• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
कथा

लकडाउन

केशरी अम्गाईं शनिबार, माघ १, २०७८  १४:०१
1140x725

‘अँ, अलि परै बस्नुहोस्।’

डाक्टर अङ्कलको वेवास्तापूर्ण आवाज सुनेर अभिषेकलाई केही अनौठो लाग्यो। सधैँ आउनासाथ हालखबर सोध्दै मायालु पाराले जाँच्न थाल्ने डाक्टरले फरक व्यवहार गरेको देखेर उसलाई लाग्यो, ‘आज डाक्टरलाई के भएको छ?’

‘अँ भन्नुहोस् त बाबुलाई के भएको छ?’ हातमा पञ्जा र मुखमा माक्स लगाउनुभएको डाक्टर अङ्कलले बाबासँग सोध्नुभयो।
‘हिजोअस्ति हल्का खोक्दै थियो। आज रातिबाट अचानक ज्वरो आउन थाल्यो।’ बाबाले अभिषेकको टाउको मुसार्दै भन्नुभयो। अभिषेकले टिठ लाग्दो पाराले बाबाको अनुहार हेर्‍यो।

केशरी अम्गाईं

‘ज्वरो कति आएको थियो, नाप्नुभयो?’

आज डाक्टर अङ्कलले न त माया गरेर मुसार्नुभयो न त थर्ममिटरले ज्वरो नै नाप्नुभयो। आफ्नो घाँटीमा झुण्ड्याइएको स्टेस्थेस्कोप लिएर लामो श्वास फेर्न पनि भन्नुभएन। अनि हातमा टर्च लिएर मुख आँ गर्न पनि लगाउनुभएन। अभिषेकलाई लाग्यो, ‘के यो मान्छे आपूmलाई सधैं जाँच्ने गरेको उही डाक्टर अङ्कल नै हो त?’

अभिषेकले डाक्टरको अनुहारमा एउटा अपरिचितलाई जस्तै टुलुटुलु हेरिरह्यो।

‘ज्वरो यस्तै १०२ डिग्रीजति थियो डाक्टर सा’ब।’ बाबाले भन्नुभयो।

डाक्टरले एकछिन अभिषेकलाई हेरेर कागजमा केही लेख्न थाले। अभिषेकले डाक्टर अङ्कलले लेखेको कागजमा घोरिएर हेर्‍यो। ‘आर...ई...एफ...एफ....ई....आर...’ अभिषेक लेग्रो तान्दै पढ्न थाल्यो। तर लेखाइको गतिमा पढ्न सकेन।

nimb
nimb
Ncell 2
Ncell 2

‘डाक्टर सा’ब।’ 

बाबाको आवाजले अभिषेक झसङ भयो। उसले बाबाको अनुहारमा हे¥यो। बाबाको अनुहार रिसाएको जस्तो देखिन्थ्यो। बाबा रिसाउनु भएपछि अभिषेकलाई निकै डर लाग्यो। तर, बाबाको अनुहार किन त्यस्तो भयो, उसले बुझ्न सकेन। आपूmले कुनै गल्ती गरेछु कि भनेर ऊ पढ्न छाडेर बाबालाई हेर्न थाल्यो।

‘तपाईंले कुन आधारमा टेकु रिफर गर्नुभयो?’ राताराता आँखा पार्दै बाबा जङ्गिनुभयो।

‘के कोरोना प्रमाणित गर्न सक्नुहुन्छ? म सरकारी अस्पतालको ५० रुपैँयाको टिकट छाडेर तपाईं कहाँ टिकटका लागि ५५० तिरेर चेक गराउने गरेको छु। आज चेक जाँच नै नगरी टेकु रिफर ? यस अस्पतालको डाइरेक्टर को हो? म उहाँसँग कुरा गर्न चाहन्छु। मेरो बच्चा तपाईंलाई देखाउनु छैन।’ बाबा उठ्न खोज्नुभयो।

‘ओहो! यहाँ पनि कोरोना!’ अभिषेकले आफ्नो कान थुन्यो।

‘चार दिनअगाडि नै किन बिरामी नभएको होला?’ घरबाट निस्कँदै गर्दा अभिषेकलाई लागेको थियो। घरभित्रै बन्द भएर बस्नु पर्दा तीन चार दिनमा नै उसलाई वाक्क लागेको थियो। ‘बिरामीको बहानामा बाहिर निस्कन त पाइयो।’ उसको मन फुरुङ थियो।

तर, आजको घुमाइ सदाको भन्दा फरक थियो। सडक सुनसान थियो। चोक चोकमा पुलिसहरू थिए। हरेक चोकमा पुलिसलाई जवाफ दिनु पर्‍थ्यो बाबाले, ‘बच्चा बिरामी भएर।’

‘त्यति धेरै बाइक, गाडी र मान्छेहरू कहाँ लुके होलान्?’ अभिषेकलाई लाग्यो। तर, उसँग जवाफ थिएन। बाबासँग सोध्ने जाँगर पनि उसमा थिएन।

हस्पिटलमा आइपुगेपछि डाक्टर अङ्कलले देखाएको व्यवहारले उसलाई साह्रै नरमाइलो लागेको थियो। अझ बाबा पनि रिसाउनु भएपछि त ऊ निराश नै थियो। घरबाट निस्कन पाउँदा रमाएको उसको मन अचानक खुम्चन पुग्यो।

