• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
पुस्तक अंश

जापानमा भूकम्पपछिको पुनर्निर्माण : यसरी भएको थियो ग्रामीण बजारबस्तीको विकास

डा. मोहनमूर्ति पन्त मंगलबार, कात्तिक २३, २०७८  ०७:०३
1140x725

आवाजी द्वीप र ह्योगो प्रान्तको दक्षिणी भागमा अवस्थित कोबे शहरलाई सेतो अन्तसागरबाट प्रशान्त महासागरबीचको करिब चार किमि चौडा आकाशे जलाशयले जोड्छ। सन् १९९८ मा करिब ३९०० मिटर लम्बाइको झोलुङ्गे पुलले कोबे र आवाजीलाई स्थलमार्गसँग सिधा जोडेको हो। जापानको प्राचीन मिथकमा सबैभन्दा पहिले सृष्टि भएको भूमि यही आवाजी द्वीप हो। यो टापुमा भूकम्पको ‘नोजिमा दरार’ दौडन्छ र सन् १९९५ को महाभूकम्पको केन्द्रविन्दु कोबे शहरको ठीक दक्षिणतर्फ आवाजीको उत्तरपूर्वी तटीय भागमा यही दरारमा थियो। यसैले उत्तरपूर्वी भेगका आवाजी नगरपालिका र अन्य ससाना शहरबस्तीमा भूकम्पको ज्यादा असर परेको थियो। 

जापानको बस्ती संरचनाको तहगत स्वरुपलाई ‘सि-चो-सोन’ अर्थात ‘शहर-बजारबस्ती-गाउँ’ तीन किसिमले विभाजन गरिएको छ। नेपालको हालको संरचनाबाट हेर्दा जनसंख्या र क्षेत्रफलका हिसाबले महानगरपालिका/उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग तादात्म्यता राख्दछ। आवाजीमा हाल तीन नगरपालिका छन्। तोसिमा बस्ती होकुदान-चो अन्तर्गतको परम्परागत रुपमा माछा मारेर जीविका चलाउने समुदायको एक ग्रामीण बजारबस्ती हो। यहाँ होकुदान-चो को पालिका कार्यालय र माछा व्यवसायी संघको केन्द्रीय कार्यालय पनि छ। पुनर्निर्माणको काम चल्दै गर्दा सन् २००५ बाट होकुदान-चो आवाजी नगरपालिकामा गाभियो। 

सन् १९९५ को भूकम्पमा तोसिमा बस्तीका ९१७ घरमध्ये ६६९ वटा घरमा ठूलो क्षति पुगेको थियो। भूकम्पको समयमा यो बस्तीको तथ्यांक निम्नानुसार रहेको पाईन्छ (होकुडान-चो, १९९७)।

-जग्गाधनी : ६६०
-मोहीको संख्या : ०
-भाडामा लगाईएका घर : १२०
-जम्मा घरधुरी संख्या : ६०२
-प्रभावित घर : ५०६ (८४ प्रतिशत)
-जनसंख्या : १,६७४

पुनर्निर्माण सम्बन्धी पहल  
भूकम्प गएलगत्तै होकुदान-चो को तोसिमा बस्ती इलाका नगर योजनाका ऐन नियमले नसमेटेको ग्रामीण बजारबस्ती क्षेत्रको रुपमा थियो। सो समयमा यो क्षेत्रका भवन निर्माणलाई नियन्त्रण गर्ने कानून थिएन र पुनर्निर्माणका लागि नगरपालिका क्षेत्रमा लागू हुने भू-पुन:समायोजन कार्यक्रम पनि लागू गर्न नसकिने स्थिति थियो। तर, भूकम्प गएको तीन हप्तापछि होकुदान-चो ले तोसिमा बजारलाई शहरी योजना क्षेत्रमा समावेश गरी भवन निर्माण नियन्त्रण मापदण्ड लागू गर्‍यो। सरकारबाट सहायता प्राप्त गर्नका लागि नगरपालिकामा लागू गरिने यी नियमहरु उपयोग गरि पुनर्निर्माणमा सरकारको पर्याप्त वित्तीय सहयोग प्राप्त गर्न यसो गरिएको थियो। फलस्वरुप भूकम्प गएको एक महिनापछि १७ फेब्रुअरीमा होकुदान-चोले भूकम्पले बढी क्षति पुर्‍याएको र तुरुन्त पुनर्निर्माण कार्य गरिहाल्नुपर्ने क्षेत्रका लागि भू-पुन:समायोजन सम्बन्धी कानुन पास गर्‍यो र साथसाथै भूकम्पअघि नभएका विभिन्न प्रशासनिक र कानुनी संयन्त्र पनि छिटोछिटो निर्माण गर्‍यो।

