• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनाव भएन भने स्थानीय तहले साउन १ गतेबाट एक रूपैयाँ खर्च गर्न सक्दैनन् : बालानन्द पौडेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, माघ १०, २०७८  १२:१५
1140x725

स्थानीय तह निर्वाचनलाई लिएर दलहरूबीच आ–आफ्नै दावी सुरु भएको छ। सत्तागठबन्धनकै नेताहरुमा समेत यसलाई लिएर मतभिन्नता देखिएको छ। आगामी वैशाखमा स्थानीय तहको निर्वाचन नगराउनेतर्फ सत्तागठबन्धन उन्मुख भएको आरोप प्रतिपक्ष एमालले लगाइरहेकै छ। सत्तापक्षका प्रमुख नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला प्रतिनिधि सभाको निर्वाचन गर्न प्रस्ताव अघि सारेका छन्। संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ एकआपसमा बाझिएको दाबी केही कानुनविदहरुले पनि गरिरहेका छन्।

निर्वाचन मिति तोक्ने वैधानिक दायित्व बोकेको शेरबहादुर देउवा नेतृत्वको सरकार भने स्थानीय तहको चुनाव कहिले गराउने भन्ने घोषणा गर्न अलमल गरिरहेको छ। प्रचण्डले वैशाख वा जेठमा संसदीय निर्वाचन गर्नुपर्ने र कात्तिक वा मंसिरमा मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका छन्। तर, यसरी गरिने निर्वाचनले कानुनी वैधता नपाउने केही कानुन व्यवसायीको तर्क छ। 

स्थानीय सरकारका विज्ञ बालानन्द पौडेलको अध्यक्षतामा रहेको आयोगले नै अहिलेका स्थानीय तहको संरचना टुंगो लगाएको थियो। २०७३ सालमा गठित स्थानीय तह पुनर्संरचना आयोगका संयोजक एवं राष्ट्रिय वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलसँग स्थानीय निर्वाचन, संवैधानिक व्यवस्था र वैशाखमा निर्वाचन नहुँदा पर्ने असरका विषयमा नेपाल लाइभले गरेको कुराकानी: :

स्थानीय तह निर्वाचनको विषयमा विवाद देखिएको छ। संसदको निर्वाचन पहिला गर्दा सुल्टो हुन्छ भनिँदैछ। तत्कालीन समयमा संविधान र ऐन निर्माण गर्दा के भएको थियो?
संविधानमा जे जे लेखेको छ, त्यहीँ प्रष्ट छ। त्यतिखेर मैले बुझ्दाखेरी उल्टो भएको जस्तो चाहिँ लागेको थिएन। त्यतिखेर स्थानीय तहको चुनाव नभएको भए तपाईंले संघको (राष्ट्रिय सभाको) निर्वाचन गर्न सक्नुहुन्नथ्यो, हैन? राष्ट्रिय सभाको निर्वाचन त स्थानीय तहको नभइ हुँदैन नि। आजको मितिमा पनि स्थानीय तह नभएको भए राष्ट्रिय सभाको निर्वाचन हुन्थ्यो र? हुँदैन थियो। सुरुको मितिमा राष्ट्रिय सभाको निर्वाचन नभएको भए प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीको घोषणा गर्न मिल्दैन थियो।

किन मिल्दैन थियो भने राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व कति हुन्छ? एक तिहाइ नपुगेको भए समानुपातिकबाट परिपुरण गर्नुपर्ने भएकोले समानुपातिकको घोषणा गर्न मिल्दैनथियो। कसले कति सिट पाए भन्ने त घोषणा भयो। तर, त्यसको नाम घोषणा गर्नका लागि चाहिँ व्यक्ति खडा गर्न मिल्दैनथियो। त्यो त्यतिखेरसम्म मिल्दैनथियो, जतिबेलासम्म राष्ट्रिय सभा निर्वाचन हुँदैनथियो। स्थानीय तहको निर्वाचन नभइकन त संघको निर्वाचन नै अघि बढ्दैनथियो नि। त्यसैले हिजोको बाटो उल्टो भयो भन्ने लजिक मैले चाहिँ बुझिनँ। मेरो बुझाइ कम हो कि?

मैले पढेको संविधानमा त्यही छ। उल्टो सुल्टोमा मेरो भनाइ केही छैन। आयोगको कन्सर्न कहाँनिर हुन्छ भन्दाखेरी स्थानीय तहको निर्वाचन भएन भने यो संविधानको भाग १९ एकपटक हेर्नुपर्छ। भाग १९ मा स्थानीय आर्थिक कार्यप्रणाली सम्बन्धी व्यवस्था गरेको छ। त्यसले त्यो भाग १९ को धारा २२९ मा स्थानीय सञ्चित कोषको व्यवस्था गरेको छ। संघबाट, प्रदेशबाट जति पनि सिफारिस गर्छौं, त्यो सबै रकम स्थानीय सञ्चित कोषमा रहन्छ। त्यो कुरा धारा २२९ उपधारा १ ले भन्याछ। उपधारा २ ले के भन्छ भने १ बमोजिमको स्थानीय सञ्चित कोषबाट गर्न सकिने खर्च सम्बन्धी व्यवस्था स्थानीय कानुन बमोजिम हुनेछ। स्थानीय कानुन बनाउने अधिकार स्थानीय सभालाई छ। अरु कसैलाई छैन। स्थानीय कानुन बमोजिम हुने छ भनेको के भन्दाखेरी उसले विनियोजन ऐन बनाउँछ। उसले आर्थिक ऐन बनाउँछ। त्यसबाट कर लगाउने र खर्च गर्ने कुरा गर्छ। 

