• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन २५, २०८३ Mon, Aug 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

दुई युवाको काँधमा काठमाडौं महानगर तर 'डेलिभरी'को चुनौती

64x64
किशोर दहाल बिहीबार, जेठ १२, २०७९  २२:५१
1140x725

काठमाडौं- काठमाडौं महानगरपालिका नेतृत्व दुई युवाको हातमा पुगेको छ। यही वैशाख ३० गते सम्पन्न निर्वाचनमा दुई युवाहरु बालेन शाह र सुनिता डंगोलले प्रतिस्पर्धीलाई निकै फराकिलो मतान्तरसहित पराजित गरेका हुन्। प्रारम्भिक मतगणनाकै क्रममा उनीहरुको जित स्पष्ट भइसकेको थियो। अन्तिम मतपरिणामले त्यसलाई औपचारिकता दिएको मात्रै हो। 

अन्तिम मत परिणाममा मेयर उम्मेदवार बालेनले ६१ हजार ७६७ मत पाएका छन्। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ र एमाले उम्मेदवार केशव स्थापितले  ३८ हजार ११७  मत पाए। उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगाेलले ६८ हजार ६१२ मत पाइन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए।

राजनीतिक पदमा जित निकालेको भए पनि दुवै विजेताको राजनीतिक परिचय खासै छैन। बालेन त स्वतन्त्र उम्मेदवार नै थिए। सुनिताले पनि स्वतन्त्र हैसियतमै मेयरमा उम्मेदवारी दिने अन्तिम तयारी गरिरहेकी थिइन्। उनले घोषणापत्र नै सार्वजनिक गरिसकेको थिइन्। तर, ठूलो दल एमालेले आफ्नो तर्फबाट उपमेयरको उम्मेदवार बनाउने भएपछि उनी सहमत भएकी थिइन्। त्यसैले उनीहरुसँग दलीय बोझभन्दा पनि मतदाताप्रतिको दायित्वबोध होलान् भन्ने अपेक्षा गर्न सकिन्छ।

एकातिर राजनीतिमा युवाको आकर्षण कम हुँदै गएको मान्यता छ। अर्कोतिर राजनीतिमै होमिएका युवाले पनि मतदाताको विश्वास जित्न नसकेको अवस्था छ। यही पृष्ठभूमिमा मुलुकको राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाका मतदाताले आफ्नो महानगरलाई ३२ र २९ वर्षका युवाद्वयको हातमा थमाउनु साहसिक निर्णय हो। यो निर्णयको समीक्षा लामो समयसम्म भइरहने नै छ।

संविधानविद् विपीन अधिकारी बालेन जस्ता स्वतन्त्र उम्मेदवारहरुको विजयले स्थानीय तहमा नयाँ खालको चेतना भित्र्याउने बताउँछन्। ‘विवेकको प्रयोग भएको छ। पार्टीगत दृष्टिकोण हाबी गर्‍यो भने हाम्रो स्थानीय शासनले लक्ष्य हासिल गर्न सक्दैन’, उनले भने, ‘यस्ता मान्छेहरु आउँदा हाम्रो राजनीतिक समाजमा अर्को किसिमको अनुभव अब सुरु हुन्छ।’ 

काठमाडौंको यो चयनले आगामी दिनमा ठूला दललाई पनि उम्मेदवार छनाेट गर्ने प्रक्रियामा केही सचेत बनाउने अपेक्षा गर्न सकिन्छ। वा, उम्मेदवार छनाेटका बेलामा पार्टीभित्र काठमाडौं महानगरपालिकाको यो नतिजाको चर्चा त कम्तीमा हुने नै छ। खासगरी ठूला नेताले अपारदर्शी ढंगले उम्मेदवार खडा गर्नुअघि यो परिणामले झस्काउन सक्यो भने मात्रै पनि बालेन र सुनिताको जितको अतिरिक्त अर्थ स्थापित हुनेछ। उम्मेदवार छनाेट प्रक्रिया पारदर्शी बन्दै जाने र मतदाता पनि पार्टीको घेराभन्दा बाहिर निस्कन अभ्यस्त हुँदै जाने हो भने कालान्तरमा हाम्रै लोकतन्त्र परिपक्व बन्ने छ।

