• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चार महिनासम्म संरचना नै बनाउन नसकेको भूमि आयोग के गर्दैछ?

64x64
लिलु डुम्रे बुधबार, माघ ५, २०७८  १३:५६
1140x725

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग भंग गरि राष्ट्रिय भूमि आयोग गठन गरेको झण्डै पाँच महिना भयो। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग गत साउन १९ मा भंग गरिएको थियो। चितवनका एमाले नेता देवी ज्ञवालीको नेतृत्वमा रहेको आयोग खारेज गरी गठबन्धन सरकारले भदौ २९ मा ‘राष्ट्रिय भूमि आयोग’ गठन गरेको थियो।

नयाँ आयोग गठनसँगै प्रारम्भमा दलीय भागबण्डाको आधारमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरिएको थियो। नेपाली कांग्रेसनिकट शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्षको जिम्मेवारी दिइएको छ।  माओवादीनिकट तथा किसान आन्दोलनमा सरिक हुँदै आएका नहेन्द्र खड्कालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। केन्द्रीय संरचनामा पनि आयोगले ढिलो गरी पूर्णता पाएको छ। कानुन, नापी, मालपोत विज्ञका रुपमा तीन जनाले नियुक्ति पाएका छन्।

पूर्ववर्ती सरकारले गठन गरेको आयोगलाई एमालेका कार्यकर्ता भर्ति केन्द्र बनाइएको आरोप लगाएको गठबन्धनले सोही प्रवृत्ति देखाएको छ। पुस २१ मा नियुक्त गरेका २८ जिल्ला अध्यक्ष सत्तारुढ दलको भागबण्डामा मनोनित भएका छन्। तर, ती जिल्लामा सदस्यहरु भने नियुक्त हुन सकेका छैनन्।

राष्ट्रिय सभाको उपनिर्वाचनको लागि लागू भएको आचारसंहिताले थप नियुक्ति हुन रोकिएको छ। जिल्लामा अध्यक्ष र भूमि विज्ञसहित थप दुई जना दलीय भागबण्डामा मनोनित हुनेछन्। ती चारमध्ये एक जना महिला अनिवार्य गरिएको छ। साथै, डिभिजन वन, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १/१ जना उक्त संरचनामा रहनेछन्। नापी कार्यालयको प्रतिनिधि सदस्य सचिव हुने कार्यविधिमा उल्लेख छ। 

गठबन्धन सरकार भएकाले दलबाट प्रतिनिधित्व हुनु स्वाभाविक रहेको उपाध्यक्ष खड्का बताउँछन्। एउटा मात्रै दलका कार्यकर्ता सम्मिलित अघिल्लो आयोगमा पूर्वाग्रहको आशंका व्यापक भए पनि यसपटक धेरै दल भएकाले पक्षपात नहुने दाबी उनले गरे।

ज्ञवालीको कार्यकालमा भूमि विज्ञको रुपमा जिल्लामा मनोनित गरिएका पार्टी कार्यकर्ता थिए। हालको आयोगमा विज्ञले नै जिम्मेवारी पाउने खड्काको दाबी छ। खड्काको दाबीअनुसार कानुन, नापी वा मालपोतको क्षेत्रमा १० वर्ष अनुभव भएकाहरु भूमि विज्ञका रुपमा मनोनित हुनेछन्।

विगतका आयोगमा भूमिको जानकार नभएका व्यक्तिले अवसर पाउँदा भूमिहीनको समस्या उस्तै रहेको खड्का बताउँछन्। प्रविधि र ज्ञानका कारण वर्तमान आयोगले समयमा आफ्नो जिम्मेवारी पूरा गर्ने आयोग पदाधिकारीको दाबी छ। आयोगको कार्यकाल ३ वर्षको छ। उक्त समयमा जिम्मेवारी पूरा नभए सरकारले दुई वर्ष अवधि थप्न सक्नेछ। खड्का भन्छन्, ‘१४/१५ महिनामै हामी सबै कार्य सक्ने अभियानमा छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

आ–आफ्नो दाबी
भूमिहीनका १ लाख ७१ हजार लगतलाई नयाँ प्रणालीमा इन्ट्री गरिएको विघटित आयोगका अध्यक्ष ज्ञवाली बताउँछन्। आयोगले ९ हजार विघा जग्गाको नापजाँच १५ महिना भित्र गरेको उनको दाबी छ। ज्ञवालीको दाबीलाई हालका उपाध्यक्ष खड्का पुरै नकार्छन्। अघिल्लो आयोगले चरम ढिलासुस्ती गरेको उनको आरोप छ। 

ज्ञवाली आयोगको कार्यविधि ढिलो तयार भएको उनले उल्लेख गरे। ज्ञवाली नेतृत्वको आयोगको नापीसँग सम्बन्धै नरहेको दाबी खड्काको छ। उनले भने, ‘अघिल्लो आयोगले देशभर एउटा पनि नक्सा प्रमाणित गरेको देखिएन। नापीसँग समन्वय गरेर अहिले कामलाई स्पिडमा लगेका छौं।’ खड्काले स्पिडमा काम भएको दाबी गरेपनि उल्लेखनीय कार्य भने फिल्डमा देखिएको छैन।

