• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

डाक्टर बन्ने सपना र प्रेसर कुकरमा उकुसमुकुस वर्तमान

सामना ओली बुधबार, असोज २०, २०७८  ०७:०५
1140x725

यो एमबीबीएसको सिजन हो।

यो समय आफ्नो सपनाको खेती उठाउने बेला हो। कतिका खेती फस्टाए होलन्, अनि कतिका मासिए पनि। कति अझै मलजल गरी बसेका होलान्, जोगाउने भनि।  आउँदा दिनमा कतिपयले यो खेतीका लागी बाआमाको बर्षौंदेखिको जोहो सम्पत्ति साट्नेछन्। किनकि, यो सामान्य खेती हैन, एमबीबीएसको खेती हो र यस्ता महँगा सपनाका खेती ठूलो मूल्य नचुकाई पुरा हुँदैन।  

‘आहा डाक्टर!’

भन्ने नै हो भने कतिपय एमबीबीएसका विद्यार्थी नामको अगाडि यही ‘डा.’ देख्न लालायित भएर पनि मेडिकल कलेजसम्म आइपुगेका छन्। यो ‘डा.’ उपाधिको जादू हो। किनभने मेडिकल कलेजमा छिरेदेखि घरपरिवार र आफन्तबाट पाइने भिन्न व्यवहार र समाजले आफूलाई हेर्ने दृष्टिकोणमा समेत ठूलो परिवर्तनको आभास गर्न पाइन्छ। ‘अब त हाम्री छोरी डाक्टर बन्दैछे’ भन्दै दशैँमा दक्षिणा बढ्नेदेखि हरेक आफन्तको घरमा ‘स्पेसल गेस्ट’को सूचीमा समेत बढोत्तरी हुन्छ। यो उपाधिले उसलाई घरपरिवार र समाजको ‘रोल मोडल’ बनाइदिन्छ।  

तर, के डाक्टर पढेपछि आउने प्रतिफल त्यति सजिलो होला, जति मान्छेहरुले सोचेका छन्?

कदापि हुँदैन। अनेकौ किताबका भारी, अनगिन्ती परीक्षा, अनेकौँ रातको अनिद्रा, छुट्दै जाने बाहिरका साथी-सँगती, दिनदिनै टाढिने पारिवारिक जीवन, बढ्दै जाने चिन्ता अनि घट्दै जाने कपाल। छोटकरीमा भन्नुपर्दा एमबीबीएस जीवन यही हो।

कहिलेकाहीँ लाग्छ मानवजीवन बचाउनेजस्तो संवेदनशील काममा लागेकाहरु माथि यति ‘प्रेसर’ त हुनैपर्छ। तर, यति भन्दै गर्दा सोच्छु कि डाक्टर बन्न हिँडेको पनि त अर्को एउटा मान्छे नै हो। अनगिन्ती ‘प्रेसर’, अनि डाक्टर भएपछि खरो भएर उत्रिनै पर्छ भन्ने आन्तरिक तथा बाह्य दबाबले सबै मेडिकल विद्यार्थीलाई थिचिरहन्छ। वास्तबमा यो सबै दबाब हेर्ने हो भने हाम्रो मेडिकल शिक्षाको प्रणाली एउटा ‘प्रेसर कुकर’ भन्दा कम छैन। यसले हरेक परीक्षा अनि जटिलतसँगै विद्यार्थीलाई सिठ्ठी लाइरहन्छ।

पाकेर निस्किने निस्किहाल्छन्। अरु त्यहीँभित्र रहन्छन्। सिठ्ठी लागिरहन्छ, लागिरहन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, सिठ्ठी लाउनुको पनि आफ्नै तरिका हुन्छ। नयाँ प्रेसर कुकरमा सिठ्ठी पनि छिटो र सजिलो गरी लाग्छ। हाम्रो चिकित्सा शिक्षा प्रणाली पुरानो प्रेसर कुकर हो। सिठ्ठी लाग्न त लाग्छ, वासर खुस्केजस्तो स्याइँस्याइँ गर्दै कैयौँ निरर्थक प्रयासपछि मात्र। यतिन्जेलमा भित्रको खाना तयार हुँदैन, बढी पाकेर लेदो भैसक्छ, पुरै गलेको अनि बेस्वादी। अधिकांश मेडिकल कलेजका थाकेका विद्यार्थीजस्तै।

देशकै सबैभन्दा पुरानो विश्वविधालय त्रिभुवन विश्वविधालयको एमबीबीएसको पाठ्यक्रमको पछिल्लो संस्करण नै निकै वर्ष पुरानो छ। अझ त्यसमाथी ६-६ वटा विषयको जाँच एकैदिन दिनुपर्ने हुन्छ। जसकारण कम समयमा बढी कुराहरु जान्नै पर्ने दबाब हुनाले एउटा एमबीबीएसको विद्यार्थीको दिमागमा परीक्षा पास गर्ने बाहेक ठूलो ध्याउन्न केही हुँदैन। अझ काठमाडौं विश्वविधालयमा कतिपय साथीहरु प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण हुँदा थेउरी (सैद्धान्तिक विषयको परीक्षा) समेत दिनु पर्ने बाध्यता छ।