तपाईंसँग अहिलेको २०७८/७९ को आर्थिक ऐन र विनियोजन ऐन त २०७९ असार मसान्तपछि निष्कृय हुन्छ। साउन १ गतेबाट एक रुपैयाँ खर्च गर्न त सकिँदैन। स्थानीय तह हो नि त। यो कुरा त कसैले भनेको सुनिन्न। संविधानको कि त उल्लंघन गर्न थाल्नुपर्‍यो। यो यस्तो क्रिटिकल बेला छ। अघि पछि भएको भए अख्तियारी दिइसकेको अवस्थामा कर्मचारीहरुले खर्च गर्दै गर्थे होला। तर, असार मसान्तमा स्थानीय सरकारविहीन हुने अवस्थाले त शून्यमा जान्छ। बर्बाद हुन्छ। 

तल्लो तहमा वित्तिय शून्यता सिर्जना हुँदा संघीयताको मर्ममै प्रहार हुन्छ भन्न खोज्नुभएको हो?
म आर्थिक पाटोमा मात्रै गएँ। प्रशासनिक र राजनीतिक पाटोमा गएकै छैन। हामीले सिफारिस गरेको रकम सञ्चित कोषमा गएर बस्थ्यो। त्यो सञ्चित कोषमा गएर बसेको रकम श्रावण १ गतेदेखि खर्च गर्न कसैले सक्दैन। यसको बाधा अड्काउ फुकाउ पनि रहेनछ। 

Ncell 2
Ncell 2
nimb
nimb

संघले खर्च गर्ने आदेश दिनु संविधान विपरीतको कार्य हुन्छ। प्रशासनिक रुपमा खर्च गर्न मिल्दैन। चुनाव नगर्ने हो भने यो समस्याको संवैधानिक बाटो के हो, त्यो पनि भन्नुपर्ने हुन्छ। 

वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुको विकल्प छैन भन्ने तपाईंको निर्क्योल हो? 
क्राइसिसमा लाने हो भने चुनाव नगर्दा भयो। चुनाव नगर्ने हो भने त क्राइसिसमा गइहाल्छ। खर्च गर्न नै सकिँदैन। नत्र चुनावको विकल्प छैन।

संविधान र कानुन बाझियो भनिरहेका छन्। हामीले कानुन बनाउँदा ध्यान नदिएको हो? 
चुनाव गर्ने समय भनेको पाँच वर्ष पूरा भएको मितिले ६ महिना अधिकतम हो। ६ महिना भन्दा उता चुनाव गर्न पाइँदैन भनेको हो। अधिकतम पाँच वर्ष भनेको घडीपला गनेरै गर्नुपर्छ भन्ने छैन। एकैदिन चुनाव गर्दा पनि सबै ठाउँ एकैपल्ट सम्भव हुँदैन। कहीँ हुलदंगा होला। कहीँ गलत मतपत्र जाला। यस्ता प्राविधिक समस्याहरु आउँछन् भनेकैले घडीपला नराखेको हो। गएको निर्वाचनको कुरा गर्दा भरतपुरमा कति समय पछि चुनाव भयो? कतिपयको व्याख्या सुन्दा कस्तो लाग्छ भने भरतपुरमा पछिल्लो चुनाव जहिले भएको थियो, त्यही मितिमा चुनाव गर्नुपर्ने भयो नि? यसरी गर्दै जाँदा त ७५३ समयमा गर्नुपर्ने भयो। अनन्तकालसम्म चुनाव हुने भयो। यसरी त हुँदैन। समष्टिमा व्याख्या गर्नुपर्छ। 

साढे ४ वर्षमा लागेपछि पाँच वर्ष पुग्यो भन्ठानेर तीन चरणमा चुनाव गराउनुपर्छ। संविधानले तीनटा चरणको परिकल्पना पनि गरेको छैन नि। परिस्थितिले आयो, निर्वाचन भयो। बजेटको समस्या नभएकाले ६ महिनापछि गए पनि हुन्थ्यो। बजेटको समय भएकाले ६ महिना पछाडि जाने छुट छैन। होइन, संवैधानिक बाटो छ भने बताउनुपर्‍यो। कानुन बनाउँदा पनि विधायकहरुले यही कुरालाई दृष्टिगत गरेर बनाएका हुन्। 

तीनवटै निर्वाचन एकैपल्ट गर्दा के अप्ठ्यारो छ?
तीनवटै निर्वाचन एकैपल्ट गर्न सके त राम्रै भयो। स्थानीय निर्वाचनलाई ६ महिना पछाडि लैजान अप्ठ्यारो भयो। धारा २२९ को कुरा भयो। प्रदेश र स्थानीय तहलाई अगाडि ल्याउने कुरा संवैधानिक रुपमा मिल्दा ठीकै हुन्छ। आर्थिक रुपमा अप्ठ्यारो पर्नेगरी आयोगले चुनाव उता लैजानुभएन।

वित्तीय रुपमा यस्तो संकट आउँदा के असर पर्छ?
कर्मचारीहरुले तलब खान पाउँदैनन्। अन्य विकास खर्च रोकिन्छन्। बजेट आउँदैन। नयाँ विकास सुरु हुँदैन। कार्यक्रमहरु पास हुँदैनन्। त्यसले सम्पूर्ण कुरा ठप्प भयो। स्थानीय सरकारविहीन हुँदा अन्य समस्या पनि सिर्जना हुन्छन्। हाम्रो सरोकार भनेको बजेट र कार्यक्रमको सञ्चालन र परिचालनको निरन्तरता हुनेगरी निर्वाचन हुनुपर्छ भन्ने हो। 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्