• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

साफ हेर्न स्टेडियम पुगेका विदेशी दर्शकलाई टिकट पाउनै मुस्किल

64x64
नेपाल लाइभ बिहीबार, असोज २१, २०७८  २०:१३
1140x725
तस्बिर : स्टार

काठमाडौँ– शुक्रबार सिट्टी बजाउँदै, ड्रम पिट्दै बंगलादेशी प्रवासी फुटबलप्रेमीहरु माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भेला भइरहेका थिए। उनीहरु साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको उद्घाटन खेल हेर्न त्यहाँ पुगेका थिए। 

तर, धेरै बंगलादेशका समर्थकहरुले भने राष्ट्रिय टोलीको पहिलो खेल हेर्न पाएनन्। उनीहरु निरास हुँदै फर्किए। मोहम्मद इब्राहिम उनीहरुमध्ये थिए। सन् २०१६ मा माल्दिभ्सले मालेमा नै बंगलादेशलाई ५–० गोलले हराउँदा उनी पनि स्टेडियममा थिए। तर, यस पटक उनले टिकट पाउन नसकेपछि श्रीलंकाविरुद्धको खेल हेर्न पाएनन्। 

‘श्रीलंकासँगको खेल बंगलादेशमा हुँदा हेरेको थिएँ। बंगलादेशले श्रीलंकालाई अन्तिम पटक २०२० को सुरुमा बंगबन्धु गोल्डकप ढाकामा हुँदा ३–० ले हराएको थियो। यस पटकको खेल  पनि रोमाञ्चक हुनेवाला थियो। तर हेर्न पाइनँ,’ साफको रिपोर्टिङका लागि माले पुगेका पत्रकार नवीन अर्यालले इब्राहिमलाई उधृत गर्दै भने।

उद्घाटन खेल बंगलादेशले १–० गोलले जित्यो। दोस्रो खेल भारतसँग १–१ गोलको बराबरी खेल्यो। अब बिहिबार नेपाली समयअनुसार राति ९ः४५ बजे आयोजक राष्ट्र माल्दिभ्सविरुद्ध मैदानमा उत्रिँदैछ। श्रीलंकाविरुद्धको खेल हेर्न नपाए पनि माल्दिभ्सविरुद्धको खेल भने उनी स्टेडियममै पुगेर हेर्न चाहन्छन्। 

‘जब बंगलादेश माल्दिभ्सविरुद्ध मैदान उत्रिने छ, यो खेल म स्टेडियममै गएर हेर्न चाहन्छु। यो लामो प्रतिक्षा हो,’ उनको भनाइ उधृत गर्दै अर्याल भन्छन्, ‘श्रीलंकासँग १–० को मात्रै जति निकाल्दा मलाई दुः ख लाग्यो। मैदानमा दर्शकको साथ थिएन, यसले पनि असर गर्‍यो होला।’

यद्यपि, उनी र मालेमा रहेका बंगलादेशी धेरै दर्शकले माल्दिभ्स फुटबल एसोसियसनले तोकेको स्थानबाट टिकट किन्न सकेका छैनन्। कतिखेर टिकट पाइन्छ र मैदान छिर्न पाइएला भनेर स्टेडियमबाहिर पुग्ने बंगालीको संख्या करिब हजार जनासम्म हुने उनको आकलन छ। मालेमा स्थानीय नागरिकभन्दा बंगालीहरुको संख्या बढी छ। माले र वरपर रहेका प्रवासी बंगाली कामदारहरुमध्ये सीमितले मात्र बिहिबारको खेल हेर्नका लागि टिकट पाएका छन्।

खेल सुरु हुनुभन्दा २४ घण्टा अगाडिदेखि नै यहाँका टिकट काउन्टर बन्द भइसकेका थिए। उद्घाटन खेलमा पनि यस्तै समस्या बंगलादेशी समर्थकले भोगेका थिए।

मालेमा रहेका बंगलादेशी प्रवासी मजदुर अब्दुल कादिरले आयोजक माल्दिभ्सविरुद्ध हुने खेल हेर्नको लागि ७०० रुफिया (माल्दिभ्सको मुद्रा) को टिकट पहिल्यै किनेका छन्। उनी घरेलु लिगका खेल पनि हेर्न जान्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार यसपटक माल्दिभ्स फुटबल एसोसियसनले टिकटको मूल्य लगभग तीन गुणासम्म बढाएको छ। पहिला राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल हुँदा सामान्य सिटको २७० रुफियामा टिकट बेचिन्थ्यो। तर, यसपालि भने कोरोनाको बहाना देखाउँदै टिकटको मूल्य तीन गुणासम्म बढाएको उनको गुनासो छ। 

