• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नियात्रा गुफा त संसारभरि छन्, माथिल्लो मुस्ताङ बेग्लै छ
64x64
डा. दामोदर पुडासैनी किशोर शनिबार, मंसिर ४, २०७८  १६:२७
1140x725

हामी र हामीले भेटेको संसार, सबै रहेछन् गुफाकै उपज। एउटा विशाल गुफामा अल्झिरहेछ यो सारा ब्रह्माण्ड।

रहस्य हो गुफा। रङ हो गुफा। अँध्यारोको आधिक्य र वैविध्यको साम्राज्य हो गुफा। अमूर्त कलाको अपरिमितता हो गुफा, वैचित्रताको अनन्तता हो गुफा। 
मान्छे उचाइमा पुगेँ भन्ने ठान्छ, अलमलिइरहन्छ गुफातिर। सिर्जना गरेँ भन्ने ठान्छ। खन्छ केवल गुफाभित्र अनेकौँ चित्रहरू।

गुफाबाट सुरु हुन्छ संसार। गुफाले नै फेरिरहन्छ अनेकौँ रूप। समय भन्नु गुफाभित्र अनुहार फेरिरहेका धर्सा, रेखा र उज्यालाको समागम मात्र रहेछ।

डा. दामोदर पुडासैनी किशोर

गुफा नै गुफाको राजधानी– मुस्ताङ र उपल्लो मुस्ताङतिर हिँडिरहेछौँ हामी। जोमसोमदेखि नै भेटिन थाल्छन् असङ्ख्य गुफाहरू। बलौटे र ढुङ्ग्याने अग्ला पहाडहरू छन्। पहाडका डिलमा, खोंचमा, भिरमा— जतासुकै खोपिएका छन् किसिम किसिमका प्राकृतिक र कृत्रिम गुफाहरू। शरीरमा चम्केका आँखा जस्ता, अग्ला घरमा खुलेका झ्याल जस्ता, धुरीखाँबामा झुन्ड्याइएका गञ्जकका प्वालजस्ता— आकर्षक देखिन्छन् गुफाहरू।

‘गुफादेखि गुफासम्म मात्र हो मान्छेको जीवन’— मुस्ताङे गुफाहरूले ज्ञान सम्झाउँछन् मलाई। एउटा उत्सुकता, एउटा रहस्य, एउटा सपना र एउटा संभावनामा गुटुमुटु पारेर गुफाभित्रै हुर्काउनुभयो आमाले मलाई। आमाको कोखबाट ओर्लनु अझ ठुलो गुफामा प्रवेश गर्नुरहेछ। दुखाइ, हेपाइ, चेपाइ, लुटाइ सबै सहेर आशा र उज्यालाको पिलपिले बत्ती बालेर कुना कुना चहारिरहनुपर्ने रहेछ सांसारिक गुफामा। सधैँ खुसीको खोजीमा हिँडिरहनुपर्ने तर सधैँ दुःखका पहाडहरू, अप्ठ्याराका अङ्कुसेहरू, कर्कसे काँडाहरूले कोपरिरहने रहेछन् जीवनको गुफामा।

उकालो पनि छ, ओरालो पनि छ, खोपिल्टो पनि छ, उडिल्लो पनि छ, पानी पनि छ, शुष्क पनि छ— त्यसैले पो छ गुफा, अरूभन्दा रहस्यपूर्ण र अरूभन्दा उपलब्धिमूलक। जीवन भन्नु पनि त यस्तै गुफा नै त रहेछ, सबै कुरा भएर पनि केही नभए जस्तो। जन्मदेखि मृत्युसम्म केही नभएर पनि सबै भएजस्तो।

छुकसाङवरिपरि घुम्दा प्रशस्त भेटिए गुफाहरू। तल कालीगण्डकी बगिरहेछ। कालीगण्डकीलाई नै कुल्चेर ठिङ्ग उभिएका छन् गहुँगोरा पहाडहरू। पहाडभरि प्रकृतिनिर्मित असङ्ख्य शिलाफूलहरू छन्, मेघशिलाहरू छन् र छन् असङ्ख्य आकृतिको संसार। तिनै आकृतिहरूका बीचमा एक्काइस गुफाका प्वालहरू देखिए।

