• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

युक्रेन छाडिरहेका विदेशी, जो न्यानोका लागि आफ्नै कपडा जलाइरहेछन्

हम्जा मोहम्मद बिहीबार, फागुन १९, २०७८  १६:३१
1140x725
तस्बिर : वोज्टेक रेडवानस्की/एएफपी

काठमाडौं– गत हप्ता रुसले आफ्ना सैनिकलाई सीमापारि युक्रेन पठाएपछि सुरु भएको युद्धमा हजारौं अफ्रिकीहरु पनि फसेका छन्। तीमध्ये अधिकांश युक्रेनमा रहेका विद्यार्थी छन्। 

संयुक्त राष्ट्र संघको शरणार्थीसम्बन्धी एजेन्सीका अनुसार हालसम्म द्वन्द्वका कारण करिब आठ लाख ३६ हजार मानिस युक्रेनबाट भागिसकेका छन्। युक्रेनभित्रै पनि करिब १ करोड मानिस बसिरहेको ठाउँ छाड्न बाध्य छन्। 

त्यहाँ भएका अफ्रिकी नागरिकहरू पोल्यान्डको शहर लिन पुगेका छन्। उनीहरुलाई उद्धारका लागि त्यहाँ पुग्न आफ्नो देशको सरकारले भनेपछि पोल्यान्डको लिन पुग्नेको संख्या बढिरहेको छ। मंगलबार ३१ वर्षिय सोमाली युवा नेता तथा विद्यार्थी सम्पर्क अधिकारी मुस्तफा मोहम्मद पोल्यान्ड र युक्रेनको सिमाना नजिकै रहेको शहर प्रिजेमिसलस्थित सहायता केन्द्रमा पुगेका छन्। उनले त्यहाँबाट आफूले भोग्नु परेको कथा सुनाएका छन्, जसलाई केही सम्पादन गरेर यहाँ प्रस्तुत गरिएको छ।

म करिब १० वर्षदेखि युक्रेनमा बसिरहेको थिएँ। त्यहाँ म अध्ययनका लागि गएको हुँ र मैले आर्थिक व्यवस्थापनमा डिग्री हासिल गरेको छु। आफ्नो अध्ययन सकेसँगै मैले युक्रेनमै बस्ने र काम खोज्ने निधो गरेँ। त्यहाँ धेरै अफ्रिकी विद्यार्थीहरुसँगै अफ्रिकी समुदाय पनि बढिरहेछ। म त्यहाँको भाषा बोल्छु, त्यसैले मैले विद्यार्थीहरुको सम्पर्क अधिकारी बन्ने निधो गरेको थिएँ।

युद्ध हुनुअघि सबै कुरा सामान्य थियो। युद्धअघि सबै मानिसको अनुहारमा भएको हाँसो मलाई याद छ। तर, २४ फेब्रुअरीदेखि अचानक सबै परिवर्तन भयो। मेरो शहर भिन्निटिस (उत्तर–मध्य युक्रेन)मा साइरन बज्यो। त्यसपछि हरेक घण्टा साइरन बज्न थाल्यो। हामीले विष्फोटको ठूलो आवाज सुनेपछि आत्तिन थाल्यौं। शहरमा एउटा सैन्य केन्द्र थियो। मान्छेहरुले भनेअनुसार त्यहाँबाट सैनिकहरुलाई हतियार प्रदान गर्ने गरिन्थ्यो। हामीले सुनेअनुसार त्यसमा हमला गरिएको थियो।

मैले कहिल्यै पनि युद्ध हुन्छ भन्ने कल्पना गरेको थिइनँ। राजनीतिक दलका नेताहरुले धेरै कुरा बोले पनि त्यसलाई कार्यान्वयन गर्दैनन् जस्तो लाग्थ्यो। तर, त्यो ठूलो विस्फोटपछि ज्यान बचाएर भाग्नु पर्ने महसुस भयो।

त्यहाँ सोमालियाबाट आएका सोमाली विद्यार्थी मात्र नभइ अमेरिका, बेलायत, स्वीडेन र फिनल्याण्डजस्ता पश्चिमा देशहरुबाट आएका सोमाली विद्यार्थीहरू पनि थिए। अधिकांशले मेडिकल पढिरहेका थिए। पश्चिमा देशको पासपोर्ट भएकाहरूलाई उनीहरुकै दूतावासले युद्ध सुरु हुनुअघि नै उद्धार गरेको थियो। सोमाली पासपोर्ट भएका हामीहरु भने त्यहीँ बसिरहेका थियौँ, किनकि हामी जाने कुनै ठाउँ थिएन। भोलिपल्ट भने हामी सबै सोमाली एकसाथ युक्रेन छाड्ने निधोमा पुग्यौँ। अब त्यहाँ बस्नु सुरक्षित थिएन।

युद्ध भड्किसकेको कारण रेल सञ्चालनमा थिएन। धेरै मान्छेहरु गुडिरहेको बस वा जेसुकैमा पनि चढ्ने प्रयास गरिरहेका थिए। त्यहाँका अधिकारीहरूले पहिले युक्रेनका नागरिकलाई प्राथमिकता दिएका थिए। त्यसपछि मात्रै अन्य देशका नागरिकले सार्वजनिक यातायातमा बस्न पाएका थिए। तर, मसँगै अन्य सोमालीहरु पर्खिने पक्षमा थिएनौँ। किनभने, हजारौं युक्रेनीहरु नै बाँच्ने आशामा युक्रेन छाड्न खोजिरहेका थिए। हाम्रो पालो कहिले आउने टुंगो थिएन। हामी साना बसहरू भाडामा लिएर पोल्यान्डको सिमानासम्म जाने व्यवस्था गर्न सफल भयौँ। उनीहरुले हामीलाई सामान्यभन्दा धेरै भाडा लिए।