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियमको सिट क्षमता लगभग ११ हजार ८५० रहेको छ। कुल क्षमताको १० प्रतिशत मात्र टिकट बेचिएको छ। त्यसमा पनि ५ प्रतिशत माले बस्ने प्रवासीहरुलाई छुट्याइएको छ। तर, चार प्रतिशत पनि नदिइएको प्रवासीहरुको गुनासो छ। 

‘दर्शकहरुलाई १० प्रतिशत टिकट मात्र बिक्री गर्ने यस्तो नियम मैले कहिल्यै देखेको थिइनँ। यदि यो साफ च्याम्पियनसिप नेपालमा आयोजना भएको भए प्रवासी र स्थानीय दर्शकलाई ५०/५० प्रतिशत टिकट दिइन्थ्यो होला। माल्दिभ्स फुटबल एसोसियसनले फिफाको नियमानुसार १० प्रतिशतलाई टिकट दिइएको हो भन्नु गैरजिम्मेवारपन हो,’ उनले भने। 

काठमाडौंमा गत भदौमा भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुल सिट क्षमताको ५० प्रतिशत अर्थात् करिब ५१ सय दर्शकलाई खेल हेर्न अनुमति दिइएको थियो। त्रिपूरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दर्शक, गेस्ट, विभिन्न खेलका खेलाडी र पत्रकारका साथै अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीसहित करिब ६१ सय दर्शकले उक्त खेल हेरेको एन्फाका महासचिव इन्द्रमान तुलाधर बताउँछन्।

Xtrem

Xtrem

‘हामीले करिब ५१ सय दर्शकलाई खेल हेर्न अनुमति दिएका थियौं। यसमा सबै जोड्दा ६१ सय पुगे होला,’ उनी भन्छन्। त्यसपछि नेपाली राष्ट्रिय महिला टिमले पनि बंगलादेशको टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा पनि सिट क्षमताको कूल ५० प्रतिशत दर्शकको लागि छुट्याइएको थियो। 

तर, महिला टोलीको खेल हेर्न भने अपेक्षा गरेअनुसार दर्शकको सहभागिता भएन। यद्यपि, नेपालले कोरोनाकालमा पनि उत्कृष्ट व्यवस्थापन गरेर दर्शकलाई खेल मैदानसम्म तान्न सकेकोमा खुशी व्यक्त गर्छन्, मालेमा सात वर्षदेखि काम गर्दै आएका सिलहट (बंगलादेश)का कादिर। ‘काठमाडौंमा भारत र बंगलादेशले खेलेको चार खेल टेलिभिजनमार्फत हेरें। त्यहाँ कोरोनाको जोखिम निकै उच्च थियो। तर, त्यहाँको फुटबल संघले भने उत्कृष्ट व्यवस्थापनसहित फुटबल खेल आयोजना गर्न सक्षम भयो,’ उनी सुनाउँछन्। 

माल्दिभ्स पनि नेपालले झैँ फुटबल प्रतियोगिता सञ्चालन गर्न योग्य भएको उनको भनाइ छ। यसअघि कोरोनाविरुद्ध पूर्ण खोप लगाएका दर्शकहरुलाई स्टेडियमसम्म गएर खेल हेर्न अनुमति दिइएको उनी सुनाउँछन्। तर, यति ठूलो फुटबल प्रतियोगितामा कोरोना बहाना गर्दै पूर्ण खोप लगाएका प्रवासी मजदुरलाई स्टेडियमसम्म जान रोक्ने माल्दिभ्स फुटबल संघको व्यवहार उचित नरहेको उनी बताउँछन्।

‘माल्दिभ्समा बस्ने सबै देशका नागरिकलाई खेल हेर्ने अधिकार छ। स्थानीयलाई सबै टिकट दिएर प्रवासीलाई रोक्नु ठीक होइन,’ कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको कार्ड देखाउँदै उनी भन्छन्, ‘कोही पनि सित्तैमा खेल हेर्न आउँदैनन्, उनीहरु पैसा तिरेर टिकट किन्न आएका हुन्। रोक्नु हुँदैन।’

यता, मालेमा ‘म्यानेजमेन्ट’ पढ्दै गरेका मालय हल्डेर पलवन भने बाहिर ब्ल्याकमा टिकट पाउने बताउँछन्। ‘भित्र काउन्टरमा टिकट सकियो भनेपनि बाहिर बेचिरहेका छन्। बाहिर १५ सयदेखि २ हजारसम्म जति पनि टिकट काट्न पाइन्छ। यदि १० प्रतिशतलाई मात्रै मैदान छिर्न दिइने भए बाहिर टिकट त बिक्री हुने थिएन होला,’ उनी भन्छन्। 

