• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
कथा लकडाउन
केशरी अम्गाईं शनिबार, माघ १, २०७८  १४:०१
1140x725

‘अँ, अलि परै बस्नुहोस्।’

डाक्टर अङ्कलको वेवास्तापूर्ण आवाज सुनेर अभिषेकलाई केही अनौठो लाग्यो। सधैँ आउनासाथ हालखबर सोध्दै मायालु पाराले जाँच्न थाल्ने डाक्टरले फरक व्यवहार गरेको देखेर उसलाई लाग्यो, ‘आज डाक्टरलाई के भएको छ?’

‘अँ भन्नुहोस् त बाबुलाई के भएको छ?’ हातमा पञ्जा र मुखमा माक्स लगाउनुभएको डाक्टर अङ्कलले बाबासँग सोध्नुभयो।
‘हिजोअस्ति हल्का खोक्दै थियो। आज रातिबाट अचानक ज्वरो आउन थाल्यो।’ बाबाले अभिषेकको टाउको मुसार्दै भन्नुभयो। अभिषेकले टिठ लाग्दो पाराले बाबाको अनुहार हेर्‍यो।

केशरी अम्गाईं

‘ज्वरो कति आएको थियो, नाप्नुभयो?’

आज डाक्टर अङ्कलले न त माया गरेर मुसार्नुभयो न त थर्ममिटरले ज्वरो नै नाप्नुभयो। आफ्नो घाँटीमा झुण्ड्याइएको स्टेस्थेस्कोप लिएर लामो श्वास फेर्न पनि भन्नुभएन। अनि हातमा टर्च लिएर मुख आँ गर्न पनि लगाउनुभएन। अभिषेकलाई लाग्यो, ‘के यो मान्छे आपूmलाई सधैं जाँच्ने गरेको उही डाक्टर अङ्कल नै हो त?’

अभिषेकले डाक्टरको अनुहारमा एउटा अपरिचितलाई जस्तै टुलुटुलु हेरिरह्यो।

‘ज्वरो यस्तै १०२ डिग्रीजति थियो डाक्टर सा’ब।’ बाबाले भन्नुभयो।

डाक्टरले एकछिन अभिषेकलाई हेरेर कागजमा केही लेख्न थाले। अभिषेकले डाक्टर अङ्कलले लेखेको कागजमा घोरिएर हेर्‍यो। ‘आर...ई...एफ...एफ....ई....आर...’ अभिषेक लेग्रो तान्दै पढ्न थाल्यो। तर लेखाइको गतिमा पढ्न सकेन।

‘डाक्टर सा’ब।’ 

बाबाको आवाजले अभिषेक झसङ भयो। उसले बाबाको अनुहारमा हे¥यो। बाबाको अनुहार रिसाएको जस्तो देखिन्थ्यो। बाबा रिसाउनु भएपछि अभिषेकलाई निकै डर लाग्यो। तर, बाबाको अनुहार किन त्यस्तो भयो, उसले बुझ्न सकेन। आपूmले कुनै गल्ती गरेछु कि भनेर ऊ पढ्न छाडेर बाबालाई हेर्न थाल्यो।

‘तपाईंले कुन आधारमा टेकु रिफर गर्नुभयो?’ राताराता आँखा पार्दै बाबा जङ्गिनुभयो।

‘के कोरोना प्रमाणित गर्न सक्नुहुन्छ? म सरकारी अस्पतालको ५० रुपैँयाको टिकट छाडेर तपाईं कहाँ टिकटका लागि ५५० तिरेर चेक गराउने गरेको छु। आज चेक जाँच नै नगरी टेकु रिफर ? यस अस्पतालको डाइरेक्टर को हो? म उहाँसँग कुरा गर्न चाहन्छु। मेरो बच्चा तपाईंलाई देखाउनु छैन।’ बाबा उठ्न खोज्नुभयो।

‘ओहो! यहाँ पनि कोरोना!’ अभिषेकले आफ्नो कान थुन्यो।

‘चार दिनअगाडि नै किन बिरामी नभएको होला?’ घरबाट निस्कँदै गर्दा अभिषेकलाई लागेको थियो। घरभित्रै बन्द भएर बस्नु पर्दा तीन चार दिनमा नै उसलाई वाक्क लागेको थियो। ‘बिरामीको बहानामा बाहिर निस्कन त पाइयो।’ उसको मन फुरुङ थियो।

तर, आजको घुमाइ सदाको भन्दा फरक थियो। सडक सुनसान थियो। चोक चोकमा पुलिसहरू थिए। हरेक चोकमा पुलिसलाई जवाफ दिनु पर्‍थ्यो बाबाले, ‘बच्चा बिरामी भएर।’

‘त्यति धेरै बाइक, गाडी र मान्छेहरू कहाँ लुके होलान्?’ अभिषेकलाई लाग्यो। तर, उसँग जवाफ थिएन। बाबासँग सोध्ने जाँगर पनि उसमा थिएन।

हस्पिटलमा आइपुगेपछि डाक्टर अङ्कलले देखाएको व्यवहारले उसलाई साह्रै नरमाइलो लागेको थियो। अझ बाबा पनि रिसाउनु भएपछि त ऊ निराश नै थियो। घरबाट निस्कन पाउँदा रमाएको उसको मन अचानक खुम्चन पुग्यो।

