• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

बिजुलीका तार भूमिगत गर्दा प्राधिकरणको लापरवाही, भत्काएका सडक महिनौंसम्म अलपत्र

64x64
डुक्पा छिरिङ मोक्तान शुक्रबार, पुस ९, २०७८  १४:२७
1140x725

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युतीय तार भूमिगत गर्दा सावधानी नअपनाएको भेटिएको छ। सडक पेटीमा नै विद्युतीय ट्रान्समिटर राख्दा स्थानीय र पैदल यात्रुलाई जोखिम भएको छ। भत्काएका सडक र सडकपेटी पनि दुरुस्त बनाएको छैन।

प्राधिकरणले सडकपेटी मिचेरसमेत तार भूमिगतका लागि भौतिक पूर्वाधार बनाएको छ। जसकारण सडकपेटी साँघुरिएको छ। प्राधिकरणले धोवीखोला करिडोरको गोपीकृष्ण हल, कपन, मन्डिखाटार, हात्तिगौँडा, बुढानीलकण्ठलगायत स्थानमा खनेको सडक मर्मत गरेको छैन। जसका कारण सवारीसाधन फस्ने गरेका छन् भने धुलोका कारण सर्वसाधारणले सास्ती पाएका छन्। 

प्राधिकरणले करिब दुई वर्षअघि काडमाडौं उपत्यकामा तार भूमिगत गर्न थालेको हो। गुणस्तरीय र सुरक्षित सेवा दिने तथा सहरको सौन्दर्य कायम राख्ने योजनासहित तार भूमिगत गर्न थालिएको थियो।

विद्युतीय तार भूमिगत गर्नका लागि सडक विभागले २०७६ माघमा प्राधिकरणलाई सडक खन्ने अुनमति दिएको थियो। खनिएको सडक १० दिनभित्र दुरुस्त बनाउनुपर्ने विभाग र प्राधिकरणबीच भएको सम्झौतामा उल्लेख छ। तर, प्राधिकरणले सम्झौता बमोजिम समयमा नै सडक मर्मत गरेको छैन।

बुढानीलकण्ठ नगरपालीका–६ का स्थानीय बलराम भट्टराईका अनुसार करिब ६ महिनाअघि खनिएको सडक अहिलेसम्म मर्मत गरिएको छैन। विद्युतीय तारलाई सडक पेटीमा अलपत्र छाडिएको छ। जसकारण बटुवा र स्कुले बालबालिका जोखिममा परेका छन्। भट्टराईले भने, ‘सधैँ यस्तैगरी राखेर त भएन नि। थालेको काम तीव्रताका साथ सक्नुपर्छ। काम लम्ब्याउँदा स्थानीय, बटुवा र स्कुले बालबालिकालाई जोखिम बढेको छ।’

उता, गोपीकृष्ण हल नजिक किराना पसल गर्दै आएका दीपेश श्रेष्ठले पनि आफू जोखिम मोलेर काम गरिरहेको बताए। ‘पसलअगाडि तारहरू भुईंमै लत्रिएका छन्, यसमा करेन्ट छ कि छैन थाहा छैन। सडक पेटीमा नै ट्रान्सफर्मर राखिएको छ। बटुवा कहाँबाट हिँड्ने?’, उनी भन्छन्।

ट्रान्सफर्मर मान्छेबाट एक मिटरभन्दा बढी दूरीमा हुनुपर्ने इलेक्ट्रिकल इन्जिनियर अनिस खड्काले बताए। सर्वसाधारणको भिडभाड हुने ठाउँमा मान्छेले छुनसक्ने गरी ट्रन्सफर्मर राख्दा जोखिमपूर्ण हुने उनले बताए। ‘पानी पर्दा ट्रान्सफर्मरबाट करेन्ट आउने सम्भावना हुन्छ। प्राधिकरणले फुटपाथमा ट्रान्सफर्मर राखेर गल्ती गरेको छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले काठमाडौंमा हुने ट्राफिक जाम र कोभिड महामारीको कारण समयमा नै काम सक्न नसकिएको बताए। उनले सडक विभागकै असहयोगका कारण भत्काइएको सडक समयमा मर्मत गर्न नसकिएको पनि बताए। ‘हामीले सडक विभाग र काठमाण्डौँ महानगरपालिकासँग समन्वय गरेर काम गर्नुपर्छ,’ उनले भने, ‘तर, अहिले सडक विभागले हामीलाई सहयोग गरेको छैन।’

