• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस ७, २०८२ Mon, Dec 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

साफ हेर्न स्टेडियम पुगेका विदेशी दर्शकलाई टिकट पाउनै मुस्किल

64x64
नेपाल लाइभ बिहीबार, असोज २१, २०७८  २०:१३
1140x725
तस्बिर : स्टार

काठमाडौँ– शुक्रबार सिट्टी बजाउँदै, ड्रम पिट्दै बंगलादेशी प्रवासी फुटबलप्रेमीहरु माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भेला भइरहेका थिए। उनीहरु साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको उद्घाटन खेल हेर्न त्यहाँ पुगेका थिए। 

तर, धेरै बंगलादेशका समर्थकहरुले भने राष्ट्रिय टोलीको पहिलो खेल हेर्न पाएनन्। उनीहरु निरास हुँदै फर्किए। मोहम्मद इब्राहिम उनीहरुमध्ये थिए। सन् २०१६ मा माल्दिभ्सले मालेमा नै बंगलादेशलाई ५–० गोलले हराउँदा उनी पनि स्टेडियममा थिए। तर, यस पटक उनले टिकट पाउन नसकेपछि श्रीलंकाविरुद्धको खेल हेर्न पाएनन्। 

‘श्रीलंकासँगको खेल बंगलादेशमा हुँदा हेरेको थिएँ। बंगलादेशले श्रीलंकालाई अन्तिम पटक २०२० को सुरुमा बंगबन्धु गोल्डकप ढाकामा हुँदा ३–० ले हराएको थियो। यस पटकको खेल  पनि रोमाञ्चक हुनेवाला थियो। तर हेर्न पाइनँ,’ साफको रिपोर्टिङका लागि माले पुगेका पत्रकार नवीन अर्यालले इब्राहिमलाई उधृत गर्दै भने।

उद्घाटन खेल बंगलादेशले १–० गोलले जित्यो। दोस्रो खेल भारतसँग १–१ गोलको बराबरी खेल्यो। अब बिहिबार नेपाली समयअनुसार राति ९ः४५ बजे आयोजक राष्ट्र माल्दिभ्सविरुद्ध मैदानमा उत्रिँदैछ। श्रीलंकाविरुद्धको खेल हेर्न नपाए पनि माल्दिभ्सविरुद्धको खेल भने उनी स्टेडियममै पुगेर हेर्न चाहन्छन्। 

‘जब बंगलादेश माल्दिभ्सविरुद्ध मैदान उत्रिने छ, यो खेल म स्टेडियममै गएर हेर्न चाहन्छु। यो लामो प्रतिक्षा हो,’ उनको भनाइ उधृत गर्दै अर्याल भन्छन्, ‘श्रीलंकासँग १–० को मात्रै जति निकाल्दा मलाई दुः ख लाग्यो। मैदानमा दर्शकको साथ थिएन, यसले पनि असर गर्‍यो होला।’

यद्यपि, उनी र मालेमा रहेका बंगलादेशी धेरै दर्शकले माल्दिभ्स फुटबल एसोसियसनले तोकेको स्थानबाट टिकट किन्न सकेका छैनन्। कतिखेर टिकट पाइन्छ र मैदान छिर्न पाइएला भनेर स्टेडियमबाहिर पुग्ने बंगालीको संख्या करिब हजार जनासम्म हुने उनको आकलन छ। मालेमा स्थानीय नागरिकभन्दा बंगालीहरुको संख्या बढी छ। माले र वरपर रहेका प्रवासी बंगाली कामदारहरुमध्ये सीमितले मात्र बिहिबारको खेल हेर्नका लागि टिकट पाएका छन्।

खेल सुरु हुनुभन्दा २४ घण्टा अगाडिदेखि नै यहाँका टिकट काउन्टर बन्द भइसकेका थिए। उद्घाटन खेलमा पनि यस्तै समस्या बंगलादेशी समर्थकले भोगेका थिए।

मालेमा रहेका बंगलादेशी प्रवासी मजदुर अब्दुल कादिरले आयोजक माल्दिभ्सविरुद्ध हुने खेल हेर्नको लागि ७०० रुफिया (माल्दिभ्सको मुद्रा) को टिकट पहिल्यै किनेका छन्। उनी घरेलु लिगका खेल पनि हेर्न जान्छन्।

Ncell 2
Ncell 2

उनका अनुसार यसपटक माल्दिभ्स फुटबल एसोसियसनले टिकटको मूल्य लगभग तीन गुणासम्म बढाएको छ। पहिला राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल हुँदा सामान्य सिटको २७० रुफियामा टिकट बेचिन्थ्यो। तर, यसपालि भने कोरोनाको बहाना देखाउँदै टिकटको मूल्य तीन गुणासम्म बढाएको उनको गुनासो छ। 

