• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बिरामी जाँच्दाजाँच्दै कोभिड लाग्यो, यो दशैँ यस्तै भयो

दर्शनराज पाण्डे बिहीबार, कात्तिक ११, २०७८  ०७:०४
1140x725

पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानको एमबीबीएस कार्यक्रममा एउटा पाठ्यक्रम ‘समुदायमा आधारित शिक्षा’ पनि छ। यो पाठ्क्रमको अभ्यासका लागि एमबीबीएस विद्यार्थीलाई विभिन्न समुदायमा लगिन्छ। विद्यार्थीले त्यहाँ भौगोलिक, सामाजिक, आर्थिक र रहनसहनबारे पनि अध्ययन गर्नुपर्छ। 

नाम जे भए पनि नेपालका प्रायः सबै मेडिकल कलेजमा यो पाठ्यक्रम पढाइ हुन्छ। एमबीबीएस तेस्रो वर्षको अन्तिम परीक्षाअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि १४ दिनको लागि काठमाडौंबाहिर गोरखा, धादिङ र मकवानपुरका विभिन्न प्राथमिक स्वास्थ्य उपचार केन्द्र (पीएचसीसी) लगेको थियो।

पहिला एक महिना हुने यस्तो अभ्यास कोभिड–१९ महामारीले शैक्षिक–पात्रोमा पारेको असरका कारण यसपटक १४ दिनमा झरेको हो। कलेजको कार्यक्रम अनुसार म मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ स्थित मनहरी अस्पताल जानुपर्ने भयो।

केही महिनाअघि मात्र स्वास्थ्य मन्त्रालयले मनहरीको प्राथमिक स्वास्थ केन्द्रलाई अस्पतालमा रुपान्तरणका लागि अनुमति दिएको रहेछ। अस्पतालका लागि नयाँ भवन बनाउन बोलपत्रको काम पनि सकिइसकेको रहेछ।

मनहरी बजारको एक होटलमा हामी १० जना बसेका थियौं। प्रायः बिहान १० बजे अस्पताल पुगेर ४ बजे कोठा फर्किन्थ्यौँ। पालैपालो गरेर राति पनि ड्युटी बस्यौं। पूर्व–पश्चिम राजमार्ग नजिकै भएकाले होला, इमर्जेन्सीमा चोटपटकका बिरामी धेरै आउँथे। 

ओपीडीमा पनि बिरामीको चाप धेरै हुन्थ्यो। खासगरी ज्वरोका बिरामी धेरै थिए। अस्पतालमै रहेको प्रयोगशालाका कारण बिरामीलाई धेरै सहयोग पुगेको रहेछ। यसबाहेक खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, डेलिभरी जस्ता सेवा पनि रहेछ। 

मनहरी अस्पतालमा आउने लगभग ९० प्रतिशत बिरामीको स्वास्थ्य बीमा भएको रहेछ। अस्पतालका कर्मठ स्वास्थ्यकर्मीका कारण यो सम्भव भएको थियो। ३५०० सय रुपैयाँ तिरेर एक लाखसम्मको स्वास्थ्य उपचार पाइने स्वास्थ्य बीमा कार्यक्रमका कारण धेरै नागरिकले सुविधा पाएका थिए।

त्यहाँ उपचार हुन नसक्ने बिरामीलाई अन्य ठूला अस्पतालमा रिफर गरिने रहेछ। खासगरी हेटौँडाका हेटौँडा र चुरे हिल्स अस्पताल तथा चितवनका पुरानो मेडिकल कलेज, चितवन मेडिकल कजेल र भरतपुर अस्पतालमा रिफर हुन्थ्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यहीबीचमा सरकारले ४५ वर्षमाथिका सबै र १८ वर्षमाथिका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भनेको थियो। मनहरी अस्पतालमा खोप लगाउन आउनेहरुको कारण भिड बढ्नु स्वाभाविक थियो। मैले पनि त्यहाँका स्वास्थ्यकर्मीको सहयोगमा पाँच दिनमा करिब २०० जनालाई कोभिडको खोप लगाइदिएँ।

८० वर्ष पुगेका धेरै आमाबुवाले पनि पहिलो डोज खोप लगाए। धेरैले पहिला जानकारी नभएर लाउन नपाएको गुनासो गरे। म आफैँले भने वैशाख पहिलो हप्तातिर कोभिसिल्डको दोस्रो मात्रा पाटन अस्पतालमै लगाइसकेको थिएँ। तर, कोभिड महामारी कम नभएकाले आफ्नो सुरक्षाका लागि मास्क र ग्लोब्स लाएरै काम गरेँ।

मनहरी बसाइको नवौँ दिन थियो। मसँग बस्ने धेरै साथीलाई रुघाखोकी, हल्का ज्वरो र घाँटी दुख्ने समस्या देखा पर्‍यो। साथीहरुले मनहरी अस्पतालकै मेडिकल अफिसरसँग जाँच गराएर पारासिटामोल, सेट्रिजिन, अजिथ्रोमाइसिनलगायत औषधि खान सुरु गरे।

करिब तीन दिनपछि मलाई साथीहरुको जस्तै लक्षण देखिन थाल्यो। मैले पनि औषधि खान थालेँ। अलि हल्का भयो। १४औं दिन हामी हेटौँडा–दामन–पालुङ हुदै काठमाडौंका लागि हिड्यौँ।

अग्लो स्थानमा रहेको दामनमा निकै चिसो थियो। खाना खायौं। खानाको स्वाद नै महसुस हुन सकेन। प्याज सुँघ्दा गन्ध आएन। जाडो ठाउँ भएर होला कि भनेर अड्कल काटेँ।

