• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गेहराइयाँ : जेलिएका मानिस र सम्बन्धको रहस्यमयी कथा

64x64
युवराज भट्टराई शनिबार, फागुन ७, २०७८  १३:०६
1140x725

काठमाडौं– सम्बन्धहरु धेरै किसिमले बनेका हुन्छन्। कति औपचारिक त कति अनौपचारिक। जेलिएका सम्बन्धहरुबीच नै जीवन चलिरहेको हुन्छ। र, यस्तै सम्बन्धहरुको बीचबाट जीवन पनि चलिरहेको हुन्छ। 

‘भ्यालेन्टाइन’ सप्ताह सुरु भएको केही दिनमा (११ फेब्रुअरीमा) अमेजोन प्राइममार्फत प्रदर्शनमा आएको फिल्म ‘गेहराइयाँ’ले सम्बन्धको कथा भन्छ। फिल्मले परिवारसँगको सम्बन्धदेखि बाल्यकालको सम्झना हुँदै अघि बढ्नुको विकल्प नभएको प्रस्तुत गर्छ। 

‘भाग्नुको कुनै अर्थ छैन। जे भयो, त्यसलाई स्वीकारेर अघि बढ्नुपर्छ,’ फिल्मको एक ठाउँमा अलिसा खन्ना (दिपीका पादुकोण) भन्छिन्। 
र, उनले भनेका शब्दहरुको यथार्थ देखिन्छ। व्यक्ति जुन कुराबाट भागिरहेको हुन्छ, त्यसबाट भाग्न छाडेर यथार्थलाई अंगाली अघि बढ्ने हो भने धेरै कुरा धुमिल हुँदै जान्छन्। 

‘गेहराइयाँ’ सतहमा हेर्दा सामान्य कथा लाग्छ। तर, तहगत रुपमा फिल्मले थुप्रै आयामहरु बोकेको छ। परिवारमा हुने सम्बन्धदेखि साथीभाइसँगको सम्बन्ध, मान्छेका रहस्यहरुको बारेमा फिल्मले फरक र सुन्दर आयामहरु प्रस्तुत गरेको छ। 

No description available.

‘गेहराइयाँ’को कथा अलिसाको सेरोफेरोमा घुमेको छ। मुम्बईमा योगा सिकाउने काम गर्ने अलिसाको करिअर र जीवन दुवै अस्तव्यस्त बनेको हुन्छ। आठ वर्षदेखि उनी आफ्नो बाल्यकालदेखिको साथी र हालको प्रेमी करन (धरिया करवा)सँग प्रेम सम्बन्धमा हुन्छिन्। उनीहरु सँगै एउटै घरमा बस्छन्। 

अलिसा आफ्नो सपना पछ्याइरहेकी हुन्छिन्। योगा सिकाउनु उनको नियमित पेशा हो। सँगै उनको सपना योगालाई आधुनिक रुपमा लैजाने हो। डिजिटल रुपमा योगालाई लगेर एपमार्फत काम गर्ने उनको सपना छ। आफ्नो कामको विस्तार चाहन्छिन् उनी। त्यसैका लागि आफूसँग भएको कमाइदेखि बचतसम्म सबैलाई लगानीको रुप दिएकी छिन्। तर, पनि सपना यथार्थमा परिणत हुन धेरै बाँकी छ।

यता करन भने एक असफल लेखक हो। लेखनमा ऊ परिश्रम गरिरहेको छ। तर, व्यावसायिक रुप लिन सकेको छैन। उसले गरिरहेको काम छाडेर ऊ पुस्तक लेखनमा लागिपरेको छ। तर, उसको पुस्तक लेखाईं सकिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

अलिसा आफू एकल परिश्रमले घर चलाइरहेकी छिन्। उनको सपना भनेको स्वतन्त्र हुनु हो। एपका लागि उनी ‘फण्डिङ’को खोजीमा हुन्छिन्। तर, पाइएको हुँदैन।

