• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

यसरी सम्भव हुन्छ गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन र प्रयोग

डा. देवराज क्षेत्री सोमबार, कात्तिक १५, २०७८  ०९:०५
1140x725

नेपालमा आयुर्वेदिक औषधि परम्परागत एवं संस्थागत रुपमा निर्माण र उपयोग हुँदै आइरहेको छ। नेपाली बजारमा विभिन्न स्थानमा उत्पन्न हुने दुर्लभ एवं उपयोगी जडिबुटीलाई विनाप्रशोधन पनि बेचिन्छ। त्यसैगरी भारतबाट आयातीत, नेपाली कम्पनीका र परम्परागत रुपमा वैद्यहरूद्वारा बनाइने औषधि पाइन्छन्। 

हाम्रो आफ्नै परिवेश र वातावरणमा हुने जडीबुटीबाट सजिलै औषधि निर्माण गर्न सकिने हुनाले यो जन-जनमा लोकप्रिय छ। तर, विशेष तालिम एवं शिक्षाविना पनि सबैको पहुँच हुने हुनाले कतिपय ठाउँमा अदक्ष जनशक्तिले औषधि वितरण गरिरहेका छन्। 

आधुनिक समयमा अनेक कारणले आयुर्वेद औषधिको गुणस्तरीयता दिन प्रतिदिन घट्ने क्रममा छ। बढ्दो शहरीकरणसँगै प्राकृतिक स्रोत र साधनको घट्दो अवस्थाले आयुर्वेदिक औषधि उत्पादन कठिन बनिरहेको छ। सेवामूलक स्वास्थ्य पेशामा बढी नाफा कमाउने होडबाजी पनि गुणस्तरीय औषधि उत्पादन नहुनुको एउटा कारण हो। यस्तो परिस्थितिमा हामी सबै सचेत हुन जरुरी छ।

यस्तो सचेतताले मात्र आयुर्वेद औषधिलाई बचाउन सक्छ। यसलाई बचाउनु धेरै कोणबाट जरुरी छ। यो नेपालको परम्परागत, अन्य शारीरिक असर नहुने र आफ्नै देशमा सर्वसुलभ हुने हुनाले यसलाई बचाउन सरकारदेखि उपभोक्तासम्मको भूमिका महत्वपूर्ण हुनेछ।

उपभोक्ता :  उपभोक्ताले सर्वप्रथम गुणस्तरीय आयुर्वेद औषधि मात्र सेवन गर्न सुरु गर्नुपर्छ। कसैले भनेको भरमा वा मिडियामा गरिएको प्रचारको भरमा औषधि खरीद गर्ने प्रवृतिलाई छाड्नुपर्छ। 

सधैं गुणस्तरीय कम्पनीको आयुर्वेद औषधि खरिद गर्ने, आयुर्वेद विज्ञको सल्लाहबमोजिम मात्र औषधि खरिद गर्ने जस्ता बानीको विकास भएमा  बजारमा गुणस्तरीय औषधि मात्र भित्र्याउन ठूलो योगदान हुनेछ। उपभोक्ताले नै गुणस्तरहीन औषधिको बहिस्कार गरेपछि गुणस्तरीय औषधि उत्पादन गर्नेलाई हौसला हुन्छ।

नियामक निकाय : नेपालमा औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग, आयुर्वेद चिकित्सक संघ, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, जस्ता ठूला संस्था एवं निकाय यो क्षेत्रमा कार्यरत छन्। तिनको पनि नेपाली बजारमा बिक्री वितरण हुने औषधिहरूको गुणस्तरीयता जाँच गराउने, अनुगमन एवं निरीक्षण गर्ने जिम्मेवारी छ। तसर्थ, यस्ता संघ-संस्थाहरूले विधिपूर्वक कार्य गरेमा आयुर्वेदिक औषधिको गुणस्तरीयता कायम गर्न ठूलो योगदान पुग्छ।

