काठमाडौं- नेपाली मूलकी अमेरिकी नागरिक सरहाना श्रेष्ठले न्यूयोर्क राज्य विधान सभा चुनावमा उम्मेदवारी दिएकी छन्। उनी जिल्ला १०३ बाट विधान सभा चुनाव लड्न लागेकी हुन्।
उनी न्यूयोर्क राज्य विधान सभाबाट चुनाव लड्न लागेकी पहिलो नेपाली आप्रवासी हुन्। यो पूरानो र सबैभन्दा धरै नेपाली समूदाय रहेको राज्य हो।
श्रेष्ठ पहिलो पुस्ताकी आप्रवासी हुन्। एसोपको टाउनमा बसोबास गर्ने जलवायु आयोजक श्रेष्ठलाई अमेरिकाको डेमोक्र्याटिक सोसलिस्टहरू र नोबडी लिभ्स मिड-हडसन भनेर चिनिने स्थानीय संस्थाले समर्थन गरेको छ। काठमाडौंमा जन्मिएर हुर्किएकी श्रेष्ठ सन् २००१ मा नेपालमा गृहयुद्ध चलिरहेको बेला अमेरिका गएकी थिइन्।
ग्राफिक डिजाइनर तथा रचनात्मक लेखक श्रेष्ठले श्रमजीवी जनताको अधिकारको वकालत गर्ने गरेकी छन्। सन् २०१९ मा अमेरिकी नागरिक बनेपछि उनले आवास, स्वास्थ्य सेवा र जलवायुको सुरक्षाका लागि स्थानीय कार्यक्रम सञ्चालन गरेकी थिइन्।
हालसालै श्रेष्ठले जिल्ला ६ मा अल्स्टर काउन्टी विधायिकाको लागि फिल अर्नरको अभियान सफल बनाउन मद्दत गरेकी थिइन्।
यो अभियान स्थानीयलाई कोभिड-१९ महामारीबाट जोगिन मद्दत गर्न एक महत्वपूर्ण कदमको रुपमा हेरिएको थियो। यो अभियानको उद्देश्य स्थानीयहरूलाई जलवायु परिवर्तनका कारण भविष्यमा आइपर्ने आपतकालिन अवस्थाबाट जोगाउनु पनि थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।