• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
चार महिनासम्म संरचना नै बनाउन नसकेको भूमि आयोग के गर्दैछ?
64x64
लिलु डुम्रे बुधबार, माघ ५, २०७८  १३:५६
1140x725

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग भंग गरि राष्ट्रिय भूमि आयोग गठन गरेको झण्डै पाँच महिना भयो। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग गत साउन १९ मा भंग गरिएको थियो। चितवनका एमाले नेता देवी ज्ञवालीको नेतृत्वमा रहेको आयोग खारेज गरी गठबन्धन सरकारले भदौ २९ मा ‘राष्ट्रिय भूमि आयोग’ गठन गरेको थियो।

नयाँ आयोग गठनसँगै प्रारम्भमा दलीय भागबण्डाको आधारमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरिएको थियो। नेपाली कांग्रेसनिकट शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्षको जिम्मेवारी दिइएको छ।  माओवादीनिकट तथा किसान आन्दोलनमा सरिक हुँदै आएका नहेन्द्र खड्कालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। केन्द्रीय संरचनामा पनि आयोगले ढिलो गरी पूर्णता पाएको छ। कानुन, नापी, मालपोत विज्ञका रुपमा तीन जनाले नियुक्ति पाएका छन्।

पूर्ववर्ती सरकारले गठन गरेको आयोगलाई एमालेका कार्यकर्ता भर्ति केन्द्र बनाइएको आरोप लगाएको गठबन्धनले सोही प्रवृत्ति देखाएको छ। पुस २१ मा नियुक्त गरेका २८ जिल्ला अध्यक्ष सत्तारुढ दलको भागबण्डामा मनोनित भएका छन्। तर, ती जिल्लामा सदस्यहरु भने नियुक्त हुन सकेका छैनन्।

राष्ट्रिय सभाको उपनिर्वाचनको लागि लागू भएको आचारसंहिताले थप नियुक्ति हुन रोकिएको छ। जिल्लामा अध्यक्ष र भूमि विज्ञसहित थप दुई जना दलीय भागबण्डामा मनोनित हुनेछन्। ती चारमध्ये एक जना महिला अनिवार्य गरिएको छ। साथै, डिभिजन वन, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १/१ जना उक्त संरचनामा रहनेछन्। नापी कार्यालयको प्रतिनिधि सदस्य सचिव हुने कार्यविधिमा उल्लेख छ। 

गठबन्धन सरकार भएकाले दलबाट प्रतिनिधित्व हुनु स्वाभाविक रहेको उपाध्यक्ष खड्का बताउँछन्। एउटा मात्रै दलका कार्यकर्ता सम्मिलित अघिल्लो आयोगमा पूर्वाग्रहको आशंका व्यापक भए पनि यसपटक धेरै दल भएकाले पक्षपात नहुने दाबी उनले गरे।

ज्ञवालीको कार्यकालमा भूमि विज्ञको रुपमा जिल्लामा मनोनित गरिएका पार्टी कार्यकर्ता थिए। हालको आयोगमा विज्ञले नै जिम्मेवारी पाउने खड्काको दाबी छ। खड्काको दाबीअनुसार कानुन, नापी वा मालपोतको क्षेत्रमा १० वर्ष अनुभव भएकाहरु भूमि विज्ञका रुपमा मनोनित हुनेछन्।

विगतका आयोगमा भूमिको जानकार नभएका व्यक्तिले अवसर पाउँदा भूमिहीनको समस्या उस्तै रहेको खड्का बताउँछन्। प्रविधि र ज्ञानका कारण वर्तमान आयोगले समयमा आफ्नो जिम्मेवारी पूरा गर्ने आयोग पदाधिकारीको दाबी छ। आयोगको कार्यकाल ३ वर्षको छ। उक्त समयमा जिम्मेवारी पूरा नभए सरकारले दुई वर्ष अवधि थप्न सक्नेछ। खड्का भन्छन्, ‘१४/१५ महिनामै हामी सबै कार्य सक्ने अभियानमा छौं।’

आ–आफ्नो दाबी
भूमिहीनका १ लाख ७१ हजार लगतलाई नयाँ प्रणालीमा इन्ट्री गरिएको विघटित आयोगका अध्यक्ष ज्ञवाली बताउँछन्। आयोगले ९ हजार विघा जग्गाको नापजाँच १५ महिना भित्र गरेको उनको दाबी छ। ज्ञवालीको दाबीलाई हालका उपाध्यक्ष खड्का पुरै नकार्छन्। अघिल्लो आयोगले चरम ढिलासुस्ती गरेको उनको आरोप छ। 

ज्ञवाली आयोगको कार्यविधि ढिलो तयार भएको उनले उल्लेख गरे। ज्ञवाली नेतृत्वको आयोगको नापीसँग सम्बन्धै नरहेको दाबी खड्काको छ। उनले भने, ‘अघिल्लो आयोगले देशभर एउटा पनि नक्सा प्रमाणित गरेको देखिएन। नापीसँग समन्वय गरेर अहिले कामलाई स्पिडमा लगेका छौं।’ खड्काले स्पिडमा काम भएको दाबी गरेपनि उल्लेखनीय कार्य भने फिल्डमा देखिएको छैन।