निर्वाचन केही हप्ताको प्रक्रिया मात्रै हो। तर मतदाताको अपेक्षा पाँच वर्षसम्म निरन्तर हुन्छ। विस्तारित हुन्छ। मतदाता मात्रै होइन, काठमाडौंमा त मतदाताभन्दा कैयौँ बढी अतिरिक्त जनसंख्या छ। त्यो अतिरिक्त जनसंख्या काठमाडौंसहितका ७७ जिल्लाकै हो। यहाँ फरकफरक वर्गका मानिस छन्। फरकफरक विगत, मान्यता र उद्देश्य बोकेका मानिसको समष्टीगत स्वरुप नै आजको काठमाडौं हो। त्यसैले यस महानगरको सन्दर्भमा अभिव्यक्ति हुने अपेक्षा पनि बहुआयामिक हुन्छ। मेयर र उपमेयरको रुपमा बालेन र सुनिताको चुनौती यहीँबाट सुरु हुनेछ।

काठमाडौं महानगरपालिकाका नगरसभादेखि नगरकार्यपालिकामा दलहरुकै वर्चस्व हुने निश्चित नै छ। बजेटदेखि कानुनसम्म पारित गर्ने संरचनामा दलकै उपस्थिति हुनेछ। उनीहरुको कार्यशैलीको एउटा निश्चित ढाँचा छ, जवाफदेहिताको निरन्तरता छ। जसले बालेनको तीव्र गतिमा अवरोध सिर्जना नहोला भन्न सकिन्न। स्थानीय शासनविज्ञ पर्शुराम उपाध्याय भन्छन्, ‘काठमाडौंको हकमा भन्ने हो भने, उपप्रमुख अथवा त्यसपछिको सभाका सदस्यहरु सबैलाई आफ्नो विश्वासमा लिने र सबैको विश्वास जित्ने काम स्वतन्त्र मेयरले गर्नुभएन भने उहाँले चाहेको कार्यक्रम र आफूले चाहेको दिशानिर्देश लागू गराउन सक्नुहुन्न।’

nimb
nimb
Ncell 2
Ncell 2

निश्चित व्यक्तिका प्रति ठूलो अपेक्षा राख्ने र केही समयमै निराश भइहाल्ने समाज छ, हाम्रो। चमत्कारको खोजी हुन्छ। बालेनका फोटो र भिडिओमा ‘म एउटा मानिस खोजिरहेछु’ भन्ने गीत राखेर सामाजिक सञ्जालमा पोस्ट गर्न थालिएका छन्। जसले हाम्रा सारा बेथिति हरण गर्न बालेन आइसके भन्ने अपेक्षालाई संकेत गर्छ। तर, हाम्रो लोकतन्त्रले बरु सुस्त तर परिपक्व कार्यशैलीबाट अगाडि बढ्न सुझाउँछ। लोकतान्त्रिक कार्यशैली सामूहिक मत र भावनाबाट निर्देशित हुन्छ। यसरी हेर्दा बालेनलाई अपेक्षा र वास्तविकताको विरोधाभाषबाट अघि बढ्न पक्कै चुनौतीपूर्ण हुनेछ।

काठमाडौं अस्तव्यस्त सहर हो। पार्कदेखि सार्वजनिक पुस्तकालयको आवश्यकताको सूची लामो छ। संघीय राजधानी पनि भएकाले सरकारको आफ्नै नीति र कार्यशैली यहीँ अभिव्यक्त हुन्छ। ट्राफिक जाम अन्त्य गर्ने अपेक्षा बोक्ने मेयर र राष्ट्रपतिको सवारी चलाउन बाँकी नागरिकलाई थुनेर राख्ने संघीय सरकारको कार्यशैली जुनसुकै बेला पुनरावृत्त हुनसक्छ। र नागरिकले पनि ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेर असन्तुष्टि व्यक्त गर्न कत्ति समय लगाउने छैनन्।

कर्मचारीतन्त्रसम्मै जरो गाडेका दलहरु छन्। कतिपय अवस्थामा काम गर्दाभन्दा नगर्दा वा ढिला गर्दा निश्चित समूहलाई फाइदा हुने संरचना तयार छन्। प्रशासनिक तौरतरिका सेवाग्राहीमैत्री छैनन्। यी र यस्ता प्रतिकूलतालाई चिरेर नतिजा निकाल्नु र आमअपेक्षा पूरा गर्नु चुनौतीपूर्ण छ।