मैले छाक्पा छोम्जुङ दिदीसँग सोधेँ ती गुफाहरूको बारेमा।

‘जङ्गली युगबाट घर निर्माणको अवधारणा दिमागमा प्रवेश गर्दाखेरिको सुरुवाती हो गुफा निर्माण’— आमा समूहमा सक्रिय छाक्पा छोम्जुङ दिदीले अर्थ्याउनुभयो गुफालाई।

गुफाका बाहिरी भित्ताहरूलाई रातो माटाले पोतिएको छ र कतै कतै लुङ्दरहरू गाडिएको देखिन्छ। घरको गारोजस्तो ठाडो भिरमा बनाइएका ती गुफाहरूमा जान भिरमा स्यानो रेखात्मक गोरेटो देखिन्छ, कतै कतै।

कयौँ गुफाहरूमा अहिले बौद्ध लामाहरू र बोन्पा लामाहरू तपस्या गरिरहेछन् भन्ने थाहा पाइयो छोम्जुङ दिदीबाट। त्यस्तो कठिन भिरमा बनाइएका गुफाहरूमा न खानपानको व्यवस्था छ, न समाजसँग सहजै सम्पर्क, तैपनि लामाहरू र भिक्षुहरू ध्यानमग्न छन् भन्दा आश्चर्य लाग्यो मलाई। ध्यान एक किसिमको अचेत अवस्था हो। निकास र नवसिर्जना होइन। एकान्त गुफामा लट्ठ परेर बसिरहनाले समाजमा के परिवर्तन आउँछ, सोचनीय छ त्यो। समाजका सबै मान्छेहरू ध्यान भनेर निस्क्रिय जीवन जिउन थाले भने एउटा बृहत् गुफाको रूपमा अवस्थित संसारको के हविगत हुने होला।

प्राणी हुनु तर क्रियाशीलता नहुनु गुफा नै हुनु हो पहाडी काखका। चलमल नहुने हो भने गुफामा, ठुला प्वाल धारण गरेर ट्वाँ पर्नुबाहेक के अस्तित्व हुन्छ र गुफाको।

गुफा कल्पनाशीलता हो, सिर्जना हो र क्रिया र प्रतिक्रियाको नवीन आकार हो। त्यसै भएर गुफासँग रमाउँछु म। मेरो प्रेमले सधैँ गुफाको गन्तव्य खोज्छ। तिम्रो र मेरो प्रेम जब जब परिपक्व बन्दै जान्छ हरेक क्षण र हरेक क्षण फैलन थाल्छ आकर्षण, उन्माद, उत्सुकता र निकासको एउटा रोमाञ्चक कोसे गुफा, त्यतिखेर पस्छु म गुफाभित्र। खोतल्छु म, तृष्णाका अजस्र जरुवाहरू, खोतल्छु म अमिट चरमानन्द र बिर्सन बाध्य बन्छु म, संसारका सारा अप्ठेरा र असजिलाहरू। प्रेमिल गुफामा पसेको बेला अरूले त के कुरा, बिस्तारै बिर्सन्छु म आफैँलाई र बिस्तारै बिर्सन्छु तिमीलाई। एउटै गुफामा एकाकार भएर दुवैले दुवैलाई भुल्दै दुवैको एकै रूप र एकै अवस्था देख्न सकियो भने मात्र सार्थक बन्दोरहेछ प्रेम। मलाई लाग्छ मान्छेले हरेक राम्रा कामको सुरुवात केही अँध्यारो, केही छेकारो र केही गहिराइबाट गरेको छ। गुफामा भेट्छु म त्यो सबै। तिम्रो अनुहार त एउटा अमूर्त चित्रयुक्त गुफा नै त हो जहाँ मलाई पाएकामा एउटा आदिम रोशनी र म हराउँछु कि भन्ने अशङ्काको केही पसर कालो मेघ हुँडलिरहेको देख्छु म।