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियमको सिट क्षमता लगभग ११ हजार ८५० रहेको छ। कुल क्षमताको १० प्रतिशत मात्र टिकट बेचिएको छ। त्यसमा पनि ५ प्रतिशत माले बस्ने प्रवासीहरुलाई छुट्याइएको छ। तर, चार प्रतिशत पनि नदिइएको प्रवासीहरुको गुनासो छ। 

‘दर्शकहरुलाई १० प्रतिशत टिकट मात्र बिक्री गर्ने यस्तो नियम मैले कहिल्यै देखेको थिइनँ। यदि यो साफ च्याम्पियनसिप नेपालमा आयोजना भएको भए प्रवासी र स्थानीय दर्शकलाई ५०/५० प्रतिशत टिकट दिइन्थ्यो होला। माल्दिभ्स फुटबल एसोसियसनले फिफाको नियमानुसार १० प्रतिशतलाई टिकट दिइएको हो भन्नु गैरजिम्मेवारपन हो,’ उनले भने। 

काठमाडौंमा गत भदौमा भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुल सिट क्षमताको ५० प्रतिशत अर्थात् करिब ५१ सय दर्शकलाई खेल हेर्न अनुमति दिइएको थियो। त्रिपूरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दर्शक, गेस्ट, विभिन्न खेलका खेलाडी र पत्रकारका साथै अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीसहित करिब ६१ सय दर्शकले उक्त खेल हेरेको एन्फाका महासचिव इन्द्रमान तुलाधर बताउँछन्।

‘हामीले करिब ५१ सय दर्शकलाई खेल हेर्न अनुमति दिएका थियौं। यसमा सबै जोड्दा ६१ सय पुगे होला,’ उनी भन्छन्। त्यसपछि नेपाली राष्ट्रिय महिला टिमले पनि बंगलादेशको टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा पनि सिट क्षमताको कूल ५० प्रतिशत दर्शकको लागि छुट्याइएको थियो। 

तर, महिला टोलीको खेल हेर्न भने अपेक्षा गरेअनुसार दर्शकको सहभागिता भएन। यद्यपि, नेपालले कोरोनाकालमा पनि उत्कृष्ट व्यवस्थापन गरेर दर्शकलाई खेल मैदानसम्म तान्न सकेकोमा खुशी व्यक्त गर्छन्, मालेमा सात वर्षदेखि काम गर्दै आएका सिलहट (बंगलादेश)का कादिर। ‘काठमाडौंमा भारत र बंगलादेशले खेलेको चार खेल टेलिभिजनमार्फत हेरें। त्यहाँ कोरोनाको जोखिम निकै उच्च थियो। तर, त्यहाँको फुटबल संघले भने उत्कृष्ट व्यवस्थापनसहित फुटबल खेल आयोजना गर्न सक्षम भयो,’ उनी सुनाउँछन्। 

माल्दिभ्स पनि नेपालले झैँ फुटबल प्रतियोगिता सञ्चालन गर्न योग्य भएको उनको भनाइ छ। यसअघि कोरोनाविरुद्ध पूर्ण खोप लगाएका दर्शकहरुलाई स्टेडियमसम्म गएर खेल हेर्न अनुमति दिइएको उनी सुनाउँछन्। तर, यति ठूलो फुटबल प्रतियोगितामा कोरोना बहाना गर्दै पूर्ण खोप लगाएका प्रवासी मजदुरलाई स्टेडियमसम्म जान रोक्ने माल्दिभ्स फुटबल संघको व्यवहार उचित नरहेको उनी बताउँछन्।

‘माल्दिभ्समा बस्ने सबै देशका नागरिकलाई खेल हेर्ने अधिकार छ। स्थानीयलाई सबै टिकट दिएर प्रवासीलाई रोक्नु ठीक होइन,’ कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको कार्ड देखाउँदै उनी भन्छन्, ‘कोही पनि सित्तैमा खेल हेर्न आउँदैनन्, उनीहरु पैसा तिरेर टिकट किन्न आएका हुन्। रोक्नु हुँदैन।’

यता, मालेमा ‘म्यानेजमेन्ट’ पढ्दै गरेका मालय हल्डेर पलवन भने बाहिर ब्ल्याकमा टिकट पाउने बताउँछन्। ‘भित्र काउन्टरमा टिकट सकियो भनेपनि बाहिर बेचिरहेका छन्। बाहिर १५ सयदेखि २ हजारसम्म जति पनि टिकट काट्न पाइन्छ। यदि १० प्रतिशतलाई मात्रै मैदान छिर्न दिइने भए बाहिर टिकट त बिक्री हुने थिएन होला,’ उनी भन्छन्। 