योजना परामर्शदाता समिति गठन भएसँगै सो समितिले १७ मार्च, १९९५ मा पहिलो चरणको भू-पुन:समायोजन तथा बस्तीका प्रमुख सडकहरुको निर्माण सम्बन्धी निर्णय गर्‍यो। आवाजी टापुका भूकम्प प्रभावित बस्तीहरुमा पुन:समायोजन लागू गरी पुनर्निर्माण गरेको बस्ती यही तोसिमा मात्र हो। अन्य बस्तीमा शहर निर्माण र सुधारसँग सम्बन्धित अरु विधा र कानुनी संयन्त्रहरु प्रयोग गरिए। 

२०.५ हेक्टर क्षेत्रफलमा फैलिएको यो बजारबस्ती क्षेत्रको भू-पुन:समायोजन गर्ने गरी सुरुवाती पुनर्निर्माण योजना तयार गरियो। भू-पुन:समायोजनका लागि ह्योगो प्रान्तीय सरकारले सुरुवाती चरणमा तयार गरेको योजनामा सडकहरु सिधा वर्ग सञ्जाल (अर्थोगोनल ग्रिड प्याट्रन) मा आधारित थियो, जसमा बस्ती परिसरलाई चारपाटे चाकल-चाकलमा छुट्याएको थियो। तोसिमा बस्तीको तटीय किनारा भएर जाने प्रान्तीय राजमार्गलाई थप चौडा गरी पैदलयात्रुको सुविधाका लागि फुटपाथ पनि बनाउने र सबै घरहरु ६ मिटर चौडा सडकले जोडिने योजना यसमा थियो।

योजनामा ससाना उद्यानहरु सबै टोलमा बनाईने कुरा समेटिएका थिए भने सडकको छेउछाउमा निर्माण गरिने अरु ससाना दुने बाटिका (पकेट पार्क) पनि यो बस्तीको पुनर्निर्माणपछिका विशेषता हुने उल्लेख गरिएको थियो। यसरी बस्तीको नयाँ संरचनामा सबै स्थल र घरघघरमा सहज पहुँच, आगलागी नियन्त्रणमा सहजता र विपद्का बेलामा आवश्यक खुला क्षेत्र उपलब्ध हुनेजस्ता सुविधा योजनामा समावेश थिए। अन्य शहरको विकास कार्यक्रममा जस्तै यहाँ पनि हरेक घरधनीले घडेरीको केही प्रतिशत बस्ती विकासका लागि योगदान गर्नुपर्ने थियो। यी सबै योजना निर्माण प्रक्रियामा स्थानीयवासीको सहभागिताचाहिँ भएको थिएन। 

Ncell 2
Ncell 2

त्यसपछि पुनर्निर्माण अघि बढाउनका लागि पुनर्निर्माण परामर्श समिति गठन भयो। सो समितिले आफ्नो कार्यालय स्थापना गरी फ्रेबुअरी-मार्च, १९९५ मा परामर्शको काम थाल्यो। होकुदान-चोसँग पुनर्निर्माण अघि बढाउन आवश्यक प्राविधिक तथा प्रशासनिक जनशक्ति नभएकाले यी सबै कामका लागि प्रान्तीय सरकारले नै पहल गरेको थियो। साथै पुनर्निर्माणका लागि स्थानीय समुदायको सहभागिता अपरिहार्य भएकोले टोलबस्ती सामुदायिक संघ गठन गरियो। यसले तोसिमा बस्ती पुनर्निर्माण सम्बन्धी आफ्ना ३ वटा लक्ष्य निर्धारण गर्‍यो।  
१. समुदायका सबै घरपरिवार यथावत रुपमै यस बजारबस्तीमा बस्ने।
२. बस्तीबजारको जनसंख्या अरु बृद्धि हुने वातावरण निर्माण गर्ने।  
३. एक जीवन्त बजारबस्ती निर्माण गर्ने।

