• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रुकुम ‘नरसंहार’का दुई वर्ष : राज्यबाटै घटनालाई भवितव्य बनाउने त्रास! 

64x64
धनु विश्वकर्मा मंगलबार, जेठ १०, २०७९  ०६:३५
1140x725

काठमाडौं– दुई वर्षअघि २०७७ जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित ६ जनाको निर्मम 'हत्या' भयो। कारण थियो, कथित माथिल्लो जातकी किशोरीसँगको प्रेम सम्बन्ध। रुकुम पश्चिमको चौरजहारी–८ सोतीगाउँकी प्रेमिका सुस्मा मल्ललाई लिन नवराज साथीसहित पुगेका थिए। 

केटीका परिवारले सम्बन्ध स्वीकार गर्न नसक्ने अवस्था भएपछि नवराज साथीहरू लिएर भगाउन गएका थिए। तर, उनकी प्रेमिकाका परिवारले उनीसहित साथीहरूलाई लेखेटी–लेखेटी भेरीमा हेलिन बाध्य पारे। उक्त घटनामा नवराज, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टिकाराम सुनार र गोविन्द शाहीको 'हत्या' भयो। १२ जना घाइते भए।  

१७ वर्षीया सुस्मा मल्ल र नवराजबीच केही वर्षदेखि प्रेम सम्बन्ध थियो। त्यसअघि पनि विवाहको विषयलाई लिएर नवराज र सुस्माको परिवारबीच विवाद भएको थियो। त्यसै कारण नवराज सुस्मालाई भगाउन सोती पुगेका थिए। तर, कथित माथिल्लो जातकी सुस्मासँगको प्रेम नै उनको काल बन्यो।

उक्त घटनाको सर्वत्र आलोचना भयो। सबैतिर नवराज र उनका साथीहरूका लागि न्याय माग्दै बहस चल्यो। अधिकारकर्मी लगायतले यो घटनालाई 'नरसंहार'का रूपमा चित्रण गरे। तर, घटना भएको दुई वर्ष बितिसक्दा पनि पीडितले न्याय पाउन सकेका छैनन्।

राज्य र प्रशासनले उक्त घटनालाई 'भवितव्य' भन्दै सामान्यीकरण गर्न खोज्यो। यतिमात्र होइन, वर्ग संघर्ष र जात व्यवस्थाविरुद्ध लडेर सत्तामा पुगेका माओवादी नेता जनार्दन शर्माले त संसदमा नै घटना 'भवितव्य' भएको किटान गरे।

हत्याका आरोपित ३४ जनामध्ये ११ जना रिहा भइसकेका छन्। २३ जना थुनामा छन्। दुई वर्षसम्म पनि मुद्दाको टुंगो नलगाउँदा राज्य तहबाटै आरोपी छुटाउन प्रपञ्च त भइरहेको छैन भन्ने आशंका पीडित परिवारको छ।

पीडितले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरेका थिए। सरकारले बनाएको छानबिन समितिले प्रतिवेदनमा औंल्याएको विषयप्रति कारबाही अघि बढाउनुको साटो राज्य मौन देखिन्छ। उक्त प्रतिवेदन सार्वजनिकसम्म गरिएको छैन। 

दुई वर्षसम्म पनि आरोपितको बयान लिन नसक्नुले राज्य गैरजिम्मेवार देखिएको बताउँछन् दलित अगुवा जेबी विश्वकर्मा। उनी भन्छन्, ‘यस्ता गम्भीर घटनामा राज्यले तदारुकताका साथ अनुसन्धान गरी टुंग्याउनुपर्थ्यो। यति ठूलो घटनामा दुई वर्षसम्म बयान लिन नसक्नुले राज्य कति गैरजिम्मेवार छ भन्ने पुष्टि हुन्छ। ११ जना रिहा भइसकेका छन् । बरु ढिलाइले ती थुनामुक्त भएकाबाट पीडित परिवार नै असुरक्षामा पर्ने खतरा देखिन्छ।’

nimb
nimb

राजनीतिक दलको उदासीनता, आन्दोलनले निरन्तरता नपाउनु र न्यायिक प्रक्रियामा भएको ढिलाइले घटनालाई राज्य तहबाटै भवितव्यका रूपमा रुपान्तरण हुने खतरा रहेको विश्वकर्मा बताउँछन्। 