आयुर्वेद स्वास्थ्यकर्मी : नेपालमा आयुर्वेद क्षेत्रमा विभिन्न तहमा स्वास्थ्यकर्मीहरू कार्यरत छन्। शैक्षिक योग्यताको आधारमा वैद्य, कविराज, आयुर्वेद चिकित्सक, आयुर्वेद विज्ञ जस्ता पदमा रहेर कार्यरत रहँदा आयुर्वेद सेवा र औषधिको गुणस्तरीयतालाई प्राथमिकता दिनु उनीहरूको साझा भूमिका हो। गुणस्तरहीन औषधिलाई निरुत्साहित गरेर सधैँ गुणस्तरीय औषधिलाई प्राथमिकता दिनुपर्छ। जनताको स्वास्थ्यलाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नु यो क्षेत्रका लागि ठूलो योगदान पुग्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

आयुर्वेद व्यवसायी : अहिले आयुर्वेद स्वास्थ्यकर्मी एवं विज्ञभन्दा धेरै गुणा आयुर्वेद व्यवसायीहरू यस क्षेत्रमा सक्रिय छन्। व्यवसायको मुख्य उद्देश्य नै आयआर्जन गर्ने हुन्छ। तर, जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्न जरुरी छ। गुणस्तरीय सेवा प्रदान गरेर दीर्घकालिन व्यवसाय गर्ने कि क्षणिक फाइदाको लागि मानिसको स्वास्थ्यसँग खेलबाड गर्ने भन्ने कुराको मनन व्यवसायीले राम्ररी गर्न जरुरी छ।

आयुर्वेद औषधि निर्माण कम्पनी : नेपालमा आयुर्वेद औषधि कम्पनीहरु धेरै संख्यामा छन्। अधिकांश कम्पनीहरू आयुर्वेदविज्ञको अनुपस्थितिमा सञ्चालित छन्। कम्पनीहरू नाफा कमाउने उद्देश्यले सञ्चालित हुन्छन्। कम्पनीहरूको आफ्नै व्यवहारिक कठिनाइहरु हुने भए पनि मानिसको स्वास्थ्यसँग सम्बन्धित  व्यवसाय भएको हुनाले सचेत हुन जरुरी हुन्छ। 

बजारमा जडिबुटीहरुको अभाव हुनु, गुणस्तरीय जडिबुटीहरु नपाइनु, विभिन्न मिसावट हुनु, मूल्यमा एकरुपता नहुनु, आयुर्वेदीय औषधि निर्माणमा धेरै संख्यामा जडीबुटीहरूको प्रयोग हुनु जस्ता समस्या नेपाली कम्पनीहरुले भोग्नु परेको छ। साथै विभिन्न टेण्डर पार्ने होडमा कम्पनीहरुले गुणस्तरहीन कमसल औषधिहरूको निर्माण गरी जिल्ला आयुर्वेद जस्ता संस्थाहरूमा पठाउने गरेको पनि देख्न र सुन्न पाइन्छ। यसले मानिसको स्वास्थ्यलाई जोखिममा पुर्याउने मात्र नभई आयुर्वेदिक औषधिको विश्वसनीयतालाई पनि कम गर्दै लगेको छ। जसले कालान्तरमा समग्र आयुर्वेद क्षेत्रलाई नै असर पुर्याउने देखिन्छ। 

कम लागतमा गुणस्तरीय औषधि निर्माण गर्न कुनै हालतमा सम्भव हुँदैन। यो विषय संघ-संस्थाका पदाधिकारी एवं औषधि कम्पनीका व्यवसायी दुवैले राम्ररी बुझेका छन्। तापनि व्यवहारमा भने उतारिएको देखिँदैन।यसकारण व्यवसायमा स्वस्थ प्रतिस्पर्धाको विकास हुनुपर्ने देखिन्छ। 

गुणस्तरीय औषधि कुनै पनि चिकित्साको आधारस्तम्भ हो। आधार नै कमजोर भएपछि कुनै पनि पद्धति दिगो रहन सक्दैन। उपभोक्ता, नियामक निकाय, आयुर्वेद स्वास्थ्यकर्मी एवं आयुर्वेद व्यवसायीको साझा प्रयासले मात्र आयुर्वेदिक औषधिको गुणस्तरीयता स्थापित गर्न सम्भव छ। यस दिशामा सबैको ध्यान जानु अपरिहार्य देखिन्छ। 

(डा. क्षेत्री पतञ्जली आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्र धुलिखेलका सह- प्राध्यापक हुन्)

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्