ,’ उनले भने ।

‘सम्भवत: नेपालका प्रधानमन्त्री छिट्टै संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा थप विकास सहयोग र आर्थिक सहायताको घोषणा हुनसक्छ। नेपालको लोकतान्त्रिकआन्दोलनलाई अमेरिकाले नैतिक समर्थन गर्दै आएको छ। नेपालको लोकतान्त्रिकरणमा पनि यसले ठूलो योगदान गरेको छ,’ वाग्लेले भने।

‘नेपालको आर्थिक विकासमा अमेरिकाको योगदान रहेको छ। त्यसैले अमेरिका नेपालको सबैभन्दा ठूलो दाताहो, जुन ऋण होइन अनुदानहो। कार्यान्वयन प्रक्रियामा प्रवेश गरेको एमसीसी नेपाल–अमेरिका विकास साझेदारीको विशेषता हो,’ वाग्लेले थपे।

Ncell 2
Ncell 2

दक्षिण एसिया आर्थिक, भूराजनीतिक र कूटनीतिक रूपमा गतिशील क्षेत्र बन्दै गइरहेको उल्लेख गर्दै शर्माले नेपालले अमेरिकालाई स्वतन्त्रताको भूमिको रूपमा हेर्ने र विश्व शान्ति, समृद्धि र वास्तवमा अस्तित्व र स्वतन्त्रतामा नेपाल र अमेरिकाको साझा दृष्टिकोण  रहेको बताए। विगत सात दशकमा वाशिङ्टन र काठमाडौंबीचको सम्बन्ध निरन्तर बढ्दै गएको उनको भनाइ थियो।

No description available.

नेपालकालागि संयुक्त राज्य अमेरिकाका पूर्व राजदूत स्कट एच डेलिसीले भने, ‘हामीले एउटा बलियो आधारबाट सुरु गरेका थियौं,जसले प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता जस्ता धेरै कुरा साझा गरेको पाउँछौँ । मलाई विश्वास छ नेपाल र अमेरिका दुबै  लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार र सुशासनका सिद्धान्तहरूप्रति प्रतिबद्ध छन्।’

उनले आफूहरुले दुई ठूला छिमेकीबीच नेपालको स्थितिलाई थप जटिल बनाउन नखोजेको भन्दै आफूहरुले नेपाललाई एक सफल लोकतान्त्रिक साझेदार बनाउन चाहेको बताए।

‘जहाँहामीमध्ये मौलिक मूल्यमान्यताहरूमा विश्वास गर्नेले एकअर्काको सफलतामा लगानी गर्छौं। हामी साथीबन्न चाहन्छौं, र नेपाललाई सहयोग प्रस्तावगर्दछौं। नेपालले सबैका लागि बलियो, सुरक्षित, थप लोकतान्त्रिक र थप समृद्ध राष्ट्र निर्माण गर्न खोजेको अवस्थामा हामी सहयोग गर्न तयार छौं,’ उनले भने।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले  सन् १९६२ देखि नेपाल आउन थालेका पिस कोर स्वयम्सेवकहरुले नेपालका कैयौं विद्यालयहरुमा पढाएका तथा प्राविधिक सेवा पुराएका स्मरण गरे।  उनले नेपाल जस्तो मुलुकको   भूराजनीतिक संवेदनशिलता छ अमेरिका जस्तो महाशक्ति मुलुकले बुझी दिनु पर्छ भन्दै छिमेकीहरुलाइ शंका उब्जने गरी नेपालले कुनै पनि सहयोग लिन नहुने बताए। 

अध्यक्ष आचार्यले भारतीय मूलका अमेरिकी नागरिकहरुको राजनीति, व्यापार र सूचना प्रविधि जस्ता क्षेत्रमा रहेको अग्रताले भारत र अमेरिका बीचको सम्बन्ध लाई अरु नजिक बनाएको हामीले देखेका छौं। अहिले प्रवासी नेपाली समुदाय व्यापार, व्यवसाय र पठन पाठनमा मात्रै हैन, अमेरिकाका विभिन्न तहको चुनावमा पनि सामेल हुन थालेको छ।  आउंदो एक दशक भित्रै नेपाली अमेरिकीहरुले अमेरिकी राजनीतिमा पनि महत्वपूर्ण स्थान प्राप्त गर्ने हामी आशा गर्न सक्छौं। 

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संसार भरि रहेका नेपालीहरुसंग रहेको सीप, पूँजी र प्रविधि नेपाल भित्र्याउन  महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।  अमेरिकामा बसी रहनु भएका नेपाली समुदायलाई नेपालमा लगानी लिएर जान, डलर एकाउँट  खोल्न र आफ्नो सीप र प्रविधि नेपाल लैजान म अपिल गर्दछु,' उनले भने।

सत्रको संचालन एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डितले गरेका थिए।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्