• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

किन मनाउने पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस?

सञ्जीव कार्की मंगलबार, पुस २७, २०७८  ०९:१५
1140x725

काठमाडौं- राजा भएको र राजकुलमा जन्मेका कारण मात्रै पृथ्वीनारायण शाह सम्मानित र तारिफयोग्य पात्र बनेका होइनन्। उनको योगदानलाई छायाँमा पार्ने र विस्तारवादी, नश्लवादी एकल धर्म सम्प्रदायको वर्चस्व भएको राज्य निर्माणको दोष र अत्याचारी शासकको रूपमा चित्रित गर्ने अभियान धरातलीय यथार्थलाई आँखा चिम्लने धृष्टता मात्रै हो।

जित्नेले आफूअनुकूल केही प्रभाव, छाप र निर्णय गराउने स्वाभाविक प्रक्रियालाई तत्कालीन चेतनाको आँखाबाट हेर्ने हो भने 'अस्वाभाविक प्रभुत्व जमाएको' भनेर आरोप लगाउन सकिँदैन। यसर्थ, पृथ्वीनारायण दूरदर्शी राजा मात्रै नभएर लडाकु र राजनीतिज्ञ पनि थिए। त्यसैले उनको सम्मान वर्तमान नेपालको पनि सम्मान हो।

चिनियाँ लोककथन यहाँ सान्दर्भिक छ– ‘तिमीले जुन पोखरीको पानी खान्छौ त्यसको निर्मातालाई सम्झने पनि गर।’ अर्थात् कृतज्ञ हुनु गुणग्राहीप्रति नतमस्तक हुनु मानव प्राणीको नैसर्गिक गुण र स्वभाव हो। चिनियाँ लोकोक्ति र हाम्रै समाजको दृष्टान्तबाट पनि हामी भन्न सक्छौं, हाम्रा पुर्खाको पौरख र उपलब्धि उपभोग गर्दा ती पौरखी पूर्वजप्रति आदरभाव राख्ने उचित सम्मान दिने र सदा स्मरण गर्ने कार्यबाट हामी विमुख हुन सक्दैनौं। त्यसो गर्न मिल्दा पनि मिल्दैन र त्यो हाम्रो संस्कृति पनि होइन। 

लोकहीत र कल्याणका लागि भनेर धारा, कुवा बनाउने, चौतारो निर्माण गर्ने, वरपीपल रोप्ने पुर्खाको नाम लिने चलन समाजमा आज पनि छ। गुणग्राही बन्नु, कृतज्ञ हुने मानवजातिको संस्कार हो। झन् हामी नेपालीमा त्यो कृतार्थ भाव धेरै हुनु वैदिक र सनातन संस्कृतिको सन्तति हुनुको कारण हो। प्रमाण हो।

दुश्मनप्रति पनि मानवीय करुणा तृषित हुने हाम्रो मौलिकता जीवित छ भने आफ्ना पुर्खा र पौरखी इतिहासको सम्मान किन नगर्ने, गुणगान किन नगर्ने? 

हामी आफ्ना बितेर गएका पूर्वजप्रति सधैं सम्झेर वर्षमा एक दिन भए पनि स्मृति दिवस (चल्तीको भाषामा श्राद्ध) मनाउँछौं, सम्झन्छौं। पिण्डदान गर्छौं, विशेषतः हिन्दूहरुले।

अन्य धर्म र धर्मावलम्बीहरुको पनि आफ्ना बितेर गएका पुर्खा सम्झने फरक संस्कार र तरिका छन्। पितृको स्मरण गर्ने  रीत र संस्कार सबै धर्म र समुदायले अबलम्बन गरेको पाइन्छ। पुर्खा स्मरणको ध्येय र अन्तर्निहित यथार्थ भनेको उनीप्रतिको सम्मान हो। भावनाको अटुट गोरेटो हो। जसले अघिल्लो पुस्ताप्रति सधैं अनुग्रहित र कृतज्ञ हुन सिकाउँछ।

