• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

पोखरा महानगरपालिकामा एमालेको ‘गढ’ भत्काउला सत्ता गठबन्धनले?

64x64
लिलु डुम्रे शुक्रबार, माघ २१, २०७८  २०:०३
1140x725

काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा हुने प्रतिस्पर्धामा सत्तारुढ गठबन्धन एमालेको ‘गढ’ भत्काउने प्रयासमा हुनेछ। त्यहाँ कांग्रेसको नेतृत्वमा जित निकाल्ने प्रयास गठबन्धनको हुनेछ।

एमालेको शक्ति कमजोर पार्दा र कांग्रेसको शक्ति बढाउँदा मात्रै नतिजा सत्ता गठबन्धनको पक्षमा आउन सक्छ। तर, त्यो सानोतिनो मिहिनेतबाट भने हुँदैन। किनकि, एमाले तुलनात्मक रुपमा बलियो र कांग्रेसलगायत कांग्रेसलाई साथ दिनसक्ने शक्तिहरु कमजोर रहेको महानगरपालिका हो, यो।

गण्डकी प्रदेशको मुकाम समेत रहेको पर्यटकीय नगरमा पाँच दलसँग एक्लै भिड्ने अवस्थामा एमाले छ। पाँच दल एकातिर र एमाले अर्कोतिर रहेकाले प्रतिस्पर्धामा आफ्नो दललाई चुनौतीपूर्ण रहेको पोखरा महानगरका पूर्वमेयर कृष्ण थापा बताउँछन्।

‘पाँच दल एकातिर छन्। एमाले अर्कोतिर छ। पार्टी विभाजनले असर त गरेको छ नै’, एमालेका गण्डकी सांसद समेत रहेका थापा भन्छन्, ‘हाम्रो चुनावी गठबन्धन भएदेखि राप्रपासँग हो।’

सरकारले औपचारिक रुपमा स्थानीय तहको निर्वाचनको मिति तय नगरेका कारण गठबन्धनका दलबीच तालमेलको विषय छलफलका लागि प्रवेश गरिसकेको छैन।

जिल्ला तहको नेतृत्व केन्द्रीय निर्देशन तथा निर्णयको पर्खाइमा छ। केन्द्रीय रुपमा हुने निर्णयको पर्खाइमा रहेको कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बताए। उम्मेदवारको भागबण्डासहित स्थानीय तहमा प्रतिस्पर्धा गर्ने उनले बताए।

‘गठबन्धनका अन्य दलभन्दा हामी नै बलिया छौं। मेयरको उम्मेदवार कांग्रेसको बनाएर अन्य पद गठबन्धनका दललाई छुट्याउन सकिन्छ’, उनले भने, ‘तालमेल विरोधी हामी हुँदैनौं।’

२०७४ सालमा फराकिलो अन्तरले एमाले उम्मेदवार विजयी हुनु, एमाले विभाजनले उक्त दलको शक्तिमा ठूलो ह्रास नआउनु, गठबन्धनका अन्य दलको शक्ति कमजोर रहनु लगायतका कारणले पोखरा महानगरमा एमालेकै नेतृत्वको पुनरागमन हुने आकलन समेत छ।

nimb
nimb

एमालेका लागि तुलनात्मक रुपमा गण्डकीमा फुटको असर कम परेको देखिन्छ। एकीकृत समाजवादीले गण्डकीमा एमालेलाई कमजोर बनाउन नसकेको उक्त दलको दाबी रहँदै आएको छ। गण्डकी प्रदेशभरिका सम्पूर्ण पालिकाका प्रमुख पदमध्ये एक पालिकाको उपाध्यक्ष मात्रै एकीकृत समाजवादीमा लागेकी छन्।

प्रदेश सभामा एकीकृत समाजवादीमा जाने सदस्य शून्य रहे। गण्डकीको मुकाम पोखरामा पनि एमालेको शक्तिलाई नवगठित एकीकृत समाजवादीले ठूलो प्रभाव नपारेको बताइन्छ। संगठनात्मक अवस्थामा तात्विक अन्तर विभाजनले नपुर्‍याएका कारण आसन्न निर्वाचनमा पनि मतदाता तान्न एमाले सफल हुने उक्त दलको दाबी छ।

एकीकृत समाजवादीले जिल्लाका ७२ वटै वडामा संगठन निर्माण गरेको छ। केही समयपश्चात् एमालेबाट असन्तुष्ट कार्यकर्ता एकीकृत समाजवादीतिर प्रवेश गर्ने लहर आउने दाबी समेत गरेको छ। आफ्नो दल पोखरामा कमजोर नभएको दाबी गर्छन्, एकीकृत समाजवादीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्य।

‘कास्कीमा एकीकृत समाजवादीको संगठन राम्रो बनेको छ। एमालेको बलियो छु भन्ने घमण्ड भोलिको परिणामले देखाउँछ’, उनी भन्छन्, ‘कास्कीभरिमा एमालेले कहीँ पनि जित्दैन।’

पोखरा महानगरपालिका (तत्कालीन पोखरा लेखनाथ महानगरपालिका) मा गत स्थानीय निर्वाचनमा एमालेबाट मेयर विजयी भएका थिए। कांग्रेस र माओवादी केन्द्रबीच बनेको गठबन्धनलाई पराजित गरी मानबहादुर जिसीले जित निकालेका थिए। प्रमुख तथा उपप्रमुख दुवैमा एमालेका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका थिए।