अलिसा ती युवती हुन्, जसले बाल्यकालदेखि वर्तमानसम्म थुप्रै पीडाका समय देखेकी छिन्। बाल्यकालमा आफ्नी आमाले झुण्डिएर गरेको आत्महत्यादेखि आफ्नी साथी टिया (अनन्या पाण्डे)सँगको सम्बन्धमा आएको परिवर्तनजस्ता थुप्रै कारण छन्, उनले भोगेका। बाल्यकालमा आफ्नो बुबा विनोद (नश्रीउद्दिन खन्ना) का कारण आमाले आत्महत्या गरेको सोच्ने उनी निरन्तर जीवनमा त्यो कुरालाई लिएर मानसिक रुपमा विक्षिप्त भएकी हुन्छिन्। 

यसबीच अलिसा र करनको जीवनमा मोडहरु आउँछन्। उनीहरुको भेट बाल्यकालकी साथी र उनकी आफन्त पनि रहेकी टियासँग हुन्छ। जो जैन ओब्रेरोय (सिद्धान्त चतुरर्वेदी)सँगको सम्बन्धमा हुन्छन्। 

No description available.

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अलिसा र करनको जीवनको विपरीत ध्रबमा हुन्छन् टिया र जैन। उनीहरुसँग पर्याप्त सम्पत्ति हुन्छ। पर्याप्त आम्दानी हुन्छ। रियलस्टेटको व्यवसायमा रहेका उनीहरुको जीवनशैली अलिसा र करनकोभन्दा नितान्त फरक हुन्छ। तर, समानता भने अलिसा र जैन दुवै आफ्नो जीवनसँग बेखुश हुन्छन्। तर, वास्तवमा ती कुराहरुलाई देखाउँदैनन्। 

अलिसा आफूसँगै थुप्रै रहस्यहरुलाई लिएर बाँचेकी हुन्छिन्। आफ्नो प्रेमी करनको व्यवहार र उसको स्थितिका कारण पनि उनमा मानसिक रुपमा विक्षिप्तता बढ्दै गएको हुन्छ। उनी आफूलाई एकै ठाउँमा अल्झिएको ठान्छिन्। र, त्यसबाट उम्किन खोज्छिन्। तर, भाग्न होइन। 

अर्कातिर, जैन स्वयं पनि व्यावसायिक रुपमा सफलताको संघारमा त हुन्छ। तर, समस्याहरु हुन्छन्, जुन ऊ कसैसामू भन्न सक्दैन। आफूभित्र लुकेका समस्याहरुलाई लिएर ऊ बाँचिरहेको हुन्छ। 

समान समस्या भोगिरहेका जैन र अलिसा एकअर्कासँग सम्बन्धमा गाँसिन्छिन्। अलिसाको प्रेमी करनको व्यवहारका कारण उनीहरुको पूर्वनिर्धारित विवाह तोडिन्छ। अलिसा आफू जैनसँग नजिकिएकी हुन्छिन्। उसले आफ्नो समस्या बुझ्ने र आफूलाई सम्मान गर्ने ठान्छिन्। तर, जैन आफ्नी साथी र आफन्त टियाको प्रेमी भएकाले यो सम्बन्धबाट भाग्न पनि चाहन्छिन्। 

यथार्थसँगै आफ्नो जीवनकै रहस्यले उनी गिजोलिएकी हुन्छिन्।

आठ वर्षपछि सँगै भेट्दा उनी आफ्नी साथीसँग त्यत्ति नजिक हुन सक्दिनन, जति प्रेमी जैनसँग हुन्छिन्। जैनसँगका उनका संवादमा उनीहरुबीच थुप्रै समानता भएको झल्किन्छ। जैन पनि असिलाजस्तै एक ठाउँमा अल्झिएको हुन्छ। चाहे त्यो टियासँगको प्रेम सम्बन्धमा होस् वा उसले गरिरहेको व्यवसायमा। अरु कसैको दया सम्झिने टियाकी आमाको कारण होस्, ऊ आफूलाई कुनै एक ठाउँमा अझिएको मान्छ। 

तर, यी दुवै जब एकअर्काको सम्बन्धमा आउँछन्, तब आफूलाई खोजेजस्तो ठाउँमा भएको पाउँछन्। 

No description available.

