काठमाडौं- साउदी अरबको सडक दुर्घटनामा तीन इटालीयन डान्सर र अर्का एक व्यक्ति गरी चार जनाको मृत्यु भएको छ।
साउदी अरबका अधिकारीहरुले आइतबार भएको यस दुर्घटनाको पुष्टी सोमबार गरेको इटालीको विदेश मन्त्रालयले जनाएको छ।
मृतक तीन जना डान्सरको उमेर ३० को हाराहारीमा रहेको बताइएको छ। उनीहरूको नाम आन्टोनियो काजीआनेली, जियाम्पिएरो गियारी र निकोलास इस्पोस्टो भनेर खुलेको छ। अर्को व्यक्तिको परिचय खुल्न सकेको छैन।
कार दुर्घटनामा मारिएका ती डान्सरहरू साउदीमा डान्स थिएटर खोल्न गएको बताइएको छ। आइतबार उनीहरू मरुभूमीको सफारीमा निस्किएका थिए।
उनीहरू चढेको गाडी एउटा गल्लीमा पल्टिरहेको अवस्थामा फेला परेको थियो। दुर्घटना हुँदा थप तीन इटालियन नागरिक पनि रहेको र उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
के कारणले दुर्घटना भयो त्यो अझै खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।