• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसको ‘गुट राजनीति’को घानमा परेका दुई 'आशलाग्दा अनुहार'

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २१, २०७८  २०:५६
1140x725

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसीर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ। केही दिन अघि मात्रै कांग्रेसले ६ प्रदेशको अधिवेशन सम्पन्न गरेको छ।

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक कांग्रेसले प्रदेश संरचनामा नयाँ नेतृत्व चयन गरेको हो। सात प्रदेशमध्ये प्रदेश २ बाहेक सबैतिर कांग्रेसले प्रदेश नेतृत्व चयन गरिसकेको छ। ६ वटै प्रदेशमा भएका अधिवेशनमा कांग्रेसभित्रका विभिन्न गुट प्रतिस्पर्धामा उत्रिएका थिए। बलियो देखिएको संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षले प्रदेशमा पनि बहुमत स्थानमा नेतृत्व लिएको छ। 

कांग्रेसमा वडा तहदेखि नेतृत्व चयन गर्ने क्रममा कैयौं ठाउँमा युवा र केही आशालाग्दा अनुहारले नेतृत्वमा अवसर पाए। तर, प्रदेश अधिवेशनमा भने त्यसको फरक तस्बिर देखिएको छ। प्रदेशको नेतृत्वमा दाबी गरेका पछिल्लो पुस्ताका आशलाग्दा दुई अनुहारले निर्वाचनमा पराजय बेहोरेका छन्। 

कांग्रेसमा मौलाएको गुटगत राजनीतिका कारण आशलाग्दा नेता गुरुराज घिमिरे र भुपेन्द्रजंग शाहीले थोरै मतान्तरले प्रदेश नेतृत्वमा पराजय बेहोर्नुपर्‍यो। एउटा संयोग के भने संस्थापन इतर समूहमा रहेकै कारण प्रदेश १ मा घिमिरे र कर्णाली प्रदेशमा शाही पराजित भएका थिए। केन्द्रमा सम्भावना हुँदाहुँदै पनि प्रदेश झरेर नयाँ संरचनाको पार्टी नेतृत्व गर्ने आकांक्षा राखेका उनीहरु पराजित भएपछि कांग्रेसभित्र मात्र होइन, बाहिर पनि गुटगट राजनीतिको असरबारे बहस भइरहेको छ।

मतगणनामा सुरुआतदेखि अग्रता लिएका प्रदेश १ का सभापतिका प्रत्यासी गुरुराज घिमिरे अन्तिम नतिजा आउँदा जम्मा २ मतले पराजित हुन पुगे। प्रदेश १ मा घिमिरे कांग्रेसका प्रभावशाली नेताहरु डा शेखर कोइराला, सुजाता कोइराला लगायतको उम्मेदवार थिए। तर, उनीहरुले नै घिमिरेलाई मतदान गरेनन्। घिमिरे पराजित भएपछि डा शेखरले त आफूले मत नहालेकोमा क्षमा याचनासमेत गरिसकेका छन्। 

घिमिरे कांग्रेसमा गणतन्त्रको मुद्दा उठाउनेमध्ये पर्छन्। घिमिरे, गगन थापालगायतले २०६२/६३ को आन्दोलनअघि नै उठाएको यो मुद्दामा अन्ततः कांग्रेस नै एकाकार हुनपुगेको थियो। कांग्रेसभित्र निष्ठाको राजनीति र विचारको बहस गर्ने नेताको छवि बनाएका उनी यसअघि दुईपल्ट केन्द्रीय सदस्य बनिसकेका थिए। 

पार्टीका गलत नीति र नेतृत्वको कार्यशैलीविरुद्ध आवाज उठाउन नहिच्किचाउने उनलाई कांग्रेसको एउटा पंक्तिले आशाका रुपमा हेर्थ्यो। घिमिरेले अबको ४ वर्ष कांग्रेसको केन्द्र र प्रदेशमा त्यो भूमिका बहन गर्न पाउने छैनन्। कतिपय कांग्रेस नेताहरु यो पार्टीका लागि क्षति भएको टिप्पणी गर्छन्। जम्मा २ मतको अन्तरले पराजित भएका घिमिरेले भने निर्वाचनको क्रममा सत्ताको दुरुपयोग गरिएको बताएका छन्। 

मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘पार्टीभित्रको निर्वाचनमा हुने जित–हारलाई हामीले सहज रुपमा स्वीकार्ने गरेका छौं। म पनि राजनीतिमा खेल भावनाअनुसार चल्नुपर्छ भन्ने भावना राख्छु। तर, प्रदेश १ को परिदृश्य फरक देखियो। त्यो मूल्य श्खलनको चरम दृष्टान्त हो। पार्टीको आदर्श र मूल्यमान्यतालाई लगभग कुल्चिएर र अपहेलित गरेर प्रदेश १ को निर्वाचन सम्पन्न भयो। सत्ताको चरम दुरुपयोग गरियो।’

Ncell 2
Ncell 2
nimb
nimb

घिमिरेले आफ्ना मतहरु पनि लुटिएको दाबी गरे। ‘विराटनगरको सबैभन्दा महँगो होटलमा बसेर मतपत्र लुटियो। त्यो चित्र त्रासदीपूर्ण छ। मेरो आँखा अगाडि मतहरु लुटिएका छन्,’ उनले भने।

उनले ५२ जना मतदाताले मतदान नगरेको भन्दै त्यो उनीहरुको सार्वभौम अधिकार भएको बताए। ‘त्यसको जवाफ मैले दिन सक्दिनँ। तर, उहाँहरु नियत राखेर मत दिन नआउनुभएको होइन। गलत परामर्श दिइएकाले भ्रममा परेर नआउनुभएको हो,’ घिमिरेले भने।

केन्द्रमा सम्भावना हुँदाहुँदै पनि उनी प्रदेश राजनीतिमा जोडिन किन गए त? उनले यसमा फरक तस्बिर प्रस्तुत गरे। आफूले प्रदेश १ को सभापति बन्ने आकांक्षा राखेपछि सहमतिको सभापति बन्ने आशा गरेको, तर पार्टीको नेतृत्व तहमा छलफल नभएको गुनासो गरे। ‘बरु गठबन्धन बनाएर मेरो विरुद्धमा उम्मेदवार बनाउने काम भयो,’ उनले भने, ‘पार्टीमा विवेक नै हराएछ।’ 

कांग्रेस राजनीतिमा नयाँ पुस्ताले समेत आशा गर्ने भूमिका बहन गरेका नेता हुन् भुपेन्द्रजंग शाही। उनी कर्णाली प्रदेशमा सभापतिका प्रत्यासी बनेका थिए। संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट सभापतिमा उम्मेदवार बनेका शाही पनि १०५ मतको अन्तरमा पराजित हुन पुगे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शाहीले यसअघि कांग्रेसको केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री वा प्रदेश समितिको सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका थिए। अन्ततः उनी प्रदेश नेतृत्वको आकांक्षी बनेर प्रतिस्पर्धामा होमिए। त्यसक्रममा शाहीले कर्णालीमा नेपाली कांग्रेसलाई बलियो पार्टी बनाएर लैजाने भन्दै आफ्नो ३० बुँदे प्रस्ताव नै सार्वजनिक गरेका थिए।

कालीकोटबाट राजनीति सुरु गरेका शाही काठमाडौंसम्म आइपुग्दा विद्यार्थी राजनीति हुँदै कांग्रेसको भातृसंस्था तरुण दलको महामन्त्री बनेका थिए। २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी कालीकोटबाट उम्मेदवार बने, तर जित हात पार्न सकेनन्। दुबै निर्वाचनमा ‘वामपन्थी गढ’ भत्काउन नसकेका उनी यसपटक पार्टीको आन्तरिक निर्वाचनमा भने जित हात पार्नेमा विश्वस्त थिए। तर, संस्थापन इतर समूहको उम्मेदवार भएकै कारण उनको जित सम्भव भएन। 

‘सुदृढ कांग्रेस र समृद्ध कर्णाली बनाउने सपना बोकेर कर्णाली प्रदेश सभापति पदको निर्वाचन प्रक्रियामा भाग लिएको थिएँ। मेरो चाहना नै गुट बलियो नभइ सिंगो कांग्रेस बलियो बनाउने हो,’ शाही भन्छन्, ‘निर्वाचनमा जाँदा विजय वा पराजय स्वाभाविक हो। निर्वाचन प्रक्रियामा पराजित हुँदा मैले प्रदेश सभापति पद गुमाएँ। तर, मैले कर्णालीमा कांग्रेसलाई बलियो बनाउने सुदृढ कांग्रेस समृद्ध कर्णालीको सपना गुमाएको छैन।’

कर्णालीमा आगामी सबै तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउने ठूलो चुनौती रहेको भन्दै उनले अब पार्टी एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताए। 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २०:५६
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्