सडकमा उडेका धुलोदेखि फोहोरको थुप्रोसम्म, सार्वजनिक सवारी साधनभित्रको ठेलाम्ठेलदेखि निजी सवारी साधनको पार्किङसम्म, सामुदायिक विद्यालयको दुर्दशादेखि निजी विद्यालयको ‘लुट’सम्म, सडकका खाल्डाको यथार्थदेखि मेट्रो रेलको आकांक्षासम्म, भौतिक-अभौतिक सम्पदाको संरक्षणदेखि सयौँ वर्षदेखिका सांस्कृति विरासतलाई गति प्रदान गर्नेसम्म काठमाडौं महानगरका अनेक सन्दर्भ छन्। यहाँको स्वास्थ्य सेवा प्रणाली, खानेपानी, सडकपेटी, सडकपेटीमै चलिरहेको मोबाइल कभरदेखि पोलेको मकैसम्मको व्यापार जस्ता सयौँ विषयहरुमा मेयरको कार्यकुशलताको परीक्षण हुनेछन्। सहरको सौन्दर्यकरणदेखि काम गरिखाने वर्गप्रतिको समभाव एकैपटक प्रतिबिम्बित हुनुपर्नेछ।

वर्षौँदेखिका कुशासनले सिर्जित समस्याको निराकरण गर्नु छँदैछ। नयाँ मेयरसँगै फक्रिएका सपनालाई पनि सम्बोधन गर्नुपर्ने छ। वर्षौँसम्म एउटा गति र शैलीमा अघि बढिरहेको संरचनालाई नयाँ व्यक्तिको उपस्थितिले केही ‘रिचार्ज’ त गर्ला तर अपेक्षित गतिमै कुद्ला भनेर ढुक्क हुन सकिने स्थिति छैन। किनकि, समस्याहरुको समाधान चुड्कीको भरमा समाधान नहुन सक्छन्। अधिकारको अनावश्यक प्रयोगले ‘ब्याक फायर’ हुनसक्छ।

राजनीतिक विश्लेषक उद्धव प्याकुरेल मेयरले नै पालिकाको सभाका सबै सदस्यलाई पेलेर निर्णय गर्ने गरेको र त्यसो गर्नु नै ठीक भन्ने खालको भाष्य स्थापित भएकाले गर्दा बालेनलाई काम गर्न अप्ठ्यारो नहुने बताउँछन्। तर त्यसरी पेलेर अघि बढ्नु नहुने उनको भनाइ छ। ‘अहिले जुन भाष्य बनाइएको छ। त्यसले गर्दा बालेनले धेरै काम गर्न सक्छन्। उनलाई काम गर्न अप्ठ्यारो होला भन्ने लाग्दैन। तर मलाई डर छ, राजनीतिमा नखारिएका मानिसहरु भुलुक्क आउँदा हराउने डर हुन्छ’, उनले भने, ‘उहाँ कतै हराइदिनुभयो भने, उहाँलाई पनि दुर्भाग्य हुन्छ। काठमाडौं महानगरपालिकाको पनि एक फड्को मार्ने अवसर गुम्न सक्छ। तर काम गर्ने सन्दर्भमा समस्या छैन।’

व्यक्तिले कार्यकुशलताको नेतृत्व गर्न सक्छ तर दिगो नतिजाको लागि प्रणालीले काम गर्नुपर्छ। प्रणाली स्थापित गराउन बालेन र सुनिताले भूमिका खेल्न सके भने भोलिका दिनमा कोही ‘नायक’को खोजी गरिराख्नुपर्ने छैन, समझदार नेतृत्व भए पुग्छ। अर्कोतिर, नीति निर्माणका लागि प्रदेश र संघीय संसद् वा सरकार छन्, स्थानीय सरकार डेलिभरीका लागि हो। त्यसैले अहिले बालेन र सुनिताबाट त्यसकै अपेक्षा राख्ने हो। उनीहरु कति सफल होलान् वा नहोलान्, तर इमान्दार प्रयत्न गरेका थियौँ भनेर विश्वास दिलाउन सके भने पनि उपलब्धिमूलक नै मान्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  २२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानून संशोधन गर्न सांसद तामाङको माग सोमबार, साउन २५, २०८३
प्रतिनिधि सभाको बैठक (लाइभ) सोमबार, साउन २५, २०८३
दलित अधिकार दशक घोषणा गर्न नेकपाको माग सोमबार, साउन २५, २०८३
नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न काठमाडौँमा बृहत् धार्मिक पदयात्रा (फोटो फिचर) सोमबार, साउन २५, २०८३
देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ? आइतबार, साउन २४, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
जब पूर्वगृहमन्त्रीलाई अदालतबाट फर्काइयो... आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्