भूमिहीनको संख्या २ लाख ४७ हजार ९६० र अव्यवस्थित बसोबासीको ९ लाख ३२ हजार ८०१ गरी ११ लाख ८० हजार ७६१ परिवारको लगत संकलन गरिएको आँकडा ज्ञवालीले सुनाए। समाधान निस्कन नसकेका ४५ हजार बढी उजुरीमा आयोगले अध्ययन गरिरहेकै बेला विघटन गरिएको ज्ञवालीले बताए।

तर, जमिन दिने अधिकार अघिल्लो आयोगलाई नभएको खड्काको जिकिर छ। ज्ञवाली नेतृत्वको आयोग काम गर्नै नसकेर विघटन भएको हालका पदाधिकारीको दाबी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रमुख प्रतिपक्षले भूमिहीनको समस्या समाधान गर्न सहयोग गर्ने अहिलेको आयोगका पदाधिकारीहरुको विश्वास छ। ‘कुनै पालिकाको कुनै राजनीतिक दल वा व्यक्तिका कारणले जनताले अधिकार पाएनन् भने त्यस्ता दल र व्यक्तिलाई के गर्नपर्छ जनताले जानेका छन्’, आयोगका एक सदस्य भन्छन्। 

ज्ञवाली नेतृत्वको आयोगको १५ महिने कार्यकालमा एमाले अध्यक्ष ओली पक्षका कार्यकर्तालाई ७७ जिल्लामा नै नियुक्ति दिइएको थियो।

पाँच महिनामा के काम गर्‍यो आयोगले?
निरौलाको अध्यक्षतामा रहेको आयोगको कार्यकाल चार महिना सकिएको छ। हालसम्म १७ पालिकालाई विवरण पठाउन आयोगले परिपत्र गरेको छ। दुईपटक पत्रसहित पत्रिकामा सूचना निकालिए पनि केन्द्रमा पालिकाले विवरण पठाएका छैनन्। ‘भूमिहिनताको अन्त्य’ नारा तय गरेको आयोग स्रोत साधनमा भने आफैं सुकुम्बासी जस्तो छ। 

माघ १८ गते ६८ पालिकामा आयोगको टोली पुग्ने उपाध्यक्ष खड्काले जानकारी दिए। ‘करिब ३० दिनमा प्रत्येक पालिकामा लगत र नापीको काम सकिन्छ। निवेदन हालेको ३५ देखि ४० दिन भित्रै लालपुर्जा उपलब्ध गराउने लक्ष्य छ’, खड्का भन्छन्।

चार महिनामा आयोगले प्रदेश १ र बागमतीमा विगतका आयोगले गरेका कामका बारेमा स्थलगत अध्ययन र समीक्षा गरेको छ। विगतका आयोगका कमजोरी र सुधार गर्ने तयारीमा लागेको उनले बताए।

निवेदन प्राप्त भइसकेपछि आयोगले निवेदकलाई सात दिनको अवधि समय उपलब्ध गराउँछ। निवेदनमा गल्ति भएको भए सच्याउने र त्यसउपर दाबी विरोध पनि त्यसै समयभित्र हुनेछ। उजुरी परेका निवेदनउपर सर्वदलीय समितिले छानबिन गरि निर्णय लिनेछ। उक्त संयन्त्र आवश्यक परे फिल्डमै गएर अध्ययन गरी निर्णय लिनेछ। पहिले निवेदन पेस गरिसकेकाले भने पुनः आवेदन दिन नपर्ने आयोगले जानकारी गराएको छ। निवेदन दिएको निस्साको आधारमै उही दिन नापजाँच हुने बताइएको छ। 

निवेदन पेस गर्ने र तत्कालै डाटा इन्ट्री हुने आयोगले जनाएको छ। पहिले निवेदन हालेपछि वडामा प्रमाणित गर्नुपर्ने थियो। त्यो अवस्था अहिले नभएको आयोगको भनाइ छ। अघिल्लो आयोगले निवेदन परेका नामहरु मनपरि ढंगले काटिदिएको बताउँदै खड्का भन्छन्, ‘रिस उठेका मान्छेको त निवेदन नै गायब पारेको फेला पारेका छौं। ठाउँ ठाउँबाट कम्प्लेन आएको छ।’

मातहतका कार्यालयबाट तथ्यांक नआएपनि आयोगको प्रारम्भिक बुझाइमा अव्यवस्थित बसोबासी र सुकुम्बासी गरी ४० लाख आसपास भूमिहीन छन्। २०४८ सालदेखि आयोगहरु गठन र भंग हुँदै आएका थिए। निरौला नेतृत्वको आयोग २१ औं आयोग हो।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भ... शनिबार, असोज ३१, २०८३
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो... शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुनार... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्