‘कतै यो सबै मेरै कारणले भएको त हैन?’ यस्तै सोचेर उसले अँध्यारो मुख लगायो।

‘हैन, बस्नुहोस् न। बेला नै यस्तै छ, शङ्का गर्नु पर्ने।’ डाक्टर अङ्कलले बाबालाई बस्न अनुरोध गर्नुभयो।

केही औषधी किनेर बाबा फर्कनुभयो।

‘के भन्यो त किरण, नातिलाई?’ हजुरआमाले सोध्नुभयो।

‘सब निजी अस्पतालहरूलाई सरकारले खारेज गर्नु पर्छ। सधैँ जाँचिरहेको ठाउँमा पनि जाँच्न मान्दैन त....।’ अरु के–के भन्दै हुनुहुन्थ्यो, अभिषेकले वास्ता गरेन। ऊ त आफ्नै संसारमा हराइरहेको थियो। 

‘के भन्न खोज्नुभएको बाबाले?’ मोबाइलमा बार्बी क्यूको कार्टुन हेरिरहेकी छोरी अमृषाले सोधी।

हजुरबुबा सोफामा बसेर ‘गुणरत्नमाला’ नामक सानो पुस्तक पल्टाएर हेर्दै हुनुहुन्थ्यो। ‘ल यता आऊ। म तिमीलाई बताइदिन्छु।’ उहाँले भन्नुभयो।

‘म बार्बी हेर्दै छु क्या। म यहीँबाट सुनिहाल्छु नि, भन्नुहोस् न हजुरबुबा।’ नातिनीले आग्रह गरी।

‘सरकारी स्कुल र बोर्डिङ स्कुल भने जस्तै अस्पताल पनि निजी र सरकारी हुन्छन्।’ हजुरबुबाले बुझाउन खोज्नुभयो।

‘खारेज भनेको के त? अनि किन खारेज गर्ने भन्नुभएको?’ अमृषाले जिज्ञासा राखी।

‘खारेज भनेको हटाउने भनेको हो। अरु बेलामा उपचारमा धेरै पैसा लिने तर अहिले जस्तो अवस्थामा चाहीँ विरामीलाई बेवास्ता गरेको देखिएकोले तिम्रो बाबाले अस्पतालहरू सरकारी मात्र हुनुपर्छ भन्न खोज्नुभएको हो।’ हजुरबुबाले सम्झाउनुभयो।

हजुरबुबा र दिदीबीच भएको कुराकानीको अभिषेकमा कुनै असर देखिएन। बाबाको बाइकमा बसेर बाहिर हुँकिन पाउँदा फुरुङ बनेको उसको मन घरभित्र पस्दा एक तमासको बनेको थियो। 

‘डाक्टर अङ्कलले माया गर्नुभएन, बाबा पनि रिसाउनुभयो।’ उसलाई उही कुरा पोलिरहेको थियो। बाबा टेकुको नाम लिएर किन रिसाउनुभयो उसले बुझ्न सकेन।

लकडाउन र क्वरेन्टाइन शब्द सुन्दासुन्दा अब त्यो सुन्न नपरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो उसलाई। तर आज उसलाई त्यसको अर्थ खोज्न मन लाग्यो। 

‘लक द डोर, क्लोज द डोर’ आफ्नो एल.के.जी. क्लासमा म्यामले लय हालेर सिकाउनु भएको वाक्य सम्झियो। ‘बन्द, यो त ठिक छ तर....।’ उसले एकछिन सोच्यो।

‘बाबा! बाबा! लकडाउन भनेको के रे?’ अचानक अभिषेकले बाबालाई सोध्यो।

‘सबै कुरा बन्द गर्नु।’ बाबाले जवाफ दिनुभयो।

‘अनि दिदीले कहिले काहीँ आज लक रहेनछ भन्नुहुन्छ नि त!’ अभिषेकले जिज्ञासा व्यक्त गर्‍यो।

‘भाग्य नभएको भनेको होला।’ बाबाले भन्नुभयो।

‘मलाई लेखी दिनुहोस् त।’ अभिषेकले आग्रह गर्‍यो। बाबाले एउटा कापीमा लेखेर दिनुभयो।

‘मलाई डिक्सनरी दिनुहोस् त बाबा।’ 

बाबाले अनौठो मान्दै अभिषेकलाई हेर्नुभयो र दराजबाट डिक्सनरी निकालेर दिनुभयो। अभिषेक हातमा डिक्सनरी बोकेर तलातिर लाग्यो। बाबाले अभिषेकलाई डिक्सनरी प्रयोग गर्ने तरिका पहिला नै सिकाउनु भएको थियो। निकै बेरपछि अभिषेक तल ओर्लियो र बाबालाई प्रश्न गर्‍यो, ‘बाबा, लकडाउन भन्या के रे?’

‘बन्द गर्नु।’

‘हैऽऽऽन, तपाईले जान्नुभएऽऽऽन।’ अभिषेकले हातको भाउ लगाउँदै भन्यो।

‘लक भनेको भाग्य। लक डाउन भनेको भाग्य डाउन भनेको हो। बाहिर घुम्न जान नपाइने, स्कुलमा गएर साथीहरूसँग खेल्न नपाइने, मन लागेको कुरो किनेर खान नपाइने, डाक्टर अङ्कलले माया नगर्ने, अनि हाम्रो भाग्य डाउन भएन त? त्यसैले लक डाउन भनेको।’

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान सोमबार, असार २३, २०८२
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्