चितवन– नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ बजेपछि एकतर्फी मात्र सञ्चालनमा आएको सडकमा पुनः बिहान ८ बजे ठूलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहानै ती स्थानमा पहिरो गएकाले बाटो अवरुद्ध भएको छ। पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।
सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको एकतह कालोपत्रे भए भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण बन्दै गएको छ।
यो पनि पढ्नोस्
'नारायणगढ–मुग्लिन सडकको डिपिआर नै त्रुटिपूर्ण'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।