छुक्साङदेखि लोमन्थाङसम्म पहाड नै पहाडको काखमा लुटपुटिँदै हिँडियो। जति पहाडहरू आँखाको अघिल्तिर आए तिनमा कतै न कतै खोपिएका भेटिए प्राकृतिक र कृत्रिम भूमिगत ओडारहरू।

‘हामी निश्चय नै खुसीको क्षणमा छौँ, किनकि हामी यति धेरै गुफाहरू हेर्दै गुफाको राजधानीमा यात्रा गर्न पाएका छौँ’— सहयात्री मित्रहरूलाई बताएथेँ मैले। मित्रहरू पनि निकै उत्सुक हुनुहुन्थ्यो गुफाहरूसँग नजिकिन। कालीगण्डकी किनारमा पर्खाल बनेर उभिएका पहाडहरूमा निर्मित गुफाहरूमा पुग्न डोरी, किला, विशेष प्रकारको जुत्ता सबै चाहिन्छ, नत्र भिरबाट गुल्टेको भोगटे बन्न बेर लाग्दैन। त्यसैले बाटाभरि गुफाका बारेमा बुझ्ने कोसिस गर्‍यौँ, तर पसेनौँ कतै।

जमिनको रासायनिक प्रक्रियामा परिवर्तन हुँदा, हावा, पानी र हिउँको प्रभावले भूक्षय हुँदा र जमिनमा रहेका लाइमस्टोन, चक, डोलोमाइट, मार्बल, नुन, जिप्सन जस्ता खनिज तत्त्वहरू खिँइदै बाहिरिँदा ओडारको रूप लिन्छ। यो भौगर्भिक कारण हो तर कतिपय धर्मभिरुहरू गुफालाई धर्म र देवतासँग जोडिदिन्छन् र गुफाको रहस्यपूर्ण प्राकृतिक खोजकार्यलाई नै अन्त्य गरिदिन्छन्। यो दुःखको कुरा हो।

म सानो छँदा हाम्रो परिवार जितपुरफेदीको गहिरी गाउँमा बस्थ्यो। हाम्रा हजुरबुबा हजुरआमा पाँच मानेमा बस्नुहुन्थ्यो। हजुरबुबा हजुरआमालाई भेट्न गहिरी गाउँबाट उकालो चढेर जानुपर्थ्यो। र बीचमा नाघ्नुपर्थ्यो पाँचमाने भञ्ज्याङ। हो, त्यही भञ्ज्याङको ढुङ्ग्याने भित्तामा एउटा ओडार भेटेथेँ। त्यो ओडारमा हामी लुकामारी पनि खेल्थ्यौँ। कहिलेकहीँ कसैले ससानो पसल राख्थ्यो त्यहाँ, कहिले बटुवाहरू बास बसेको देखिन्थ्यो। त्यो ओडार मेरा पिताजी हरिप्रसाद र उहाँका अभिन्न मित्र बलराम सिग्देलले कप्नुभएको कुरा मैले पिताजीबाट नै थाहा पाएको थिएँ। वि.सं. २०६८ को जनै पूर्णिमामा तारकेश्वरको मेलामा जाँदा बाटामा त्यही ओडार र पाँचमाने हेर्न केही विदेशी पर्यटक झुमिरहेको देखेँ। नेपाली पथ प्रदर्शकले तिनीहरूलाई बताउँदै थिएँ— पार्वतीले अग्निकुण्डमा हामफालेर आत्महत्या गरेपछि पीडा खप्न नसकेर महादेव पाँचमाने भञ्ज्याङ पुगी त्यो ओडार खनेर बसे। पछि तारकेश्वर पुग्दा सतीदेवी पार्वतीको दाहिने तिघ्रा पतन भयो।’ हरेक प्राकृतिक र वैज्ञानिक कुराहरूमा धार्मिक कथा जोडिदिन सिपालु छन् नेपालीहरू मैले गलत सूचना दिएकामा पथ प्रदर्शकलाई हकारेँ र सच्याउन भनेँ।

