• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डा गोविन्द केसी अनसनको उपलब्धि ५ : राजनीतिक चलखेलबाट आइओएममा डिन नियुक्तको बाटो बन्द

64x64
नेपाल लाइभ शुक्रबार, असार २९, २०७५  ०१:५७
1140x725

काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) कुनै समय दक्षिण एसियाकै नमूना संस्थाका रुपमा चर्चित थियो। आइओएमको शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को नामको उस्तै चर्चा थियो। तर, राजनीतिक खिचातानी, पदाधिकारी नियुक्तिमा चलखेल, निजी मेडिकल कलेजको सम्बन्धन र कोटामा अनियमितता, परीक्षामा विवाद जस्ता बेथितिले आइओएमको साख खस्कँदै गयो।

आफ्नैअगाडि आफू कार्यरत संस्था राजनीतिक नियुक्ति र आर्थिक चलखेलका कारण धरासायी बन्दै गएको देखेपछि प्राध्यापक डा गोविन्द केसीले संस्थालार्इ राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने माग राखे। ०६६ सालदेखि उनले संस्थामा योग्य र दक्ष व्यक्तिलार्इ नियुक्ति गर्नुपर्ने, सम्बन्धन, भर्ना, परीक्षामा हुने चलखेल रोक्नुपर्ने भन्दै आवाज उठाए। राजनीतिक हस्तक्षेपमा आइओएमका पदाधिकारी नियुक्ति नै सबै समस्याको जड रहेको निस्कर्ष निकाल्दै डा केसीले त्यसको विरोध सुरु गरेका हुन्।

तर, उनको माग सुनुवार्इ नभएपछि उनले अनसनको बाटो रोजे। डा केसी पहिलो पटक २०६९ असार २१ मा अनसन बस्दा उनको एक सूत्रीय माग थियो- वरिष्ठताका आधारमा आइओएमको डिन नियुक्ति गरिनुपर्ने।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका कारण उनको पहिलो अनसनको माग आइओएमको डिन नियुक्ति राजनीतिक भागवण्डाका आधारमा गर्न नहुने भन्ने नै थियो। राजनीतक भागवन्डामा आएका पदाधिकारीले चिकित्सा शिक्षामा राम्रो काम गर्न नसक्ने भन्दै उनले त्यसको विरोधमा अनसन थालेका थिए। 

पदाधिकारी नियुक्तिमा कार्यविधि बनाउनुपर्ने र कार्यविधि नबनेसम्म वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने डा केसीको माग थियो। उनले अनसन सुरु गरेको चौथो दिन सरकारले वरिष्ठताका आधारमा आइओएममा डा कुमुदकुमार काफ्लेलाई डिन नियुक्त गर्‍यो।

तत्कालीन समयमा डा बाबुराम भट्टराई नेतृत्वको सरकारले डा केसीसँग असार २४ मा गरेको सहमतिका आधारमा त्रिवि कार्यकारी परिषद्‌ले वरिष्ठता सूचीमा पहिलो नम्बरमा रहेका डा काफ्लेलाई डिन नियुक्त गरेको थियो। 

डा काफ्लेले डिन भएको एक महिनामै उमेरका कारण अवकास पाए। त्रिविले पुनः वरिष्ठता अनुसार डिन नियुक्तिमा आलटाल गर्यो । डिन नियुक्तिको मापदण्ड समेत बनाएन। 

एक महिनाअघिको सहमति विपरीत चलखेलका आधारमा डिन नियुक्त गर्न लागेपछि डा केसीले दोस्रो पटक सोही माग राखी आमरण अनसन बस्ने घोषणा गरे।

Ncell 2
Ncell 2

तर, डा केसीको मागलार्इ बेवास्ता गर्दै त्रिवि कार्यकारी परिषद्‌ले वरिष्ठता सूचीको ३२ नम्बरमा रहेका डा धर्मकान्त बाँस्कोटालाई डिन नियुक्त गर्‍यो।

डा केसीले २०६९ साउन २७ देखि दोस्रो अनसन सुरु गरे। सरकारले भदौ १ मा डा केसीसँग सहमति गर्दै डा प्रकाश सायमीलाई डिनमा नियुक्त गर्‍यो।