एक हिसाबले त यो ठीकै हो, प्राक्टिकल नजान्नेले थेउरीमा आफूलाई सिद्ध गर्नै पर्छ। तर, अर्को हिसाबले हेर्दा परीक्षा पास गर्ने दबाब भन्दाबाहेक यस्तो अवस्थाले अरु के नै सिकाउला र? अनि के मेडिकल कलेजमा हुने भनिएका प्राक्टिकल कक्षाहरु  साचिँकै व्यावहारिक ज्ञानले भरिपूर्ण हुन्छन् त? पढेको पाँच वर्षसम्म पनि सुईसमेत हान्न नसिकाइने अनि एउटा क्यानुला नै लाउनुपर्दा समेत नर्सलाई गुहार्नुपर्ने अवस्थाको प्रयोगात्मक शिक्षाले कतिको आत्मविश्वास भएको डाक्टर उत्पादन गर्ला? १० हजार पाना जति थेउरी पढुन्जेल पनि प्रयोगात्मक कक्षाका नाममा त्यही प्रश्नोत्तर (भाइभा) मात्र कति दिन गर्ने?

एकछिनलाई एउटा काल्पनिक घटना सोचौं। उड्दै गरेको जहाजमा कसैलाई केहि भैइहाल्यो भने परिचारिकाको ‘यहाँ कोही डाक्टर वा मेडिकलको विद्यार्थी हुनुहुन्छ?’ भन्ने प्रश्नमा मुकदर्शक बनी बसेर हेर्नुपर्ने अवस्थाको छ हाम्रो पढाइ। यो घटना काल्पनिक नै भए पनि एउटा डाक्टरको जीवनमा जहिले र जुनसुकै बेला आइपर्न सक्छन्। आखिर डाक्टरहरु भनेकै आकस्मिक युद्धका निमित्त तयार सैनिकहरु हुन्। यस्ता युद्दको निमित्त तयार गराउने अबको चिकित्सा शिक्षाले विद्यार्थीलाई कागजी खोष्टा पढ्नमा मात्र सिमित राख्ने कि मैदानमै उतारेर आवश्यक तालिम दिने?

डा. गोविन्द केसीको आन्दोलनदेखि लिएर चिकित्सा शिक्षा आयोग बन्नेसम्मका घटना हेर्दा चिकित्सा क्षेत्रमा परिवर्तन नभएका हैनन्। तर, यी पर्याप्त छैनन्। एक त गरीब देश, अनि कम जनशक्त्ति। त्यसमाथी उत्पादन भइरहेकाहरुमा पनि उचित आत्मविश्वास र दक्षताको अभाव हुँदा स्वास्थ्य क्षेत्र जर्जर मात्र हैन ध्वस्त नै हुने निश्चित छ। देशको स्वास्थ्यस्थितिमा सुधार गर्नै छ भने आधारभूत तहबाटै गर्दा कसो होला?

अब डाक्टर बन्ने सपना लिएर मेडिकल कलेज छिर्नेका लागी उचित पाठ्यक्रमको व्यवस्था हुनुपर्छ। प्रयोगात्मक कक्षाका नाममा ‘बिरामीको हाल बेहाल’ मात्र सोध्न नलगाई अरु आधारभूत सीप विकासका तालिमको पनि व्यवस्था हुनुपर्छ। पढुन्जेल परीक्षा पास गर्ने ध्याउन्नभन्दा बाहेक अझै सिक्ने र सिकाउनेको जमर्को हुनुपर्छ। अनि सय मनको भारी सरह लाग्ने यी परीक्षाहरुसँग जुझ्न अझै मजाको पठनपाठनको व्यवस्था भए कति गज्जब हुन्थ्यो होला।

बिरामीको मृत्यु र जीवनबीच पलपलको दूरी तय गर्ने डाक्टरकै समयलाई सम्बन्धितहरुले महत्व नदिए अब बन्ने डाक्टरहरुले समयको पाबन्दीबारे कसरी सिक्ने? त्यसैले अब आउने समयमा सम्बन्धित निकायहरुबाट परीक्षामा चुस्तता, पठनपाठनमा नियमितता अनि समयमै नतिजा प्रकाशनका निम्ति प्रतिबद्धता देख्न पाइयोस। यस्तो परिवर्तनको सुरुवात चाहिँ चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढ्न आतुर नयाँ भाइबहिनीहरुको छिटोछरितो भर्ना प्रक्रियाको थालनी गरिदिएर श्रीगणेश गरिदियोस्। ताकी, आउँदा दिनहरुमा अनियमितता र प्रेसर कुकरभित्र रुमल्लिनुपर्ने भविष्यका डाक्टरहरुले उचित दिशानिर्देश पाउन्।

(ओली नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत् छिन्।)

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्