• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमालेमा ओलीका हनुमान र दासहरू मात्रै छन्, चितवनमा कुम्भमेला चल्दैछ :  झलनाथ खनाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ९, २०७८  १७:१८
1140x725
झलनाथ खनाल।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन भोलि, मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ। शुक्ररबार हुने महाधिवेशन उद्घाटन समारोहमा देश तथा विदेशका भाइचारा पार्टीका प्रतिनिधिलाई एमालेले बोलाएको छ। तर, एमालेबाट भर्खरै छुट्टिएको नेकपा एकीकृत समाजवादीलाई महाधिवेशनमा निमन्त्रणा गरिएको छैन। एमालेले एकीकृत समाजवादीलाई ‘अवैध पार्टी’ भन्दै आएको छ।

एमालेको इतिहासमा पहिलोपटक माधवकुमार नेपाल र झलनाथ खनालबिनाको महाधिवेशन हुँदैछ। एमालेको महाधिवेशनलाई एमालेबाटै छुट्टिएर बनेको एकीकृत समाजवादीले चाहिँ कसरी हेरिरहेको छ? यही सेरोफेरोमा रहेर एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी :

तपाईंहरूले लामो समय पसिना बगाएको पार्टी एमालेको दशौं महाधिवेशन चितवनमा हुँदैछ। सबै पार्टीलाई बोलाइयो तर, तपाईंहरुलाई नै बोलाइएन नि?
हामीलाई एमालेको निम्तोको आवश्यकता छैन। अनावश्यक रुपमा निम्तोमा जाँदा खर्च मात्रै हुन्छ। त्यस्तो खालको कुम्भ मेलामा हामीलाई नबोलाएकोमा खुशी छौं।

अब त्यहाँ उनीहरुको कुम्भ मेला होला। नदीका किनारमा रमाइलो गर्छन्। सबै पलेटी कसेर भोज भतेर खान्छन्। त्यहाँ केपी ओलीका पुराणहरु चल्लान्। त्यही पुराण सुनेर फेरि आ–आफ्ना घर लाग्छन्। 

उनीहरुले विधान महाधिवेशनमा बहसलाई खुला गर्न सकेनन्। विचारमा बहस गरेनन्। पार्टीमा लोकतन्त्र नै छैन। केपी ओलीको गुटका हनुमान र दासहरु मात्रै छन्। यसअघि एमालेका महाधिवेशनले राष्ट्रव्यापी रुपमा तरंग पैदा गर्थ्यो।  अहिले केही पनि छैन। त्यहाँ सामसुम छ।

Ncell 2
Ncell 2

एमालेका यसअघिका महाधिवेशनमा निरन्तर सहभागी हुनुहुन्थ्यो। यसपटक निम्तो नै नगर्दा नमीठो लागेको छैन? 
एमालेको पाँचौ, छैठौं, सातौं, आठौं र नवौं महाधिवेशन हाम्रै पहलकदमीमा भएको महाधिवेशन हो। ती महाधिवेशनप्रति हामी गौरव महसुस गर्छौं। नवौं महाधिवेशनपछि पार्टी नेतृत्वमा दक्षिणपन्थ, अवसरवाद, गुटवाद र विर्सजनवाद हाबी हुन पुग्यो।

अहिले दशौं महाधिवेशन ओली गुटले गरिरहेको छ। यो दक्षिणपन्थी अवसरवाद र पुँजीवादलाई संस्थागत गर्ने कुम्भ मेला मात्रै हो। यसले देशको कम्युनिस्ट आन्दोलनलाई कुनै योगदान गर्नेवाला छैन। जसरी लोपोन्मुख जनावरले उनीहरुको झण्डा समाइरहेको छ, त्यसैगरी यो दक्षिणपन्थी गुट नेपाली कम्युनिस्ट आन्दोलनमा केही समयपछि लोप हुँदैछ। त्यो लोप हुने झण्डामा देखाएको जनावरले संकेत देखाइसकेको छ।

