• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
सन्दर्भ : विश्व क्यान्सर दिवस

सुरुको स्टेजमै क्यान्सर पत्ता लागे निको हुने सम्भावना ९५ प्रतिशत : डा पिया [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, माघ २१, २०७८  ११:४२
1140x725

'क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइँदै छ। नेपालमा पनि क्यान्सरको क्षेत्रमा सक्रिय अस्पताल तथा संघसंस्थाहरुले विभिन्न सचेतनात्मक कार्यक्रम गरी यो दिवस मनाउँदै छन्। युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल (युआइसीसी)ले हरेक वर्ष विश्व क्यान्सर डे भनेर ४ फ्रेबुअरीलाई मान्ने गरेको छ। उनीहरुको मुख्य उद्देश्य क्यान्सरको विषयमा सचेतना जगाउने, रोकथाम तथा निदानमा फोकस गर्नु नै हो। क्यान्सर कस्तो खालको रोग हो? नेपालमा क्यान्सरका बिरामी कति छन्? क्यान्सरका मुख्य लक्षणहरु केके हुन्? कति बिरामी उपचारको पहुँचमा छन्? नेपालमा कुन क्यान्सरका बिरामी बढी छन्? क्यान्सर लाग्नै नदिन के गर्ने? लगायतका विषयमा डा मदन पियासँग नेपाल लाइभकी रिता लम्सालले गरेको कुराकानी :

क्यान्सर कस्तो रोग हो? 

क्यान्सर भन्ने वित्तिकै हाम्रो जमानामा त मानिसहरु आत्तिहाल्ने, गएगुज्रिएको रोगका रुपमा लिइन्थ्यो। नेपालमा क्यान्सर पहिचान गर्न नै गाह्रो थियो। तर अहिले सुरुवाती अवस्थामै पहिचान गर्न सके क्यान्सर निको हुन्छ। उपचार र पहिचान समयमा नै भए निको हुने अवस्था पनि छ। त्यसकारण अहिले क्यान्सर भन्ने वित्तिकै आत्तिहाल्नुपर्ने अवस्था छैन।

सुरुवाती अवस्थामा पहिचान गरेर उपचार गरेमा महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर निको पार्न सकिन्छ। यस्तै अन्य क्यान्सर पनि सुरुको स्टेजमै पत्ता लागेर उपचार गर्दा निको हुने सम्भावना ९५ प्रतिशतसम्म रहन्छ। यस्तै अन्तिम अवस्थाको क्यान्सर छ भने ४–५ वर्षको हिसाबमा १२–१३ प्रतिशत निको हुने सम्भावना रहन्छ।

क्यान्सरको कुरामा नेपालको अवस्था भन्नुपर्दा दुई किसिमको छ। एउटा हामी डाक्टरहरुले अनुभवको आधारमा अनुमान गरेको र अर्को विश्व स्वास्थ्य संगठनले अनुमान गरेको तथ्यांक छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन्। हाम्रो हिसाबले भन्नुपर्दा ५०/६० हजार क्यान्सरका बिरामी नेपालमा छन्। तथ्यांक सबै ठाउँबाट रेकर्ड भएको हुँदैन। प्राय ठूलो ठूलो अस्पतालहरुमा भएको तथ्यांक नै प्रमुख तथ्यांक बनेको छ। गाउँतिर कति बिरामी रोग नै पहिचान नभएर बसेका हुनसक्छन्।

क्यान्सर विभिन्न प्रकारका हुन्छन्, त्यसमध्ये नेपालमा कुन क्यान्सरका बिरामी बढी छन्?

सबैभन्दा पहिला त फोक्सोको क्यान्सर भएका बिरामी नै बढी छन्। पुरुषहरुमा बढी हुने क्यान्सरमा फोक्सो, पेट, प्रोस्टेट, हड्डी र रगतको क्यान्सर देखिन्छ। महिलाहरुमा पहिला पाठेघरको क्यान्सर बढी हुन्थ्यो, अहिले स्तन क्यान्सर बढी छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, महिलाहरुमा हुने प्रमुख क्यान्सरमा फोक्सोको पनि हो। डिम्बाशयको क्यान्सर पनि महिलाहरुमा बढी छ।

स्तन क्यान्सर बढी देखिनुमा अहिले पाठेघरको क्यान्सरको पहिचानका लागि सुरुमा नै प्यापस्मेयर परीक्षण हुने भएकाले पनि हो। यो परीक्षणमा क्यान्सर हुने सुरुको अवस्थामा नै पहिचान हुने भएकाले यो क्यान्सर हुनेको संख्या तल झरेको हो। अहिले यो क्यान्सर एक नम्बरबाट २ नम्बरमा झरेको छ।

विश्वभरको तथ्यांकलाई हेर्ने हो भने फोक्सोको क्यान्सर पहिलो र स्तन क्यान्सर दोस्रो नम्बरमा छ। 

नेपालमा सबै क्यान्सरका बिरामीहरु उपचारको पहुँचमा छन्?