विभागले नयाँ ठाउँका लागि सडक खन्न अनुमति नदिँदा काम रोकिएको उनी बताउँछन्।

तर, सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले भने सम्झौताअनुसार प्राधिकरणले काम नगर्दा थप नयाँ ठाउँमा सडक भत्काउने अनुमति नदिएको बताए। प्राधिकरणले भत्काएको सडक तोकिएकै समयमा नबनाएको उनको भनाइ छ। ‘सडक विभागको मातहतमा रहेका सडकमा सम्झौताअनुसार काम भएन, त्यसैले नयाँ ठाउँका लागि सडक भत्काउन अनुमति नदिइएको हो,’ उनले भने, ‘तर, अनुमति नदिएर भत्काएको ठाउँमा मर्मत रोकिएको भन्नु सरासर गलत कुरा हो।’

तार भूमिगत गर्दा ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ (एचडीडी) प्रविधिबाट सडक प्वाल पार्ने प्राधिकरण र विभागको सम्झौता थियो। यो प्रविधिअनुसार पूरै सडक खन्नु पर्दैन। सम्झौतामा २०० मिटरको दूरीमा प्वाल पारेर तार जमिनमुनि राखिने उल्लेख थियो। तर, प्राधिकरणले एचडीडीको प्रयोग नगरेर सम्झौता उल्लंघन गरेको सडक विभागको भनाइ छ। 

‘प्राधिकरणले २० मिटरमा नै सडक प्वाल पारिरहेको छ। फुटपाथ पनि अतिक्रमण गरेर बटुवालाई समस्यामा पारिएको छ,’ सडक विभागका प्रवक्ता नेपालले भने, ‘सडक प्राधिकरणले बिगारेको छ, सर्वसाधारणको गाली विभागले खाइरहेको छ। त्यसैले नयाँ ठाउँमा अनुमति दिन सकेनौँ।’

प्राविधिक समस्या भएकाले अधिकांश ठाउँमा सडक खनेरै काम भइरहेको प्रधिकरणले जनाएको छ। तार भूमिगत प्राधिकरणको लागि पनि नयाँ आयोजना भएकोले समस्या आएको प्रवक्ता भट्टराईले बताए। आवश्यक साधन, स्रोत, प्रविधि र अनुभव नहुँदा असहज भएको उनको भनाइ छ। सडकमा तार अलपत्र हुँदा सर्वसाधरणलाई केही जोखिम भए पनि सकेसम्म छिटो गर्न प्रयास गरिएको उनको भनाइ छ। 

तोकिएको समयमा ४० प्रतिशत मात्र काम 
काठमाडौँमा रत्नपार्क र महाराजगन्ज गरी दुई वटा वितरण केन्द्रअन्तर्गतका तार भूमिगत गर्न भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग २०१९ मार्चमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०२१ अक्टोबरभित्र काम सक्नुपर्ने थियो। तार भूमिगत बनाउने कार्यको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन ५ मा औपचारिक उद्घाटन गरेका थिए।

तर, दुई वर्ष बित्न लाग्दा करिब ४० प्रतिशत काम मात्र सकिएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए। कोभिड–१९ र अरु विभिन्न कारणले गर्दा समयमा नै काम सम्पन्न हुन नसकेको उनको भनाइ छ। 

हालसम्म रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टेमा तार भूमिगत गरिसकिएको छ। त्यस्तै त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानमा पनि तार भूमिगत गरिएको छ।

अहिले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुशी, धापासी, बसुन्धारामा काम भइरहेको छ। शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानमा पनि काम जारी छ। समयमै काम नसकिएपछि ठेक्का अवधि १५ महिना थप गरिएको भट्टराईले बताए। 

काठमाडौं उपत्यकामा काम सकिलगतै बिराटनगर, चितवन, पोखरामा पनि तार भूमिगत गर्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्