एमाले बनाउन तपाईं, माधवकुमार नेपाल लगायत नेताहरू अहोरात्र खट्नुभयो। जनतामाझ लोकप्रिय बनाउनुभयो। अहिले त्यही एमालेभन्दा अलग हुँदा कस्तो महसुस भइरहेको छ? गल्ती पो गरिएछ कि भन्ने लाग्दैन?
अहिले हामीले जुन कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य र कार्यशैली निर्माण गरेर पार्टी पुनर्गठन गरेका छौं, हामी कम्युनिस्ट विचार, सिद्धान्तमा प्रतिवद्ध छौं। तर, एमालेको एउटा नेतृत्वदायी गुटले यो कार्यदिशा, नीति, सिद्धान्त छोडेर दक्षिणपन्थी पुँजीवादी कार्यदिशा र नीति सिद्धान्त लिएर हिँडिरहेको छ। हामी क्रान्तिकारी कार्यदिशा लिएर अगाडि बढिरहेका छौं। यसले संगठनात्मक स्वरुपमा केही फरक परेको होला। तर, वैचारिक राजनीतिक यात्रामा केही फरक परेको छैन। 

तपाईंहरू जस्ता एमाले निर्माणमा लागेका नेताहरू बाहिर हुँदा अबको एमाले कस्तो बन्ला?
अहिले चितवनमा भइरहेको भेला भनेको दक्षिणपन्थी र पुँजीवादीपन्थी नेतृत्वदायी गुटको वरिपरि भएको भेला हो। भ्रममा परेका थुप्रै नेता-कार्यकर्ताहरु त्यहाँ छन्। उनीहरुको दिमाग विस्तारै प्रष्ट हुँदै जान्छ। त्यो नेतृत्वदायी गुट दक्षिणपन्थी, पुँजीवादपन्थी र विर्सजनवादी गुटमा रुपान्तरण भइसकेको कुरा उनीहरुका आफ्नै गुटका नेताहरुले दनादन बोलिरहेका छन्।

भन्नुको अर्थ एमालेसँग सहकार्य वा एकता हुने सम्भावना निकै टाढा पुगिसक्यो?
अहिले एमाले गुट राष्ट्रिय राजनीतिबाट, नेपालको कम्युनिस्ट आन्दोलनबाट अलगथलग हुँदै गइरहेको छ। झण्डै दुई तिहाइ बहुमतको सरकार ढल्न पुग्यो। सात प्रदेशमध्ये चार प्रदेशका सरकार गए। अब राष्ट्रिय सभा, प्रतिनिधि सभामा अझ ठूलो पहिरो जाँदै छ। राष्ट्रव्यापी रुपमा एकपछि अर्को पहिरो गएको, गइरहेको छ। पुनर्गठित भएर नेकपा एकीकृत समाजवादी पार्टी एउटा राष्ट्रव्यापी पार्टीको रुपमा विस्तार गरेर अघि बढिरहेको छ। एमालेमा भ्रमबस बसेका कार्यकर्ताहरु एकपछि अर्को गर्दै हाम्रो पार्टीमा संगठित हुँदै गइरहेका छन्। अब एमालेमा गुटले नेतृत्व गरेको समूह छ। त्यो विस्तारै पानीको फोकाजस्तै विलाउनु अनिर्वाय छ।

आगामी चुनावपछि एमालेको भविष्य नै देख्दिनँ। देशैभरबाट एमाले शून्य हुन्छ। राष्ट्रव्यापी रुपमा पराजित हुन्छ। पराजयका आधारहरु आफैं तयार गरेको छ। त्यसको वैचारिक, सांगठनिक आधार आफैं तयार गरेको हो। एमाले जनताबाट अलग हुँदै गइरहेको छ। जसलाई जनताले दुई तिहाइ बहुमत दिए, त्यसले देशलाई खरानी पार्‍यो। त्यस्तो पार्टीलाई कसले बहुमत दिन्छ? कसले भोट दिन्छ? नेपाली जनता त्यति मुर्ख छैनन्। नेपाली जनताको राजनीतिक चेतना निकै माथि उठिसकेको छ। नेपाली जनता धेरै संगठित र सचेत भइसकेका छन्। अब जनता चनाखो भएर अघि बढ्दै छन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १७:१८
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’
विश्वकप छनोट महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य
सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलाल उम्मेदवार
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
विश्वकप छनोट महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलाल उम्मेदवार आइतबार, माघ ४, २०८२
देउवा पक्षीय काँग्रेस आज सर्वोच्च जाँदै आइतबार, माघ ४, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्