• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमालेमा ओलीका हनुमान र दासहरू मात्रै छन्, चितवनमा कुम्भमेला चल्दैछ :  झलनाथ खनाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ९, २०७८  १७:१८
1140x725
झलनाथ खनाल।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन भोलि, मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ। शुक्ररबार हुने महाधिवेशन उद्घाटन समारोहमा देश तथा विदेशका भाइचारा पार्टीका प्रतिनिधिलाई एमालेले बोलाएको छ। तर, एमालेबाट भर्खरै छुट्टिएको नेकपा एकीकृत समाजवादीलाई महाधिवेशनमा निमन्त्रणा गरिएको छैन। एमालेले एकीकृत समाजवादीलाई ‘अवैध पार्टी’ भन्दै आएको छ।

एमालेको इतिहासमा पहिलोपटक माधवकुमार नेपाल र झलनाथ खनालबिनाको महाधिवेशन हुँदैछ। एमालेको महाधिवेशनलाई एमालेबाटै छुट्टिएर बनेको एकीकृत समाजवादीले चाहिँ कसरी हेरिरहेको छ? यही सेरोफेरोमा रहेर एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी :

तपाईंहरूले लामो समय पसिना बगाएको पार्टी एमालेको दशौं महाधिवेशन चितवनमा हुँदैछ। सबै पार्टीलाई बोलाइयो तर, तपाईंहरुलाई नै बोलाइएन नि?
हामीलाई एमालेको निम्तोको आवश्यकता छैन। अनावश्यक रुपमा निम्तोमा जाँदा खर्च मात्रै हुन्छ। त्यस्तो खालको कुम्भ मेलामा हामीलाई नबोलाएकोमा खुशी छौं।

अब त्यहाँ उनीहरुको कुम्भ मेला होला। नदीका किनारमा रमाइलो गर्छन्। सबै पलेटी कसेर भोज भतेर खान्छन्। त्यहाँ केपी ओलीका पुराणहरु चल्लान्। त्यही पुराण सुनेर फेरि आ–आफ्ना घर लाग्छन्। 

उनीहरुले विधान महाधिवेशनमा बहसलाई खुला गर्न सकेनन्। विचारमा बहस गरेनन्। पार्टीमा लोकतन्त्र नै छैन। केपी ओलीको गुटका हनुमान र दासहरु मात्रै छन्। यसअघि एमालेका महाधिवेशनले राष्ट्रव्यापी रुपमा तरंग पैदा गर्थ्यो।  अहिले केही पनि छैन। त्यहाँ सामसुम छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेका यसअघिका महाधिवेशनमा निरन्तर सहभागी हुनुहुन्थ्यो। यसपटक निम्तो नै नगर्दा नमीठो लागेको छैन? 
एमालेको पाँचौ, छैठौं, सातौं, आठौं र नवौं महाधिवेशन हाम्रै पहलकदमीमा भएको महाधिवेशन हो। ती महाधिवेशनप्रति हामी गौरव महसुस गर्छौं। नवौं महाधिवेशनपछि पार्टी नेतृत्वमा दक्षिणपन्थ, अवसरवाद, गुटवाद र विर्सजनवाद हाबी हुन पुग्यो।

अहिले दशौं महाधिवेशन ओली गुटले गरिरहेको छ। यो दक्षिणपन्थी अवसरवाद र पुँजीवादलाई संस्थागत गर्ने कुम्भ मेला मात्रै हो। यसले देशको कम्युनिस्ट आन्दोलनलाई कुनै योगदान गर्नेवाला छैन। जसरी लोपोन्मुख जनावरले उनीहरुको झण्डा समाइरहेको छ, त्यसैगरी यो दक्षिणपन्थी गुट नेपाली कम्युनिस्ट आन्दोलनमा केही समयपछि लोप हुँदैछ। त्यो लोप हुने झण्डामा देखाएको जनावरले संकेत देखाइसकेको छ।