‘गेहराइयाँ’ अलिसाको जीवनमा भएका यीनै घटनाहरुको कथा हो। तर, फिल्ममा थुप्रै मोड छन्। इंगेजमेन्टपछि करनसँगको सम्बन्ध टुट्छ। अलिसा र जैनको सम्बन्धले विस्तारित रुप लिन्छ। अलिसा गर्भवती बन्छिन्। र, फिल्मको अन्त्यमा जैनको मृत्यु हुन्छ। 
यस्ता थुप्रै मोडहरु फिल्मको कथाले बोकेको छ। 

सतहमा सम्बन्धको कथा भएतापनि मानसिक विचलनदेखि एउटा व्यक्तिको भावनासम्मका कुरा फिल्ममा छन्। एउटा सामान्य कुरा नभन्दा पात्रको जीवनमा कस्तो असर पर्छ भन्ने कथा फिल्मले बोकेको छ। 

फिल्मका निर्देशक सकुन बात्राले पात्रको व्यक्तित्व निर्माणदेखि कथाको विषयमा ‘गेहराइयाँ’लाई सुन्दर रुपमा प्रस्तुत गरेका छन्। हरेक पटक फिल्मकी मुख्य पात्र अलिसाको जीवनमा कुनै पनि किसिमको घटना हुँदा समुन्द्रमा छालहरु देखिन्छन्। अलिसाको भावनात्मक स्थितिमा परिवर्तन आउँदा यी छालहरु आउँछन्। जब उनको जीवनमा स्थिति खराब हुन्छ, तब छालहरुले ठूलो रुप लिन्छन्। तर, जब अलिसालाई जैनले आफूसँग भएर दुईको जीवनलाई सुन्दर बनाउने भन्छ, तब समुन्द्रका छालहरु शान्त हुन्छन्। 

यी शान्त छालहरुले भविष्यमा आउन सक्ने सुनामीको संकेत गर्छन्। जुन कालान्तरमा फिल्मको क्लाइमेक्समा देखिन्छ। 

बात्राले आफ्नो अघिल्लो फिल्म ‘कपुर एन्ड सन्स’मा जस्तै ‘गेहराईंयाँ’मा पनि वर्तमानलाई विगतसँग अत्यधिक मात्रामा जोडेका छन्। अलिसाको जीवनको वर्तमानलाई मार्गनिर्देशक गर्ने कुराहरु विगतसँग जोडिएका हुन्छन्। 

अर्कातिर, फिल्मको राम्रो पक्ष भनेको यसले मानसिक स्वास्थ्य र कुरा गर्नुको पक्षमा गरेको वकालत हो। फिल्ममा अलिसाको जीवन एउटा मोडमा हुन्छ, किनकी उनलाई आफ्नो बुबाको कारण आमाको मृत्यु भएको ठानेकी हुन्छिन्। अलिसा आफ्नो पढाईदेखि साथीभाइसँगको सम्बन्धमा पनि बुबाकै कारण नकरात्मक प्रभाव परेको ठान्छिन्। 

तर, वास्तविकता फरक हुन्छ। हरेक कुराको दोष उनको बुबा हुँदैनन्।

जब वास्तविकतासँग उनी साक्षात्कार गर्छिन्, तब उनले सोचेभन्दा निकै फरक पाउँछिन् यथार्थ। र, यसमा पनि उनी आत्महत्याको प्रयास गछिन्। जुन उनको बुबाको कारण उनी पूरा गर्न सक्दिनन्। 

No description available.

मानसिक स्वास्थ्यको पक्षमा फिल्ममा थुप्रै पटक ‘एन्जाइटी’ र ‘प्यानिक अट्याक’को विषयलाई देखाइएको छ। मानसिक स्वास्थ्यका समस्याहरु भोगेका व्यक्तिहरुले कस्तो महसुस गर्छन् र उनीहरुमा कस्तो सोच आउँछ भन्ने फिल्ममा देखाइएको छ।

‘गेहराइयाँ’ एउटा आइसब्रग जस्तो फिल्म हो। सतहमा फिल्ममा पात्रहरु बीचको प्रेम र रोमान्टिक सम्बन्धहरु देखिन्छ। तर, आइसब्रगमा जस्तै भित्री तहमा भने यो विशाल छ, जसको आफैंभित्र एउटा संसार हुन्छ।

बात्राले बलिउडमा चलिरहेको शैली र सोचको विपरीत गएर यस्तै एउटा संसार र कथा ‘गेहराइयाँ’मा भनेका छन्। 

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले श... शनिबार, असोज ३१, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्