Xtrem

Xtrem

कतिपय त ढिलो अवस्थामा थाहा हुन्छ। शहरमा समेत पेटमा समस्या आउँदा ग्याष्ट्रिक त हो भनेर आफैंले औषधि किनेर खाने चलन अझै छ। पहुँचको हिसाबले भन्नुपर्दा पहिला–पहिला भन्दा अहिले पहुँच बढेको छ। खास गरेर सरकारले क्यान्सरको लागि औषधि उपचारमा जुन सुविधा दिएको छ, त्यसले गर्दा पनि हुम्ला, जुम्ला लगायत विकट क्षेत्रबाट पनि उपचारका लागि आउने गरेको पाइन्छ। पहुँच विस्तारै बढ्दै गएको देखिन्छ। 

क्यान्सरको मुख्य लक्षण के– के हुन्?

क्यान्सरको यही लक्षण छ भन्न सकिँदैन। तर विश्व स्वास्थ्य संगठनले मुख्य ७ वटा लक्षण निकालेको छ। यदी त्यो लक्षण छ भने आफूलाई क्यान्सर भएको आशंका गरी डाक्टरकोमा जान भनेको छ। 

निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शंका गर्न सकिन्छ।

क्यान्सरको उपचारमा कतिसम्म खर्च लाग्छ ? सरकारले दिने सहुलियत पर्याप्त छ?

क्यान्सरको उपचारको विषयमा औषधिहरु कतिपय धान्न सक्ने पनि छ, कतिपय महंगो पनि छ। खर्चको कुरा कुन ठाउँमा उपचार गरिन्छ भन्नेमा पनि भर पर्छ। कुनैकुनै औषधि सरकारले दिने एक लाख सहायताले पनि पुग्नसक्छ, कुनैकुनै अपुग छ।

अहिले केन्द्र सरकार बाहेक प्रदेश र स्थानीय सरकारले पनि सहुलियत दिन थालेको छ। जस्तो बागमती प्रदेशले आफ्ना नागरिकलाई सरकारले दिने एक लाखमा थप ५० हजार दिने गरेको छ, यस्तै स्थानीय तह नगरपालिका तथा वडाले पनि आफ्नो तरिकाले दिने गरेको छ।

डेढ लाखसम्मको आर्थिक सहायताले पाठेघरको क्यान्सर, स्तन  क्यान्सरको रिजनेवल किमो थेरापी, ओभरी, फोक्सोको क्यान्सरको पनि उपचार गर्न सकिन्छ। नेपालमा एक डोज औषधिको अर्थात क्यान्सरको एक साइकल उपचारमा ५ लाखसम्म महंगो उपचार छ।

क्यान्सरबाट बच्न मुख्य कुरा खानपानमा ध्यान दिनुपर्छ। चुरोट खानु भएन। रक्सी धेरै खान हुँदैन। खानामा धेरै चिल्लो, बोसो खानु भएन। आगोमा पोलेको मासु धेरै खानु हुँदैन। जंक फुडहरु खान हुँदैन।

पहिला–पहिला बिरामी उपचार नगराइ घर फर्किन्थे भनिन्थ्यो, अहिले कस्तो छ अवस्था?
पहिला–पहिला सुविधा नहुँदा बिरामीहरु लास्ट स्टेजमा उपचारका लागि आइपुग्थे। अप्रेसन र औषधि गर्दा पनि निको हुने सम्भावना कम हुने भएकाले निको नहुने भएपछि किन उपचार गर्ने भन्ने सोच बिरामीका आफन्तमा थियो।

अहिले सरकारले आर्थिक सहायता दिने भएकाले पनि सरकारले दिएको सुविधा छ भने कोसिस गरौं न भन्ने सोच मानिसमा छ। त्यसैले उपचारको प्रयास गर्नेहरु छन्।

पहिला पहिला रेडियो नेपाल, नेपाल टेलिभिजन मात्र थियो, सचेतना कम थियो। अहिले सञ्चारमाध्यमहरु धेरे छन्। सामाजिक सञ्जालहरु पनि छन्। जसले गर्दा पनि क्यान्सरको विषयमा सचेतना बढेको छ। मानिसहरु हेल्थप्रति कन्सियस भएका छन्। हाम्रो अस्पतालको कुरा गर्दा सुरुमा स्तनको क्यान्सर उपचार गर्दा ३ वा ४ स्टेजमा मात्र उपचारका लागि आउथें। ७÷८ वर्षपछि अध्ययन गर्दा अहिले स्टेज २ वा ३ कुनैकुनै १ मा पनि आइरहेका छन्।

स्टेज ३ सम्म अप्रेसन, औषधि वा रेडियसन गरेर निको पार्न सकिन्छ। हाम्रो पालामा स्तन क्यान्सर जाँच गर्न पनि सहज थिएन। स्तन क्यान्सर जाँच गर्न महिलाहरु स्तन देखाउनै मान्दैन थिए।  अहिले युवतिहरु पनि सहज रुपमा स्तन जाँच गर्न आउछन्। आफ्नो समस्याहरु खुलेर सुनाउँछन्।  जसले गर्दा पनि स्तन क्यान्सर पहिचानमा सहज भएको छ।

क्यान्सर लाग्नै नदिन वा उपचार गरेर निको भइसकेपछि पनि कस्ता कुरामा ध्यान दिने?

क्यान्सरबाट बच्न मुख्य कुरा खानपानमा ध्यान दिनुपर्छ। चुरोट खानु भएन। रक्सी धेरै खान हुँदैन। खानामा धेरै चिल्लो, बोसो खानु भएन। आगोमा पोलेको मासु धेरै खानु हुँदैन। जंक फुडहरु खान हुँदैन।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्