एमाले बनाउन तपाईं, माधवकुमार नेपाल लगायत नेताहरू अहोरात्र खट्नुभयो। जनतामाझ लोकप्रिय बनाउनुभयो। अहिले त्यही एमालेभन्दा अलग हुँदा कस्तो महसुस भइरहेको छ? गल्ती पो गरिएछ कि भन्ने लाग्दैन?
अहिले हामीले जुन कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य र कार्यशैली निर्माण गरेर पार्टी पुनर्गठन गरेका छौं, हामी कम्युनिस्ट विचार, सिद्धान्तमा प्रतिवद्ध छौं। तर, एमालेको एउटा नेतृत्वदायी गुटले यो कार्यदिशा, नीति, सिद्धान्त छोडेर दक्षिणपन्थी पुँजीवादी कार्यदिशा र नीति सिद्धान्त लिएर हिँडिरहेको छ। हामी क्रान्तिकारी कार्यदिशा लिएर अगाडि बढिरहेका छौं। यसले संगठनात्मक स्वरुपमा केही फरक परेको होला। तर, वैचारिक राजनीतिक यात्रामा केही फरक परेको छैन। 

Xtrem
Xtrem

तपाईंहरू जस्ता एमाले निर्माणमा लागेका नेताहरू बाहिर हुँदा अबको एमाले कस्तो बन्ला?
अहिले चितवनमा भइरहेको भेला भनेको दक्षिणपन्थी र पुँजीवादीपन्थी नेतृत्वदायी गुटको वरिपरि भएको भेला हो। भ्रममा परेका थुप्रै नेता-कार्यकर्ताहरु त्यहाँ छन्। उनीहरुको दिमाग विस्तारै प्रष्ट हुँदै जान्छ। त्यो नेतृत्वदायी गुट दक्षिणपन्थी, पुँजीवादपन्थी र विर्सजनवादी गुटमा रुपान्तरण भइसकेको कुरा उनीहरुका आफ्नै गुटका नेताहरुले दनादन बोलिरहेका छन्।

भन्नुको अर्थ एमालेसँग सहकार्य वा एकता हुने सम्भावना निकै टाढा पुगिसक्यो?
अहिले एमाले गुट राष्ट्रिय राजनीतिबाट, नेपालको कम्युनिस्ट आन्दोलनबाट अलगथलग हुँदै गइरहेको छ। झण्डै दुई तिहाइ बहुमतको सरकार ढल्न पुग्यो। सात प्रदेशमध्ये चार प्रदेशका सरकार गए। अब राष्ट्रिय सभा, प्रतिनिधि सभामा अझ ठूलो पहिरो जाँदै छ। राष्ट्रव्यापी रुपमा एकपछि अर्को पहिरो गएको, गइरहेको छ। पुनर्गठित भएर नेकपा एकीकृत समाजवादी पार्टी एउटा राष्ट्रव्यापी पार्टीको रुपमा विस्तार गरेर अघि बढिरहेको छ। एमालेमा भ्रमबस बसेका कार्यकर्ताहरु एकपछि अर्को गर्दै हाम्रो पार्टीमा संगठित हुँदै गइरहेका छन्। अब एमालेमा गुटले नेतृत्व गरेको समूह छ। त्यो विस्तारै पानीको फोकाजस्तै विलाउनु अनिर्वाय छ।

आगामी चुनावपछि एमालेको भविष्य नै देख्दिनँ। देशैभरबाट एमाले शून्य हुन्छ। राष्ट्रव्यापी रुपमा पराजित हुन्छ। पराजयका आधारहरु आफैं तयार गरेको छ। त्यसको वैचारिक, सांगठनिक आधार आफैं तयार गरेको हो। एमाले जनताबाट अलग हुँदै गइरहेको छ। जसलाई जनताले दुई तिहाइ बहुमत दिए, त्यसले देशलाई खरानी पार्‍यो। त्यस्तो पार्टीलाई कसले बहुमत दिन्छ? कसले भोट दिन्छ? नेपाली जनता त्यति मुर्ख छैनन्। नेपाली जनताको राजनीतिक चेतना निकै माथि उठिसकेको छ। नेपाली जनता धेरै संगठित र सचेत भइसकेका छन्। अब जनता चनाखो भएर अघि बढ्दै छन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १७:१८
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्