पुस २७ को पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस केही वर्षदेखि छायाँ र विवादमा छ। राज्यका तर्फबाट औपचारिक बिदा दिन छाडिएपछि पृथ्वीनारायण शाहको योगदानको महत्व र गरिमामा अनेकन कोणबाट बहस र छलफल भएका छन्। राज्यले गणतान्त्रिक प्रणाली अबलम्बन गर्दा पूर्वराजाको रुपमा मात्रै हेरेर पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन भएको धेरैको ठहर छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बौद्धिक वर्ग र इतिहासकारहरु इतिहासलाई अवमूल्यन गरेकोमा खिन्न देखिन्छन्। बिदा दिएर फगत औपचारिकता मात्रै निर्वाह गर्नु र कसैको योगदान, गौरव र पुरुषार्थप्रति अनुग्रहित हुनु बेग्लै कुरा हो। राज्यले दिने औपचारिक बिदाभन्दा ठूलो कुरा हो सम्मानको संस्कृति।

पूर्वजप्रति कृतज्ञ हुने असल मान्यता र परम्पराबाट कतै हामी भाग्दै त छैनौं? आफ्नो धर्म, संस्कृति र परम्पराले सिकाएका असल कुरा बिर्सेर गलत बाटो र भ्रस्टीकरणतर्फ त देशलाई हिडाई राखेका त छैनौं? ख्याल गर्नुपर्ने, मनन गर्नुपर्ने र सच्याउनुपर्ने कुरा यही हो।

परिवर्तन र क्रान्तिको नाममा हामी जे भुल गर्दैछौं, त्यो अक्षम्य छ। जन्म दिने बाबु-आमा र देश कहिल्यै भुल्न नहुने संसारका सबैभन्दा ठूला भनिएका मान्यता र विचारभन्दा माथिका सत्य हुन्।

राजा भएकै कारण पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्नु भनेको आफ्ना पितापुर्खाले राज्य निर्माणमा गरेको योगदान र बलिदानप्रति बेइमान हुनु हो। गौरवको इतिहासलाई खुम्च्याउनु हो। माटोको मायालाई लत्याउनु हो। आमाको ममताप्रति प्रश्न उठाउनु हो। बाबुको काँधलाई होच्याउनु हो। आफूले फेरेको श्वासप्रति अनविश्वास प्रकट गर्नु हो। समग्रमा आफ्नो परिवेश, परिस्थिति, अस्तिव र माटोको वासनालाई नामेट पार्ने कुत्सित भावनामा बहकिनु हो।

आफ्नो जरा भुल्नु भनेको आफ्नो अग्रज र पूर्वजबाट आफूलाई अलग्याउनु हो। अब कसैले सिकाएको दुर्नियतको सिकार बन्ने हैन, आफ्नो मौलिक अस्तित्व बचाउन लागिपर्ने हो। त्यसको सुरुवात सबै नेपाली मिलेर आधुनिक नेपालका निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहप्रति कृतज्ञ बनेर यो माटोको कसम खाएर नेपालको समुन्नतिका लागि आस्थाको दीप प्रज्ज्वल गर्न कन्जुस्याइँ हामीलाई सुहाउँदैन। हाम्रो आदर्शसँग मेल खाँदैन।

जसले जे भने पनि, जस्तो आरोप लगाए पनि राजा पृथ्वीनारायण शाहको तत्कालीन निर्णय दूरगामी अनि नेपाल र नेपालीको हितको खातिर नै थियो, छ र रहनेछ। भलै राजा हुनुको नाताले उनको महत्वाकांक्षी योजना र शक्तिशाली देशको राजा हुने चाहना पक्कै पनि एकीकरणको कारक तत्व हो। तथापि, उनको सपनाले नेपाल निर्माण गरेको सत्य हो।

२० वर्षको उमेरमा राज्य एकीकरणको नेतृत्व गर्ने राजा असामान्य रणकौशल भएका कारण नै आधुनिक नेपालको एकीकरण सम्भव भयो। विशाल राष्ट्रको चक्रवर्ती सम्राट बन्ने सपना एक राजकुमार हुनुको नाताले नै सम्भव भएको कुरा बिर्सन मिल्दैन।