तारकेश्वरमा रहेको साँघुरो ढुङ्ग्याने गुफामा पनि एकातिरबाट छिरेर अर्कोतिर निस्कन सक्ने मात्र धर्मात्मा भन्ने भ्रम बाँडिदिँदा कयौँलाई सर्पले डसेको, कयौँलाई घाउचोट लागेका घटनाहरू ताजै छन् अझै।

प्राकृतिक घटना र मानवीय सिर्जनाहरूलाई धार्मिक मिथक बनाइदिन खोज्दा वास्तविकता बिरानिएको छ जतासुकै। तारकेश्वरमा रहेको साँघुरो ढुङ्ग्याने गुफामा पनि एकातिरबाट छिरेर अर्कोतिर निस्कन सक्ने मात्र धर्मात्मा भन्ने भ्रम बाँडिदिँदा कयौँलाई सर्पले डसेको, कयौँलाई घाउचोट लागेका घटनाहरू ताजै छन् अझै।

माथिल्लो मुस्ताङको मुख्य प्रवेशद्वार मानिने चैलेमा वास बस्दा भेटिएका थिए फ्रान्सका डिमित्री पायेर। उनी निषेधित राजधानी माथिल्लो मुस्ताङका गुफाहरूको बारेमा अध्ययन गर्दै रहेछन्। गुफाबारे कुराकानी गर्दा धेरै नौला कुरा उद्घोष गरेथे उनले।

‘गुफा त संसारभरि छन् तर माथिल्लो मुस्ताङका गुफाहरू अलि बेग्लै छन्। यिनीहरू भौगोलिक खाल्टाहरू मात्र होइनन् सांस्कृतिक साक्षी हुन्। उपल्लो मुस्ताङको एउटा गुफाको मात्र पनि राम्रोसँग अध्ययन गर्ने हो भने धेरै कुरा खुलस्त हुन्छन् मानव सभ्यताका। हिमाली सभ्यताका कुरा बुझ्नका लागि त यी गुफाहरू महत्त्वपूर्ण तस्बिर वा पुस्तक जस्तै हुन्।’ असाध्यै उत्साहित थिए  डिमित्री। ‘संसारकै सबैभन्दा पुरानो हिमक्षेत्रको मानव अवशेष यही क्षेत्रमा त भेटिएको हो नि केही वर्षअघि।’ थपे उनले, ‘मुस्ताङ, नुनको अपार भण्डार भएको क्षेत्र हो। नुनका विशाल ढिक्काहरू पग्लदै गएपछि कालान्तरमा गुफाको रूप धारण गरे कति कतिले’ — त्यो भौगर्भिक कारणलाई स्वीकार्‍यौँ हामीले।

मानव गतिको मापक हुन् गुफाहरू। हिउँ, घाम, बतास, पानी र चिसो पनि चाहिन्छ मान्छेलाई तर अतिले खति पुर्‍याउँछ भने झैँ तिनीहरूबाटै बच्न चाहियो मान्छेलाई खोपा, ओडार र घरहरू। एक लाख वर्षअघिसम्म घर बनाउनाको सट्टा, बस्यो मान्छे त्यस्तै गुफाहरूमा। अचेलको घर पनि त्यही गुफाको विकसित रूप त हो नि। मान्छे आखिर सानो गुफाबाट ठुलो गुफामा पदार्पण गरिरहेछ र ठानिरहेछ उन्नतिको शिखरमा चढिरहेछ ऊ।

गुफाका भित्ताहरूमा प्राचीनकालमै कोरिएका असङ्ख्य चित्रहरूले मानव चिन्तन उजागर गर्दछन्। खोटाङको माराटिका गुफा, खोटाङकै हलेसी गुफा र पर्वतको गुप्तेश्वर गुफाको भ्रमण क्रममा त्यो अनुभव गरेथेँ मैले। मध्ययुगमा मान्छे गुफामा मात्र बसेन। उसले आफूले जाने बुझेका घोडा, भेडा, बाख्रा, चराचुरुङ्गीहरूको चित्र बनायो। आफूलाई मन परेको मान्छेको स्वरूप कुँद्यो। आफ्नो भाषाको लिपि कोर्‍यो। भावनालाई गीत, कविता र कथनी बनाएर गुफेभित्तामा अङ्कित गर्‍यो। गुफाका अनेकौँ प्वालहरूबाट हावाका झोक्काहरू बाहिर भित्र गर्दा एवं मानव र पशुहरूका आवाजहरू गुफाहरूमा प्रतिध्वनित हुँदा गुफा सङ्गीतको विकास गर्‍यो मान्छेले। 