जनसमुदायको भूमिका र ‘तोसिमाको माया लाग्छ’ अभियान 
भू-पुन:समायोजनबारे अनभिज्ञ स्थानीयवासी सडक फराकिलो पार्न र सामुदायिक स्थलहरु निर्माणका लागि आफ्नो घडेरीको अंश कटौती गर्नुपर्ने कुरा बुझेपछि निराश र दुखी भए। यदि कसैको १०० वर्ग मिटरको घडेरी छ र बाटो बिस्तारको लागि जग्गा काट्नुपर्ने हो भने जग्गा धेरै घट्ने र घर बनाउन अप्ठेरो पर्ने अवस्था आउने भयो भनेर उनिहरु चिन्तित भए। विशेष रुपमा प्रान्तीय मार्गलाई अरु चौडा बनाउँदा जाने जग्गाको कारणले पनि नयाँ योजना त्यति ग्राह्य भएको थिएन। यसमाथि अर्को समस्या के थियो भने समुदाय आफैं पनि दुइ समूहमा बाँडिएका थिए। बस्तीको पूर्वतर्फको इलाकामा बढी क्षति भएकोले उक्त योजनामा सहमति जनाएमा पुनर्निर्माणमा सरकारी सहयोग पाउन सक्ने हुँदा उनीहरुलाई बढी स्वीकार्य थियो भने पश्चिमतर्फ कम क्षति भएकाहरु त्यसको विरोधमा उत्रिएका  थिए। (www.bosai.go.jp,2018)

अर्कोतर्फ प्रस्तावित भू-पुन:समायोजन योजना तोसिमाको सडक र बस्तीको बान्की पूरै खल्बल्याउने खालको थियो। भूकम्पमा क्षति नै नभएका घर पनि यो योजनाले भत्काउने देखियो। फेरि पहिलेदेखि भएको बस्तीको बनोटमा बस्तीभित्रका सबै गल्ली र बाटाहरु बस्तीको मध्यभागमा रहेको समुन्द्रतटस्थित डुंगा अड्याउने ठाउँतिर सोझिन्थे। बस्तीभित्रका सबैजसो गल्लीहरु दुई मिटरभन्दा कम चौडाइका थिए। प्रस्तुत पुनर्निर्माण योजनामा यी सबै गल्लीहरु मेटिइ बस्तीका सबै बाटाहरु चारैतिर दोहोरो गाडी गुड्ने सडक सञ्जालले बन्ने भएको थियो। त्यसकारण प्रान्तीय सरकारद्धारा अघि सारिएको यो योजनामा स्थानीयवासीको सहमती हुन सकेन। यसपछि उनीहरुले ‘तोसिमाको माया लाग्छ’ नामक अभियान अघि बढाए र भू-पुन:समायोजन योजनाको संगठित रुपमै विरोध गरे।   

भू-पुन:समायोजनमा परिमार्जन 
‘तोसिमाको माया लाग्छ’ अभियानको प्रभावले सरकार शुरुवाती योजना परिमार्जन गर्न सहमत भयो। टोलबस्ती विकास समितिसँगको परामर्शमा हरेक घरधुरीको समस्या समाधान हुने गरि १२ पटकसम्म नक्सा परिमार्जन हुन गयो। योजना परिमार्जनका क्रममा योजनाले जग्गा काट्दा असाध्यै साना घडेरी भइ घर बनाउन अप्ठेरो परेका स्थानीयवासीका लागि एक सामुदायिक आवास भवन बनाउने प्रस्ताव गरियो । अन्तिम परिमार्जन गरेर भू-पुन:समायोजन योजना सन् १९९६ मा प्रान्तीय सरकारलाई बुझाई १९९७-९८ मा सो प्रस्ताव पास भयो। यसै क्रममा बस्ती पूर्वतर्फको बढी क्षति भएको इलाकालाई पहिले नमुनाको रुपमा भू-पुन:समायोजनको काम अगाडी बढाउने तरिका अपनाईयो। यी स्थानमा बनेका नयाँ घर देखेपछि पश्चिमतर्फका र विरोध गर्ने अरुहरु पनि भू-पुन:समायोजनको कुरामा अलि नजिक आउन थालेको अनुमान पनि गरिन्छ।