घटनाले चर्को रुप लिएपछि जेठ २७ गते संघीय सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय ‘सोती घटना छानबिन विशेष समिति–२०७७’ गठन गरियो। उक्त समितिको सदस्यमा सांसद  एकवाल मिँया, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली (स्नेही), विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहाय प्रसाद यादव थिए।  

समितिले अध्ययन गरेर सरकारलाई ७४ पृष्ठको प्रतिवेदन बुझायो। प्रतिवेदनमा उक्त घटना हुनुमा कथित माथिल्लो जातकी किशोरीसँगको प्रेम सम्बन्ध नै मुख्य कारक भएको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा भनिएको छ, ‘रुकुम पश्चिमको सोतीमा मिति २०७७ जेठ १० गते घटित दुःखदपूर्ण घटनाको मुख्य जरिया जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया सुस्मा मल्लबीचको प्रेम सम्बन्ध अन्तरजातीय भएकाले केटीको अभिभावक र आफन्तहरूले केटा कथित तल्लो जातको भएको भन्दै अस्वीकार गरेकाले उक्त घटना जातीय भेदभाव तथा छुवाछूतका कारणले भएको पाइयो।’

घटना गम्भीर मानवताविरुद्धको अपराध एवं सामूहिक हत्यासँग सम्बन्धित भएकाले राज्यका तर्फबाट विशेष अध्ययन, अनुसन्धान र निगरानी गर्नुपर्ने समितिले सुझाव दियो। साथै, मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति तथा शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा एवं भरणपोषणको पूर्ण प्रत्याभूति गर्न पनि सुझाव दिएको थियो। 

जातीय तथा अन्य छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन २०७५ मा उल्लेखित दण्ड सजाय अत्यन्तै न्यून छ। सोही कारण पनि न्यायिक प्रक्रिया प्रभावकारी नभएको समितिको प्रतिवेदनमा उल्लेख छ। साथै, घटनाको प्रकृतिको आधारमा पाँच लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १० वर्षसम्म सजाय हुनेगरी ऐन संशोधन गर्न समितिले सरकारलाई सुझाव दिएको थियो। 

सरकारका तर्फबाट मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ दिइयो। तर, कथित तल्लो जातकै भएका कारण गरिएको नृसंश हत्याको पीडालाई राहतको रकमले कहाँ भुलाउन सक्छ र? 

नवराज विकका बुबा मनलाल नेपाली अझै राज्यबाट न्याय पाउने पर्खाइमा छन्। तर, त्यति ठूलो घटना भएको दुई वर्षसम्म पनि आरोपितको बयान नै लिन नसकेको अवस्थामा न्याय पाइन्छ कि पाइँदैन भन्ने उनलाई दुविधा छ। ‘कमाउला र परिवार पाल्ला भन्ने आशा गरेको छोरालाई त्यसरी लखेटी–लखेटी हत्या गरियो, हाम्रो परिवारको त सर्वश्व नै गुम्यो,’ मनलाल भन्छन्, ‘बुहारी लिन गएको छोरा लाश बनेर फर्कियो, त्यो घटना सम्झिँदा अझै मुटु छिया–छिया हुन्छ।’

अहिले पनि जातीय भेदभावविरुद्ध संघर्षरत संघसंस्थाहरू उक्त घटनाका पीडितको न्यायका लागि लडिरहेका छन्। बाबू मनलाल भने बिरामी छन्। मनलालकी पत्नी काठमाडौं आएकी छिन्। 