पृथ्वीनारायण शाहको नायकत्वमा हाम्रा वीर पुर्खाको योगदानलाई विस्मृतिमा राख्न सकिन्न। पृथ्वीनारायण शाहसँगै हाम्रा पुर्खाको स्मरण आजको आवश्यकता हो। आजको पुस्ताले जान्नुपर्ने, बुझ्नुपर्ने र बझाउनुपर्ने तथ्य के हो भने पृथ्वीनारायण शाहको सम्मान गरेर आफूले होचो भएको महसुस गर्नु पर्दैन। अरुको सम्मानले आफ्नो पनि सम्मान अभिवृद्धि हुन्छ भन्ने कुरा हेक्का राख्न जरुरी छ।

इतिहास बिगारेर, अपव्याख्या गरेर, अवमूल्यन गरेर वर्तमानमा कहीँ पुगिँदैन। इतिहास गलत गर्नेको पनि हुन्छ र लेखिन्छ। सही र गलत कुन हो? छुट्याउन पनि इतिहासको उज्यालो र अँध्यारो दुवै पक्ष जान्न आजको अध्ययनले खोज्दछ। अँध्यारो भएर नै उज्यालोको महत्व बढ्छ।

नेपाल राज्यको एकीकरण तत्कालीन आवश्यकता र औचित्यको आधारमा सही थियो। सही समयमा सही मान्छेको नेतृत्वमा थियो भन्ने कुराको पुष्टि हुन कुनै प्रमाण र आधार जुटाउनु पर्दैन। यो देश नै प्रमाण हो। देशको आजको अस्तित्व र पहिचान नै काफी छ। बहुआयामिक र कुशल रणनीतिक खुबीका तत्कालीन राजा पृथ्वीनारायण शाह बहुत चतुर र समय परिस्थितिको आँकलन गर्ने व्यक्ति थिए।

देश बनाउन कसै न कसैको महत्वाकांक्षी योजना साहस, संकल्प र दुरदर्शीता चाहिन्छ नै। जसरी नेपाल एकीकरण तत्कालीन आवश्यकता थियो, त्यसरी नै राजा पृथ्वीनारायणको नायकी तत्कालीन अपरिहार्य आवश्यकता थियो। आजको युग चेतनाका दृष्टिकोणबाट तत्कालीन समयका कतिपय ज्यादती सह्य देखिँदैन। तर, महान उपलब्धि पछाडिका केही कमजोरी र त्रुटिलाई आजको परिवेशसँग दाँजेर हेर्न सकिन्न विस्मृतिको गर्तमा हत्याउनै पर्छ।

युद्धका क्रममा पृथ्वीनारायण शाहको पक्षबाट पनि कमजोरी भए होलान्। त्यसलाई नकार्न सकिन्न। सजायस्वरूप १७ धार्नी नाक-कान काटेर कीर्तिपुरेहरुको बिजोग बनाएको कुरा चर्को गरी चल्छ। जसको तर्क न्यायोचित लाग्दैन। के त्यति बेलाको जनसंख्या अनि सैनिक संख्या त्यो १७ धार्नी नाक–कान काट्न पुग्ने थियो होला? अनि राज्यमा भएभरका सबैको नाक-कान काट्नुपर्ने यथेस्ट कारण केवल अत्याचारका लागि मात्रै हो त?

एउटा बिर्सन नहुने कुरा के हो भने युद्धका क्रममा प्रतिशोध र बदला लिने क्रममा केही नाजायज युद्धविरोधी गतिविधि पनि भएका हुनसक्छन्। जसलाई भुल्नु, विस्मृतिमा राख्नुको विकल्प हुन्न, कारण पृथ्वीनारायण शाहले राज्यको मात्र एकीकरण गरेनन्, एकीकरणमा विजेता राज्य गोर्खालाई नेपाल राज्यमा विलय गरे र ठूलो छाती प्रदर्शन गरे।

त्यस बेला विश्व परिस्थिति नै युद्धमय थियो। नेपाल एकीकरणको वस्तुगत आधार पनि युद्धमय विश्वमा आफ्नो अस्तित्व कायम राख्नका लागि बलियो भएर बस्नु पर्ने थियो। स-साना टुक्रे राज्य सधैं एकआपसमा टकराएर बस्नुपर्ने भय, अन्योल र युद्धमा जीवन व्यतित गर्नुपर्ने त्यो समाजको मनोविज्ञान पृथ्वीनारायण शाहले राम्रोसँग बुझेका थिए।