मेयरमा विजयी जिसीले ६० हजार ११८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। मुख्य प्रतिस्पर्धी यी दुई उम्मेदवारबीचको अन्तर नै १३ हजार ७०२ छ। मेयरमा कांग्रेसलाई सघाएको माओवादी केन्द्रले उपमेयरमा भने उम्मेदवारी दिएको थियो।

माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी गोमा ढकालले ८ हजार ७९६ मत प्राप्त गरेकी थिइन्।  उपप्रमुखमा उनले ल्याएको मत तेस्रो स्थानको थियो। उपप्रमुखमा विजयी एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ५६ हजार ४४८ मत प्राप्त गरिन्। गुरुङको निकटतम् प्रतिपर्धीमा कांग्रेसकी सरस्वती गुरुङ थिइन्। उनले ४४ हजार मत ल्याएकी थिइन्।

२०७४ सालको मतको विश्लेषण गर्दा सत्ता गठबन्धनका सबै दल एकातिर हुँदा पनि एमाले नै पहिलो शक्ति देखिन्छ। तत्कालीन समयमा देखिएको मतान्तर घटाएर गठबन्धनले जित निकाल्न सहज भने छैन। २०७४ को निर्वाचनमा प्रमुखका दुई उम्मेदवारबीचको अन्तर नै १३ हजार ७०२ थियो।

तत्कालीन समयकै आधारमा विश्लेषण गर्दा गठबन्धनले १४ हजार बढी मत थप्नु पर्दछ। अर्कोतर्फ, २०७९ सालमा स्वाभाविक रुपमा मतदाता बढ्ने हुँदा जितका लागि गठबन्धनलाई २०७४ को मतान्तरलाई घटाएर मात्रै पुग्दैन।

सत्ता गठबन्धनमा तालमेल गर्नेमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा हुन्। यसअघि दुईबीच गठबन्धन बनेकै थियो। मेयरमा कांग्रेसलाई सघाएर उपमेयरमा उम्मेदवारी दिएको माओवादी केन्द्रले तत्कालीन समयमा ८ हजार ७९६ मत ल्याएको थियो।

माओवादीले उपमेयरमा ल्याएको मतलाई आधार मान्दा ९ हजार हाराहारीमा कांग्रेसका मेयरलाई माओवादीका मतदाताले मत दिएको अनुमान गर्न सकिन्छ। माओवादीको मतको बलमा कांग्रेसका मेयरका उम्मेदवार कुँवरले ४६ हजार ४१६ मत ल्याएका हुन्। त्यसै मतमा गठबन्धनका एकीकृत समाजवादी, जसपा र जनमोर्चाको मत थपिने हो। 

अघिल्लोपटक संघीय समाजवादी फोरमका उम्मेदवार हुमबहादुर गुरुङले मेयरमा ३ हजार १७० मत ल्याएका थिए। उक्त मत पनि थपिएकै अवस्थामा पनि ४९ हजार ५८६ मत हुन्छ। २०७४ मा कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादीको मत जोड्दा पनि एमालेसँगको मतान्तर १० हजार ५३२ हुन्छ। त्यही मतको विश्लेषण गर्दा एकीकृत समाजवादी र जनमोर्चाबाट उक्त अपुग मत गठबन्धनले पुर्ति गर्नुपर्ने हुन्छ।

अर्कोतर्फ, राप्रपासँग एमालेको तालमेल हुने सम्भावना छ। ती दुई दलबीच तालमेल भएमा राप्रपाका मतदाताले एमालेको पक्षमा मत खसाल्ने छन्। २०७४ सालमा पोखरा महानगरमा राप्रपाबाट मेयरमा उम्मेदवार बनेकी गीता गुरुङले २ हजार २७२ मत ल्याएकी थिइन्। गठबन्धनका दलबीच तालमेलको औपचारिक छलफल नभए पनि स्थानीय तहदेखि केन्द्रीयसम्म समीकरण बनेर प्रतिस्पर्धा हुने बताउँछन्, माओवादी केन्द्रका कास्की जिल्ला अध्यक्ष बखान तमु।

३३ वडा रहेको पोखरा महानगरपालिकामा २२ वटा वडामा एमाले र ११ वडामा कांग्रेसले जितेको थियो।

२०७४ सालमा प्राप्त मत :
प्रमुख
मानबहादुर जिसी-  नेकपा एमाले : ६०११८
रामजी कुँवर- नेपाली कांग्रेस : ४६४१६
हुमबहादुर गुरुङ- संघीय समाजवादी फोरम : ३१७०
गीता गुरुङ- राष्ट्रिय प्रजातन्त्र पार्टी : २२७२

उपप्रमुख
मञ्जुदेवी गुरुङ- नेकपा एमाले : ५६४४८
सरस्वती गुरुङ- नेपाली कांग्रेस : ४४३३८
गोमा ढकाल- नेकपा माओवादी केन्द्र : ८७९६
रमेश बहादुर खत्री-राष्ट्रिय प्रजातन्त्र पार्टी : २८४०

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  २०:०३
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्