• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित ‘चर्चित’ अनुहार, जो केन्द्रीय राजनीतिमा आउने बाटोमै रोकिए 

64x64
नेपाल लाइभ बुधबार, मंसिर २२, २०७८  १७:५५
1140x725

काठमाडौंं– नेपाली कांग्रेसको १४औं महाधिवेशन दुई दिनपछि, शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। कांग्रेसभित्रका विभिन्न गुट र उपगुट यतिबेला उम्मेदवारको नाम टुंग्याउन अन्तिम रस्साकस्सीमा जुटेका छन्। उनीहरु भेला र गुट बैठक निरन्तर चलिरहेका छन्। तर, यो रस्साकस्सीमा केही चिनिएका अनुहार भने देखिँदैनन्। चिनिएका चर्चित भएर मात्र होइन, केन्द्रीय राजनीतिमा आउने चाहना सार्वजनिक रुपमै प्रकट गरेका उनीहरु यो रस्साकस्सीभन्दा टाढा पर्नुको कारण रोचक छ। तीमध्ये केही त कांग्रेसको केन्द्रीय पदाधिकारीमै दाबेदारी प्रस्तुत गरिरहेकाहरु पनि थिए। उनीहरु त्यसका लागि महाधिवेशन प्रतिनिधि भएर आउनुपथ्र्यो। तर, उनीहरु महाधिवेशन प्रतिनिधिमै पराजित भए। 

पछिल्लो पटक यो पंक्तिमा सांसद अमरेशकुमार सिंह थपिएका छन्। सिंह तिनै हुन् जसले कांग्रेसको सहमहामन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए। तर, उनी महाधिवेशन प्रतिनिधि नै बन्न सकेनन्। सिंहजस्तै कैयौं चर्चित नेता कांग्रेसको १४ औं महाधिवेशनमा सहभागीसमेत हुन नपाउनेगरी बाटोमै पराजित भएका छन्। तिनमा पूर्वमन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, पूर्वसभापति, उपसभापति, नेविसंघका वतर्मान र पूर्वपदाधिकारीसमेत छन्।

अमरेशकुमार सिंह, प्रतिनिधि सभा सदस्य  
केन्द्रीय राजनीतिमा आफ्नो बेग्लै पहुँच भएको देखाउँदै आएका नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह यसपटक निर्वाचन क्षेत्रमै पराजित भएका छन्। आफूलाई सहमहामन्त्रीको उम्मेदवार दावी गरिरहेका सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि केन्द्रीय पदाधिकारीमा दावी गर्ने सम्भावना यो पटकको महाधिवेशनका लागि समाप्त भएको छ।  

मंगलबार सम्पन्न सर्लाही क्षेत्र नम्बर ४ को अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सिंहमात्र होइन, उनीपक्षका नेता तथा कार्यकर्ताहरू समेत क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भए।  सिंह कांग्रेसमा डा शेखर कोइरालानिकट हुन्। सर्लाही–४ मा कांग्रेसको संस्थापन (सभापति शेरबहादुर देउवा)पक्षले जित हात पारेको छ। 

सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप सिंहले लगाउँदै आएका थिए। क्रियाशील सदस्यताकै विवादले त्यहाँ पटक–पटक कार्यकर्ताबीच झडप र गोलीकाण्डसमेत भएको थियो। 

लक्ष्मण घिमिरे, पूर्वमन्त्री
कांग्रेसको महाधिवेशन प्रतिनिधिमै पराजित हुने अर्का अनुहार हुन् पुराना कांग्रेस नेता लक्ष्मण घिमिरे। उनी पूर्वमन्त्री एवं कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पनि हुन्।   उनी चौधौं महाधिवेशनका लागि आफ्नो गृहजिल्ला रामेछापबाट प्रतिनिधि चयन हुन सकेनन्। उनीसँगै नेविसंघका पूर्वमहामन्त्री गजेन्द्र कार्की पनि रामेछापबाटै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। 