त्यति बेला बेलायतको बढ्दो सैन्य शक्तिको त्रास र उन्माद विश्वभर व्याप्त थियो। रुस र पर्सियाबीचको युद्ध, अंग्रेज र स्पेनबीचको युद्ध, रुस र टर्कीबीचको घमासान लडाइँ, चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको अभियान, हिन्दूस्तानमा मुगलहरुको दयनीय स्थिति र टुक्रा-टुक्रा भएर रहनुको विषम परिस्थिति, त्यति नै बेला हिन्दूस्तानलाई आफ्नो आधिपत्यमा राख्ने चतुर बेलायती साम्राज्यको तयारीजस्ता कारण पनि आफू बलियो भएर रहन आफ्नो वरपरका सबै राज्य एक बनाएर राख्ने सपना बुनेका थिए, पृथ्वीनारायण शाहले।

तसर्थ उनको नेपाल राज्य एक बनाउने अभियान औचित्यपूर्ण र तर्कसंगत थियो भन्न सकिन्छ। हिमवत खण्डभित्रको मौलिकता कायम राख्न, आफ्नो छुट्टै अस्तित्व जोगाउन पृथ्वीनारायण शाहले जे गरे सामयिक काम गरे। 

तत्कालीन विश्वमा एकीकरण वा राज्य विस्तार मतअभिमतको आधारमा सम्भव थिएन। केवल युद्ध गरेर परास्त गर्नु नै तत्कालीन समयको अभ्यास थियो। तत्कालीन परिस्थितिको उपज र बाध्यतालाई लिएर आज पृथ्वीनारायण शाहलाई विस्तारवादी र मिचाहा राजा भन्नु तर्कसंगत होइन र यो विवादको विषय पनि होइन, जुन बनाँइदैछ।

आजको प्रजातान्त्रिक युगको चेत र तत्कालीन चेतलाई सँगै राखेर दाँज्न सकिन्न। तर, पनि यदाकदा शासकहरु दिग्भ्रमित हुँदा, पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानलाई कुठाराघात गर्ने प्रयास गरिएको छ।

कार्ल मार्क्सभन्दा पनि जेठा, अब्राहम लिंकनभन्दा पनि पहिलेका, महात्मा गान्धीभन्दा पनि अघिका पृथ्वीनारायण शाहको परिचय र परिधि आफ्नै भूमिमा पनि खुम्च्याउने, विवादित बनाउने हामी निकृष्ट कर्ममा छौं। बुद्धपछिका महान सपुत पृथ्वीनारायण शाह हाम्रा देशका निधि हुन्। आज पनि उनका दिव्य उपदेश उत्त्तिकै सान्दर्भिक र हाम्रो अवस्थितिअनुकूल छन्।

पृथ्वीनारायण शाहका विचार र दर्शन विश्वमा प्रचलित प्रख्यात विचार र दर्शनको हाराहारीमा छन्, उत्कृष्ट छन्। सधैं उपयोगी र सारगर्वित छन्।

सानो, साँघुरो र सीमित स्वार्थको घेराभन्दा माथि उठेर हेर्‍यो भने तत्कालीन परिस्थितमा पनि कति उच्च सोच, गहन दार्शनिक भनाइ र समयसापेक्ष दूरदर्शीता प्रदर्शन भएको पाइन्छ। पृथ्वीनारायण आधुनिक नेपालका निर्मातामात्र नभएर दक्षिण एसियामा इशाई धर्म, त्यसले संरक्षण दिएका युरोपेली व्यापारी, तिनका कम्पनी तथा साँठगाँठका साम्राज्यवादी शक्तिका विरोधी थिए र हरहालतमा तिनीहरुलाई नेपालमा घुसपैठ हुन नदिनेमा पूर्णकटिबद्ध थिए। उनको त्यही प्रतिबद्धताले नै आज नेपाल एक स्वाधीन राज्य रहन सफल छ।

