• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
शनिबार सिनेमा

मलेना : सुन्दरतामाथि पुरुष मजाक

64x64
युवराज भट्टराई शनिबार, पुस ३, २०७८  १२:०८
1140x725

निर्देशक किरण विकले केही समयअघि एउटा लेख लेखेका थिए, जसमा लाजलाई महिलाको गहनाको रुपमा चित्रण गरिने प्रवृत्तिको उनले आलोचना गरेका छन्। उनको प्रश्न थियो, ‘जुन लाजका कारण महिलाहरू खुल्न सक्दैनन्, त्यो कसरी महिलाको गहना हुन्छ?’

इटालियन निर्देशक ज्युसेप टोरनाटोरले निर्देशन गरेको सन् २००० को फिल्म ‘मलेना’मा महिलाको सुन्दरता र ‘लाज’ कसरी तिरस्कारको कारण बन्छ भन्ने कथा छ। निर्देशक विकले भनेजस्तै समाजले गहना ठान्ने ‘लाज’ र ‘सुन्दरता’का कारण एउटी महिला आफ्नो सामान्य जीवनबाट ‘वेश्या’ बन्नुपर्ने अवस्था कसरी सृजना हुन्छ भन्ने कथा मलेनामा छ।

एक बालक रेनेटो (ज्युसेप सुल्फारो अभिनित) को आँखाबाट महिला पात्रलाई प्रस्तुत गरिएको छ। वयस्क उमेरतर्फ रुपान्तरण हुँदै गर्दा उसलाई शहरककै सबैभन्दा सुन्दर महिलाको सुन्दरताले असर गर्छ। बढ्दो उमेर मलेना (मोनिका बेलुच्ची अभिनित)को प्रभावले उसलाई आफूभित्रको उमेरजन्य परिवर्तन बुझ्न सघाउँछ। समाजले महिलालाई कसरी व्यवहार गर्छ भन्ने पनि उसले देख्छ।

महिलाको सुन्दरताका कारण उत्पन्न भएका र भोग्नु परेको अनेक तिरस्कार फिल्ममा देखाइएको छ। फिल्ममा मलेना र रेनेटोबीच कतै पनि संवाद छैन। मलेना प्रायः मौन छिन्। तर, मलेनाको मौनताले पनि थुप्रै ‘संवाद’ गरेका छन्। पुरुष आँखाले आफूमाथि हमला गरिरहँदाको असहजता होस् वा कसैले बलात्कार गर्दा पनि बाध्यताले चुपचाप लाग्नुपर्ने परिस्थिति, यी दृश्यमा मलेनाको मौनताले नै दर्शकसँग संवाद गरिरहन्छन्। 

सुन्दर हुनुको सजाय
सन् १९४० को दशकमा तत्कालीन समयमा इटालीअन्तर्गत रहेको कास्टेलकुटो शहरमा बस्ने रेनेटोको जीवनमा तीन ठूला घटना हुन्छन्। दोस्रो विश्वयुद्धमा इटालीले भाग लिँदा सैनिकहरू युद्धमा जान्छन्। रेनेटोले नयाँ साइकल पाउँछ। र उसले शहरकै सबैभन्दा सुन्दर महिला मलेनालाई देख्छ।

मलेनालाई यति सुन्दर छिन् कि शहरभरिकै पुरुषले आफ्नो बनाउन चाहन्छन्। उनका श्रीमान् अफ्रिकामा लडिरहेको सेनामा सामेल भएकाले शहरमा उनी एक्लै हुन्छिन्। उनीसँग शहरभरिका पुरुष आफ्नो यौन तृष्णा मेटाउने चाहना राख्छन्। जब भिडभाडयुक्त गल्लीहरूबाट उनी हिँडछ्नि, तब पुरुष आँखाहरू उनलाई कामुक नजरले हेर्छन्। यी आँखाभन्दा रेनेटोको आँखा फरक छन्।

आफ्नो साइकल लिएर शहरका अरुसँगै रेनेटो पनि मलेना हिँड्ने बाटोमा बस्छ। पहिलो पटक मलेनालाई देख्दा ऊ आफूमा परिवर्तन महसुस गर्छ। यस्तो परिवर्तनको महसुस, जुन उसले कहिल्यै गरेको थिएन।