कुनै समय रामेछापमा लोकप्रिय नेताका रुपमा रहेका घिमिरे पछिल्लो समय निर्वाचनका बेला मात्र गाउँकेन्द्रित हुने गरेको भनेर आलोचित थिए। कांग्रेसमा हिन्दुत्वको वकालत गर्न थालेपछि उनको आलोचना थप बढेको थियो। कांग्रेसको संविधानसभा तथा संसदीय दलको मुख्य सचेतक रहिसकेका घिमिरे जिल्लाका सबैभन्दा वरिष्ठ नेता पनि हुन्। २०४८ सालमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि जलस्रोतमन्त्री बनेका उनले २०५१ मा एमालेका देवशंकर पौडेलसँग ११ मतले पराजय भोगेपछि भने प्रत्यक्ष निर्वाचन जित्न सकेनन्। २०६४ सालको संविधानसभा निर्वाचनपछि समानुपातिक सभासद–सांसद बनेपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई दलको मुख्य सचेतक बनाएका थिए। 

कृष्णप्रसाद पौडेल, कांग्रेस मुख्यसचिव 
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। केन्द्रीय कार्यालयका मुख्यसचिव भएकाले कांग्रेसका क्रियाशील सदस्यता वितरणदेखि कार्यालयका सबै काममा उनको प्रमुख भूमिका थियो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिने उनी काठमाडौंं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए। कांग्रेस नेता प्रकाशमान सिंहको पकड रहेको उक्त क्षेत्रमा पौडेलले खस आर्य समूहको पुरुषतर्फ उम्मेदवारी दिएका थिए। उनले प्रतिस्पर्धामा जम्मा ८३ मत पाए। खस आर्य (पुरुष)तर्फ दक्ष पौडेल १२८ मत, रामशरण थपलिया १०७ र नगेन्द्रध्वज कार्की ९८ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए। 

Ncell 2
Ncell 2
nimb
nimb

किरणराज पौडेल, आमन्त्रित केन्द्रीय सदस्य 
महाधिवेशन प्रतिनिधिमा पराजित हुने अर्का अनुहार हुन् कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल। बागलुङ क्षेत्र नम्बर १ वाट खुलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका उनी पराजित भए। पौडेल कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन्। बाग्गुङबाट निर्वाचित २५ महाधिवेशन प्रतिनिधिमध्ये २२  जना रामचन्द्र पौडेलपक्षका छन्। 

कांग्रेसका बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। बागलुङ क्षेत्र नम्बर १ बाट पराजित थापा पनि संस्थापन (शेरबहादुर देउवा) समूहका हुन्।

शेषनाथ अधिकारी, पूर्वराज्यमन्त्री 
नेपाली कांग्रेसका नेता तथा पूर्वशिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित भए। चितवन क्षेत्र नम्बर १ बाट अधिकारीले खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए। खुलातर्फ १० पदका लागि ३६ जनाले उम्मेदवारी दिएकोमा अधिकारीले कुल खसेको ९४२ मतमध्ये २७२ मत मात्र पाए। 

अधिकारी पहिलो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित संविधानसभा सदस्य हुन्। 
त्यस्तै, चितवनकै संविधानसभा सदस्य सावित्रीदेवी चौधरी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। समावेशी थारु महिला कोटाबाट उम्मेदवारी दिएकी चौधरीलाई चन्द्रकुमारी चौधरीले पराजित गरेकी हुन्। सावित्रीदेवी कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको समूहमा छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लवश्री न्यौपाने, पूर्वजिल्ला सभापति
रामेछाप कांग्रेसका पूर्वजिल्लासभापति लवश्री न्यौपाने पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। न्यौपाने यसपटक केन्द्रीय राजनीतिमा पदार्पण गर्ने योजनामा थिए। उनको त्यो योजना कम्तीमा चार वर्षलाई रोकिएको छ। महाधिवेशन प्रतिनिधिमा उनीभन्दा जुनियर र युवाले धेरै मत ल्याए। 

