• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

गरिबीको पासोमा परेका अफगानी खुलेआम बेच्छन् सन्तान, एक बच्चाको मूल्य १ लाख रुपैयाँ

योगिता लिमये/बीबीसी बिहीबार, कात्तिक २५, २०७८  ०७:०५
1140x725
तस्बिर : सन्जय गांगुली/बीबीसी

हेरात शहरबाहिर निस्किएपछि हामी भिडभाडयुक्त सडक छाडेर एउटा लामो र खाली राजमार्गमा प्रवेश गर्‍यौँ। त्यहाँ हामीले तालिबानका दुई चौकी पार गर्दा उनीहरु बताइरहेका थिए कि अब अफगानिस्तानमाथि कसले राज गरिरहेको छ।

पहिलो चौकीमा भेटिएका युवक मिलनसार थिए। तर, उनले हाम्रो कार र अफगानिस्तानको संस्कृति मन्त्रालयबाट लिइएको अनुमतिपत्रको राम्रोसँग जाँच गरे। हामी जब त्यहाँबाट जान लाग्यौँ, काँधमा राइफल झुन्ड्याइरहेका व्यक्तिले मुस्कानसहित भने- ‘तालिबानसँग डराउनु पर्दैन। हामी राम्रा मान्छे हौँ।’

यद्यपि, दोस्रो चौकीमा पहरा दिइरहेका व्यक्ति केही अलग थिए, चिसा र केही खतरनाक पनि। यदि तपाईं अफगानिस्तान आउनुभयो भने कस्तो प्रकारको तालिबानसँग भेट हुन्छ भन्ने तपाईंलाई कुनै अनुमान नै हुँदैन। उसका केही लडाकुले विरोध प्रदर्शनको समाचार दिने अफगान पत्रकारलाई निर्घात कुटपिट गरेका थिए। हालैको एउटा अनलाइन भिडियोमा देखिएअनुसार एक विदेशी फोटोग्राफरलाई उनीहरु बन्दुकको कुन्दाले हिर्काइरहेका थिए।

हाम्रो लागि सबैभन्दा राम्रो कुरा चाहिँ हामीलाई चेक पोइन्टबाट छिटै छुटकारा मिल्यो। तर, चेतावनीजस्तै लाग्ने एउटा कुरा भनियो, ‘हाम्रोबारे राम्रो कुरा मात्र लेख्ने निश्चय गर।’

एउटा बच्चाको मूल्य १ लाख रुपैयाँ!
हेरात शहरभन्दा करिब १५ किलोमिटर टाढा माटो र इँटाले बनेका झुपडीको ठूलो बस्तीमा छौँ हामी। वर्षौँको युद्ध तथा सुक्खाका कारण विस्थापित भएर दूर–दराजको आफ्नो घर छाडेर मान्छेहरु यहाँ आएका छन्। यहाँबाट नजिकको शहरमा काम पाउने आशाका कारण उनीहरुले लामो यात्रा तय गरेका हुन्। हामी जब आफ्नो कारबाट बाहिर निस्कियौँ, धुलोले झ्याप्पै छोप्यो। केही महिनामा नै अब चिसो बढ्नेवाला छ।

हामी त्यहाँ जानुको खास कारण थियो। के साँच्चै मान्छेहरु गरिबीकै कारण आफ्नो बच्चा बेचिरहेका छन् त? हामी यसको खोजीमा थियौँ। मैले जब पहिलो पटक यसबारे सुनेँ, मनैमनै सोचेँ– निश्चय नै यस्तो घटना एकाध होलान्। तर, हामीले जे पायौँ, त्यो सुन्नका लागि म तयार थिइनँ।

हामी त्यहाँ पुगेको थोरै समयमा एक व्यक्तिले हाम्रो टिमका एक सदस्यलाई सिधै सोधे कि के हामी उनको कुनै बच्चा किन्न चाहन्छौँ? उनी हामीसँग एक बच्चाको मूल्य ९०० डलर (उक्त दिनको सटही दरअनुसार १ लाख ४ हजार रुपैयाँ) मागिरहेका थिए। मेरो सहयोगीले उनी किन आफ्नो बच्चा बेच्न चाहन्छन् भनेर सोधे। ती व्यक्तिले बताए कि उनीसँग अरु आठ बच्चा छन् र तिनलाई खुवाउन उनीसँग खानेकुरा छैन।

Ncell 2
Ncell 2
nimb
nimb

बच्चा बेचेर खाना जुटाउने बाध्यता
हामी केही अगाडि बढ्नेबित्तिकै एक बच्चा लिएर एउटी महिला हाम्रो नजिक आइन्। उनी एकदमै डराएर कुरा गर्न थालिन्। हाम्रो अनुवादकले बताए कि ती महिलाले आफ्नो डेढ वर्षको सबैभन्दा सानो बच्चा पहिला नै बेचिसकेकी छिन्। किनभने उनलाई पैसाको एकदमै जरुरी थियो।