‘कतै यो सबै मेरै कारणले भएको त हैन?’ यस्तै सोचेर उसले अँध्यारो मुख लगायो।

‘हैन, बस्नुहोस् न। बेला नै यस्तै छ, शङ्का गर्नु पर्ने।’ डाक्टर अङ्कलले बाबालाई बस्न अनुरोध गर्नुभयो।

केही औषधी किनेर बाबा फर्कनुभयो।

‘के भन्यो त किरण, नातिलाई?’ हजुरआमाले सोध्नुभयो।

‘सब निजी अस्पतालहरूलाई सरकारले खारेज गर्नु पर्छ। सधैँ जाँचिरहेको ठाउँमा पनि जाँच्न मान्दैन त....।’ अरु के–के भन्दै हुनुहुन्थ्यो, अभिषेकले वास्ता गरेन। ऊ त आफ्नै संसारमा हराइरहेको थियो। 

‘के भन्न खोज्नुभएको बाबाले?’ मोबाइलमा बार्बी क्यूको कार्टुन हेरिरहेकी छोरी अमृषाले सोधी।

हजुरबुबा सोफामा बसेर ‘गुणरत्नमाला’ नामक सानो पुस्तक पल्टाएर हेर्दै हुनुहुन्थ्यो। ‘ल यता आऊ। म तिमीलाई बताइदिन्छु।’ उहाँले भन्नुभयो।

‘म बार्बी हेर्दै छु क्या। म यहीँबाट सुनिहाल्छु नि, भन्नुहोस् न हजुरबुबा।’ नातिनीले आग्रह गरी।

‘सरकारी स्कुल र बोर्डिङ स्कुल भने जस्तै अस्पताल पनि निजी र सरकारी हुन्छन्।’ हजुरबुबाले बुझाउन खोज्नुभयो।

‘खारेज भनेको के त? अनि किन खारेज गर्ने भन्नुभएको?’ अमृषाले जिज्ञासा राखी।

‘खारेज भनेको हटाउने भनेको हो। अरु बेलामा उपचारमा धेरै पैसा लिने तर अहिले जस्तो अवस्थामा चाहीँ विरामीलाई बेवास्ता गरेको देखिएकोले तिम्रो बाबाले अस्पतालहरू सरकारी मात्र हुनुपर्छ भन्न खोज्नुभएको हो।’ हजुरबुबाले सम्झाउनुभयो।

हजुरबुबा र दिदीबीच भएको कुराकानीको अभिषेकमा कुनै असर देखिएन। बाबाको बाइकमा बसेर बाहिर हुँकिन पाउँदा फुरुङ बनेको उसको मन घरभित्र पस्दा एक तमासको बनेको थियो। 

‘डाक्टर अङ्कलले माया गर्नुभएन, बाबा पनि रिसाउनुभयो।’ उसलाई उही कुरा पोलिरहेको थियो। बाबा टेकुको नाम लिएर किन रिसाउनुभयो उसले बुझ्न सकेन।

लकडाउन र क्वरेन्टाइन शब्द सुन्दासुन्दा अब त्यो सुन्न नपरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो उसलाई। तर आज उसलाई त्यसको अर्थ खोज्न मन लाग्यो। 

‘लक द डोर, क्लोज द डोर’ आफ्नो एल.के.जी. क्लासमा म्यामले लय हालेर सिकाउनु भएको वाक्य सम्झियो। ‘बन्द, यो त ठिक छ तर....।’ उसले एकछिन सोच्यो।

‘बाबा! बाबा! लकडाउन भनेको के रे?’ अचानक अभिषेकले बाबालाई सोध्यो।

‘सबै कुरा बन्द गर्नु।’ बाबाले जवाफ दिनुभयो।

‘अनि दिदीले कहिले काहीँ आज लक रहेनछ भन्नुहुन्छ नि त!’ अभिषेकले जिज्ञासा व्यक्त गर्‍यो।

‘भाग्य नभएको भनेको होला।’ बाबाले भन्नुभयो।

‘मलाई लेखी दिनुहोस् त।’ अभिषेकले आग्रह गर्‍यो। बाबाले एउटा कापीमा लेखेर दिनुभयो।

‘मलाई डिक्सनरी दिनुहोस् त बाबा।’ 

बाबाले अनौठो मान्दै अभिषेकलाई हेर्नुभयो र दराजबाट डिक्सनरी निकालेर दिनुभयो। अभिषेक हातमा डिक्सनरी बोकेर तलातिर लाग्यो। बाबाले अभिषेकलाई डिक्सनरी प्रयोग गर्ने तरिका पहिला नै सिकाउनु भएको थियो। निकै बेरपछि अभिषेक तल ओर्लियो र बाबालाई प्रश्न गर्‍यो, ‘बाबा, लकडाउन भन्या के रे?’

‘बन्द गर्नु।’

‘हैऽऽऽन, तपाईले जान्नुभएऽऽऽन।’ अभिषेकले हातको भाउ लगाउँदै भन्यो।

‘लक भनेको भाग्य। लक डाउन भनेको भाग्य डाउन भनेको हो। बाहिर घुम्न जान नपाइने, स्कुलमा गएर साथीहरूसँग खेल्न नपाइने, मन लागेको कुरो किनेर खान नपाइने, डाक्टर अङ्कलले माया नगर्ने, अनि हाम्रो भाग्य डाउन भएन त? त्यसैले लक डाउन भनेको।’

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
सम्बन्धित सामग्री
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्