ज्वरो ९९ डिग्री फरेनहाइट मात्र थियो। मेरो आँखाको भित्री भाग पनि दुखिरहेको थियो। मैले कोभिडको दुवै डोज लगाइसकेको थिएँ। अस्पतालमा काम गर्दा पनि सुरक्षा अपनाएकै थिएँ। कोभिड लागेको होइन भन्नेमा ढुक्कजस्तै थिएँ।

पालुङदेखि नौबिसे आउँदा एक ठाउँमा कुकुर मरेको रहेछ। साथीहरुले नाक थुने। मलाई गन्ध नै आएन।

काठमाडौं पुगेर पाटन अस्पतालकै डाक्टरसँग जाँच गराएँ। पीसीआर पनि जाँच गरेँ। भोलिपल्ट रिपोर्ट आयो, म संक्रमित भइसकेको रहेछु। मनहरी अस्पताल बस्दा गरेका काम, दिइएको जिम्मेवारीबारे रिपोर्ट प्रस्तुत गर्नुपर्ने थियो, तर म अस्पतालबाट सिधै घर पुगेँ। लगनखेलको पाटन अस्पतालदेखि सुकेधारा बाइकमा एक्लै गएको थिएँ। अनि म घरैमा आइसोलेसनमा बसेँ।

कोभिडको पहिलो लहरमा नेपालगन्जमा मेरो दाइ र गर्भवती भाउजूलाई संक्रमण भएको थियो। दाइ भाउजुको स्याहार तथा पकाउने र खुवाउने मैले नै गरेको थिएँ। त्यस्तै, दोस्रो लहरमा कालिकोटमा मेरी ७३ वर्षकी हजुरआमालाई कोभिड भएर १० दिन जिल्लाकै कोभिड अस्पताल बस्नु परेको थियो। हजुरआमा निको हुनुभयो।

काठमाडौमा मसँग बसेको भाइलाई पनि कोभिड भएको थियो, मैले नै हेरविचार गरेको थिएँ। होम आइसोलेसन कस्तो हुन्छ, बिहानदेखि बेलुकासम्म के–के गर्ने, के–के खाने, के नखाने, घरको एक मात्र ट्वाइलेट कसरी प्रयोग गर्ने, सकारात्मक सोच राख्न के गर्ने, मानसिक तनाव कसरी कम गर्ने जस्ता महत्त्वपूर्ण कुरा मैले अरुलाई सिकाइरहेको थिएँ। त्यही भएर म जानकार थिएँ।

बेला–बेला अक्सिजन लेभल नाप्ने, ज्वरो नाप्ने, बेसार पानी खाने, बाफ लिने, ध्यान गर्ने, बिहान–बेलुका व्यायाम गर्ने, गीत बजाउने अनि एक्लै नाच्ने गरिरहेँ। योबाहेक पोसिलो खानेकुरा खाने, फलफूल खाने, भिटामिन ‘सि’ लिने पनि गरेँ। ज्वरो १०० डिग्री माथि गएन। अक्सिजनको लेभल ९३ भन्दा तल झरेन। पसिना आउने, खोकी लाग्ने चाहीँ भइरह्यो। 

आइसोलेसनको नवौँ दिनमा दशैँको टीकाको दिन थियो। कालिकोटबाट मेरी ७३ वर्षकी हजुरआमाले हौसला दिनुहुन्थ्यो– ‘यो दशैँ नआएर के भयो त! अर्को दशैँमा आउलास्। झर्को नमानेस, मलाई त निको भयो। तँलाई पनि हुन्छ।’ हजुरआमाका यस्ता कुरा मेरा लागि शक्तिशाली वाणी हुन्थे। उहाँ मैले घर छोड्ने बेला सधैँ गहभरि आँसु पार्नुहुन्थ्यो। तर, यसपालि उहाँले अस्पतालमा डाक्टर, नर्सले बिरामीलाई दिएको जस्तै उर्जा दिनुभयो।

हराएको स्वाद र गन्ध दशैँसम्मै आएन। विजया दशमीको दिन बेलुकातिर फेसबुकमा कतिपयले टीका र जमरा लगाएको सुन्दर तस्बिर राखे। मेरो थिएन, मैले टीका र जमरा लाउन पाइनँ। बुढी हजुरआमालाई सम्झिँदै एउटा तस्बिर मैले पनि राखेँ। अनि लेखेँ– ‘यो दशैँ यस्तै भयो, आउने दशैँ यस्तो नहोला नि आमा!’

होम आइसोलेसनको ११औँ दिनपछि जिब्रोले स्वाद थाहा पाउन थाल्यो। गन्ध फर्कियो। स्यानिटाइजर फेरि गन्हाउन थाल्यो। दालमा नुन नपुगेको थाहा भयो। शरीरको तापक्रम पनि सामान्य भयो। खोकीले चाहीँ बेलाबेला छाती नै दुख्ने गरि चस्किरहेको छ। पूरै निको भएपछि फेरि छातीको एक्स–रे गर्नुपर्ने छ। 

मैले कोभिड लाग्नुअघि र लागेपछि अहिलेसम्मको कथा सुनाउनुको एउटै उदेश्य हो– कोभिड–१९ अझै सकिएको छैन। खोप लाइसकेपछि पनि सुरक्षाका उपाय अपनाइरहनु पर्छ। तर, सबै जनताले कहिलेसम्म खोप पाइसक्छन् निश्चित छैन। कहिले सबैलाई पुग्ने गरी खोप आउँछ भन्ने सरकारलाई नै थाहा छैन। अझै देशका ७० प्रतिशत जनताले खोप नपाएका कारण यति बेला तपाईं हामीले होसियारी अपनाउनै पर्छ। 

(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छन्।)

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्