एजेन्सी – बार्सिलोना र इन्टर मिलानले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् । एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३–३ को बराबरी सकिएको थियो । पहिलो हाफमा नै ४ गोल हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले २–० ले पछि परेको खेललाई उल्टाउँदै पहिलो हाफमा नै बराबरी गरेको थियो ।
खेल सुरु भएको ३० सेकेन्डमै मार्कस थुरामले इन्टरलाई आश्चर्यजनक अग्रता दिलाए । उनको प्रहारले बार्सिलोनाका गोलकिपर वोज्शिएच शेज्नीलाई छक्यायो ।
डेनजेल डम्फ्रिजले २१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसमा पनि बार्सिलोनाका गोलकिपरको केहि लागेन । तर २४ औं मिनेटमा लामिन यामालको अद्भुत व्यक्तिगत कौशलमा गोल गर्दै अन्तर घटाए । ३८ औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरी सकियो ।
दोस्रो हाफमा पनि बार्सिलोनाले खेलमा पकड बनाएको थियो । तर ६३ औं मिनेटमा डम्फ्रिजले कर्नरबाट आएको बलमा हेडरमार्फत दोस्रो गोल गरे । त्यसपछि ६५ औं मिनेटमा राफिन्हाको पेनाल्टी बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहा यान सोमरको आत्मघाती गोलमा परिणत भयो र खेल बराबरी भएको थियो । यस अघि मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट–जर्मेनले आर्सनललाई १–० ले हराएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।