यद्यपि, उनी बेलुकासम्म टिकट पाइनेमा आशावादी छन्। ‘माल्दिभ्स प्रतियोगिता आयोजना गर्न सक्षम देश हो। पहिला यस्तो गुनासो गर्नु परेको थिएन। अतिथिलाई गरेको व्यवहार देखेर दुःख त लाग्छ नै,’ उनी भन्छन्। 

यता, माल्दिभ्स फुटबल एसोसियसनले भने बोर्डको नियम अनुसार नै टिकट बिक्री गरेको जनाएको छ। तर, आफ्नो कमजोरीले गर्दा बाहिर ब्ल्याकमा टिकट बिक्री भइरहेको एसोसिएसनले स्वीकार गरेको छ। 

मंगलबार विज्ञप्ति जारी गर्दै खेल हेर्नको लागि एउटा टिकटको मूल्य २ हजार रुफियासम्म राखेको भन्दै बाहिर ब्ल्याकमा खरिद नगर्न आग्रह गरिएको छ। ‘संसारको सबै देशहरुमा आयोजक राष्ट्रले अन्य टोलीले भन्दा धेरै टिकट पाउँछन्। हामी पनि चाहन्छौं, सबैले खेल हेरुन्। हामीले बनाएको नियम अनुसार नै टिकट बिक्री गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाहेक हामीले ब्ल्याकमा १५ सयदेखि २ हजारसम्म ब्ल्याकमा टिकट बिक्री गरिरहेको पाएका छौं। यसरी उच्च मूल्यमा टिकट नकिन्न हामी आग्रह गर्दछौं।’

हामीलाई टिकटको समस्या छैन : एन्फा
बंगलादेशका फुटबल दर्शकहरुले माल्दिभ्स फुटबल एसोसियसनले तोकिएको कोटाअनुसार टिकट नपाएको भन्दै विरोध जनाइरहेको बेलामा एन्फाले भने नेपाली दर्शकलाई खेल हेर्न जानका लागि टिकटमा कुनै समस्या नभएको जनाएको छ। नेपाल लाइभसँग कुरा गर्दै एन्फा महासचिव तुलाधारले माल्दिभ्स फुटबल एसोसियसनको नियम अनुसार नै नेपाली दर्शकले टिकट पाइरहेको भन्दै दोस्रो खेल सकिँदासम्म गुनासो सुन्न नपरेको बताए।

‘हामीलाई कति प्रतिशत टिकट छुटाइएको छ भन्ने जानकारी त भएन। तर, अहिलेसम्म टिकट पाइएन भनेर हामीले कुनै गुनासो सुन्न परेको छैन। आयोजककै नियम अनुसार टिकट पाउने हो, हामीले पाएका छौं,’ उनले भने।

तर, खेल हेर्न माल्दिभ्स पुगेका पत्रकारहरुको भने एन्फाले गरेको दाबीभन्दा फरक अनुभव छ। पत्रकार अर्यालका अनुसार माल्दिभ्स फुटबल एसोसिएसन पैसा कमाउने ध्याउन्नमा भन्दा फरक कुरामा लागेको देखिन्छ। ‘यहाँको एसोसियसनलाई पैसा कमाउने चाह नै छैन। त्यसैले उनीहरुले न्यून टिकट काटिरहेका छन्,’ उनी भन्छन्, ‘हिजोको खेलमा पनि केही नेपाली अतिथिहरुलाई १० वटा टिकट उपलब्ध गराइदिएको हुँ। उनीहरु दर्शकभन्दा खेल चाहन्छन्।’

नेपालले अब २४ असोजमा उपाधि दाबेदार भारतसँग खेल्ने छ। नेपाल र भारतबीचको यो खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ।

साफ च्याम्पियनसिपको झण्डै तीन दशक लामो इतिहासमा नेपालले प्रारम्भिक दुई खेल जित्दै अहिलेसम्मकै दमदार सुरुवात गरेको छ।  सहभागी पाँच राष्ट्रमध्ये नेपाल सुरुवाती दुई खेल जित्ने एक मात्रै टोली हो। 

भारत र माल्दिभ्सबाहेक तीन टोलीले दुई खेल खेलेका छन्। नेपालले शतप्रतिशत नतिजा निकाल्दा बंगलादेशले दुईमध्ये एक खेलमा जित र अर्कोमा बराबरी गरेको छ। श्रीलंकाले दुवै खेल हारेको छ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप्न काँग्रेसको आग्रह
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत
एमसीए नेपालद्वारा साढे ३ अर्बको ठेक्का सम्झौतामा हस्ताक्षर
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप्न काँग्रेसको आग्रह सोमबार, पुस ७, २०८२
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत सोमबार, पुस ७, २०८२
एमसीए नेपालद्वारा साढे ३ अर्बको ठेक्का सम्झौतामा हस्ताक्षर सोमबार, पुस ७, २०८२
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता सोमबार, पुस ७, २०८२
देशभर थपिए १० लाख बढी मतदाता सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्