• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

महामन्त्रीमा दुई युवा : दोस्रो प्रयासमा गगन, पहिलो प्रयासमा विश्वप्रकाशको सफलता

64x64
नेपाल लाइभ बिहीबार, पुस १, २०७८  १७:०५
1140x725

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। महामन्त्रीको लागि भएको मतदानको बिहीबार गरिएको मतगणनामा थापाले सर्वाधिक मत ल्याउँदै विजयी भए। 

थापाले ३०२३ मत पाउँदा अन्य उम्मेदवारहरु विश्वप्रकाश शर्माले १९८४, प्रकाशशरण महत १५५६, प्रदीप पौडेलले १४९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत पाएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। कांग्रेसले यसपटकदेखि दुवैजना महामन्त्री निर्वाचनमार्फत चयन हुने विधानमा व्यवस्था गरेको छ। सोही अनुसार थापा र शर्मा विजयी भएका हुन्।

थापा दोस्रो प्रयासमा महामन्त्री बनेका हुन्। उनी तेह्रौं महाधिवेशनमा पनि महामन्त्रीका उम्मेदवार थिए। त्यतिबेला उनी तेस्रो धार भनेर चिनिएको कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। तत्कालीन विधान अनुसार एक जना महामन्त्रीका लागि शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा प्रतिस्पर्धी बनेका थिए। महाधिवेशनमा कोइराला निर्वाचित भएका थिए। उनले १४१७ मत पाए। त्यस्तै केसी र थापाले क्रमशः १०१७ र ५८४ मत पाए।

महामन्त्रीमा पराजित भएपनि थापालाई सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा मनोनित गरेका थिए। 

चौधौं महाधिवेशनअघि थापाले सिटौला समूह छाडेर रामचन्द्र पौडेल समूहसँग नजिकिएका थिए। तर, यो समूहले चौधौं महाधिवेशनको लागि एकल उम्मेदवार चयन गर्न सकेन। बरु, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण श्रेष्ठ सभापतिका उम्मेदवार बनेका थिए। थापा भने शेखर कोइरालाको समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थिए।

सिटौलाले भने यसपटक सभापतिका लागि प्रतिस्पर्धा गरेनन्। उनले देउवालाई सघाए। देउवासँग गठबन्धन गरेका उनले आफ्नो तर्फबाट प्रदीप पौडेललाई महामन्त्रीको र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाए। गगनले आफूलाई छाडेर गएकाले आफ्नो समूह कमजोर भएको बुझाइमा रहेका सिटौलाले उनलाई हराउने अभिप्राय राखेर प्रदीपलाई अगाडि बढाएको चर्चा पनि छ। तर, उनको प्रयास सफल हुन सकेन।

सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेखरविरुद्ध बाँकी सबै उम्मेदवार उभिएका थिए। जसका कारण उनले पराजय बेहोर्नुपर्‍यो। तर, पदाधिकारीमा शेखर समूहको हस्तक्षेपकारी प्रतिनिधित्व हुने आकलन गर्न सकिन्छ। किनकि, शेखर समूहका धनराज गुरुङ उपसभापति र गगन थापा महामन्त्री बनेका छन्। मतदानको शैली हेर्दा सहमहामन्त्रीमा पनि भोट 'क्रस' हुने सम्भावना छ। त्यसो भएमा यो समूहका अन्य नेता पनि पदाधिकारी बन्न सक्छन्।

शर्माको भने महामन्त्रीमा पहिलो प्रयास थियो। शर्मा तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य (खुलातर्फ) मा प्रतिस्पर्धा गरेका थिए। २५ जनाको लागि भएको प्रतिस्पर्धामा शर्मा १६२० मत ल्याउँदै चौधौं स्थानमा रहेर विजयी भएका थिए। उनी त्यतिबेला देउवा प्यालनमा थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तेह्रौं महाधिवेशनपछि शर्मा देउवासँगै रहे। देउवाले उनलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए। देउवाका कैयौं कदमको उनले बचाउ गरेका कारण उनलाई कांग्रेसको नभइ देउवाको प्रवक्ता भएको समेत आरोप लाग्यो।

देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार बन्ने उनको प्रयास थियो। तर, देउवाले पदाधिकारीमा छलफल चलाउनुअघि नै शर्माले उम्मेदवारी घोषणा गरेका थिए। अन्तिम समयसम्म पनि देउवाकै प्यानलबाट उम्मेदवार हुने उनको प्रयास देउवाले सिटौलासँग समीकरण गरेसँगै अन्त्य भयो। देउवाले आफ्नो तर्फबाट प्रकाशशरण महत र सिटौलाका तर्फबाट प्रदीप पौडेललाई आफ्नो प्यानलको महामन्त्री राखेका थिए। त्यसपछि शर्माले सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहको प्यानलमा रहेर महामन्त्रीको उम्मेदवारी दिएका थिए।

महामन्त्रीको उम्मेदवार जिताउने सवालमा देउवा असफल रहे। उनका प्यानलका कसैले पनि जितेनन् नै, अन्तिम दिनमा समूहबाट बाहिर पुगेका शर्माले जित निकाले।

त्यसो त लामो समय देउवासँगै रहेका शर्मा पुनः उनीनिकट नै हुने आकलन गरिएको छ। त्यसको संकेत उनले दोस्रो चरणको निर्वाचन हुनुअघि नै गरिसकेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'सर्वसम्मति सर्वोत्तम। दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ। पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो। सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु', उनले ट्विट गरेका थिए।

लामो समय देउवासँगै रहेका उनले अन्तिम समयमा देउवा समूहमै रहेर प्रतिस्पर्धा गर्न नपाए पनि लामो समयको सामिप्यताका कारण फेरि उनकै साथमा रहने र आगामी निर्वाचनमा सभापतिको उम्मेदवार बन्ने प्रयास गर्ने आकलन गरिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १७:०५
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्