काठमाडौं- थाइल्याण्डमा नेपालीहरुको इतिहास जोडिएको पिलोकमा थाइ नेपाली संघको टोलीले कोभिड-१९ को महामारीका कारण समस्यामा परेका नेपालीमूलका नागरिकलाई राहत वितरण गरेको छ।
नेपाली समाजको इतिहास जोडिएको कञ्चनावुरी राज्य अन्तर्गत थोङ्ग फा फोम जिल्लाको पिलोकमा रहेका बासिन्दाहरुलाई संघले राहत विरण गरेको थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले बताए। कोभिडको महामारीमा परेका यहाँका १ सय ११ पविारहरुका लागि संघले खाद्य र सुरक्षाका सामग्री वितरण गरेको उनले जानकारी दिए।
करिब नब्बे वर्षभन्दा अघिदेखि नै नेपालीहरुको बसोबास सुरु भएको स्थानमा सुरुवातमा नेपालीहरु माइनमा काम गर्ने सिलसिलामा त्यहाँ पुगेको थिए।
यस स्थानमा नेपाली समाजले विभिन्न समयमा सामाजिक र अरु खालको कार्यक्रमहरु पनि गर्ने गरेको छ। नेपालीहरुको इतिहास र जनजीवन जोडिएको ईतङ र ईपुमा संघको टोलीले राहत वितण गरेको हो। यस ठाउँमा थाइ नेपाली संघले यसअघि पनि कार्यक्रमहरु गर्दै आएको छ।
हालका दिनहरुमा नेपाली समुदाय यहाँबाट काम र रोजगारीको खोजीमा अन्यत्र सरेपनि नेपाली समाजको लागि यो ठाउँ भुल्न नसकिने ठाउँ भएको छ। नेपाली समाजले यस ठाउँमा गरेको कार्यक्रमलाई थाइ पदाधिकारीहरुले समेत सकारात्मक कदमको रुपमा मान्दै आएका छन्। कोभिड महामारीको बेलामा नेपाली पुर्खाहरुको सम्झना जोडिएको यस ठाउँमा राहतको कार्यक्रम लिएर पुर्खाको नातालाई सम्झेको थाइ नेपाली संघका अध्यक्ष कार्कीले बताए।
राहत वितरण गर्ने कार्यमा थाइ नेपाली संघमा आवद्ध पदाधिकारीहरु तथा विभिन्न विभागका सदस्यहरु पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।