गुफावास मात्र होइन गुफा साहित्य, गुफाचित्र र गुफा सङ्गीतको माध्यम अपनाएर यहाँसम्म आइपुग्यो मान्छे।

चैलेमा रात बिताउँदा जूनको रोशनीमा मेरी मायालु नीलगिरिका मधुर मुस्कान र उत्तेजित स्पर्श मात्र चाखिनँ मैले। सधैँ अर्धमूदित देखिने गुफाभित्रका सुन्दर आँखाहरू, छुक्साङ गुफाको सुन्दर घेराजस्तो अर्धचन्द्राकार ओठहरूबाट निस्किरहेको मायाको मादकता र सधैँ नौलो प्रेमको अध्याय बर्सिरहने मायालु मन अडिएको प्रेमिल गुफालाई हेरिरहँदा ताजा ताजा बनिरह्यो अन्धकार गुफा बोकिरहेको रात।

चराहरू सुतिसकेका थिए मध्यरातमा। बादललाई गुटुमुटु पारेर कुनै कुनामा धन्क्याइसकेको थियो बैँसालु रातले। समयको मादक स्पर्श बोकेर गुफाका तृषित ओठहरूमा चुम्दै गाइरह्यो इन्द्रेणी बतासले। हावा स्पर्शित गुफाबाट निस्किएको मुच्र्छनाले ब्युँझाइरह्यो नाङ्गा पहाडका शृङ्खलाहरूलाई। गुफा सङ्गीतमा लहरिइरहेको हाम्रो त्यो स्वर्णीम प्रेम कहानीलाई स्मृतिको अन्वितिमा बाध्यौँ हामी दुवैले हिमछायाको लजालु शून्यतामा।

मेरी ‘नीलगिरि !’ गुफाको सङ्गीतमा प्रेमिल इन्द्रेणीका केस्रा केस्रा कोट्याउँदै प्रेमको बोधिसत्व छेउमा पुगेँ म कयौँ पटक।

चैले, समर, ढाङमर बस्तीहरू नाघेर तिब्बती पठारहरूतिर केन्द्रित हुँदा पनि गुफाहरूले छोडेनन् हामीलाई।

सेता दर्शन ढुङ्गा र सेतो बालुवाले बनेका स्फटिक जस्ता पहाडहरूको माझमा अघि बढिरहेछौँ हामी। बस्तीवरिपरि भर्खर भुँइपात छोडेका अन्न बिरुवाहरूले छरिरहेछन् कलिलो हरियाली। हाम्रै सामुन्ने पहाडको दुलोबाट बिस्तारै निस्केको देखिन्छ कालाम्य लहर। बिस्तारै मोडिएर उकालो लाग्दै छरिन्छ त्यो कालो नदी। सिनो छोडेर भागेका काला चरीकमिलाका जत्था छरिवरि भए झैँ देखिन्छ दूरताको दृश्य। बिस्तारै नजिकिदै गयौँ हामी त्यतातिर। त्यो त चराङ नजिकको चराङ गुफा पो रहेछ। काला खच्चड, काला चौँरीगाईहरू, काला घोडाहरू चराङ गुफा छोडेर निस्किएका रहेछन् चरनतिर।

‘दिदी एउटा कुरा सोध्न मिल्छ ?’ चौँरी धपाउँदै गाउँतिर झरिरहेकी दिदी झस्किनुभयो हाम्रो आवाजले।

‘दस ओटा सोधे पनि सोध् न। मुन्छे भेटेपछि केही सोध्नै नमिल्ने भए केलाई भेट्ने, कि बास माग्न आँट्यो तिम्हेरूले मसँग’ कालो कपालमा लठारिएको कालै लाछी धागो सम्हाल्दै बोल्नुभएथ्यो दिदी। याङ्चेन डोल्कर लोवा रहेछ दिदीको नाम।