भूमिहीनको संख्या २ लाख ४७ हजार ९६० र अव्यवस्थित बसोबासीको ९ लाख ३२ हजार ८०१ गरी ११ लाख ८० हजार ७६१ परिवारको लगत संकलन गरिएको आँकडा ज्ञवालीले सुनाए। समाधान निस्कन नसकेका ४५ हजार बढी उजुरीमा आयोगले अध्ययन गरिरहेकै बेला विघटन गरिएको ज्ञवालीले बताए।

तर, जमिन दिने अधिकार अघिल्लो आयोगलाई नभएको खड्काको जिकिर छ। ज्ञवाली नेतृत्वको आयोग काम गर्नै नसकेर विघटन भएको हालका पदाधिकारीको दाबी छ।

प्रमुख प्रतिपक्षले भूमिहीनको समस्या समाधान गर्न सहयोग गर्ने अहिलेको आयोगका पदाधिकारीहरुको विश्वास छ। ‘कुनै पालिकाको कुनै राजनीतिक दल वा व्यक्तिका कारणले जनताले अधिकार पाएनन् भने त्यस्ता दल र व्यक्तिलाई के गर्नपर्छ जनताले जानेका छन्’, आयोगका एक सदस्य भन्छन्। 

ज्ञवाली नेतृत्वको आयोगको १५ महिने कार्यकालमा एमाले अध्यक्ष ओली पक्षका कार्यकर्तालाई ७७ जिल्लामा नै नियुक्ति दिइएको थियो।

पाँच महिनामा के काम गर्‍यो आयोगले?
निरौलाको अध्यक्षतामा रहेको आयोगको कार्यकाल चार महिना सकिएको छ। हालसम्म १७ पालिकालाई विवरण पठाउन आयोगले परिपत्र गरेको छ। दुईपटक पत्रसहित पत्रिकामा सूचना निकालिए पनि केन्द्रमा पालिकाले विवरण पठाएका छैनन्। ‘भूमिहिनताको अन्त्य’ नारा तय गरेको आयोग स्रोत साधनमा भने आफैं सुकुम्बासी जस्तो छ। 

माघ १८ गते ६८ पालिकामा आयोगको टोली पुग्ने उपाध्यक्ष खड्काले जानकारी दिए। ‘करिब ३० दिनमा प्रत्येक पालिकामा लगत र नापीको काम सकिन्छ। निवेदन हालेको ३५ देखि ४० दिन भित्रै लालपुर्जा उपलब्ध गराउने लक्ष्य छ’, खड्का भन्छन्।

चार महिनामा आयोगले प्रदेश १ र बागमतीमा विगतका आयोगले गरेका कामका बारेमा स्थलगत अध्ययन र समीक्षा गरेको छ। विगतका आयोगका कमजोरी र सुधार गर्ने तयारीमा लागेको उनले बताए।

निवेदन प्राप्त भइसकेपछि आयोगले निवेदकलाई सात दिनको अवधि समय उपलब्ध गराउँछ। निवेदनमा गल्ति भएको भए सच्याउने र त्यसउपर दाबी विरोध पनि त्यसै समयभित्र हुनेछ। उजुरी परेका निवेदनउपर सर्वदलीय समितिले छानबिन गरि निर्णय लिनेछ। उक्त संयन्त्र आवश्यक परे फिल्डमै गएर अध्ययन गरी निर्णय लिनेछ। पहिले निवेदन पेस गरिसकेकाले भने पुनः आवेदन दिन नपर्ने आयोगले जानकारी गराएको छ। निवेदन दिएको निस्साको आधारमै उही दिन नापजाँच हुने बताइएको छ। 

निवेदन पेस गर्ने र तत्कालै डाटा इन्ट्री हुने आयोगले जनाएको छ। पहिले निवेदन हालेपछि वडामा प्रमाणित गर्नुपर्ने थियो। त्यो अवस्था अहिले नभएको आयोगको भनाइ छ। अघिल्लो आयोगले निवेदन परेका नामहरु मनपरि ढंगले काटिदिएको बताउँदै खड्का भन्छन्, ‘रिस उठेका मान्छेको त निवेदन नै गायब पारेको फेला पारेका छौं। ठाउँ ठाउँबाट कम्प्लेन आएको छ।’

मातहतका कार्यालयबाट तथ्यांक नआएपनि आयोगको प्रारम्भिक बुझाइमा अव्यवस्थित बसोबासी र सुकुम्बासी गरी ४० लाख आसपास भूमिहीन छन्। २०४८ सालदेखि आयोगहरु गठन र भंग हुँदै आएका थिए। निरौला नेतृत्वको आयोग २१ औं आयोग हो।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बुधबारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अट... शनिबार, असार २१, २०८२
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध अविरल वर्षाका कारण संखुवासभास्थित कोशी राजमार्गमा पूर्णरूपमा अवरोध छ । त्यस्तै, पहिरोका कारण काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड तथा... शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गर्नुभएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्