शिवराज जोशी, पूर्वमन्त्री 
सुर्खेतको कांग्रेस राजनीतिमा शिवराज जोशी सबैले चिन्ने नाम हो। उनी पूर्वमन्त्रीसमेत हुन्। जिल्लाका पूराना नेता जोशी यसपटक भने १४औं महाधिवेशन प्रतिनिधिमै पराजित भए। सुर्खेत क्षेत्र नम्बर २ बाट चयन हुने महाधिवेशन प्रतिनिधिमा पराजित जोशीले ३१० मत प्राप्त गरेका थिए। महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि उनको केन्द्रमा पुग्ने चाहनामा ब्रेक लागेको छ। खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि चयन हुनुपर्नेमा उनी १३ औं नम्बरमा परेका थिए।

नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए। सुर्खेत क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका रेग्मीले ३२० मत पाएका थिए। महाधिवेशन प्रतिनिधिमा पराजित भएसँगै उनी जिल्ला सभापतिका लागि उम्मेदवार बन्नबाट समेत बञ्चित भए। जोशी र रेग्मी दुबै संस्थापनइतर (रामचन्द्र पौडेल) समूहका हुन्। 
 
खड्गबहादुर बस्याल, पूर्वराज्यमन्त्री 
पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल पनि कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। सुर्खेत क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका पूर्वमन्त्री जोशीले ३१० मत प्राप्त गरेका थिए। दलित कोटाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका बस्याललाई लोकबहादुर विश्वकर्माले पराजित गरेका हुन्। उनले ४७३ मत प्राप्त गरे। बस्याल पनि कांग्रेसको संस्थापनइतरका हुन्।

मोहनप्रसाद पाण्डे, प्रतिनिधि सभा सदस्य 
प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। स्याङ्जा क्षेत्र नम्वर २ मा खुलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका उनी ४७९ मत ल्याएर १२औं नम्बरमा परेका थिए। पाण्डे कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। त्यस्तै, स्याङ्जा कांग्रेसका पूर्वसभापति खगेन्द्र रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए। स्याङ्जाकै वालिङ नगरपालिकाका पूर्वमेयर भोजराज अर्याल पनि महाधिवेशन प्रतिनिधि चयन हुन सकेनन्। 

बुद्धिबहादुर राना, कार्यवाहक जिल्ला सभापति 
नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक जिल्ला सभापति बुद्धिबहादुर राना (कुमार) पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए। खुलातर्फ प्रतिस्पर्धा गरेका रानाले जम्मा ४३७ मत प्राप्त गरे। महाधिवेशन प्रतिनिधिमा खुलातर्फ क्षेत्र नम्बर १ बाट १० जना विजयी हुँदा राना१२ औँ नम्बरमा थिए। उनी कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहका हुन्। 

पुरञ्जन आचार्य, राजनीतिक विश्लेष्क 
१४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका डा शेखर कोइरालानिकट रहेका लेखक एवं राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनी प्रतिनिधि चयन हुन सकेनन्। शेखर कोइरालाको प्रचार अभियानमा सक्रिय रहेका आचार्य १० जना खुला महाधिवेशन प्रतिनिधिको सिट रहेकोमा २०औं नम्बरमा आएका थिए। 

तारानाथ दाहाल, पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ 
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल पनि कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेसको केन्द्रीय राजनीतिमा जोडिन खोजिरहेका दाहालको त्यो योजना कम्तीमा यो कार्यकालभर पूरा नहुने भएको छ।

दाहाल कांग्रेस राजनीतिमा प्रत्यक्ष जोडिएको डेढ दशक हुन लाग्यो। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नम्वर २ बाट कांग्रेसको उम्मेदवार बनेर पराजित भएका थिए। 

हरि बोहरा, जिल्ला सभापति
नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। बोहरा कञ्चनपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए। नेविसंघ महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १७:५५
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्