युद्ध चर्किरहन्छ। युद्धजस्तै रेनेटोको मनमा मलेनाका निम्ति प्रेम पनि जन्मिरहन्छ। त्यो प्रेम थोरै तृष्णायुक्त र धेरै चाहनायुक्त हुन्छ। मलेनालाई चिहाउने, उनको घरमा लुकेर हेर्ने, शहरका गल्लीहरूमा उसलाई पछ्याउने दैनिकी बन्छ रेनेटोको। ऊ मलेनासँगको संघर्षको कल्पना गर्छ, उसँगै भएको महसुस गर्छ। आफूभन्दा दोब्बर उमेरकी महिलाप्रतिको चाहनाले उसले मलेनाको घरमा सुकाइएका कपडाहरुमध्ये भित्री वस्त्र चोरेर ल्याउँछ। ती कपडामा मलेनालाई महसुस गर्न थाल्छ। रेनोटोको बाल्यकालदेखि वयस्क भइरहेको उमेरको रुपान्तरणलाई प्रस्तुत गर्न निर्देशक ग्युसेपले यी प्रतिकात्मक दृश्य प्रयोग गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चर्किरहेको युद्धबीच मलेनाको जीवनमा भने सन्ध्याको सुरुवात हुन्छ। युद्धमा श्रीमान् मरेको खबर पाउँछिन्। आफूलाई बन्द कोठामा थुनेर विरहमा भुल्न थाल्छिन्। तर, त्यसैबीच उनको सुन्दरतामा तृप्त हुने शहरका पुरुषहरूले अन्धाकार भएपछि आफ्नो घरमा परपुरुषलाई निम्त्याउने गरेको हल्ला फैलाउँछन्। परपुरुषसँग लागेको विरुद्धमा अदालती प्रक्रिया चल्छ। मलेना निर्दोष त साबित हुन्छिन्, तर शहरका लागि उनी चरित्रहीन हुन्छिन्।

त्यसैबीच अदालतमा उनको पक्षबाट बहस गरेको वकिलले उनलाई बलात्कार गर्छ। मलेना केही बोल्न सक्दिननँ। उनलाई थाहा छ, निर्दोष भए पनि भोलि उनलाई नै समाजले दोषी देख्नेछ। मलेनाको जीवनका हरेक घटनालाई नियालिरहेको रेनेटोले उसको सुरक्षा गर्ने सोच्छ। रेनेटो स्वयंलाई पनि थाहा हुन्न, शहर र ऊबीच थोरै फरक छ मलेनाप्रतिको बुझाइमा। रेनेटो उनको सुरक्षाका लागि ईश्वरसँग प्राथना गर्छ।

श्रीमानको मृत्युपछि मलेनासँग विकल्प केही हुँदैन। उनी समाजले चाहेकै बाटोमा हिँडन बाध्य हुन्छिन्। आफूसँग भएको सुन्दरता र शहरले उनीमाथि मेट्न चाहेको तृष्णा नै उनको विकल्प हुन्छ। उनी ‘वेश्यावृत्ति’मा लाग्छिन्। योबेला शहरमा जर्मन सेनाहरूको ज्यादती हुन्छ। 

वेश्याको रुपमा पनि मलेनामाथि शहरले गर्ने व्यवहारमा परिवर्तन हुँदैन। उनीसँग यौन तृष्णा मेटाउन आउने पुरुषहरूका श्रीमती मलेनालाई नै गलत ठान्छन्। जर्मन सेनाले शहर छाडेर जाँदा जब अमेरिकी सेनाहरुको प्रवेश हुन्छ। त्यो बेला मलेनालाई शहरका महिलाले दुर्व्यवहार गर्छन्। उसको कपाल काटेर बीच शहरमा नांगो बनाइन्छ।

Xtrem

Xtrem

यी सबै घटनाबीच रेनेटोमा थुप्रै परिवर्तन भइसकेको हुन्छ। मलेनाप्रतिको उसको प्रेम भने पहिलेजस्तै हुन्छ। समाजबाट दुव्र्यवहार भोगेकी मलेना भने शहर छाडेर गइसकेकी हुन्छिन्। त्यसपछि उनी फेरि शहर फर्किएर आउँदा उनी एक्लै हुँदिनन्। मृतक ठाकिएका उनका श्रीमान् पनि सँगै आउँछन्। यसपटक शहरले उनलाई पहिलेको जस्तो व्यवहार गर्दैन।