भू-पुन:समायोजन गरि सडकको पहुँच अभिबृद्धि गर्ने, उद्यान र खुला ठाउँ बनाउने, पहिलेदेखिका बाटा-गल्लीको धारलाई यथासम्भव कायम गर्ने तथा विपद्-लचिलो संरचना बनाई शहरी सुविधासहितको बस्ती निर्माण गर्ने लक्ष्य यो संशोधित पुनर्निर्माण योजनाले लिएको थियो। यसरी बनाइएको दोस्रो चरणको योजनामा सडकको वर्गीकरण निम्नानुसार गरिएको छ। 
- बजारबस्ती भइ जाने प्रान्तीय राजमार्ग : १४—१५ मिटर
- शहरबस्ती सडक : ४.५ — ११ मिटर
- पैदलयात्रुका लागि बनाईएको बाटो : २—४ मिटर 

परिमार्जित योजना अनुसार पुराना सडक संरचनाहरुको मर्मतसम्भार गरिनुका साथै सडक फराक पनि बनाईयो। सडकको रेखा निर्धारण गर्दा घरधनीहरुसंगै वार्ता गरेर निर्णय गर्नुपर्ने थियो। लामो समयको छलफल र बहसपछि सडक सञ्जाल पटकपटक परिमार्जन गरियो। अन्तमा तीन किसिमका सडक र उद्यान सहितको योजना सन् २०१० मा बल्ल पारित गरिएको थियो।  हरेक घरधनीसँग सम्झौता गर्दै बाटो निर्माण गरिएकाले तोसिमाका सडकहरु एकनासका र सिधा छैनन्, ठाउँठाउँमा नागबेली पनि परेका छन्। टोलभित्रका सडकहरु चाहि पुरानै धार (अलाइनमेन्ट) मा  आधारित भइ घटीमा चार मिटर चौडाइका छन्। अप्ठेरो परेको बेलामा यातायातका साधन प्रवेश गर्न सकून् भन्ने उद्देश्यले घटीमा चार मिटर चौडाइ कायम गरिएको हो।

मूल सडक राजमार्ग बाहेक अरु सडक घरधनीसंग भएका सम्झौता अनुरुप नै निर्माण गरिएका थिए। केही व्यक्तिहरुले यो योजना कार्यन्वयनका क्रममा आफ्नो घडेरी कटौती गर्न अस्वीकार गरे। यस्तो परिस्थिति आउनुमा विविध कारण उल्लेख गरिएका छन्। बाटोतिर फर्केको उनिहरुको घरमा या त क्षति पुगेकै थिएन या उनीहरुले बाटो बिस्तारमा योगदान गर्नुभन्दा हटन (सेटब्याक) पालनाको विकल्प रोजे। यो हुँदा बाटोको किनारा रेखाकंन अर्को दिशामा सर्न पुग्यो, जहाँ खाली जग्गा थियो। यसकारण सडक नागबेली बन्न पुग्यो। यस्ता घरको पछि कुनै समयमा पुनर्निर्माण गरिँदा अहिलेको सडक-गल्ली किनाराबाट दुई मिटरपछि हटेर निर्माण गर्नुपर्ने नियम बनाइएको छ।  

सानो घडेरीका कारण घर बनाउन असमर्थ घरधनीहरुका लागि उपर्युक्त सट्टाभर्ना घडेरीको व्यवस्था गरिएको थियो। कोबेको सिन-नागाता र तोसिमा बस्तीको योजना बिच देखिएको एउटा महत्वपूर्ण फरक के हो भने तोसिमामा एक लेनमात्र चौडाइ भएका सडक बनाईएका छन् र त्यसको रेखांकन गर्दा हरेक घरधनीसँग सम्झौता गरिएको छ। यसले खुला ठाउँका लागि आवश्यक जग्गा बचाएको छ भने पूर्वाधार विकासको खर्च पनि कम भएको छ। सँगसँगै परम्परागत बस्तीको स्वरुप संरक्षण भएको छ। यसले गर्दा समग्र बजारबस्ती दृश्य र स्थानीयपनका दृष्टिले वस्तीलाई आफ्नो चिनारी दिएको महसुस हुन्छ। 