दुई वर्षसम्म आरोपितको बयान लिन नसक्नु, केही आरोपित छुटाइनु र न्यायिक प्रक्रियामा ढिलाइ गर्नुले परिवार कतै न्याय पाइने पो हैन कि भन्ने त्रासमा छ। नवराजको हत्यापछि मनलाल विक्षिप्त बनेको र सोही कारण बिरामी भएका कारण अहिले नियमित औषधि सेवन गरिरहनु परेको उनकी श्रीमती बताउँछिन्।

लेखक अर्चना थापा राज्यको प्रणाली नै जातीय व्यवस्थामा आधारित भएकाले यस्ता घटनामा पीडितले न्याय पाउन निकै संघर्ष गरिरहनुपरेको बताउँछिन्। उनी भन्छिन्, ‘सामाजिक सञ्जालबाट जनदबाब दिएर मात्र पुग्दैन, माइतीघर मण्डलामा चर्को आन्दोलन नगरेसम्म राज्यले सुन्दैन। पहिलो कुरा त, न्याय पाउनै मुस्किल छ। अर्को भनेको, न्यायिक प्रक्रियामै ढिलाइ भइरहेको छ। जेठ १० कहिले आउला र आन्दोलन गरौं भनेर पर्खनुपर्ने अवस्था छ।’

‘कानुनी व्यवस्थाअनुसार एक महिनाभित्र फैसला गरिसक्नुपर्छ भन्ने हो। तर, प्रमाण संकलनमा नै ढिलाइ भएका कारण समय बढी लागेको हो’, साशंकर भन्छन्। 

जतिबेला उक्त घटनाबारे चर्को आलोचना र आन्दोलन सुरु भएको थियो त्यसलाई निरन्तरता दिएको भए अहिलेसम्म पीडितले न्याय पाइसक्ने थापाको तर्क छ। ‘त्यतिबेला नै आन्दोलनलाई सशक्त बनाउँदै निरन्तरता दिएको भए पीडितले न्याय पाइसक्ने थिए। अब हरेक वर्ष घटना भएको दिनलाई सम्झेर आन्दोलन गर्नुपर्ने अवस्था आयो। अझै पनि आन्दोलनलाई जारी राखे राज्यले न्यायिक प्रक्रियामा छिटो ध्यान दिन्थ्यो कि’, थापा भन्छिन्। 

यस मुद्दालाई हेरिराखेका वकिल मोहन साशंकर भने घटनामाथि भइरहेको अनुसन्धानलाई ढिलो भन्न नमिल्ने बताउँछन्। ‘कानुनी व्यवस्थाअनुसार एक महिनाभित्र फैसला गरिसक्नुपर्छ भन्ने हो। तर, प्रमाण संकलनमा नै ढिलाइ भएका कारण समय बढी लागेको हो’, साशंकर भन्छन्। 

अझै जाहेरीवालको प्रमाण र घटनास्थलको विवरण बुझ्न बाँकी रहेको उनले बताए। आम नागरिकको अपेक्षा छिट्टै फैसला होस् भन्ने भए पनि प्रमाण जुटाउन नसकिएका कारण न्यायिक प्रक्रियामा ढिलाइ भएको उनको भनाइ छ। घटनाको अनुसन्धान नसकिँदै ११ जनालाई रिहा गर्नु गलत भएको उनी बताउँछन्। चार जना जिल्ला अदालतबाट, दुई जना उच्च र पाँच जना सर्वोच्च अदालतबाट थुनामुक्त भएका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्... बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढी पीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले दियो १० लाख रुपैयाँ शनिबार, भदौ १३, २०८३
काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा, बैरेनीमा भने एकतर्फी यातायात शनिबार, भदौ १३, २०८३
रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल शनिबार, भदौ १३, २०८३
भारतले सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने शनिबार, भदौ १३, २०८३
सिटीको सानदार जित शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्