‘आफैँ बनेको हो कि, मान्छेले बनाएको हो त्यो गुफा ?’ गाईबस्तु निस्केको गुफा देखायौँ हामीले।

‘त्यो चराङ गुफा हो। आफैँ बनेको स्यानो गुफा थियो पहिले। खम्पाहरू नेपालसँग लड्न आउँदा त्यही गुफामा लुक्थ्यो। उनीहरूको घोडालाई ख्वाउन घाँस रोपेको थियो यतातिर। गुफा त अरू पनि धेरै छन् यतातिर। हिउँदभरि हिउँले ढाकेका बेलामा कुनै गुफामा झुमा झोपा, घोडा, खच्चर राखिन्छ, कुनैमा मान्छे नै बस्छ, अलिमाथिको गुफामा त बौद्ध भिक्षु पूजा पाठ गरेर बस्छ। घारभन्दा धेरै गुफा छ हो, यतातिर। जन्मदा पनि चाहिने गुफा, मर्दा पनि चाहिने गुफा नै हो, त्यसैले हेला गर्न भएन नि गुफालाई।’ बाटा छेउको कालो ढुङ्गामा अडेस लागेर हाँस्नुभयो याङ्चेन दिदी। उहाँका चौरीहरूले बिस्तारै टोक्न थाले काँडालु झार।

युद्धको समयमा राम्रैसँग प्रयोग भएका रहेछन् गुफाहरू।

बच्चा जन्मेपछि सकेसम्म ठुलो घरमा बस्न पाओस् भन्ने कामनाका साथ नाइटोको चुँडिएको भागलाई ठूलो गुफाभित्र गाड्ने चलन रहेछ त्यतातिर। चराङ गुफाको बाहिरपट्टि ठुला ठुला गोला ढुङ्गाहरू राखिएको देखियो। त्यसअघि देखिएका गुफाअघिल्तिर पनि पाँच गोला ढुङ्गाहरू राखेको देखेका थियौँ हामीले।

‘गुफाबाहिर ती ढुङ्गाहरू चाहिँ किन राखेको नि’ दिदी ?’ उत्सुकता हाम्रो।

‘मुन्छे काट्न क्या’— सिधा जवाफ आयो दिदीबाट।

‘आबुई मान्छे काट्ने त्यो ढुङ्गामा ?’ हामी एकै पटक चिच्यायौँ।

‘होइन, होइन, जिउँदो मुन्छे होइन, मरेको मुन्छे काट्ने क्या। हाम्रोमा मुन्छे मरेपछि त्यसलाई गाड्ने हो कि, टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउने हो कि, टुक्रा टुक्रा पारेर आकाशलाई चढाउने हो कि— त्यो सबै लामाले साइत हेरेर भन्छ। लामाले गाड्ने भन्यो भने गुफाभित्रै गाडिन्छ। टुक्रा टुक्रा पारेर आकाशलाई दिने भन्यो भने त्यही ढुङ्गामाथि लास राखेर टुक्रयाइन्छ र आकाशतिर फालिन्छ।’ गुफा त साँच्चिकै जन्म मृत्युको सहारा रहेछ भन्ने थाहा भयो दिदीबाट।

हिमाली भेगमा बौद्ध धर्म फैलिनुअघि लास काटेर आकाशमा फालिने चलन रहेछ। अझै पनि त्यो रोकिएको छैन। तिनदेखि आठ शताब्दीसम्मका कयौँ मानव अस्थिपञ्जरहरू तिनीहरूले जिउँदोमा प्रयोग गर्ने खाट, गहना र कपडाहरू मुस्ताङे गुफाहरूबाट भेटिएकाले पनि त्योभन्दा अगावै हिमाली क्षेत्र मानव बसोवासका लागि आकर्षक स्थल रहेको बुझियो। हिमाली क्षेत्रहरूमा लास जलाउन काठको अभाव हुने र गाड्दा अत्यधिक चिसोका कारण सजिलै लास नसड्ने भएकाले पनि लासलाई टुक्रा टुक्रा पारी आकाशतिर फाल्ने चलन चलाइएको हुनुपर्छ।