फिल्मभरि मलेनाको जीवनमा जे जति घटना हुन्छन्, ती सबैको कारण उनको सुन्दरता हुन्छ। आफू सुन्दर भएका कारण उनलाई पुरुषहरूले हेर्ने नजर गलत हुन्छ। सुन्दर भएकै कारण उनीबारे अनेक हल्ला फैलिन्छन्। 

‘मेल गेज’को प्रयोग
मलेनाका लागि आफ्नो सुन्दरता ‘श्राप’ बनेको हुन्छ। तर, यसको कारण उनी स्वयं नभएर समाज र मुख्यगरी पुरुषहरु हुन्छन्। पितृसत्तात्मक समाजको नजरले उनको सुन्दरता र शरीरलाई वस्तुकरण गरिरहेको हुन्छ।

फिल्ममा महिलालाई वस्तुकरण गरिने र पुरुषले आफ्नो तृष्णाका लागि हेर्ने यो शैली ‘मेल गेज’ अन्तर्गत हेरिन्छ। पहिलो पटक बेलायती महिलावादी लेखक तथा फिल्म सिद्धान्तकार लौरा मुल्भेले सन् १९७३ मा आफ्नो शोध ‘भिजुअल प्लेजर्स एण्ड न्यारेटिभ सिनेमा’मा यो सिद्धान्त प्रतिपादन गरेकी थिइन्।

सारांशमा ‘मेल गेज’को अर्थ कुनै पनि सञ्चारको माध्यममा प्रस्तुत हुने महिला पात्र वा महिला चरित्रलाई पुरुषवादी आँखाबाट देखाइनु हो। दर्शक वा पाठकका लागि महिलालाई कुनै विषमलिङ्गी पुरुषको आँखाबाटै हेर्न बाध्य बनाउने किसिमले यो शैलीको प्रयोग हुन्छ। महिलावादी दृष्टिकोणबाट हेर्दा यो सिद्धान्तलाई तीन किसिमले बुझ्न सकिन्छ– महिलालाई पुरुषले हेर्ने नजर, महिला स्वयंले आफूलाई हेर्ने नजर र महिलाले महिलालाई हेर्ने नजर। महिलालाई यी तीन किसिमले नै हेर्दा पनि पुरुषवादी सोच हाबी हुन्छ।

‘मेल गेज’ सिद्धान्तको उत्कृष्ट प्रयोग मलेनामा देख्न सकिन्छ। निर्देशक ग्युसेपको क्यामेरा चलाउने शैली यस्तो छ कि, हरेक दृश्यमा पात्रहरूले मलेनालाई हेर्ने नजरमा ‘मेल गेज’ पाइन्छ। फिल्मको सुरुवाती दृश्यमै मलेनालाई देखाउँदा उनको छाती देखाइन्छ। रेनेटो र उसका साथीहरू उनी आउने बाटोमा बसेर कुरिरहेका हुन्छन्। मलेनाको ‘क्लोजअप’ लिनुअघि उसलाई हेर्न बसिरहेका केटाहरूलाई नजिक र मलेनालाई टाढा देखाइन्छ।

फिल्ममा ‘मेल गेज’को प्रयोग गर्दा महिला पात्रलाई मिडियम क्लोजअप, क्लोज अप, ओभर द सोल्जरजस्ता शैलीबाट खिचिन्छन्। मलेनामा पनि यी शैलीको व्यापक प्रयोग छ। मलेनालाई दृश्यमा पहिलो पटक देखाउँदा उसलाई रेनेटो र उसका साथीहरूको आडमा देखाइन्छ। जब मलेना शहरका गल्लीहरूमा हिँड्छिन्, तब निर्देशक ग्युसेपले मलेनाको शरीरलाई शहरका पुरुषले सोच्नेजस्तै कामुक र वस्तुगत रूपमा देखाउँछन्। मलेनाका खुट्टा र छातीलगायतमा ‘फोकस’ गरेर देखाइन्छ।

निर्देशक ग्युसेपको काम यति सुन्दर छ कि, दर्शकले फिल्ममा मेलेनाले भोगेजस्तै अनुभव गर्न सक्छन्। चाहे त्यो शहरमा हिँड्दा पुरुषहरूले हेर्दाको असहजता होस् (जुन उनी चाहँदिनन्) वा आफू वेश्वावृत्तिमा लागेपछि आफूप्रति महिलाले गरिएको व्यवहार होस्। दर्शकले यी दृश्यमार्फत आफू पनि सिनेमासँगै ‘रिलेट’ हुन पाउँछन्।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्