यद्यपि, उनी बेलुकासम्म टिकट पाइनेमा आशावादी छन्। ‘माल्दिभ्स प्रतियोगिता आयोजना गर्न सक्षम देश हो। पहिला यस्तो गुनासो गर्नु परेको थिएन। अतिथिलाई गरेको व्यवहार देखेर दुःख त लाग्छ नै,’ उनी भन्छन्। 

यता, माल्दिभ्स फुटबल एसोसियसनले भने बोर्डको नियम अनुसार नै टिकट बिक्री गरेको जनाएको छ। तर, आफ्नो कमजोरीले गर्दा बाहिर ब्ल्याकमा टिकट बिक्री भइरहेको एसोसिएसनले स्वीकार गरेको छ। 

मंगलबार विज्ञप्ति जारी गर्दै खेल हेर्नको लागि एउटा टिकटको मूल्य २ हजार रुफियासम्म राखेको भन्दै बाहिर ब्ल्याकमा खरिद नगर्न आग्रह गरिएको छ। ‘संसारको सबै देशहरुमा आयोजक राष्ट्रले अन्य टोलीले भन्दा धेरै टिकट पाउँछन्। हामी पनि चाहन्छौं, सबैले खेल हेरुन्। हामीले बनाएको नियम अनुसार नै टिकट बिक्री गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाहेक हामीले ब्ल्याकमा १५ सयदेखि २ हजारसम्म ब्ल्याकमा टिकट बिक्री गरिरहेको पाएका छौं। यसरी उच्च मूल्यमा टिकट नकिन्न हामी आग्रह गर्दछौं।’

हामीलाई टिकटको समस्या छैन : एन्फा
बंगलादेशका फुटबल दर्शकहरुले माल्दिभ्स फुटबल एसोसियसनले तोकिएको कोटाअनुसार टिकट नपाएको भन्दै विरोध जनाइरहेको बेलामा एन्फाले भने नेपाली दर्शकलाई खेल हेर्न जानका लागि टिकटमा कुनै समस्या नभएको जनाएको छ। नेपाल लाइभसँग कुरा गर्दै एन्फा महासचिव तुलाधारले माल्दिभ्स फुटबल एसोसियसनको नियम अनुसार नै नेपाली दर्शकले टिकट पाइरहेको भन्दै दोस्रो खेल सकिँदासम्म गुनासो सुन्न नपरेको बताए।

‘हामीलाई कति प्रतिशत टिकट छुटाइएको छ भन्ने जानकारी त भएन। तर, अहिलेसम्म टिकट पाइएन भनेर हामीले कुनै गुनासो सुन्न परेको छैन। आयोजककै नियम अनुसार टिकट पाउने हो, हामीले पाएका छौं,’ उनले भने।

तर, खेल हेर्न माल्दिभ्स पुगेका पत्रकारहरुको भने एन्फाले गरेको दाबीभन्दा फरक अनुभव छ। पत्रकार अर्यालका अनुसार माल्दिभ्स फुटबल एसोसिएसन पैसा कमाउने ध्याउन्नमा भन्दा फरक कुरामा लागेको देखिन्छ। ‘यहाँको एसोसियसनलाई पैसा कमाउने चाह नै छैन। त्यसैले उनीहरुले न्यून टिकट काटिरहेका छन्,’ उनी भन्छन्, ‘हिजोको खेलमा पनि केही नेपाली अतिथिहरुलाई १० वटा टिकट उपलब्ध गराइदिएको हुँ। उनीहरु दर्शकभन्दा खेल चाहन्छन्।’

नेपालले अब २४ असोजमा उपाधि दाबेदार भारतसँग खेल्ने छ। नेपाल र भारतबीचको यो खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ।

साफ च्याम्पियनसिपको झण्डै तीन दशक लामो इतिहासमा नेपालले प्रारम्भिक दुई खेल जित्दै अहिलेसम्मकै दमदार सुरुवात गरेको छ।  सहभागी पाँच राष्ट्रमध्ये नेपाल सुरुवाती दुई खेल जित्ने एक मात्रै टोली हो। 

भारत र माल्दिभ्सबाहेक तीन टोलीले दुई खेल खेलेका छन्। नेपालले शतप्रतिशत नतिजा निकाल्दा बंगलादेशले दुईमध्ये एक खेलमा जित र अर्कोमा बराबरी गरेको छ। श्रीलंकाले दुवै खेल हारेको छ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्