‘फर्केर आउँदा गुफामा बसौँला, खाऔँला, नाचौँला है दिदी’— बिदा हुँदा भनेथेँ मैले।

‘त्यो गुफामा किन नि’ यो गुफामा बसौँला, सँगै खाउँला, सँगै सुतुँला, कि डर लाग्छ हामीसँग बस्न ?’ याङ्चेन दिदीलाई होइन, मलाई शर्म लाग्यो। मेरो ध्यान उनैतिर देखेर फुल झैँ मुस्कुराइरहिन् मेरी चराङ।

घम्पु गुफा र ढुम्बा गुफाहरू पनि पार भएथे हाम्रो यात्रा क्रममा। दस हजारभन्दा बढी गुफाहरू भएको मुस्ताङ क्षेत्रमा पन्ध्र बिस गुफा पार गर्नु कुन आश्चर्य भयो र ? हामी लोमन्थाङतिर लाग्दा बाटामा भेटिएका कयौँ गुफाहरूबाट चराचुरुङ्गीहरू भित्रबाहिर गरिरहेको दृश्य साह्रै आकर्षक लाग्दथ्यो।

साँझ आङ्गेन र पासाङ दाइहरूसँग पनि गुफाकै बारेमा चर्चा भयो लोमन्थाङमा। प्रकृतिले मान्छे र जनावरहरूलाई हिमाली भेगमा जन्म मात्र दिएन सुविस्तासाथ बस्न गुफाहरू पनि दियो। गुफा हाम्री आमा हुन्, गुफा हाम्री साहस हुन्, गुफा देखेर त मान्छेले झोला बनायो, खल्ती बनायो र वर्तमानमा मात्र होइन भविष्यमा पनि बाँच्ने आधार पायो— आङ्गेन दाइले दिनुभएथ्यो गुफा दर्शन। सुरक्षा र संरक्षणको प्रमुख बिन्दु हो गुफा।

‘यहाँबाट दुई घण्टा पैदल हिँड्यो भने भेटिन्छ छोसेर गुम्बा, झोङ गुम्बा र निफु गुम्बा। यिनै गुम्बाहरू हेर्न भनेर स्पेन र ब्राजिलदेखि आएका हुन् यी दुई समूह’— मिस्टिक होटलकै विदेशी पाहुनासँग भेटाउनु भएथ्यो पासाङ दाइले।

निफु गुफामा मान्छेको बसोवास रहेछ। प्रकृतिले नै बनाइदिएको गुफाभित्र बस्न पाउनु कति ठुलो खुसीको कुरा। परिवार परिवार बस्ने स्यानु गाउँ नै रहेछ निफु गुफा। झोङ गुफा आफैँमा एउटा आदिम बस्ती रहेछ। पाँच तले र पचासभन्दा बढी कोठाहरू रहेछन् झोङ गुफामा। पच्चिस सय वर्ष अघिदेखि झोङ गुफामा मान्छेहरू रमाएर बस्नु आफैँमा चाखलाग्दो विषय पनि हो। झोङ गुफा ठाडो भिरमा रहेको, सानो गोरेटो चढेर गुफाको मुखबाट ढोका खोलेर भित्र बाहिर गर्ने र लिस्नो चढेर तला तला चाहार्ने प्रणाली अझ रोचक देखिन्छ। हामीले ती गुफाहरूमा भोलिपल्ट जाने योजना त बनायौँ भोलिपल्ट बिहानै निफु गुम्बामा बस्ने मान्छेहरू बिच कुटाकुट चलेको छ भन्ने खबर पाएपछि गुफाहरू भित्र छिर्ने योजना सीमित रह्यो सपनामा मात्रै।
एउटा आदिम युगलाई अझै बचाइरहेछन् गुफाहरूले।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. दामोदर पुडासैनी किशोर
लेखकबाट थप
राजधानीका डन र मोफसलका गुरुजी
लेनिन र पुटिन सँगै भेटिने शहर
एक घर एक गाउँ!
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्