डा सायमीले डिन नियुक्त भएकै दिन आफ्नो कार्यकालमा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने प्रतिबद्धता सार्वजनिक गरे। उनले उक्त कुरा फ्याकल्टी बोर्डबाटै निर्णय गराए।
तर, डा सायमीलार्इ चौतर्फी दबाब दिन थालियो। डा सायमीले कुनै पनि हालतमा सम्बन्धन नदिने अडान लिए।

त्यसपछि त्रिवि पदाधिकारीले चोरबाटोबाट नयाँ मेडिकल कलेजलार्इ सम्बन्धन दिन आफैं सूचना निकाल्यो। मापदण्ड र पूर्वाधार नै नपुगेका काठमाडौं नेसनल, पिपल्स डेन्टल, मनमोहन र नेपाल प्रहरी प्रस्तावित मेडिकल कलेजलार्इ हचुवाको भरमा सम्बन्धन दिन खोजियो। सो विषयमा डा केसीले आवाज उठाए। विवाद अख्तियारसम्म पुग्यो। र तत्काललार्इ सम्बन्धन प्रक्रिया रोकियो।

तर, डा सायमीलार्इ निरन्तर दबाब दिन थालियो। दबाब सहन नसकेपछि डिन डा सायमीले ०७० पुस २ देखि लागू हुनेगरी राजीनामा दिए।

डा सायमीको राजीनामापछि त्रिविले पुनः वरिष्ठताक्रम मिचेर थप मेडिकल कलेजलाई सम्बन्धन दिने सर्तमा डा शशि शर्मालार्इ डिन नियुक्त गर्‍यो।

विगतको सहमति तोडेको, मापदण्ड र पूर्वाधार नै नपुगेका कलेजलार्इ हचुवाका भरमा सम्बन्धन दिन लागिएको विरोधमा डा केसीले २०७० पुस २७ देखि तेस्रो अनसन सुरु गरे।

तेस्रो अनसनमा डा केसीले निम्न ४ बुँदे माग राखेका थिएः 

१. राजनीतिक भागवण्डामा नियुक्त भएका डिन डा शशि शर्मालाई बर्खास्त गरी वरिष्ठताका आधारमा डिन नियुक्ति।
२. आइओएमलाई छुट्टै विश्वविद्यालयका रुपमा स्थापना।
३. नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्ने।
४. राष्ट्रिय चिकत्सा शिक्षा नीति तय गर्ने। सम्बन्धनबारे राष्ट्रिय नीति बनाएर त्यसैअनुसार निर्णय गर्ने।

डा केसीसँग सरकारले माघ १० मा यस्तो सहमति गर्‍योः

१. डिन डा शशि शर्मा बर्खास्त।
२. केही समयभित्र वरिष्ठताका आधारमा डिन नियुक्त गरिने।
३. आइओएमलाई छुट्टै मेडिकल विश्वविद्यालयका रूपमा स्थापना गर्नेबारे सम्भाव्यता अध्ययन गरी प्रारुप तयार गर्न सरकारले एक उच्चस्तरीय समिति गठन गर्ने।
४. राष्ट्रिय चिकत्सा शिक्षा नीति तय गर्ने, मेडिकल कलेज सम्बन्धनमा राष्ट्रिय नीति बनाएर त्यसैअनुसार निर्णय गर्ने।

तर, यी सहमति कार्यानवयन नभएपछि डा केसीले पुनः अनसन सुरु गरे। 

सरकारले वरिष्ठताका आधारमा माघ २९ मा डा राकेशप्रसाद श्रीवास्तवलार्इ डिनमा नियुक्ति गर्यो  र अरु सहमति पनि कार्यान्वयनमा ल्याउने प्रक्रिया अगाडि बढायो। 
डा केसीले डिन नियुक्तिमा निश्चित मापदण्ड बनाउन माग गरिरहे। सरकारले आलटाल गरिरह्यो। 

पाँचौं अनसनका क्रममा सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रका महत्वपूर्ण पदाधिकारीहरु राजनीतिक भागवण्डाबाट नभई विशिष्टता र वस्तुनिष्ट आधारमा नियुक्त गर्ने राजनीतकि प्रतिबद्धता गर्ने तथा त्यसका लागि चार महिनाभित्र कानुनी व्यवस्था गर्ने सहमति गरेको थियो। तर, सरकारले उक्त सहमति पनि पूरा गरेन।