देशभक्त हुन कुनै वादी हुनुपर्दैन मात्र नेपाली भए पुग्छ। पृथ्वीनारायण शाहलाई एउटा राजाको रुपमा मात्र हेर्ने बुझ्ने चेष्टा गलत छ। राजा नै भएर पनि सही काम गर्दा आरोपित र दण्डित हुनुपर्ने कारण हुँदैन।

पृथ्वीनारायण शाहको सट्टा त्यति बेला जुन राजाले एकीकरण गरेको भए पनि राष्ट्रनिर्माता मान्न हामीलाई अप्ठ्यारो हुने थिएन। किनकि यहाँ कामको गुणको मूल्यांकन गर्ने परिपाटी होस्। हामीले चाहेको यही हो। को राष्ट्रनिर्माता भयो, कुन वंश परम्पराले त्यसको नेतृत्व लियो? त्यो ठूलो कुरा भएन। कसले राष्ट्र निर्माण गर्‍यो, महत्वपूर्ण त्यो हो। 

राज्य कसैप्रति पनि पूर्वाग्राही बन्न मिल्दैन। आफ्नो देश बनाउने राष्ट्र निर्माताको अवमूल्यन गरेर कुनै पनि देश बनेका उदाहरण छैनन्। सम्मानको नाममा राज्यलाई भारपर्ने गरी बिदा दिनुपर्दैन। सिर्जनात्मक, रचनात्मक कार्य गरेर व्यक्तिको सम्मान गर्न राज्यले ध्यान दिनुपर्छ।

पुस २७ गते राज्यले औपचारिक रुपमा राष्ट्रिय एकता दिवस मनाउने संकल्प गरेर २००९ सालदेखि आफ्नो नेतृत्वमा योगी नरहरिनाथले जुन पुण्य कर्म र संकल्प गरे, त्यो नाजायज कहीँकतैबाट पनि देखिन्नँ। देशको जग बसाल्ने परम्परागत धर्म संस्कृति र धरोहरको रक्षा नै देशको भावनात्मक एकताको सेतु हो।

नेपाली स्वाधीनता जोगाउन स्थानीय परम्पराको रक्षाको नीति थियो। चार जात छत्तीस वर्णको साझा फूलबारीको रुपमा देशलाई चित्रित गरि सबैको अपनत्व यिनले स्वीकार गरेका थिए। युगपुरुषको गहन सोच र व्यवस्थापकीइ क्षमता उनका उपदेशमार्फत् प्राप्त विचार र दर्शन आज पनि उत्तिकै मननयोग्य र राजनीतिज्ञका लागि प्रेरणा पूञ्ज हो।

आफ्नै माटोको सुगन्धबाट निस्केको दर्शनहरुको महादर्शन, विचारहरुको महाविचार र दृष्टिहरुमा महादृष्टि हो उपदेश संग्रह। पृथ्वीनारायण शाहका दिव्य उपदेशबाट अर्थशास्त्र, दर्शन शास्त्र, न्यायशास्त्र, समाजशास्त्र, व्यवस्थापनशास्त्र, कूटनीतिकशास्त्र र राजनीतिशास्त्रका ठेलीहरु निर्माण गर्न सकिन्छ।

इतिहासलाई मितिमा अंकित गरेर यो आलेखको बिट मार्छु।

१७७९ मा गोरखा दरबारमा जन्म। २० वर्षको १७९९ मा उमेरमा राजा। ३२ वर्षको पुरै शासन अवधि नेपाल एकीकरणको योजना र लडाइँमा तल्लीन भएर ५२ वर्षको अल्पायुमा नुवाकोटको देवीघाटमा १८३१ मा निधन भयो।

उनको निधन भएको ४२ वर्षपछि १८७३ मा सुगौली सन्धि नहुन्जेल नेपाल एकीकरणको प्रयास उनका छोरा, बुहारी तथा नातिको नेतृत्वमा चलिरह्यो। उनको जन्मजयन्ती र राष्ट्रिय एकता दिवसको यो सप्ताहमा हार्दिक श्रद्धासुमन राष्ट्र निर्माताप्रति।

(यसअघि पुस २७, २०७६ मा प्रकाशित लेख सामान्य सम्पादन गरेर पुनः प्रकाशन गरिएको हो। -सं.)

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्