उनीसँग केही पनि सोध्न नपाउँदै हाम्रो वरिपरि भिड जम्मा भइसकेको थियो। त्यही भिडमा उपस्थित एक युवकले हामीलाई बताए कि उनकी १३ महिनाकी भान्जी पहिला नै बेचिसकिएको छ। ती बच्चीलाई घोर प्रान्तका एक धनाढ्यले निकै टाढाबाट आएर किनेर गए। बच्ची ठूली भएपछि उनको बिहे आफ्नो छोरासँग गरिदिने ती व्यक्तिले बताएको पनि उनले सुनाए।

तर, बेचिएका बच्चाको भविष्यबारे कसैले पनि निश्चित रुपमा बताउन सक्दैनन्।

एउटा घरमा हामीले ६ महिने बच्ची कोक्रोमा सुतिरहेको देख्यौँ। अनि, हामीले थाहा पायौँ कि उनी हिँड्न सक्ने भएपछि उनलाई किनेको मान्छेले लिएर जाने छ। उनको आमा–बुबाका तीन जना अरु बच्चा पनि छन्। यो परिवारले कयौँ दिन विनाभोजन भोकै बिताउनु परेको छ। ती बच्चाका बाबु कवाडी जम्मा पारेर गुजारा गर्छन्।

उनले हामीलाई भने– ‘अब धेरै दिन म केही पनि कमाउन सक्दिनँ। जब केही कमाइ हुन्छ, हामी ६ वा सात वटा ब्रेड किन्छौँ र आपसमा बाँडेर खान्छौँ।  मेरी पत्नी छोरी बेच्ने मेरो फैसलासँग सहमत छैन। यसकारण तनावमा छु, तर म लाचार छु। बाँच्नका लागि अरु कुनै उपाय पनि छैन।’

म उनकी पत्नीको आँखा पनि बिर्सन सक्दिनँ। ती आँखामा क्रोध र लाचारी दुवै देखिन्थ्यो। बच्ची बेचेर आएको पैसाले उनलाई जिउँदै रहन सहयोग पुग्थ्यो। त्यो पैसाले बाँकी बच्चाको पनि खाना मिल्थ्यो, तर केही महिनाका लागि मात्र।

हामी जब त्यहाँबाट हिँड्न लाग्यौँ, अर्की एक महिला हाम्रो नजिक आइन्। पैसाको इशारा गर्दै उनले आफ्नो बच्चा सुम्पिन तयार रहेको बताइन्।

लाखौँ अफगानीलाई यो ठन्डी काट्न मुस्किल
यहाँ यति धेरै परिवार आफ्नो बच्चा बेच्न बाध्य छन् भन्ने हामीले कल्पनासमेत गरेका थिएनौँ। यसबारे हामी बीचमा आपसमा खुलेर कुराकानी भएकै थिएन, कल्पनै नगरेको विषयमा कुरा हुनु संभव पनि थिएन।

हामीलाई जे जानकारी उपलब्ध थियो, त्यसलाई बताउन हामीले संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी संस्था युनिसेफलाई सम्पर्क गर्‍यौँ। उनीहरुले त्यस्ता परिवारसम्म पुगेर सहयोग गर्न कोशिश गर्नेछन्।

अफगानिस्तानको अर्थव्यवस्था विदेशी धनबाट चलिरहेको छ। तालिबानले गएको अगष्टमा सत्ता सम्हाले यता विदेशी दाताले सहयोग रोकेका छन्। यसको मतलब हर प्रकारका सरकारी खर्च, चाहे कर्मचारीको तलब होस् वा विकास कार्य, सबै रोकिएको छ। यसले तल्लो वर्गका जनतामा विनाशकारी अवस्था सिर्जना गरिदिएको छ। उनीहरु अगष्टभन्दा पहिला पनि मुस्किलले बाँचिरहेका थिए।

मानवअधिकारको रक्षा सुनिश्चित नगरी र सम्पत्ति कसरी खर्च भइरहेछ भन्ने जाँचविना तालिबानलाई पैसा दिनु खतरनाक हुन्छ। तर, समस्याको समाधान ननिस्कँदा हरेक दिन अफगानी जनता भोकमरीतिर बढ्न बाध्य छन्।

हामीले हेरातमा जे दख्यौँ, त्यसबाट स्पष्ट छ कि बाहिरको कुनै सहयोगविना अफगानिस्तानका लाखौँ मान्छेले यो ठन्डी मौसम काट्न सक्दैनन्।

-बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्