यस बीचमा डा केसीलार्इ आफ्नै साथीसँग लडाउने खेल पनि सरकारले गर्‍यो।

डिन नियुक्तिको मापदण्ड नबनाएर सरकारले डा केसीका साथी डा केशवप्रसाद (केपी) सिंहलार्इ वरिष्ठता मिचेर डिन नियुक्त गर्यो । डा केसीले मापदण्ड नबनेसम्म वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने माग सुरुदेखि राख्दै आएका थिए।

आफ्नै साथी डिन बने पनि डा केसीले त्यसको विरोधमा छैटौं अनसन सुरु गरे। डा केसीको अनसनपछि सरकारले वरिष्ठताका आधारमा डा जगदीश अग्रवाललार्इ डिनमा नियुक्त गर्यो । साथै, तत्कालै मापदण्ड समेत बनाउने निर्णय गर्‍यो।

बन्यो मापदण्ड

आइओएममा डिन नियुक्तिको विषय पटक–पटक विवादित बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको पहलमा मापदण्ड बनाउने निर्णय भएको थियो। सोही अनुसार ०७३ मंसिरमा मापदण्ड तयार भएको हो।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मापदण्ड बनाउन डा रमेशकान्त अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो। समितिले मंसिर १५ मा मापदण्ड तयार पारेर सरकारलार्इ बुझाएको थियो। सो मापदण्ड केदारभक्त माथेमाले सरकारलाई बुझाएको प्रतिवेदनलाई आधार मानेर बनाइएको थियो।

मापदण्डमा डिन नियुक्ति गर्दा वरिष्ठतालाई ६० प्रतिशत अंक निर्धारण गरिएको छ। शिक्षक, प्राध्यापक र फ्याकल्टीमा काम गरेको अनुभवलाई पनि अंक पाउने मापदण्डमा उल्लेख गरिएको छ। मापदण्ड अनुसार प्राध्यापकले हरेक वर्षको अनुभवमा २/२ नम्बर पाउनेछन्।

मापदण्डमा व्यवस्थापकीय कार्यका लागि पनि अंक राखिएको छ। यसमा १५ अंक राखिएको छ।  यसमा शिक्षण अस्पतालको कुनै युनिट, विभागीय प्रमुख, कार्यकारी निर्देशक र सहायक डिन भएर काम गरेका अनुभवका आधारमा अंक प्राप्त गर्नेछन्।

शिक्षण अस्पतालको कार्यकारी निर्देशक वा आइओएमको सहायक डिन भएमा ४ अंक पाउनेछन्। यसैगरी विभागीय प्रमुखले ३ र युनिट प्रमुखले २ अंक पाउनेछन्।

मापदण्डमा व्यावसायिक दक्षतालाई पनि अंक राखिएको छ। व्यावसायिक दक्षताका लागि ५ अंक छुट्याइएको छ। साथै, संस्था सुधार योजनाका लागि पनि १० अंक निर्धारण गरिएको छ।

डिन नियुक्त हुनका लागि उसको चरित्रलाई पनि मापन गरिएको छ। कुनै विवाद वा कारबाहीमा नपरेको व्यक्तिले अंक प्राप्त गर्नेछ। यसैगरी, सामाजिक प्रतिष्ठाको आधारमा पनि अंक पाउने व्यवस्था गरिएको छ। यसमा ५ अंक राखिएको छ। कुल सय अंकमध्ये सबै भन्दा धेरै अंक प्राप्त गर्ने उमेदवार आइओएममा डिन बन्नेछ।

यो पनि पढ्नोस्-

डा गोविन्द केसी अनसनको उपलब्धि १ः नेपालमा फेल भएका ९५ प्रतिशत विद्यार्थी डाक्टरी पढ्न विदेश जाने क्रमको अन्त्य

डा गोविन्द केसी अनसनको उपलब्धि २ः पैसाको बलमा भर्ना हुन बन्द, योग्यताक्रममा अब्बलले पढ्ने बाटो खुला

डा गोविन्द केसी अनसनको उपलब्धि ३ः सरकारी संस्थामा विशेषज्ञ डाक्टरी अध्ययन निःशुल्क

डा गोविन्द केसी अनसनको उपलब्धि ४ः  जाँचबुझ आयोग गठन, चिकित्सा शिक्षा अनियमिततामा ४३ जना दोषी

प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
मतदानको निर्धारित समय सकियो बिहीबार, फागुन २१, २०८२
प्रधानमन्त्री कार्कीले गरिन् कतारका प्रधानमन्त्री थानीसँग टेलिफोन वार्ता, बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्