Ncell 2
Ncell 2
nimb
nimb

मसँगै अन्य ८८ जना थियौँ। हामी युद्ध सुरु भएको भोलिपल्ट शुक्रबार युक्रेनबाट हिड्यौँ। सुरक्षाको कारण हामीले पहिलो बसमा युक्रेनी भाषा बोल्न नसक्ने महिलाहरूलाई राखेका थियौँ। यदि, केही नराम्रो भइहालेमा युक्रेनी भाषा बोल्न सक्ने हामी धेरै समयसम्म जीवित रहन सक्छौँ भनेर यसो गरेका थियौं। बाँकी हामी अन्य दुई वटा बसमा खाँदिएर सिमानातर्फ लाग्यौं।

आपूर्तिका सामग्री लिन हरेक मान्छे हतारिएकाले बाटोमा भएका पसलमा सामान थिएनन्। यो दृश्य कोरोना महामारीको सुरुवातमा जस्तै थियो। तर, यसपटक कुनै भाइरसको कारण नभएर युद्धका कारण पसलका र्‍याकहरु खाली भएका थिए। एटीएममा पनि निकाल्न मिल्ने पैसामा सीमा तोकिएको थियो।

सिमानातर्फ जाने बाटोको ट्राफिक सहनै नसकिने गरी व्यस्त थियो। सामान्यतया ६ घण्टा लाग्ने यात्राको लागि हामीलाई दुई दिन लाग्यो। सडकमा चेकपोइन्टहरु थिए, जसलाई प्रायः दुई अधिकारीहरुले चलाइरहेका थिए। हामीले बाटोमा कुनै पनि सैनिक समूह देखेनौँ।

हाम्रो समूह सिमानाबाट ५० किलोमिटर मात्रै टाढा हुँदा ट्राफिक जामका कारण गाडीहरु ठप्पै भए। थोरै गुड्न पनि सकिरहेका थिएनन्। हामी गाडीबाट ओर्लिएर हिँड्दै बाटो पहिल्याउन थाल्यौँ। सुरक्षित स्थान पुग्ने आशामा त्यहाँ धेरै वृद्ध र बालबालिकाहरुले संघर्ष गरिरहेको मैले देखेको थिएँ। जतासुकै हेर्दा पनि आँखाले भ्याउने ठाउँसम्म मान्छे र गाडीहरू मात्रै थिए।

Xtrem

Xtrem

हामी सिमानामा आइपुग्दा स्थिति थप बिग्रियो। अत्यधिक धेरै मान्छे भएका कारण गार्डहरू हैरान भएर निरन्तर चिच्याइरहेका थिए। परिस्थिति नाजुक थियो। मान्छेहरु एकअर्कालाई ठेलाठेल गर्ने र चिच्याउने गरिरहेका थिए। उनीहरु आत्तिरहेका थिए। कतै पनि खाना थिएन। कठ्यांग्रिने चिसो थियो र बच्चाहरू रोइरहेका थिए।

गार्डहरुले एकैपटकमा ६०० जनालाई जान दिए, पक्कै पनि तिनीहरू युक्रेनी नागरिक थिए। उनीहरूले युक्रेनी महिला र बालबालिकालाई पहिले जान दिए, अनि युक्रेनी पुरुषहरूलाई। आफ्नै नागरिक उनीहरूको प्राथमिकतामा थिए, यसको कारण मैले पनि बुझेको थिएँ। हामी आफ्नो पालो कुरेर बसिरह्यौं। यसले सीमा पार गर्न खोजिरहेका धेरै गैरयुक्रेनी नागरिकलाई दुःखी बनाएको थियो।

हामी १ मार्चमा सिमाना पार गर्न सफल भयौँ। हामीले सिमाना पार गर्ने आफ्नो पालो कुरिरहँदा खाना खान पाएका थिएनौँ। युक्रेनबाट छुट्नुअघि पसलमा किनेका चकलेट बारहरू खाएर जीवित भएका थियौँ। राति चिसो बढेपछि हालत झनै बिग्रिँदै गएको थियो। सिमाना कट्नुभन्दा अघिको रात यति धेरै चिसो थियो कि हामीले आफ्नो कपडा र झोलाहरू जलाएर आगो ताप्यौँ र शरीरलाई न्यायो बनायौँ। हामीसँग आगो बाल्नका लागि अरू केही पनि सामग्री थिएन।

सिमाना पार गरेपछि पोल्यान्डका अधिकारीहरूले हामीलाई बसबाट प्रिजेमिसलस्थित सहायता केन्द्रमा पुर्‍याए। हामी यहीँ छौँ। यहाँ न्यानो छ। खाना र शौचालय पनि छ। नुहाउनसमेत पाएका छौँ।

गत साताको शुक्रबारयता पहिलो पटक न्यानो विस्तारामा सुत्न पाएका छौँ। मैले मेरो आगामी कदमबारे निर्णय गर्न सकेको छैन। म हर्गेसिया (दक्षिणी सोमालिया)बाट आएको हुँ। त्यहाँका मान्छेहरुले भन्छन्, ‘सुख्खा मौसममा सबैभन्दा महत्वपूर्ण भनेको घाँस पाउनु हो।’ त्यसैले अहिले युक्रेनभन्दा धेरै सुरक्षित मेरो घर नै हुन्छ।

(हामीले यो सामग्री अलजजिराबाट लिएका हौँ।)

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्