मूल सडक (प्रान्तीय राजमार्ग) निर्माण सुधारका क्रममा स्थानीय डुंगा निर्माण कम्पनीको स्वामित्वमा रहेको एउटा जग्गामा सडक बिस्तारमा सहमत नभइ समस्या आएकोले परियोजना समयमै सम्पन्न हुन सकेन। यसले गर्दा त्यतातर्फ नियोजित गरि सट्टाभर्ना घडेरी पाएका घरपरिवारलाई पनि असर पर्यो। योजनाअनुसार सडकको नयाँ प्रस्तावित रेखाअनुसार ती घडेरीमा प्रवेश गर्न सकिने थियो। अन्तमा अरु उपाय नलागेर योजना कार्यान्वयनका लागि सरकारले बल पनि प्रयोग गर्नुपर्‍यो। पुनर्निर्माण योजना बनाउँदा घरधनीसंग समयमा नै गर्नुपर्ने परामर्शको अभावमा यस्ता घटनाहरु हुन पुगे। 

स्थानीय इलाकाको पुनर्निर्माण कार्यलाई सहयोग पुर्‍याउन आावाजी नगरपालिकाले आफ्ना घर बनाउन असमर्थ स्थानीयवासीका लागि आवास एकाईको निर्माण गर्‍यो। पुनर्विकास गरिएका बजारबस्तीमा निजी आवास निर्माणको खर्च बाहेक पुनर्निर्माण कार्यमा कुल १७ अरब जापानी ऐन खर्च भएको अनुमान छ। (Hokudan-cho, 1997)

पुनर्निर्माणअघि तोसिमा बस्तीमा प्रवेश गर्ने प्रमुख सडकको रुपमा नाकामिची रहेको थियो। पुरानै धार लिएर बिस्तार गरिंदा तथा दुवैतिर फुटपाथ राखिँदा यसको चौडाइ आठ मिटर कायम भयो (चित्र ४-८)। यो सडक अहिले दुई लेनको छ। यो सडक बनाउँदा पनि घरधनीहरुको अलग-अलग सम्झौताको कारण सिधा नभई केही नागबेली भएको छ। बजारबस्तीका घर अगाडीबाट जाने पहिल्यैदेखिको प्रमुख बाटो पुनर्निर्माणमा ‘सामुदायिक पथमार्ग’ को अवधारणा अघि सारिएको थियो। ‘सामुदायिक पथमार्ग’ को लक्ष्य बस्तीका सबै घरपरिवारलाई सुरक्षित, हरित र पैदलमैत्री वातावरण दिई शान्त र मनोरम बस्तीको निर्माण गर्नु हो। 

बस्तीको छेउछाउमा चार वटा सामुदायिक उद्यान र सडकको छेउछाउमा १६ वटा दुने वाटिका (पकेट पार्क) निर्माण गरिएका छन्। ती दुने वाटिकामा ‘जिजो’ देवगणका टोल देवस्थल पनि छ।  सामुदायिक सडक-नाकामिचीमा पनि टोल देवालय बनाईएको छ। अधिकांश उद्यानहरु देवालय वा देवस्थल नजिक हुने गरी बनाइएका छन्। मन्दिर र उद्यानसँगै हुँदा यसले वातावरणमा थप जीवन्तता ल्याउन सघाउ पुर्‍याएको छ।  यी उद्यानहरु विपद्को बेलामा खुला क्षेत्रको रुपमा पनि प्रयोग गर्न सकिन्छ। पार्कमा पानीको सानो कुण्ड बनाइएको छ। 

(आर्किटेक्चरका प्राध्यापक डा. मोहनमूर्ति पन्तको लेखन र आर्किटेक्ट मिलन बगालेको अनुवादमा प्रकाशोन्मुख पुस्तक ‘महाभूकम्पपछिको पुनर्निर्माण : जापानको अनुभव’ को अंश)। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ)
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
आगन्तुकजस्तो देखिए पनि मधेशी परिवारको अंग हुँ : गगन थापा शनिबार, फागुन २, २०८२
एपीएफ अस्पतालले मनायो २४ औँ वार्षिकोत्सव शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्